Sunday, August 2, 2009

झाडा पखाला नियन्त्रण बाहिर, सरकार रमिते


काठमाडौं । झाडा पखालाका लागि सरकारले जतिसुकै कदम चाले पनि प्रभावकारी हुन नसक्दा मृत्युहुनेहरुको संख्या बढ्दै गएको छ । यसैबीच मङ्गलसेन लगायत आसपासका एक दर्जन भन्दा बढी गाविसमा झाडापखाला माहामारीको रुपमा फैलिएको छ । झाडा पखालाका बिरामीहरुको ग्ााउँमा उपचार राम्रोसँंग नहुने भएकाले जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीहरुको भीड बढेको जिल्ला अस्पताल अछामका प्रमुख डा. पुरुषोत्तमराज सेर्ढार्ईर्ंले बताएका छन् । मङ्गलसेन, बस्ती, बलिगाँउ, बुढाकोट, हिच्मा, ढुङ्गाचाल्ना, तोषी, कमलबजार, मुली, वीरपथ र कुन्तीबण्डाली गाविसमा दिनहँुं झाडापखालाका बिरामीहरु बढिरहेको स्थानीयवासीले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार असार महिनादेखि अछाम जिल्लामा झाडापखालाका कारण मर्नेहरुको सङ्ख्या चार पुगेको बताइएको छ । दर्ुइ दिन यता मात्रै जिल्ला स्वास्थ्य केन्द्रमा करिव ६० जना पखालाका बिरामीहरु रहेको डा. सेर्ढाईंले बताए । गाउँमा झाडापखालाका बिरामीहरु बढ्न थालेकोले स्वास्थ्य चौकी र उप स्वास्थ्य चौकीहरुमा आवश्यक औषधि र स्वास्थ्यकर्मीहरुको टोली पर्ठाई झाडापखाला नियन्त्रण गर्ने काम जारी रहेको उहाँले बताउनुभयो । बिरामीहरु जिल्ला स्वास्थ्य कार्यालयका शय्यामा ठाउँ नभएर बरण्डामा र चौरमा समेत सुताइएका छन् । अस्पतालमा आएका बिरामीहरुको उपचार भइरहेको र हालसम्म मर्नेहरु अस्पताल र उपस्वास्थ्य चौकीहरुमा उपचारका लागि नआएका कारण मरेको बताउँदै डा. सेर्ढाईंले अस्पताल र स्वास्थ संस्थाहरुमा औषधि प्रर््रयाप्त मात्रामा भएको समेत बताएका छन् । र्'कर्मचारीलाई पनि विदा नदिएर काममा लगाइरहेका छौँ, अस्पतालसम्म आईपुगेका बिरामीलाई सकेसम्म मर्न दिदैनौं' डा. सेर्ढाईंले थपे । जिल्लामा रहेका स्वास्थ्यकर्मीलाई कडाइका साथ खटाइएको जिल्ला स्वास्थ्य कार्यालयले बताए पनि सदरमुकामदेखि टाढाका गाविसहरुमा रहेका स्वास्थ्यकर्मीहरु भने गाउँमा भेटिँदैनन् । कुनै गाविसमा अहेव, ग्राशाका नभएर पियनले मात्र काम चलाइरहेका छन् । शोडषादेवी गाविसका स्थानीयबासी कुम्भ खडकाले भने 'गाविसमा एकजना अहेब थियो, त्यो पनि शिक्षकको जागिर गर्न थालिसक्या,े अरु कर्मचारी पनि मन लागेको दिनमा मात्र स्वास्थ्य चौकी खोल्ने र बन्द गर्ने गर्छन्' ।
अर्को समाचार अनुसार डडेल्धुराको बेलापुर गाविसमा फेरि झाडापखाला फैलिएको जानकारी जिल्ला अस्पताल डडेल्धुराका डा. प्रकाश क्षेत्रीले दिएका छन् । असार महिनाको अन्तिम साता फैलिएको महामारीबाट स्थानीय बासिन्दा त्रसित बनेका छन् । सबैभन्दा पहिले जिल्लामा महामारी देखिएको सो बेलापुर गाविसमा अहिलेसम्म तीनजनाको मृत्यु समेत भइसकेको छ । महामारी नियन्त्रण भएको केही दिन नबित्दै पुन सो गाविसमा १२ जना भन्दा बढी झाडापखालाबाट पीडित भएको डा. क्षेत्री बताउनु हुन्छ । क्षेत्रीका अनुसार सो गाविसमा स्वास्थ्यटोली पर्ठाई सकिएको छ । अन्य गाविसमा पनि महामारी फैलन सक्ने डर भएकोले औषधी तयार गरी स्वास्थ्यटोली खटाउने समेत क्षेत्रीले जानकारी दिए । स्वास्थ्य तथा सरसफाइसित सम्बन्धित जिल्लास्थित गैरसरकारी संस्थालाई समेत झाडापखाला प्रभावित गाविसमा जनचेतनाका लागि परिचालित गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत श्रीकृष्ण भट्टले जानकारी दिनुभयो । यसअघि एकैचोटी बेलापुर, कोटोली, मणिलेक, भद्रपुर, अजयमेरु लगायतका आधा दर्जन भन्दा बढी गाविसमा महामारी फैलिएको थियो । पुनः फैलिनेमा बेलापुर गाविसमात्र देखिएको जिल्ला अस्पताल डडेल्धुराले जानकारी दिएको छ ।

No comments: