Monday, November 30, 2009

अध्यक्षलाई आफ्नै प्रतिवेदनले पार्‍यो आपत


काठमाडौं । पार्टर्ीीत्रका समस्या सुल्झाउनका लागि बसेको नेकपा -एमाले) को पोलिटव्युरो बैठकले थप समस्या बल्झाएको छ । पोलिटव्युरो बैठकमा अध्यक्ष झलनाथ खनाल नै अल्पमतमा परेपछि खनालको राजनीतिक प्रतिवेदन पुनर्लेखन गर्नेगरी बैठक टुंग्याइने भएको छ । महासचिव इश्वर पोखरेल र खनाल पक्षकै पोलिटव्युरो सदस्यहरुले समेत 'एमालेले त्याग गर्नुपर्ने' कुराको व्याख्या हुनुपर्ने भन्दै अध्यक्षको आलोचना गरेपछि प्रतिवेदन पुनर्लेखन हुने सम्भावना बढेको हो । अध्यक्ष खनाल आफ्नो प्रतिवेदन फेल हुने भएपछि मध्यमार्गी बाटो रोज्न तयार भएका हुन् ।
आफ्नाहरु नै विपक्षमा
एमालेको पोलिटव्युरोमा उसै पनि अध्यक्ष खनाल अल्पमतमा छन् । त्यसमाथि वर्तमान सरकारको नेतृत्व त्याग गर्न तयार हुनुपर्ने आशयको राजनीतिक प्रतिवेदन पोलिटव्युरोमा पेश भएपछि आगोमा घ्यू थपिएको हो । केपी ओली पक्ष र माधव नेपाल पक्षले उनको प्रतिवेदनको बिरोध गर्नु त स्वभाविक नै थियो, खनाल पक्षकै अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेले समेत खुलेरै उनको त्यो अंशको विरोध गरेपछि अध्यक्षको राजनीतिक प्रतिवेदन पारित नहुने स्पष्ट देखियो । आफू अल्पमतमा परेपछि अध्यक्ष खनालले पोलिटव्युरो बैठकपछि यसबीचमा तीन पटकसम्म प्रधानमन्त्री नेपाललाई बालुवाटारमै गएर भेटेका छन् । उनले आफ्नो आशय सरकार परिवर्तन गर्ने नभएकाले त्यसलाई गलत अर्थमा नलिन र पार्टर्ीीलाउन आफूलाई सघाउन आग्रह गरेको स्रोतले जनाएको छ ।
अध्यक्ष खनालका सबैभन्दा निकटस्थ मानिने अर्थमन्त्री एवं पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डे, इस्यु अनुसार आफ्नो धारणा बनाउने अर्का पोलिटव्युरो सदस्य महेन्द्रवहादुर पाण्डे तथा खनाल पक्षकै पशुपति चौलागाईंलगायतका नेताहरु पनि सरकारको नेतृत्व त्याग गर्नुपर्ने कुराको विरोधमा उभिएका छन् । अहिले पोलिटव्युरोमा अध्यक्ष खनाललाई सरकारको नेतृत्व त्यागको बु“दामा साथ दिने पोलिटव्युरो सदस्यको संख्या नगन्य भएपछि प्रतिवेदन पुनर्लेखन गर्न एक समिति गठन गर्ने गरी बैठक टुंगिने सम्भावना बढेको एक नेताले बताए । 'अध्यक्षको प्रतिवेदन अहिलेकै अवस्थामा पारित नहुने निश्चित भइसकेको छ । अध्यक्षको प्रतिवेदन अल्पमतमा परेर फेल भएमा नैतिक रुपमा राजीनामा दिनुपर्ने हुन्छ । त्यसैले पुनर्लेखन कमिटी गठन गरेर अहिलेको खड्गो टार्ने सम्भावना देखिएको छ' एक पोलिटव्युरो सदस्यले भने ।
बालुवाटारमा धर्ना
मंसिर ८ गते शुरु भएको पोलिटव्युरो बैठकको पहिलो दिनमै आफूमाथि आक्रमण शुरु भएपछि अध्यक्ष खनालले स्थायी समिति सदस्य भरतमोहन अधिकारीसहित गएर प्रधानमन्त्री एवं बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए । उनले आफ्नो प्रतिवेदनको आशय प्रधानमन्त्री हटाउने वा विकल्प खोज्ने नरहेको स्पष्ट पार्ने प्रयास गरेका थिए । तर प्रधानमन्त्री आश्वस्त हुन नसकेपछि अधिकारीकै पहलमा वर्तमान सरकारलाई पर्ूण्ा र्समर्थन रहेको र यही सरकारमा माओवादीलाई पनि सामेल हुन आग्रह गर्ने गरी पोलिटव्युरोबाट निर्ण्र्ााहुन लागेको छ । त्यसो त अध्यक्ष खनालले आफू निकटका नेताहरुलाई पनि अलग अलग रुपमा प्रधानमन्त्रीस“ग भेटेर आफ्नो बचाउ गर्न लगाएको पनि एमाले स्रोतले जनाएको छ । यसबीचमा भरतमोहन अधिकारी, केशव बडाल, युवराज कार्की, पशुपति चौलागाई लगायतका नेताहरुले पनि प्रधानमन्त्रीलाई भेटेर वर्तमान सरकारको विकल्पमा पार्टर्ीीानै नहुने र अध्यक्षलाई पनि त्यस बाटोमा जान नदिने बताएको स्रोतले जनाएको छ ।
अध्यक्षको राजीनामार्
वर्तमान सरकारले राष्ट्रिय सहमति कायम गर्न नसकेमा एमालेले पनि त्याग गर्नुपर्ने भन्ने अध्यक्ष खनालको राजनीतिक प्रतिवेदनकै एउटै बु“दाले गर्दा पोलिटव्युरो बैठक लम्बिएको छ । 'के निहु“ पाउ“ कनिका बुक्याउ“' भनेर बसेको ओली पक्षका लागि यही प्रतिवेदन गतिलो मसाला बन्यो । तेस्रो धारको रुपमा प्रधानमन्त्री माधवकुमार नेपाल पक्षधर पोलिटव्युरो सदस्यहरुसमेत यस प्रकरणपछि स्वतः केपी ओली पक्षमै मिसिए । ओली पक्षका बेदुराम भुषाल, खगराज अधिकारीकै स्वरमा स्वर मिलाउ“दै माधव नेपाल पक्षधर नागेन्द्र चौधरी, धर्मनाथप्रसाद साह लगायतले त्याग गर्ने हो भने त्यसको शुरुवात अध्यक्षबाटै गरौं भन्दै झलनाथ खनालको राजीनामा मागे । 'माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा अध्यक्ष कमरेडले नै सिफारिस गर्नुभएको हो । यदि उहा“ असफल हुनुभएको हो र एमालेले नै त्याग गर्नुपर्ने हो भने त्यागको शुरुवात पनि अध्यक्षबाटै हुनर्ुपर्छ' बेदुराम भुषाल, खगराज अधिकारी लगायतको भनाइ थियो । ओली पक्ष र माधव पक्षले अध्यक्षको प्रतिवेदनलाई खनालको कुण्ठा भनेर परिभाषित गरेका छन् ।
अल्पमतमा अध्यक्ष
आठौं महाधिवेशनबाट सम्मानजनक रुपमा अध्यक्ष पदमा निर्वाचित भएका अध्यक्ष खनाल पहिलो पोलिटव्युरो बैठकमै अल्पमतमा परेका छन् । अध्यक्ष खनालको राजनीतिक मेरुदण्ड मानिएका महासचिव इश्वर पोखरेलसमेत उनको राजनीतिक प्रतिवेदनस“ग सहमत हुन नसकेको बताइन्छ । उपाध्यक्ष बामदेव गौतम, अशोक र्राई, सचिव युवराज ज्ञवाली र प्रकाश ज्वाला, नरेश खरेललगायतका केही पोलिटव्युरो सदस्यहरुमात्र उनको प्रतिवेदनको पक्षमा उभिएको स्रोतले जनाएको छ । आफ्नो आशयलाई गलत ढंगले व्याख्या गर्न थालिएपछि अध्यक्ष खनालकै लागि उनको प्रतिवेदन भालुको कम्पट बनेको चर्चा एमाले वृत्तमा चलेको छ ।
विवाद बल्भिmयो
पार्टर्ीीत्रको विवाद सुल्झाउन आयोजित पोलिटव्युरो बैठकले विवाद थप बल्झाउने संकेत देखिएको छ । काठमाडौं, धनुषा, महोत्तरी, सप्तरी लगायतका जिल्लामा संस्थापन पक्ष र ओली पक्षका अलग अलग जिल्ला संगठन समितिहरु क्रियाशील छन् । यिनीहरुको टुंगो लगाउन पनि यो बैठक असफल हुने निश्चित छ । किनकि पोलिटव्युरोमा ओली पक्षको बहुमत सिद्ध भइसकेको छ । त्यसैले समानान्तर जिल्ला कमिटीहरुको विवादको टुंगो लगाउन पनि अर्को एउटा समिति बनाइएमा आर्श्चर्य हुनेछैन । मंसिर १५ गतेको सांघु साप्ताहिकबाट

कुन पत्रिका कुन वर्गमा

दीपक अधिकारी
क वर्गमा परेका दैनिकाहरू -उपत्यका)
गोरखापत्र, र्राईजिङ नेपाल, नेपाल समाचारपत्र, नया" पत्रिका, सन्ध्या टाइम्स,
ग वर्गमा परेका दैनिकहरू
सन्ध्याकालीन, सा"झको सिटी टाइम्स, श्री कमाण्डर, मध्यान्ह, क्राईम रिपोर्टर,
घ वर्गमा परेका दैनिकहरू
नया" सडक, सन्ध्या दृष्टि भक्तपुर, दैनिक सा"झको समाचार, सिटी पोष्ट, प्रक्ष्ेापण काठमाडौं
क वर्गमा परेका साप्ताहिकहरू -उपत्यका)
दृष्टि ललितपुर, आर्थिक अभियान, घटना र विचार, छलफल, जनादेश, जनआस्था, तरुण, देशान्तर, नेपालीपत्र, महिमा, सा"घु, हा"क ललितपुर, जनभावना, जनधारणा, पिपल्स रिभ्यू, झिगुंस्वनिग ललितपुर
ख वर्गमा परेका साप्ताहिकहरू
जनएकता, नया" विकल्प इकोनोमिक पोष्ट, जनसत्ता, जनप्रहार, जनसंचार, देशप्रेम, पुनर्जागरण, युग द्रष्टा, युग सम्वाद, राष्ट्रवाणी जनमञ्च, रोडम्याप, सम्बोधन, जन्मभूमि, चर्चा, जानकारी, ताजा खवर, देशयामरु झ्या, नया" करेन्ट, नेपाल भूमि, विश्वद्विप, रहस्य
ग पर्गमा परेका साप्ताहिकहरू
समय समाज, जनदबाब ललितपुर, असन बजार, अर्पण, आजको खवरदार, क्यानभास, गोलमेच राष्ट्रिय, घटनाचक्र, छहरा, जनप्रभाव, जनसूचना, ताजाबहस -खण्डन), विक्ली मिरर, दिव्य दर्शन, देश विकास, दिव्य चक्षु, द टेल्रि्राफ, दिशानिर्देश टुडे, दबाब, नवरस, नेशनल न्यूज, नया" प्रकाश, नवजनता, नवजनप्रहार, पेज सिक्स, प्रतिपत्र, परामर्शर्, प्रतिस्पर्धा, वैदेशिक रोजगार खवर, मुलुक, मेट्रो टुडे, रौतहट र्टाईम्स, राष्ट्रिय पथ, विश्व आवाज, लोकतान्त्रिक विर्मश, श्रम बुलेटिन, श्रम, सुर्योदय रार्ष्र्ि्रय, सत्याग्रह, श्री रुपरेखा, र्साईवर सञ्चार, हिन्दु, धरहरा र्टाईम्स भक्तपुुर, नयां" मार्ग ललितपुर, अप्सरा, अभियान टाइम्स, गोरखा एक्सप्रेस, दामन पोष्ट, पव्लिक न्यूज, रामेछाप पोष्ट, अग्रगति, आदर्श, उदय आर्थिक, ठमेल बजार, विशेष खवर, युग व्यथा, लोकप्रवाह, शब्द ब्रहृम, समय प्रतिक्षा, नेपाल न्यूज भक्तपुर
घ वर्गमा परेका साप्ताहिकहरू
टुङगुन ललितपुर, अगुवा, अस्त्र, अग्रगामी, किर्तिपुर दपर्ण्र्ााखानतलास, खवरपत्र, खबरदुत, गोदावरी पोष्ट, गठबन्धन, छलांङ, छापामार, जनपर््रदर्शक, जनविचार, जनताको आवाज, जनसागर, देवदुत, नवपथ, पर््रवद्धन, पश्चिम पोष्ट, पर्ुनप्रयास, बाचा, बहुविचार, विश्व घटना, राजधानी आवाज, राष्ट्रिय केन्द्रविन्दु, मेरो पत्रिका, ललित सन्देश, लोक संचार, सहिद, स-शक्ति, श्रवण ।
क वर्गमा परेका पाक्षिक
एक्काइसौं शताब्दीको बजार
ख वर्गमा परेका पाक्षिक
एजुकेशन पेजेज, मधेशवाणी
ग वर्गमा परेका पाक्षिक
किरा"त आवाज, वाणी, लायकु, पेज थ्री, थिमी टाइम्स
क वर्गमा परेका मासिक
नेपाल खेलकुदमञ्च, कामना, साधना, सोपान, नवयुवा, मुल्यांकन ललितपुर, स्वास्थ्य सन्देश, अन्तर्रर्ााट्रय मंच, हाम्रो सम्पदा, गोरक्ष निखिलवाणी, यूवा मंच, ऐक्यबद्धता, हाम्रो जलजला ललितपुर, मार्गदर्शन,
ख वर्गमा परेका मासिक
चाणक्य, अपाङ्ग आवाज, न्हु प्रेष्टिज नेवा ललितपुर, उकाली, विजनेश जर्नल, छारगोङमा ललितपुर, मजदुर आवाज -द्वैमासिक), ललितकला द्वैमासिक, नेशनल मिरर, र्सवज्ञान मंच, जन आज्ञा, युगआस्था
ग वर्गमा परेका मासिक
नया" अग्रगमन, छ्योर्तेन, चम्पक ललितपुर, सुनकोशी आवाज, दिगो ललितआवाज ललितपुर, नया" नेपालपोष्ट, चिलाख भक्तपुर, तामाङ डाजाङ, इलोह" -नेवारी), उपचार, तान्छोप्पा ललितपुर, सुनकोशीको सुसाइ, आनन्द भूमि, गौरी, रेखाङ्कन, अमृतोपदेश, मुजुरा, मुन्धुम, बुङवाखा, सिद्धाश्रम, मध्यपुर पोष्ट भक्तपुर, नवतलास, नेपाली सरोकार, सहीबाटो
क वर्गका साहित्यिक पत्रिकाहरू
मधर्ुपर्क, मुना, रचना द्वैमासिक, अभिव्यक्ति द्वैमासिक, शब्द संयोजन, जनमत काभ्रेपलाञ्चोक
ख वर्गका साहित्यक पत्रिकाहरू
लिपि पौ . -नेवारी) रञ्जना लिपी, नारी स्वर ललितपुर, नः लि. द्वैमासिक, बनिता त्रैमासिक मोरङ, शिवपुरी सन्देश, नव प्रज्ञापन त्रैमासिक बारा,
ग वर्गमा परेका साहित्यिक पत्रिकाहरू
लोकभावना मकवानपुर, शब्दाङ्कुर, जमघट द्वैमासिक सिन्धुपाल्चोक, कलश
घ वर्गका साहित्यिक पत्रिका
शब्दाङ्कुर
क वर्गका दैनिक -मोफसल)
कृष्णा-सप्तरी, राजविराज टुडे-सप्तरी, ब्लाष्ट र्टाईम्स-सुनसरी, जनसंर्घष्ा-रुपन्देही, नया" सत्ता- रुपन्देही, नवतिलोत्तमा-रुपन्देही, नयां भावना-रुपन्देही, बुटवल टुडे- रुपन्देही, मेचीकाली सन्देश-रुपन्देही, लुम्विनी-रुपन्देही, नया" युगबोध- दाङ, हेटौडा सन्देश- मकवानपुर, प्रतीक- पर्सर्ााआदर्श समाज-कास्की, पोखरापत्र- कास्की, पोखरा आवाज- कास्की, पोखरा हटलाईन-कास्की, जनकपुर टुडे-धनुषा, पर्ूवाञ्चल- झापा, उद्घोष- मोरङ, औजार- सुनसरी, जनव्रि्रोह-मोरङ, जनसंसद- झापा, पर्ूव सन्देश-झापा, सुदूर सन्देश-कैलाली, सन्जीवनीपत्र काभ्रे
ख वर्गमा परेका दैनिकहरू -मोफसल)
राजविराज दैनिक समाचारपत्र-सप्तरी, काक्रेबिहार-सर्ुर्खेत, अंकुश-पर्सर्ााचितवन पोष्ट-चितवन, पारदर्शी- चितवन, समाधान-कास्की, विश्व जागरण-धनुषा, तर्राई टाइम्स- धनुषा, कृपा-बारा, दर्शन-मोरङ, नारायणी एक्सप्रेस-मकवानपुर, त्रिशुली समाचार- नुवाकोट, न्यूमेची टाइम्स- झापा, आजको वातावरण-सप्तरी, कालपृष्ठ-ब"ंाके, नेपाली एक्सप्रेस-बा"के, धनगढी पोष्ट-कैलाली, हमार पाहुरा- कैलाली, पश्चिम नेपाल-कंचनपुर
ग वर्गमा परेका दैनिक -मोफसल)
सत्य तथ्य- सप्तरी, मध्यपश्चिम सन्देश- बा""ंके, निष्पक्ष ध्वनी-बा"के, ढोरपाटन-बाग्लुङ्ग, कायाकैयरन- चितवन, कैलाली हटलाईन-कैलाली, टिकापुर-कैलाली, मर्निङ्ग वेल-कैलाली, सेती समाचार-कैलाली, श्री नेेपाल टाइम्स- कैलाली, एन्जिल टाइम्स-कञ्चनपुर, महेन्द्रनगर पोष्ट- कञ्चनपुर, फारवेष्ट टाइम्स- कञ्चनपुर, सेतीमादी-तनहंु, भन्ज्याङ्ग- तनह"ु, सन्ध्याकालिन दैनिक आकांक्षा- धनुषा
घ वर्गमा परेका दैनिक -मोफसल)
पर्ूवप्रभात- सप्तरी, हाम्रो नया" नेपाल- सर्ुर्खेत, टिकापुर टाइम्स - कैलाली,
क वर्गमा परेका साप्ताहिक -मोफसल)
नव जनचेतना पाल्पा, मिथिला सप्तरी, नौलो जनउभार दाङ, सूचना सप्तरी, सत्यापन सप्तरी, चेष्टा काभे्र, काभ्रे टाइम्स काभ्रे,
ख वर्गमा परेका साप्ताहिक -मोफसल)
साप्ताहिक आवाज रामेछाप, दिव्य रोशनी सुनसरी, गोरेटो सप्तरी, नविन सप्तरी, सप्तरी जागरण सप्तरी, सगरमाथा आवाज सप्तरी, भैरहवा रुपन्देही, विम्व डोटी, बारा सन्देश बारा, बारा दर्पण बारा, राप्ति समाचार दाङ, फेवा मोरङ, मोफसल मोरङ, श्री जनमत मोरङ, नया"ं रुपरेखा नुवाकोट, फूलपाति पर्सर्ाासिमाना पर्सर्ाार्सर्वेक्षण पर्सर्ाानिष्पक्ष अभिमत पर्वत, न्यू ज्वारभाटा सिरहा, पर्ूव साप्ताहिक सिरहा, कमलामाई एक्सप्रेस सिन्धुली, चितवन चितवन, पर्ूण्ापुष्टि उदयपुर, माझखर्क उदयपुर, राष्ट्रिय स्वाभिमान कास्की, हिमदुत कास्की, काभ्रे पोष्ट काभ्रे, कपिलवस्तु सन्देश कपिलवस्तु, गामघर धनुषा, नव विचार धनुषा, लोकमत धनुषा, जनविश्वास धनकुटा, धनकुटा धनकुटा, रक्षा बारा, आरसी र्टाईम्स कास्की, विदेहराज सप्तरी, मधेश क्रान्ति सप्तरी, श्री सत्यापन सप्तरी, सप्तरी पोष्ट सप्तरी, सूचना सौगात र्सलाही, धौलागिरी स्टार बाग्लुङ, विराट दर्पण मोरङ, पर्ूव ज्योति मोरङ, हेटौडा वाः पौ मकवानपुर, निकास मकवानपुर, जनआन्दोलन झापा, त्रिशुली प्रवाह नुवाकोट, जनन्ते नजर पर्सर्ाानव क्षितिज काभ्रे, जनमुक्तिमार्ग धादिङ, द धनकुटा हेराल्ड धनकुटा, किरण बांके, गा"ंउघर दाङ, गाउ"ले देउराली पाल्पा, जनप्रतिरोध काभ्रे, जन आकांक्षा धनुषा, धनुषा साप्ताहिक धनुषा
ग वर्गमा परेका साप्ताहिक -मोफसल)
तर्राई एक्सप्रेस रौतहट, एक हप्ते एक्सन टाइम्स सुनसरी, विजयपुर सुनसरी, बराहा सुनसरी, पर्ूव टाइम्स सुनसरी, हाम्रो कोशी आवाज सुनसरी, सप्तकोशी सुनसरी, नव जनक्रा्रन्ति सप्तरी, मधेश टाइम्स सप्तरी, रिपोर्टस आवाज सप्तरी, सप्तरी सन्देश सप्तरी, नवपरिचर्चा र्सलाही, बैतडी सन्देश बैतडी, कलैया टुडे बारा, महिला सञ्चार बा"के, समय अधिकार बा"के, बबई बर्दिया, कालिञ्चोक सन्देश दोलखा, सूचनापत्र दाङ, कालापानी पोष्ट दार्चुला, अलकापुरी नेपाल मोरङ, कान्तिपथ मोरङ, दिर्ग्दर्शन मोरङ, दृष्टान्त मोरङ, न्यू पाथिभारा मोरङ, राष्ट्रिय जनहित मोरङ, राष्ट्रवादी समाचारपत्र मोरङ, शान्ति नेपाल मोरङ, सूचना र सञ्चार मोरङ, हेटौडा खवरपत्र मकवानपुर, तथ्य महोत्तरी, महोत्तरी खवर महोत्तरी, मैथिल सन्देश महोत्तरी, युगपुकार महोत्तरी, जनज्योति झापा, नया" कामना झापा, सूपर्ूव मालिका झापा, नुवाकोट आवाज नुवाकोट, नुवाकोट पुकार नुवाकोट, जनअर्पण नवलपरासी, क्राईम कन्ट्रोल पर्सर्ााचिन्तनशील पर्सर्ााजनविमर्श पर्सर्ाातर्राई जागरण पर्सर्ाादि योङ गाईज पर्सर्ाार्सवशक्तिमान पर्सर्ााभेल पर्सर्ााधौलागिरी पोष्ट पर्वत, मोदीकाली पर्वत, नव जागृति सिरहा, जनप्रभात सिन्धुली, सिन्धुल सिन्धुली, कर्मदा लमजुङ, लमजुङ आवाज लमजुङ, पावनभूमि इलाम, वेग उदयपुर, हाम्रो जनसन्देश कैलाली, हाम्रो सेती कैलाली, कास्की सन्देश कास्की, मध्यमार्ग काभ्रे, अभिभारा कालिकोट, बुद्ध आवाज कपिलवस्तु, पर्ूव पोष्ट ताप्लेजुङ, लोकवाणी तन"हु, तनहु" आवाज तनहु", खोजविन धनुषा, नया" पाइलो धनुषा, नेपाल मेल धनुषा, पर्ूवाधार धनुषा, धरान सुनसरी, र्सलाही आवाज र्सलाही, दिगो विज्ञापन सर्ुर्खेत, राष्ट्रिय समाचारपत्र मोरङ, नवआर्दश पर्सर्ाारोशी काभ्र्रे, चुली सन्देश कालिकोट, लोकपुकार धनुषा, शिरिष धनुषा, इटहरी सुनसरी, नौलो अभियान सुनसरी, विश्वस्त सुत्र सुनसरी, खरो विचार सर्ुर्खेत, समावेशी सन्देश बर्दिया, अनमोलमणी मोरङ, खुलस्त मोरङ, दिव्य दृष्टि मोरङ, जलेश्वर महोत्तरी, जनविश्वास एक्सप्रेस पर्सर्ाासिन्धु प्रवाह सिन्धुपाल्चोक, अन्तरङ -काठ बाट प्र) लमजुङ, द थर्ड आई धनुषा, जनकपुर सम्वाद धनुषा, जनसौगात धनुषा
घ वर्गमा परेका साप्ताहिक -मोफसल)
रौतहट आवाज रौतहट, शिवशक्ति सप्तरी, आजको सामना बा"के, उज्यालो बा"के, कृष्णसार बर्दिया, धरणी मोरङ, संयन्त्र मोरङ, सम्पर्ूण्ा समाचार सिन्धुली, अग्नी धनुषा, जानकी धनुषा, रौतहट जागरण धनुषा
ख वर्गका अर्ध साप्ताहिक -मोफसल)
प्रयास मकवानपुर, सन्डे टाइम्स पर्सर्ाा वर्गका अर्ध साप्ताहिक -मोफसल)
जनमत बां"के, दार्चूला सन्देश दार्चूला, धौलागिरी जागरण बाग्लुङ्ग, सीमाञ्चल धनुषा
क वर्गको पाक्षिक मोफसल
पोेखरा एक्सप्रेस कांस्की
ग वर्गको पाक्षिक मोफसल
फेवा पोष्ट खबर कास्की
ख वर्गको पाक्षिक मोफसल
हाम्रो कलम कास्की ख
ग वर्गको पाक्षिक मोफसल
आध्यात्मक जागरण धनुषा, समुदाय र सृजना -त्रैैमासिक) पर्वत, पोखरा भिन्तुना कास्की, नेपाल ग्राउन्ड राइट रुपन्देही, अवसर र्सलाही, नेपाल परीवेश त्रैमा. रुपन्देही, पर्ूवाञ्चल दर्पण मोरंग
घ वर्गको पाक्षिक मोफसल
नया" जमर्को रामेछाप, नया" सुरुङ र्सलाही, नया"प्रवाह त्रैमासिक रसुवा
हुबहुमा परेका पत्रपत्रिका
दैनिक
उपत्यका, नया" कोतपर्व, मेट्रो अनलाइन, मेट्रोपोष्ट दैनिक, खोजतलास दैनिक, दैनिक -मोफसल) ताजा समाचार -सप्तरी) श्र िजनआक्रोश -सप्तरी), जनप्रतिविम्व -पर्सर्ाा नारायणी टुडे -पर्सर्ाा बाइपास -पर्सर्ाा सत्य सन्देश -पर्सर्ाा जनकपुर एक्सप्रेस -धनुषा), राष्टिूय सहारा दैनिक -पर्सर्ाा जनसृष्टि दैनिक -पर्सर्ाा सन्देश दैनिक -मोरङ), राष्ट्रिय दैनिक सन्ध्याकालीन -पर्सर्ााहुबहुमा परेका साप्ताहिक/पाक्षिक/मासिक
बादल -काठमाडौं), समाचार मञ्च -भक्तपुर), नया" आवाज -काठमाडौं), नेपाली राष्ट्रिय आवाज -काठमाडौं), दिनपत्र -काठमाडौं), चित्रण -काठमाडौं), कटाक्ष -काठमाडौं), अन्तर्रर्ााट्रय समाचार -काठमाडौं), एशियाली आवाज -काठमाडौं), कुटुम्ब -काठमाडौं), डेमोक्रेसी -काठमाडौं), नवशक्ति -काठमाडौं), विचार मन्थन -काठमाडौं), भूमिका साप्ताहिक -काठमाडौं), मौलिक -काठमाडौं), सत्य सुमन -काठमाडौं)सञ्चार दूत -काठमाडौं), सञ्चार वाणी -काठमाडौं), समय सर्न्दर्भ -काठमाडौं), स्वविवेक -काठमाडौं), रक्षक -काठमाडौं) मूलबाटो -काठमाडौं), बारा टाइम्स -काठमाडौं), फेमस -काठमाडौं), इन्द्रेणी साप्ताहिक -काठमाडौं), उपभोक्ता पोष्ट साप्ताहिक -काठमाडौं), हाम्रो दृष्टिकोण सा. -काठमाडौं), निर्म संचार साप्ताहिक -काडमाडौं), नेपालबोध साप्ताहिक -काठमाडौं), राष्ट्रिय आकांक्षा साप्ताहिक -काठमाडौ), रचना -काठमाडौं), मानव आवाज -काठमाडौं), लोकविचार -काठमाडौं), लोक समाचार -काठमाडौं), झटारो -काठमाडौं), समय समिक्षा -काठमाडौं), नया" निकास -काठमाडौं), छापाखाना -काठमाडौं), अभियान साप्ताहिक -काठमाडौं), साप्ताहिक -मोफसल), आजको तर्राई खबर -बारा), हिम्मत -र्सलाही), परिवेश न्यूज -र्सलाही), जनवकालत -र्सलाही), आकांक्षापत्र -पर्सर्ाा उत्थान -पर्सर्ाा च्यालेन्ज -पर्सर्ाा नवहिमालय टाइम्स -पर्सर्ाा पवनदूत -पर्सर्ाा श्री कुरुक्षेत्र -पर्सर्ाा पर्सर्ाार्पण -पर्सर्ाा सत्य समाचारपत्र -पर्सर्ाा सरस्वती सृष्टि -पर्सर्ाा शारदा -पर्सर्ाा स्टार न्यूज -पर्सर्ाा क्षितिजपारी -पर्सर्ाा मिलनसार -पर्सर्ाा जनतापथ -मोरङ), मोरङ्ग -मोरङ्ग), नेशनल पोष्ट -मोरङ), नव नेपाल टाइम्स -धनुषा), नवजनप्रिय -धनुषा), विदेह -धनुषा), आशक्ति -पर्सर्ाा ग्रामीण विकास -कास्की), न्यू सन्देश -पर्सर्ाा दृष्टिचर्चा -पर्सर्ाा युवा जनप्रिय -धनुषा), नया" विष्फोट -सप्तरी), नशेमन -बा"के), जनक -धनुषा), पिपुल्स विक्ली -धनुषा), दर्पण -पर्सर्ाा मोर्चा -पर्सर्ाा प्रभातवाणी -पर्सर्ाा वास्तव समाचार -पर्सर्ाा वीरगञ्ज कलेक्सन -पर्सर्ाा महोत्तरी जागरण -धनुषा), मिथिला जागरण साप्ताहिक -धनुषा), क्राइमकेयर साप्ताहिक -रौतहट), मदरलैण्ड एक्सप्रेस -धनुषा), न्यू सिजन -पर्सर्ाा न्यू हाइवे -पर्सर्ाा मिथिलाञ्चल एक्सप्रेस -धनुषा), प्लेटर्फम-पर्सर्ाा नारायणीधारा -पर्सर्ाा देश दर्शन -पर्सर्ाा प्रभात -धनुषा), सर्न्दर्भ -धनुषा), विजया साप्ताहिक -धनुषा), साप्ताहिक नमस्कार -मोरङ), अनुसन्धान साप्ताहिक -मोरङ), प्रभातफेरि साप्ताहिक -काभ्रे), पाक्षिक -मोफसल), तर्राई सन्देश पाक्षिक -पर्सर्ाा आली नजर पाक्षिक -पर्सर्ाा साकार पाक्षिक -मोरङ) जनपथ डायरी पाक्षिक -मोरङ), देश जागरण पाक्षिक -पर्सर्ाा

Monday, November 23, 2009

एमालेमा युथफोर्स कमाण्डरको खोजी, युवासंघमा इन्द्र र महेशको भिडन्त


- दीपक अधिकारी
काठमाडौं । नेकपा एमालेले आफ्नो लडाकु संगठन युथफोर्सलाई पुनर्जीवन दिने भएको छ । पार्टर्ीीे आगामी पोलिटव्युरो बैठकले युथफोर्स निर्देशिका पारित गरेपछि युथफोर्स पुनः सक्रिय हुनेछ । यद्यपि अब युथफोर्स प्रजातान्त्रिक राष्ट्रिय युवासंघको विभागका रुपमा नभई अलग्गै भातृ संगठनका रुपमा उदाउने भएको छ । केन्द्रीय सदस्य योगेश भट्टर्राई इन्चार्ज रहने गरी युथफोर्स आउन लागेको र त्यसको कमाण्डर कसलाई बनाउने भन्नेबारेमा पार्टर्ीी छलफल भइरहेको स्रोतले जनाएको छ । यसअघिका युथफोर्स कमाण्डर महेश बस्नेत युवासंघको अध्यक्षमा उठ्ने भएपछि युथफोर्स कमाण्डर अर्कै व्यक्ति बन्नेछन् । युथफोर्सको कमाण्डरका बन्नका लागि युवासंघकै नेता स्वयम्भूराज डंगोलले नेताहरुसमक्ष चाहना व्यक्त गरेका छन् । उनले युथफोर्स परिचालनको भिजनसमेत पेश गरेको स्रोतले जनाएको छ । तर डंगोल खेलाडी पृष्ठभूमिका भएकाले उनलाई युथफोर्सको साटो लोकतान्त्रिक खेलाडी महासंघको अध्यक्ष बनाउने सम्भावना रहेको एमालेवृत्तमा चर्चा चलेको छ । सो संगठनको इन्चार्ज खेलकुद परिषदका पर्ूव सदस्य सचिव एबं वैकल्पिक केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ रहनेछन् । एमालेले अब युथफोर्सलाई अलग संगठनका रुपमा अगाडि बढाउने र हरेक जनवर्गीय संगठनहरुमा पनि युथफोर्स गठन गर्ने भएको छ । मजदुर संगठनमा मजदुर युथफोर्स, विद्यार्थीमा विद्यार्थी युथफोर्स, महिलामा महिला युथफोर्स, किसानमा किसान युथफोर्स गठन गरि देशव्यापी रुपमा लडाकु सन्जाल बनाइने भएको छ । यसअघि युवासंघको विभागका रुपमा रहेको युथफोर्सले देशव्यापी रुपमा माओवादीविरुद्ध लडाइ लडेर पार्टर्ीीक्तिलाई बचाए पनि आर्थिक मामिलामा विवाद आएकाले पार्टर्ीीे प्रत्यक्ष कमाण्डमा राख्न लागिएको एमालेका एक नेताले बताए ।
उता युथफोर्सलाई निस्त्रिmय पार्नमा युवासंघकै केही नेताहरुको हात रहेको बताउने युथफोर्स कमाण्डर महेश बस्नेत भने अब पुसमा हुने युवासंघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । हाल कोषाध्यक्ष रहेका बस्नेतले देशव्यापी रुपमा आफ्नो लोकप्रियता बढेपछि केही नेताहरु आत्तिएर युथफोर्स निष्त्रिmय पार्ने र आफूलाई जबर्जस्ती रुपमा केपी ओली कित्तामा धकेल्ने षडयन्त्रमा लागेको आरोप लगाउँदै आएका छन् । पुस ११ देखि १३ गतेसम्म सिरहाको लहानमा हुने युवासंघको राष्ट्रिय सम्मेलनमा इतिहासमै सम्भवतः पहिलो पटक निर्वाचन हुने सम्भावना बढेको छ । अध्यक्ष पदका लागि हालका महासचिव इन्द्रलाल सापकोटा र युथफोर्स कमाण्डर महेश बस्नेतले आन्तरिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष अजम्बर काङमाङ, उपाध्यक्ष गरिमा शाह र सचिव हस्त पण्डितले उमेरका कारण पनि युवासंघबाट बिदा लिने भएका छन् । युवासंघमा ४० वर्षन्दा माथिका नेताले बस्न नपाउने बैधानिक व्यवस्था रहेको छ । त्यस्तै श्रीप्रसाद साह पनि पार्टर्ीीेन्द्रीय सदस्यमा निर्वाचित भएकाले युवासंघबाट विदा लिने भएका छन् । हुन त वर्तमान महासचिव सापकोटा पनि उमेरका हिसाबले पुस १७ गतेपछि ४० वर्षपुग्नेछन् । तर त्यसभन्दा तीन दिनअघि नै युवासंघको राष्ट्रिय सम्मेलन सकिने भएकाले अध्यक्ष पदमा प्रत्याशी बन्नबाट बिधानले उनलाई रोक्नेछैन । तर उनका प्रतिस्पर्धीहरुले भने तीन दिनपछि ४० वर्षपुग्ने व्यक्तिले युवासंघको नेतृत्व गर्न नपाउने भन्दै यसअघिका महासचिव रविन्द्र अधिकारीलाई बिदा गरिएको नजिर अघि सारिरहेका छन् । सापकोटा पार्टर्ीीे संस्थापन पक्षका हार्डलाइनर हुन् भने बस्नेतको लाइन स्पष्ट भइनसकेको बताइएको छ ।
युवासंघको संस्थापन पक्षले भने महेश केपी ओली पक्षमा लागेको भनेर पार्टर्ीीे संस्थापन पक्षलाई जानकारी दिइरहेको छ । महेश आफैं भने अहिलेसम्म कतै खुलेका छैनन् । सापकोटा एमालेको बाग्लुङ जिल्ला कमिटी सचिव हुँदा हुँदै युवासंघका आएका थिए भने बस्नेतले युवासंघबाटै राजनीति अघि बढाएका हुन् । उनी २०५४ सालको स्थ्ाानीय निर्वाचनमा गुण्डु गाविसको अध्यक्षमा निर्वाचित भएदेखि नै चर्चामा थिए । उनी सो निर्वाचनमा देशभरीकै कान्छो गाविस अध्यक्ष थिए । युथफोर्स कमाण्डर भएपछि उनी देशव्यापी रुपमा चर्चामा आएका हुन् । हाल सापकोटा र बस्नेत दुवै जनाले आ आफ्नो टिम तयार पार्न थालेका छन् । सापकोटाको प्यानलबाट उपाध्यक्षमा हरि र्राई, महासचिवमा निरज आचार्य, सचिवमा चमिना भट्टर्राई र कोषाध्यक्षमा गोविन्द भट्टर्राईको नाम आएको छ । त्यस्तै महेश प्यानलबाट उपाध्यक्षमा ज्ञानकुमार श्रेष्ठ, महासचिवमा हिरा केसी, सचिवमा झपट रावल र कोषाध्यक्षमा बिमला खनालको नाम चर्चामा आएको छ । यद्यपि निरज आचार्य महेश प्यानलको पनि महासचिवका रुपमा चर्चा आएका छन् । निरज महेश प्यानलमा लागेमा हिरा केसी उपाध्यक्ष बन्नेछन् । तीनदेखि पाँच जना उपाध्यक्षको व्यवस्था हुन लागेकाले दुवै पक्षले पद बाँडेर हिंडेको टिप्पणी पनि गरिदैछ । उपाध्यक्षका लागि सत्यनारायण यादव, राजेन्द्रप्रसाद साहलगायतको नाम पनि सापकोटा प्यानलमा आएको छ । स्वयंभू डंगोलले पनि युथफोर्समा नपाए युवासंघको महासचिव लड्छु भनेर नौ जना केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राखिरहेका छन् । महेश बस्नेतलाई युथफोर्स र अनेरास्ववियुबाट आएकाहरुले दह्रो र्समर्थन गरेका छन् । यद्यपि दुवै पक्षलाई चुनावमा जान नदिई र्सवसम्मत गराउने प्रयास पनि भइरहेको छ । र्सवसम्मत भएमा कि त इन्द्रलाललाई अध्यक्ष र महेशलाई महासचिव बनाउने कि त इन्द्रलाललाई बिदा दिएर महेशलाई अध्यक्ष र निरज आचार्यलाई महासचिव बनाउने सम्भावना पनि रहेको छ । यद्यपि युवासंघमा अहिले दर्ुइ समूहका अलग अलग बैठकहरु चलिरहेका छन् । उता नेकपा एमालेको पोलिटव्युरो बैठकको लागि अर्को मुद्दा थपिएको छ । पार्टर्ीीत्रको विवादलाई लिएर संस्थापन पक्षलाई घेराबन्दीमा पार्न खोजिरहेको केपी ओली पक्षलाई अर्को मसला थपएकिो छ । पार्टर्ीीे बैठकमा औपचारिक छलफल नगरि जातिय राज्यको प्रस्ताव संविधानसभाको शासकीय स्वरुप समितिमा बुझाएकोमा ओली पक्षले आपत्ति जनाएको छ । माओवादीको फोटोकपीलाई एमालेको प्रस्ताव भनेर लगिएको भन्दै पोलिटव्युरोमा जमेर आलोचना गर्ने तयारी भइरहेको छ । मंसिर ८ गतेको सांघु साप्ताकिबाट

Monday, November 16, 2009

माओवादीलाई पचेन रेखाको नाच


काठमाडौं । तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्नुपर्ूव दोस्रो चरणको आन्दोलनको कमी-कमजोरी, उतारचढाव, उपलब्धि र नोक्सानीको बारेमा मूल्यांकन गर्नुपर्ने तर्क माओवादीका कार्यकर्ताले अगाडि सारेका छन् । आन्दोलनको कार्यक्रम र्सार्वजनिक गरिसकेपछि घोषित कार्यक्रमबाट पछाडि हट्न नहुने तर्क माओवादी कार्यकर्ताले अगाडि सारेका छन् । दोस्रो चरणको घोषित कार्यक्रम कतिपय फिर्ता लिएका कारण कार्यकर्ताबीचमा पैदा भएको निराशतालाई ध्यानमा राख्दै आइन्दा घोषित कार्यक्रम फिर्ता कुनै हालतमा नलिन कार्यकर्ताले नेतृत्वसमक्ष सिकायत गरेका छन् ।
कार्यक्रम घोषणा गर्नुपर्ूव त्यसबाट पर्नसक्ने चौतर्फी असरलाई ध्यानमा राख्नुपर्ने, तर घोषित कार्यक्रम भने कुनै हालतमा फिर्ता लिन नहुने माओवादी कार्यकर्ताले नेतृत्वसमक्ष जानकारी गराएका छन् । संर्घष्ाको कार्यक्रमको नेतृत्व पार्टर्ीी शर्ीष्ा नेताहरुले लिनुलाई कार्यकर्तापंक्तिले प्रशंसा गरेको छ । तर, पार्टर्ीीध्यक्ष प्रचण्ड नै रेखा थापास"ग नाचेको कुरा भने स्वाभाविक रुपमा लिन नसकिने कार्यकर्ताले बताएका छन् । त्यस्तो कार्यले पार्टर्ीीेताको तौल घटाउने, आन्दोलनको महत्त्वलाई हल्का बनाउने काम गर्ने जिकिरसमेत माओवादी कार्यकर्ताले लिएका छन् । माओवादी नेतृत्वले तेस्रो चरणको आन्दोलनको कार्यक्रम र्सार्वजनिक गरेको छैन । तर, दोस्रो चरणको आन्दोलनको समाप्तिका दिन सहमति नभई तेस्रो चरणमा संर्घष्ाको अझ कडा कार्यक्रम र्सार्वजनिक गर्ने भनी सातदिने अल्टिमेटम दिएको थियो । -मंसिर १ गतेको सांघु साप्ताहिकबाट

कोमल वलीलाई तपनाथ दाम्लो -


-दीपक अधिकारी
काठमाडौं । लामो समय रेडियो नेपाल र नेपाल टेलिभिजनको नेतृत्व गरेर अवकाश पाइसकेका तपनाथ शुक्ल केही निजी टेलिभिजन गृहको अनुभव लिई पुनः रेडियो नेपालमा छिरेपछि कामचोर र ठग कर्मचारीहरूको भागाभाग भएको छ । शुक्ल रेडियो नेपालको कार्यकारी प्रमुख भएर गएपछि 'चर्चित महिला' कोमल वलीको समेत सातो गएको छ । समाचार प्रमुखदेखि केही वरिष्ठ हाकिमहरूले फ्याक्सबाटै राजीनामा पठाएका छन् भने कतिपय भने अझै पनि शुक्लको नजरमा पर्न बा"की रहेको चर्चा रेडियो नेपालमा चलेको छ । शुक्ल कार्यकारी भएर गएपछि नवांै तहका समाचार प्रमुख कृष्ण केसीले सगरमाथा टेलिभिजनको फ्याक्सबाट राजीनामा पठाएका छन् । केसी हाल सगरमाथा टीभीको महाप्रबन्धक छन् । त्यस्तै, दसौं तहका भैरवबहादुर अधिकारीले पनि फ्याक्सबाटै राजीनामा पठाएका छन् । उनी विज्ञापन महाशाखाको प्रमुख भएका बेलाका एक करोडभन्दा बढी विज्ञापनको रकम अहिलेसम्म उठेको छैन । हाल उनी देशबाट पलायन भएका छन् । २२ महिनादेखि क्यानाडामा बसेर रेडियो नेपालको जागिर खाइरहेका रुद्र चुडालले पनि ठूल्ौ हारगुहारसमेत काम नलागेपछि राजीनामा दिएका छन् ।
नेपाल टेलिभिजनकी समाचारवाचिका अलका आत्रेया चुडालका श्रीमान् रुद्रले नेपाल आएर थप बिदाका लागि हारगुहार गरेका थिए, तर शुक्लले 'बिदा दिइ"दैन, कि जागिर खानूस् कि राजीनामा दिनूस्' भनेपछि राजीनामा दिएर हि"डेका छन् । कृष्ण केसीले राजीनामा दिएपछि उनको ठाउ"मा खगेन्द्र खत्री समाचार प्रमुख बनेका छन् । शुक्लको आगमनपछि हाजिर गरेर टाप कस्नेहरूको बिचल्ली भएको छ । यतिसम्म कि सदाबहार शक्तिशाली कोमल वलीलाई समेत सकस परेको छ । वलीको सर्न्दर्भमा भने शुक्लले 'यी डुलुवा मान्छे हुन्, समाचार वाचनको नियमित सेड्युलमा नराख्नू, बाहिर पाएसम्म यहा" आउ"दिनन्' भन्दै सिफ्टमा नराख्न निर्देशन दिएका छन् ।
रात्रि सिफ्टमा रहेकी वली कहिलेकाहीं मात्र रेडियो नेपालमा जाने र साढे ५ बजे छिरेर साढे सातभित्रै निस्कने गर्छिन् । उनको ड्युटी भने राति ११ बजेसम्म रहेको कर्मचारीहरू बताउ"छन् । त्यस्तैगरी काम नगरी चौरमा बसेर गुड्डी हा"क्ने, घाम ताप्नेहरूलाई पनि तपनाथको तप लागेको छ । यद्यपि, अझै केही कर्मचारीको हकमा भने शुक्लको नजर नपरेको चर्चा पनि रेडियोमा चलेको छ । पा"चौं तहका कार्यक्रम सञ्चालक अमर लामा बिहानै आएर हाजिर गरेर हि"डे पनि शुक्लको नजर नपरेको चर्चा चलेको छ भने संगीत महाशाखाका प्रमुख भूपेन्द्र रायमाझीको कर्ुर्सर्ीीहिले पनि खाली नै रहने गरेको छ । कतिपय संगीतकार, कलाकारहरू बिहानै रक्सी गन्हाउ"दै आउ"छन् अनि अफिसकै मादल र गितार बोकेर टाप कस्छन् भन्ने चर्चा पनि चल्ने गरेको छ ।
मंसिर १ गतेको सांघु साप्ताहिकबाट

किरणले चाइनिज छाता ओढ्दा बाबुरामलाई झस्का


काठमाडौं । उहिले-उहिले नेपालका कम्युनिस्टहरू चीन र रूसमा पानी पर्‍यो भने काठमाडौंमा छाता ओढ्छन् भन्ने गरिन्थ्यो । समय फेरिएको छ । रूसमा कम्युनिस्ट शासनको अन्त्य भएको २० वर्षभइसकेको छ भने चीन पनि उदारीकरणमा गइसकेको छ । तर, समय फेरिए पनि नेपालको सबैभन्दा ठूलो र क्रान्तिकारी भनिएको पार्टर्ीी पनि चरम क्रान्तिकारी नेतामा भने अझै त्यसको धङधङी कायमै रहेको चर्चाले माओवादी-वृत्तमा ठाउ" पाएको छ । कुरा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूको हालैको चीन भ्रमणको हो र प्रसंगचाहि" सोही पार्टर्ीी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य 'किरण' को सत्तामोहको हो । चीन भ्रमणबाट फर्किएलगत्तै किरणले माओवादी नेतृत्वमा सरकार गठन भएपछि नागरिक सर्वोच्चताको आन्दोलन रोकिने बताएपछि त्यसको सिकार भने अर्का उपाध्यक्ष डा. बाबुराम भट्टर्राई बनेछन् । मोहन वैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्दलगायतका नेताहरूमा एकाएक सरकारको भोक जागेको देखेपछि बाबुराम पक्षधरहरू अचम्मित भएका छन् । चीन जानुअघिसम्म सरकारको नामै सुन्न नचाहने नेताहरू अहिले आएर एकाएक माओवादी नेतृत्वमा सरकार गठन भएमा नागरिक सर्वोच्चता आफैं बहाली हुने निष्कर्षा पुग्नुलाई बाबुराम पक्षले भने चीन भ्रमणको धङधङीका रुपमा लिएको छ ।
चीनबाट फर्केलगत्तै मोहन वैद्यले रिपोर्र्टर्स क्लबमा उभिएर माओवादीको आन्दोलन सरकारको नेतृत्वका लागि नै हो भनेपछि त्यसको नकारात्मक असर आन्दोलनमा परेको र देश-विदेशका शुभचिन्तकहरूलाई आश्वस्त पार्न बाबुरामलाई ठूलो समस्या परेको चर्चा पनि बाबुराम-वृत्तमा चलेको छ । 'उहा" पार्टर्ीीे अहिलेको राजनीति लाइनकै बारेमा अन्योलमा हुनुहुन्छ । जतिबेला पार्टर्ीी १२ बु"दे समझदारी गर्‍यो, त्यो बेला उहा"हरू जेलमा हुनुहुन्थ्यो, त्यसैले उहा"हरूलाई चित्त बुझेको छैन । चीन जानुअघि चीनलाई संशोधनवादी भन्ने कमरेड चीनबाट फर्केपछि एकाएक परिवर्तन हुनुभयो । चीनले सरकार छाडेर गल्ती गर्‍यो भनेछ, त्यसपछि त कमरेडलाई सरकारमा जाने भूत एकाएक सवार भइहालेछ,' बाबुराम निकट एक नेताले भने । त्यसो त, राष्ट्रिय जनआन्दोलन नेपालका संयोजकसमेत रहेका उपाध्यक्ष भट्टर्राईले हालै केही पत्रकार तथा नागरिक अगुवाहरूस"गको अलग-अलग अनौपचारिक छलफलमा समेत मोहन वैद्यले कुरा बिगारेकाले आफूलाई गाह्रो परेको बताएका थिए । 'उहा"ले चीनमा पानी परेपछि काठमाडौंमा छाता ओढ्न थाल्नुभयो, समस्या त्यहींबाट सुरु भयो,' भट्टर्राईले भने । उता, वैद्य निकटस्थ एक प्रभावशाली पोलिटब्यूरो सदस्यले भने नया" सरकारको नेतृत्व आफूले गर्न नपाउने भएपछि बाबुरामले अर्को खेल खेलेको र आन्दोलन रोक्दा पनि नरोक्ने र कुनै निष्कर्षा पुग्न पनि नदिने खेल खेलेको आरोप लगाए । 'उहा"मा ठूलो भ्रम छ, अहिले पार्टर्ीी लिएको नीति र लाइन मेरो बपौती हो भन्नेमा । त्यसैले उहा" पार्टर्ीीे अहिलेको लाइनमा अरू हावी भएको देख्न चाहनुहुन्न र अध्यक्षलाई समेत नराम्ररी फसाइरहनुभएको छ,' वैद्य निकट ती नेताले सा"घुस"ग भने ।
त्यसो त, अध्यक्ष प्रचण्ड विस्तारै बाबुरामबाट वैद्यतिर ढल्किएको अनुमान गरिए पनि अहिलेसम्म दुवै पक्षलाई समदूरीमै राखेर हि"डिरहेका छन् । 'उहा"को मौसम र मान्छे हेरेर बोल्ने बानीले पनि आन्दोलनमा बेला-बेलामा समस्या देखिएका छन्,' बैशाली होटलमा केही पत्रकार र नागरिक समाजका अगुवास"गको भेटमा बाबुरामले प्रचण्डको बारेमा यही आशय व्यक्त गरेको स्रोतले जनाएको छ । पार्टर्ीी विभिन्न नेताहरूलाई उधारो मन्त्री पद बा"डेर हि"ड्नेदेखि एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको ललीपप देखाउनेमा पनि प्रचण्डले आफ्नो त्यो स्वभाव झल्काएको बताइन्छ । त्यतिमात्र होइन, अध्यक्ष प्रचण्डले एमाले नेताहरूको एक भेटमा 'मैले त झलनाथजीलाई प्रधानमन्त्री बनाउन खोजेको, किरणजी र बाबुरामजीले मान्नुभएन' भनेको कुरालाई एमाले उपाध्यक्ष अशोक र्राईले र्सार्वजनिक गरिसकेका छन् । पार्टर्ीी नेताहरूले आन्दोलन सरकार प्राप्तिपछि रोकिन्छ भनेर अभिव्यक्ति दिएपछि आफूले ठाउ"-ठाउ"मा स्पष्टीकरण दिन परिरहेको बाबुरामको गुनासो छ । कतिपयले भने पुनः किरण र बाबुरामलाई भिडाएर प्रचण्डले महाधिवेशनका लागि शक्तिसञ्चय गर्न खोजेको टिप्पणी पनि गरिरहेका छन् ।
मंसिर १ गतेको सांघु साप्ताहिकबाट