Saturday, September 25, 2010

नर्सिङ शिक्षाप्रति आकषिर्त हुँदै युवतीहरू


-दीपक अधिकारी, (anjansmriti@gmail.com)
प्रवेशिका परिक्षाको नतिजापछि छात्रछात्राहरूको गन्तव्य विभिन्न विषयमा हुने गरेको छ । छात्राहरूको रोजाइको पहिलो गन्तव्य बनेको छ स्टाफ नर्स । कुनै समय छोरी ब्रि्रे नर्स, छोरा ब्रि्रे कमर्स भन्ने उखान अहिले हावामा परिणत भएको छ । नेपालमा हाल २४ जिल्लामा नर्सिङ कलेज संचालनमा रहेको र ती कलेजहरूमा प्रवीणता प्रमाणपत तह र विएसी र विएन पढाइ हुदै आएको छ । तीन वर्षप्रविणता प्रमाणपत्र तह सकेका स्टाफ नर्सहरूले व्याचलर नर्सिङ गर्न पाउछन् भने प्रमाणपत्र तहमा विज्ञान विषय लिएर अध्ययन गरेका छात्राहरूले पनि बिएससी नर्सिङ गर्न पाउछन् । हाल नर्सिङ अध्ययनको चापको कारण सीटीइभिटीका ८८ कलेज सीमित हुन पुगेका छन् । नर्सिङ काउन्सिलका अनुसार गतवर्षदशौं हजारले आवेदन दिएकोमा ४ हजार छात्राले भर्ना पाएका थिए । त्यो संख्या अहिले बढ्दो छ । विद्यार्थीको चापलाई मध्यनजर राख्दै कलेजको संख्या बढाउने तयारीमा रहेको काउन्सिलले जनाएको छ । राजधानीका महाराजगञ्ज शिक्षण अस्पताल, वीर अस्पताल, ओम नर्सिङ होम, विएण्डवी, नर्भिक अस्पताल, काठमाडौं मोडल कलेजलगायतले संचालन गरेका कलेजहरूमा विद्यार्थीको अत्याधिक रोजाइ बन्ने गरेको छ । स्वदेशमा रोजगारको ग्यारेन्टी नभएपनि विदेशमा अवसर प्राप्त हुने भएको हुदा विदेश जान सक्ने पहुच भएका उच्च घरानियाका छोरीहरू यसप्रति बढी आकषिर्त भएको पाइन्छ । सरकारले तीन वर्ष नर्सिङलाई प्रमाणपत्र तहको मान्यता दिएको छ । जुन सरकारी सेवामा सुव्वा सरहको पद हो । प्रमाणपत्र नर्सिङ अध्ययनमा ३ देखि ५ लाख रूपैयासम्म खर्च हुने गर्दछ । एक शैक्षिक सत्रको लागि एउटा कलेजले ४० जना भर्ना लिन पाउने प्रावधान रहेको छ । डेढ दशक अघिसम्म त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा मात्र पढाइ हुने नर्सिङ अहिले सिटीभिटीबाट सम्बन्धन लिएका दर्जनौं शैक्षिक संस्थाले अध्यापन गराइरहेका छन् ।
सिटीइभिटीअर्न्तर्गतका कलेजहरूमा स्टाफ नर्स अध्ययनका लागि प्रवेश परीक्षा दिन एसएलसीमा ४५ प्रतिशत ल्याएको हुनर्ुपर्छ । जसका लागि भदौमा प्रवेश परिक्षा लिइन्छ । त्यसको लागि राजधानीमा अहिले विद्यार्थी विभिन्न इन्स्िटच्यूटहरूमा धाइरहेको देखिन्छ । राजधानीलगायत अन्य शहरहरूमा नर्सिङ प्रवेश परिक्षा तयारीका लागि सञ्चालित इन्स्िटच्यूटहरूमा देखिने छात्राहरूको उल्लेख्य भिडले नर्सिङप्रतिको मोहलाई प्रष्ट्याउँछ । एसएलसीमा राम्रो अंक ल्याएर उत्तर्ीण्ापछि नर्सिङलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको पाइएको छ । स्टाफ नर्स नै किन - मनमोहन कलेजमा अध्ययनरत सुदिपा पाण्डे भन्छिन्-'यहाँमात्र होइन विदेशमा समेत रोजगारको राम्रो अवसर छ । पेशागत रूपले सेवामुलक कार्य भएको र सुरक्षित करियरका रूपमा विकास भएकाले यसतर्फआकषिर्त भएको हु“ ।' सिटिइभिटीको प्रवेश परिक्षामा गणित ३५, साइन्स ३५, अंग्रेजी ३० अंक गरेर १ सय पूर्ण्ााङ्क प्रश्न सोधिन्छ । सिटिइभिटीमा असारको तेस्रो साता आवेदन लिइन्छ भने साउनको दोस्रो साता परिक्षाको लागि तयारी हुदैछ । सिटिइभिटीबाट सम्बन्ध प्राप्त ८८ वटा कलेजले स्टाफ नर्स कार्यक्रम चलाएका छन् । एसएलसी उत्तर्ीण्ाहरूले विभिन्न स्थानका लागि एकै वर्षा ५ पटक प्रवेश परिक्षा दिन सक्छन् ।
नेपालमा मेडिकल प्रशिक्षित मानिसको माग युरोप, अमेरिका, जर्मनी, अष्ट्रेलियालगायतका देशमा बढ्दै गएको छ । सवैभन्दा बढी माग नर्सहरूकै छ । प्रत्येक वर्षअमेरिकामा मात्र ६ हजार नर्सको माग हुने गरेको एक तथ्यांकले बताएको छ । विदेशमा प्राप्त अवसरका कारण नेपालमा नर्सहरूका लागि अवसर नै छैन भन्ने अर्थ लाग्दैन । हरेक वर्षउत्पादन हुने नर्सको ठूलो संख्या स्वदेशमै पनि खपत हुने गरेको छ । उनीहरूले पढाइ र कामलाई संगै अघि बढाउदै लगेका पनि हुन्छन् । एकातर्फनेपालमै सरकारी तथा निजी चिकित्सालयको संख्या बढ्दै जानु र अर्कातर्फविदेश जान भिसा प्रकृयाका लागि पनि नर्सिङ अध्ययनको पृष्ठभूमि सहज माध्यम बन्नुले स्टाफ नर्सप्रतिको आकर्षा बढेको हो । प्राविधिक शिक्षाको सूचिमा स्टाफ नर्स रोजगारमुखी र सजिलो पेशा भएकाले आकर्षा बढ्दो क्रममा रहेको नेपाल नर्सिङ काउन्सिलको भनाइ छ । अन्तर्रर्ााट्रय स्तरका परिक्षण प्रवेश परिक्षा उत्तर्ीण्ा गरेको खण्डमा विदेशीने नर्सहरूले काम पाउन सजिलो हुने गरेको छ । खास गरेर विदेशमा उनीहरूले नर्स तथा होमनर्सको रूपमा काम गर्ने गरेको पाइन्छ ।
सिटिइभिटी तथा त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रम एकै प्रकारको रहेको छ । जसमा प्रथम वर्षा आधारभूत नर्सिङ, कम्युनिटी इन्टिग्रेटेड साइन्स, होम भिजिटिङ, दोस्रो वर्षा मिडवाइफरी, ए, बी, सी, नेपाल परिचय, बिहेवियर साइन्स, नर्सिङ केयर अफ चिल्ड्रेन र तेस्रो वर्षा नर्सिङ केयर अफ एडल्ट, लिडरसिप एन्ड म्यानेजमेन्ट लगायतका विषय अध्ययन गर्नुपर्छ । तीन वर्षा पूरा गर्न सकिने प्रमाणपत्र तहको नर्सिङ विषयका लागि सेमेस्टर प्रणाली लागू गरिएको छैन, वाषिर्क परिक्षा प्रणाली नै लागू छ । स्टाफ नर्सबाट करियर शुरु गर्ने विद्यार्थीले स्नातक नर्सिङ-विएन गर्न पाउँछन् । ब्याचलर नर्सिङका लागि त्रिविवि, काठमाडौं, पोखरा र पर्ूवाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरूले अध्ययन गराउदै आएका छन् । सीटीइभीटिले यस तहको लागि सम्बन्धन दिएको छैन । विएस्सी नर्सिङ गर्नेलाई केही वाध्यता छन् । शुरुमा जीव विज्ञान लिएर प्लस टु उच्च अंक सहित पास गरेको हुनुपर्ने र एउटा शिक्षण संस्थाले २० जना मात्रै भर्ना लिन पाउने भएका कारण २० जनाको कोटामा नाम निकाल्न सजिलो छैन । चर्को शुल्कका कारण नाम निकाल्ने जो कोहीले पढ्ने आँट गर्न सक्दैन । व्याचलर नर्सिङका लागि निजी खर्चमा ५ देखि ७ लाख रूपैया खर्च हुने गरेको महाराजगञ्ज नर्सिङ क्याम्पसकि प्राध्यापिका अनिता श्रेष्ठ बताउछिन् । केहीले प्रतिस्पर्धाको आधारमा छात्रवृत्ति पनि पाउने गरेका छन् । स्नाकोत्तर तहमा १८ जना मात्र भर्ना लिन पाउने प्रावधान रहेको छ । त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमा पढाइ हुने गरेको भएपनि अन्य विश्वविद्यालयबाट सम्बन्धन लिएका अध्ययन संस्थाले पनि स्नातक तहको पढाइ संचालनको तयारीमा रहेका छन् । ६ वर्षचिकित्साशास्त्र अध्ययन गरेको विद्यार्थी राजपत्रांकित श्रेणीको काम पाउछ, तर बिएस्सी नर्सिङ गरेका विद्यार्थीलाई भने त्यो सुविधा छैन । क्याम्पसले विएस्सी नर्सिङ गरेका जनशक्तिका लागि अनुकुल हुने पद सिर्जना गर्न डिन कार्यालयमा सिफारिस गरेको तर डिनले अनुमोदनका लागि विश्वविद्यालयमा पुर्‍याए पनि त्यसको सुनुवाइ भएको छैन ।
नर्सिङको अध्ययनमा त्रिभुवन विश्वविद्यालय अर्न्तर्गतका कलेजमा तीन वर्षसमय अवधिको वढीमा १ लाख रूपैया खर्च हुन्छ । सिटिइभिटीअर्न्तर्गत कलेजहरूमा तीनदेखि चार लाखसम्म खर्च हुन्छ । त्रिभुवन विश्वविद्यालय अर्न्तर्गतका नर्सिङ क्याम्पसहरू छात्राहरूले प्रतिमहिना २ सय रूपैया छात्रवृत्तिस्वरूप पाउँछन् । नेपाल नर्सिङ परिषद्का अनुसार २०६७ असार १४ सम्ममा १३ हजार ८ सय ६२ जना जना स्टाफ नर्स, १५ हजार ४ सय २८ जना अनमी, ६ सय २६ फरेन नर्स गरी कूल २९९१६ जना कार्यरत रहेको बताएको छ । परिषद्मा दर्ता भएका नर्सहरूमध्ये करिव ११५ जना केटा नर्सहरू छन् भने अन्य सवै महिला छन् । नेपालमा नर्सहरू वाषिर्क झण्डै तीन हजारभन्दा बढीको संख्यामा उत्पादन हुने गरेको छ । यो संख्या अहिले बढ्दै गएको छ । हाल नेपालको सरकारी सेवातर्फबढीमा चार हजार नर्स कार्यरत भएको अनुमान गरिएको छ । निजी क्षेत्रमा अस्पताल र अन्य निकायमा भने बढीमा ६ हजार नर्स कार्यरत भएको अनुमान छ । त्रिभुवन विश्व वद्यालयको एक अध्ययनले नेपालबाट बीएसस्सी नर्सिङ गर्नेको ५० प्रतिशतको हाराहारीमा बाहिरी मुलुकमा कामका लागि जाने गरेको पाइन्छ । त्यस्तै स्नातकोत्तर नर्सिङ गर्नेहरू भने सवै पारिवारिक कारणले मुलुकमा नै बस्ने गरेको देखिन्छ । स्टाफ नर्स भइसकेकाहरूमध्ये पनि झण्डै ३० प्रतिशतको हाराहारीमा बाहिरी मुलुकमा जाने गरेको एक तथ्यांकले देखाएको छ ।
सीटीइभिटी आफैले पाल्पाको तानसेनमा नर्सिङ कलेज सञ्चालनमा ल्याएको छ भने अन्य कलेजहरू निजी क्षेत्रबाट सञ्चालित हुन् । तानसेनस्थित कलेजबाट स्टाफ नर्स अध्ययन गर्दा एक विद्यार्थीले तीन वर्षा झण्डै डेढ लाख रूपैया खर्च व्यहोर्नुपर्छ । जुन अरु कलेजहरूको तुलनामा सस्तो हो ।  हालसम्म त्रिभुवन विश्वविद्यालयले नेपालमा प्रवीणता प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्मको नर्सिङ विषय अध्यन अध्यापन गराउने एक मात्र निकायको रूपमा पहिचान बनाएको छ । विश्वविद्यालयले महाराजगञ्ज नर्सिङ क्याम्पसका साथै थप ६ वटा क्याम्पसलाई नर्सिङ विषय पढाउनका लागि सम्बन्धन प्रदान गरेको छ । विश्वविद्यालयको नर्सिङ अध्ययन अध्यापनका लागि पीसीएल नर्सिङदेखि स्नातकोत्तर तहसम्मको पाठ्यक्रम निर्माण गरेर पठन पाठनका लागि अनुमति दिंदै आएको छ । यसअर्न्तर्गत दुइ वर्षो व्याचलर इन नर्सिङ-पीवीवीएन, चार वर्षो बिएस्सी नर्सिङ, मार्स्र्टस इन नर्सिङ-एमएन र तीन वर्षो स्टाफ नर्सहरू पर्दछन् । देशकै पुरानो विश्वविद्यालय महाराजगञ्ज नर्सिङ क्याम्पसले पहिलो व्याजमा २० जनालाई उत्तर्ीण्ा गराएको छ । विश्वविद्यायले पढाइ शुरु गरेपनि उत्पादित जनशक्ति उपयोग गर्न सकेको छैन । बिएस्सी नर्सिङ पढाइपछि अनुकूल कार्यक्षेत्रको अभाव रहे पनि अध्यापन गर्न चाहेमा देशभरका झण्डै १०० कलेजमा अध्यापन गर्न सक्छन् ।
स्टाफ नर्स भएपछि कमसेकम तीन वर्षो अनुभपछि मात्र नर्सिङ स्नातक बिएन नर्सिङ गर्न सकिन्छ, तर सिटिइभिटीका कलेजहरूमा एक वर्षो अनुभवपछि भर्ना आवेदन दिन सकिन्छ । महाराजगञ्ज नर्सिङ कलेज, ललितपुर नर्सिङ क्याम्पस, पाटन नर्सिङ क्याम्पस, तथा स्तुपा नर्सिङ क्याम्पसले वीएन कोर्स उपलव्ध गराउँदै आएका छन् भने त्रिभुवन विश्वविद्यालय अर्न्तर्गतका १० वटा वीएसी नर्सिङ कलेज सञ्चालित छन् । त्रिभुवन विश्वविद्यालयमा वीएन कोर्स ३ वर्षो तथा पर्ूवाञ्चल विश्वविद्यालयमा २ वर्षो छ । नेपालमा सन् १९७७ सालदेखि महाराजगञ्ज नर्सिङ क्याम्पसमा वीएन नर्सिङको अध्यापन हुन थालेको हो । यस्तै स्नातकोत्तरको कोर्स सन् १९९५ देखि सञ्चालन हुन थालेको हो । नेपालमा एकेडेमीक तह एवं व्यवसायिक तालिमकेन्द्रहबाट उत्पादन हुने नर्सिङका विद्यार्थीहरूले एलोप्याथिक उपचार पद्धतिवारे मात्र ज्ञान लिने गरेका छन्, जसले गर्दा पछिल्लो समयमा खुलेका प्राकृतिक उपचार केन्द्र एवं अस्पतालहरूमा उनीहरूलाई काम पाउन गाह्रो भएको छ । विश्वमा उपचारका विभिन्न पद्धति एवं विधिहरू प्रचलनमा छन् । एलोप्याथिक, होमियोप्याथी, नेचुरोपेथी, अकुपञ्चरलगायतक उपचारका थुप्रै विधि छन् । नेपालमा नर्सिङ अध्ययनमा एलोप्याथिसम्बन्धी ज्ञान मात्र दिइन्छ । अब एलोप्याथिक उपचार पद्धति सिकेर मात्र दक्ष नर्स बन्न सकिने अवस्था छैन- मोडल अस्पतालमा कार्यरत नर्स, विनिता दाहाल बताउँछिन् । नेपालमै पहिलोपटक बाँसवारीस्थित वेलनेस अस्पतालले होलस्टिक नर्सिङको कोर्स शुरु भएको छ, जसले सम्पर्ूण्ा उपचार विधिका सम्बन्धमा सामान्य ज्ञान दिनेछ । विश्वका अन्य मुलुकमा होलस्टेकि नर्सिङमा छुट्टै कोर्स तथा व्यवसायिक तालिम केन्द्रबाट समेत ज्ञान हासिल गर्न सकिन्छ । नेपालमा भने अहिले तीन महिने तालिम सञ्चालन गरिएको छ । जुन तालिम पूरा गर्नका लागि २० हजार रूपैया लाग्छ ।
होलेस्टिक नर्सिङमा आयर्ुर्वेदिक, अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापी, नेचुरोपेथी, होमियोपेथी, योग आदि विधिको जानकारी दिइन्छ । एलोप्याथिक मात्र नभएर अन्य सवै किसिमका उपचार पद्धतिका सम्बन्धमा जानकारी पाइने होलस्टिक नर्सिङका लागि तालिम लिइसकेपछि रोजगारीको बाटो खुकुलो हुने सम्बन्धित विज्ञहरू बताउँछन् । प्राकृतिक विविधताले सम्पन्न र जडिबुटीकोसहज उपलव्धताले गर्दा यस्तो उपचार विधि नेपालमा फस्टाउदै गएको बताइन्छ । विदेशका वृद्धाश्रममा नर्सिङ सेवा दिइरहेकाहरूलाई हालेस्टिक नर्सिङको ज्ञान अनिवार्य नै हुने गरेको छ । त्यसैले नर्सिङ क्षेत्रमा काम गर्न गएका युवतीहरूले विदेशमा होलेस्टिक नर्सिङको कोर्स गर्नुपर्ने वाध्यता हुन्छ । नेपालमा नर्सिङ शिक्षाको पठन पाठन त्रि्र रूपमा भए पनि यसको गुणस्तर कायम गर्ने विषय अहिलेको मुख्य चुनौतिको रूपमा लिइएको छ । नर्सिङलगायतका प्राविधिक विषय अध्यापन गर्ने शैक्षिक संस्था एक सयको हाराहारीमा रहेका तर अभ्यास गर्नका लागि सुविधासम्पन्न अस्पतालको सख्ंया एक दर्जनभन्दा बढी नहुदा गुणस्तर कायम गर्ने कुरा निकै चुनौतिपर्ूण्ा भएको सम्वद्ध क्षेत्रका व्यक्तिहरूले बताएका छन् । नर्सिङ विषयको अध्ययन गर्ने विद्यार्थीले अस्पतालमा गएर अभ्यास गर्नुकासाथै गाउका स्वास्थ्यकेन्द्रमा गएर स्वास्थ्य शिविर सञ्चालन समेत गर्नुपर्ने प्रावधान छ । सामान्य चिकित्साका साथै, बाल, सुत्केरी गराउने, मानसिक अस्पतालमा पनि उनीहरूको प्रयोगात्मक कक्षा हुने गरेको छ । सम्मानित पेशाको रुपमा विकसित हुँदै गएका कारण युवतीहरु बढी आकषिर्त हुँदै गएको पाइन्छ ।
स्टाफ नर्स अध्यापन हुने ८८ कलेजहरू
१. पिपुल्स इन्स्िटच्यूट इटहरी, सुनसरी
२. बंगलामुखी इन्स्िटच्यूट इटहरी, सुनसरी
३. बिपी कोइराला अध्ययन प्रतिष्ठान धरान, सुनसरी
४. युनिक एकेडेमी राजविराज, सप्तरी
५. छिन्नमस्ता एकेडेमी, राजविराज सप्तरी
६. विराट कलेज विराटनगर, मोरङ
७. ट्रेनिङ सेन्टर, जहडा, मोरङ
८. विराटनगर क्याम्पस विराटनगर, मोरङ
९. नारायणी मेडिकल हेटौडा, मकवानपुर
१० मदन एकेडेमी  भद्रपुर, झापा
११. लाइफ लाइन अस्पताल दमक, झापा
१२. आम्दा अस्पताल दमक, झापा
१३ लहान एकेडेमी  लहान सिराहा
१४ मेडिकल इन्स्िटच्यूट  लहान, सिराहा
१५ सर्ुर्खेत एकेडेमी सर्ुर्खेत
१६ देवदह कलेज,  रूपन्देही
१७ लुम्बिनी नसिङ होम बुटवल, लुम्बीनी
१८ अक्सब्रिज कलेज  मणिग्राम, रूपन्देही
१९ सामुदायिक इन्स्िटच्यूट  रूपन्देही, रूपन्देही
२० सञ्जीवनी कलेज  बुटवल, रूपन्देही
२१ देउराली जनता शिक्षालय  बुटवल, रूपन्देही
२२ मायादेवी इन्स्िटच्यूट  बुटवल, रूपन्देही
२३ एडभान्स स्टडिज  भैरहवा, रूपन्देही
२४ नेपालगञ्ज क्याम्पस  कोहलपुर, बाके
२५ मध्यपश्चिम शिक्षालय  नेपालगञ्ज, बाके
२६ वेष्र्टन अस्पताल  नेपालगञ्ज, बाके
२७ भेरी कलेज नेपालगञ्ज, बाके
२८ नेपालगञ्ज क्याम्पस  नेपालगञ्ज, बाके
२९ धवलागिरी एकेडेमी  बाग्लुङ
३० च्छोरोल्पा अस्पताल  चरिकोट, दोलखा
३१ दीपज्योति क्याम्पस  घोराही, दाङ
३२ श्रद्धा क्याम्पस  मध्यपुर, भक्तपुर
३३ खोप कलेज  च्याम्हासिंह भक्तपुर
३४ चक्रवती एकेडेमी मध्यपुर, भक्तपुर
३५ एनपीसी कलेज कौशलटार, भक्तपुर
३६ कालिका मेडिकल  गैडाकोट, नवलपरासी
३७ नेशनल कलेज  वीरगञ्ज, पर्सर्ाा३८ हिमाल इन्स्िटच्यूट  वीरगन्ज पर्सर्ाा३९ वीरगन्ज क्याम्पस  वीरगन्ज
४० तानसेन नर्सिङ स्कुल  तानसेन पाल्पा
४१ लुम्बिनी कलेज  तानसेन पाल्पा
४२ इन्स्िटच्यूट अफ मेडिकल भरतपुर, चितवन
४३ बालकुमारी कलेज नारायणगढ, चितवन
४४ कलेज अफ मेडिकल भरतपुर, चितवन
४५ चितवन फाउन्डेसन भरतपुर चितवन
४६ नारायणी अस्पताल भरतपुर चितवन
४७ आशा अस्पताल भरतपुर चितवन
४८ बोस्टन एकेडेमी  भरतपुर, चितवन
४९ न्यू वेष्टन कलेज  भरतपुर, चितवन
५० हिमालयन एजुकेशन  ग्वार्को, ललितपुर
५१ काठमाडौं इन्स्िटच्यूट सानेपा, ललितपुर
५२ अल्का अस्पताल जावलाखेल ललितपुर
५३ बिएण्डवी अस्पताल  ग्वार्को, ललितपुर
५४ मनमोहन अस्पताल  ललितपुर
५५ होप एकेडेमी सातदोबाटो ललितपुर
५६ ग्रिनतारा क्याम्पस  भैसेपाटी ललितपुर
५७ ललितपुर क्याम्पस  किरणभवन, ललितपुर
५८ फारवेष्ट कलेज  धनगढी, कैलाली
५९ सेती महाकाली क्याम्पस महेन्द्रनगर, कञ्चनपुर
६० चरक अस्पताल  पोखरा, कास्की
६१ पद्म नर्सिङ होम  पोखरा, कास्की
६२ नमिपाल कलेज  पोखरा, कास्की
६३ पोखरा इन्स्िटच्यूट पोखरा, कास्की
६४ फेवासिटी इन्स्िटच्यूट पोखरा, कास्की
६५ फिसटेल क्याम्पस  पोखरा, कास्की
६६ सुष्मा कोइराला क्याम्पस बत्तीसपुतली काठमाडौं
६७ ओम अस्पताल चावहिल काठमाडौ
६८ काठमाडौं मोडल अस्पताल  बागवजार, काठमाडौं
६९ नेशनल भिजन कलेज  नया वानेश्वर, काठमाडौं
७० नेपाल इन्स्िटच्यूट वौद्ध, काठमाडौं
७१ विनायक कलेज  गौशाला, काठमाडौं
७२ गुणराज कलेज  बालुवाटार, काठमाडौं
७३ नेपाल इन्स्िटच्यूट  बौद्ध, काठमाडौं
७४ काठमाडौं अस्पताल  त्रिपुरेश्वर, काठमाडौं
७५ शंखरापुर एकेडेमी जोरपाटी, काठमाडौं
७६ ओमसमाज कलेज  काठमाडौं
७८ विपी इन्स्िटच्यूट  धापासी, काठमाडौं
७९ नर्भिक अस्पताल  थापाथली, काठमाडौं
८० ह्याम्स अस्पताल  बुद्धनगर, काठमाडौं
८१ महाराजगन्ज क्याम्पस  महाराजगन्ज काठमाडौं
८२ वीर अस्पताल  महावौद्ध, काठमाडौं
८३ फुलचोकी क्याम्पस  बनेपा, काभ्रे
८४ काठमाडौं विश्वविद्यालय  धुलिखेल, काभ्रे
८५ धनुषा अस्पताल  जनकपुरधाम, धनुषा
८६ जनकपुर क्याम्पस जनकपुरधाम, धनुषा
८७ रामजानकी फाउन्डेशन  जनकपुरधाम, धनुषा
८८ मिथिला एकेडेमी जनकपुरधाम, धनुषा
-यो विवरण गत वर्षम्मको हो, अहिलेको विवरण कलेज थपिने क्रम जारी भएका कारण नर्सिङ काउन्सिलले उपलव्ध गराएन)

Thursday, September 23, 2010

धादिङको ढोला गाविस दुईमा आमा छोरीको हत्या

धादिङको ढोला गाविस वडा नम्बर दुई पोखरी गाउँमा आमा छोरीको रहस्यमय हत्या भएको छ।  अज्ञात समूहको धारिलो हतियार प्रहारबाट पैतिस वर्षीया आमा निरमाया पुलामी र उनकी दश वर्षीया छोरी अनुपा पुलामीको हत्या भएको हो। हत्याराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनामा परी निरमायाका एक वर्षीय शिशु पनि घाइते भएका छन्। निरमायाका पति बैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेको बताइएको छ।

सबै साइट ब्लक गर्न सकिँदैनसः आइएसपी

काठमाडौ, इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) ले सबै अश्लील वेबसाइट बन्द गर्न नसकिने बताएका छन् । तर केही अश्लील साइट पहिचान गरेर बन्द गर्न आग्रह गरे आफूहरूले बन्द गरिदिने बताएका छन् । यसबाट सबै अश्लील साइट बन्द गर्ने सरकारी योजना अन्योलमा परेको छ ।
भदौको पहिला सातामा आइएसपीलाई लाइसेन्स दिने अधिकार पाएको नेपाल दूरसञ्चार प्राधिकणले अश्लील साइट बन्द गर्ने उद्देश्यका साथ सर्त संशोधन गरेको थियो । अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेको अवस्थामा सरकारले अनुपतिपत्रको सर्त संशोधन गरेको हो । तर आइएसपी एसोसिएसनले त्यसमा गरिएको व्यवस्था तत्काल पूरा गर्न नसकिने जनाएको हो । उनले छलफल नगरी सर्त लाद्न नहुने बताए ।
सर्त संशोधनपछि प्राधिकरणले 'फिल्टरिङ सफ्टवेयर' राखेर अश्लील साइट बन्द गर्न भनेको थियो । तर कम्पनीहरूले यो आर्थिक र प्राविधिक रूपमा कठिन भएको पत्र प्राधिकरणलाई पठाएका छन् । कानुनतः प्राधिकरणले सर्त संशोधन गरेको १५ दिनभित्र सेवा प्रदायक कम्पनीले आफ्नो धारण राख्न सक्ने व्यवस्था छ ।
'हामीले प्राधिकरणलाई फिल्टरिङ सफ्टवेयर राखेर साइट रोक्ने बाध्यकारी व्यवस्था नलाद्न पत्र पठायौं,' आइएसपी एसोसिएसनका अध्यक्ष विनय बोहोराले भने, 'यसबारे छलफल गरेर मात्र थप निर्णय गर्न भनेका हौं ।' फिल्टरिङ सफ्टवेयरले सबै साइटको अश्लील सामग्री छानेर बन्द गरिदिन्छ । अझ यसले साइट मात्र नभई साइटभित्रका अश्लील पेज, पेजभित्रका केही सामग्री र फोटो पनि ब्लक गर्छ ।
फिल्टरिङ सफ्टवेयर राख्न भनिए पनि यसको आर्थिक र प्राविधिक भार, सफ्टवेयर कसरी र कहाँबाट ल्याउने भन्ने बारे पनि छलफल नभएको उनले बताए । फिल्टरिङ सफ्टवेयरसँगै हार्डवेयर पनि आवश्यक पर्ने उनले बताए । यसको मूल्य न्यूनतम २ लाख पर्छ ।
'हामी दुई चार बेबसाइटको आइपी तत्काल बन्द गर्न सक्छौं,' बोहोराले थपे, 'तर सबै साइट १५ दिनमै बन्द गर्न सक्दैनौं ।' यस्तो सफ्टवेयर प्रयोग गरिरहेको चीनले पनि आर्थिक भार बढी भएकाले यो बिस्तारै हटाउन थालेको उनले बताए ।
बोहोराले तत्काल यो केही हदसम्म यो साइट बन्द गर्न ग्राहकहरूलाई टेरोन्टोर कन्ट्रोल सफ्टवेयर निःशुल्क उपलब्ध गराउन भने आफूहरू तयार रहेको बताए । यो सफ्टवेयरमार्फत उपभोक्ताले नै सामान्य सामग्री रोक्न सक्छ ।
अर्को एक आइएसपी कम्पनीका अधिकारीले चाइल्ड पोर्नोग्राफी साइटहरूलाई पहिले बन्द गरेर बिस्तारै अन्य साइट बन्द गर्नुपर्ने बताएका छन् । उनले सबै आइएसपी कम्पनीको पहुँच फिल्टरिङ सफ्टवेयरमा त्यो भए/नभएकामा पनि ध्यान दिनुपर्ने बताए ।
प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले १५ दिनभित्र आइएसपी कम्पनीले आफ्नो धारणा राखेकाले यसबारे अध्ययन भइरहेको बताए । 'उनीहरूले एकैपटक सबै बन्द गर्न नसक्ने बताएका छन्,' उनले भने, 'आइएसपीसँग छलफल भइरहेको छ ।'
मुलुकमा ४२ आइएसपी कम्पनी, नेपाल टेलिकल र एनसेलका लागि यो सर्त लागू हुनेछ । टेलिकमले एडिएसएल र जिपिआरएस र एनसेलले जिपिआरएस इन्टरनेट सेवा दिएको छ ।
खुला रूपमा साइबर क्याफे र घरघरमा अश्लील साइटको प्रयोग बढ्दा समाजमा नकारात्मक असर परेको र आपराधिक क्रियाकलाप बढेको भन्दै केही महिनाअघिबाट गृह, विज्ञान तथा प्रविधि र प्राधिकरणले यसका लागि गृहकार्य सुरु गरेका थिए । विश्वमा ३० देखि ४० प्रतिशत प्रयोगकर्ताले यस्ता साइट चलाउँछन् ।

जङ्गबहादुरको पुनःमूल्याङ्कन हुनर्ुपर्छ

काठमाडांै । संशोधनमण्डल स्थापना भई पहिलो इतिहास संशोधन प्रकाशन भएको यही असोज ५ गते ५९ वर्षपुग्दैछ । इतिहासमा प्रकाशनमा नआएका र कतिपय विवादित विषयको निरुपण गरी त्यसको प्रामाणिकताका आधारमा संशोधनमण्डलले आफ्ना कृति प्रकाशन गर्ने गरेको छ । विसं २००९ मा पहिलो इतिहास संशोधन प्रकाशन भएकामा विसं २०१८ देखि भने संशोधनमण्डलको नामबाट काम भएको थियो । ज्योतिषी प्रा नयराज पन्तको पहलमा स्थापना भएको संशोधनमण्डलले गुरुकुल पद्धतिद्वारा अध्ययन अध्यापनको काम गर्थ्याे, जहा“ नेपाली, संस्कृत र गणितको पढाइ हुन्थ्यो । संशोधनमण्डलमा किशोरदेखि नोकरी गर्नेसम्म पनि अध्ययन गर्थे । तिनमा महेशराज पन्त, दिनेशराज पन्त, रामजी तिवारी, देवीप्रसाद भण्डारी, शङ्करमान राजवंशी, भोलानाथ पौडेल, गौतमबज्र बज्राचार्य, नयनाथ पौडेल आदि सो पद्धतिका विद्यार्थी थिए । दौरा सुरुवाल लगाएर हा मी नया“ सडकको ढोकानिर इतिहासका पुस्तक, पुस्तिका र पर्चा हातमा लिएर कराउ“दै पैदलयात्रीको ध्यानाकर्षा गर्थ्याैं, प्रकाशनहरू बेच्थ्यौ“- इतिहासकार दिनेशराज बताउनुहुन्छ । संशोधनमण्डलले हालसम्म इतिहासप्रधान पत्रिका पूणिर्माका १३२ अङ्क, अभिलेख सङ्ग्रह -१-१२ भाग) र इतिहास संशोधनका ४३ कृति प्रकाशन गरिसकेको छ । ती कृतिमा ऐतिहासिक पत्र सङ्ग्रह -भाग १ र २), त्रिरत्न सौर्न्दर्यगाथा, पृथ्वीनारायण शाहको उपदेश -एकदेखि पा“च खण्ड), धादिङमा फेला परेका नेपाली कविता, सङ्क्षिप्त वंशावली, विद्वत्शिरोमणि हेमराजले गरेको अनुसन्धान, श्री ३ वीरशम्शेरको जीवन चरित्र, नेपालको सङ्क्षिप्त इतिहास, प्राचीन र नवीन गणितको तुलना आदि छन् । संशोधनमण्डले रुद्रराज पाण्डे, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, र्सर्ूयविक्रम ज्ञवाली, केशरबहादुर खत्री इतिहासका विद्वान्स“ग इतिहासका कतिपय तथ्यतथ्याङ्कमा बहस गरी चर्चामा आएको थियो । त्यतिबेलाका विद्वान्लाई संशोधनमण्डल आतङ्कजस्तै थियो, दिनेशराज भन्नुहुन्छ- उनीहरू आफू लुकेर बसी अर्काका नाममा लेख लेखेर हामीस“ग विवाद गर्ने कोसिस गर्थे । गौतमबुद्ध, पृथ्वीनारायण शाह, जङ्गबहादुर राणाको पुनःमूल्याङ्कन तथा तिनका बारेमा सत्यतथ्य बाहिर आउनर्ुपर्नेमा दिनेशराज जोड दिनुहुन्छ । संशोधनमण्डलले यही असोज ५ गते नेपाल कला परिषद् -आर्ट काउन्सिल) मा बिहानदेखि सा“झसम्म आफ्ना प्रकाशन छुटमा बिक्री गर्दैछ ।

गिरिजावादी उत्साहित, विपीवादी निराश

काठमाडौं । नेपाली कांग्रेसको वाह्रौं महाधिवेशनले अन्ततः वीपीको नीति, विचार र आदर्शको विधिवत अन्त्येष्टि गरेको छ । लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने वारेको नीति र कार्यक्रम पारित भएको घटनाक्रमलाई कांग्रेसमा र्समर्थक र शुभचिन्तकहरूले समेत यही रुपमा बुझेका छन् । यही संभावनालाई ध्यानमा राखेर एकमात्र जीवित संस्थापक नेता कृष्णप्रसाद भट्टराइले अहिलेको कांग्रेसलाई नक्कली र तथाकथतिको संज्ञा दिएका थिए । आफू वीपीको नीति र विचारको अन्त्येष्टिमा सहभागि नहुनकै लागि भट्टराइ महाधिवेशनमा सहभागी नभएको बुझ्न अव कठिन पनि छैन । संस्थापक नेता भट्टराइलाई बाह्रौ महाधिवेशनमा सहभागिताको निम्ति पार्टर्ीीचिवालयका कर्मचारीमार्फ् पठाइएको थियो । केन्द्रीय समितिको सदस्य समेत रहेका भट्टर्राईस“ग पार्टर्ीी झण्डै २ वर्षेखि कुनै सर्म्पर्क गरेको थिएन । राष्ट्रिय सभागृहमा सम्पन्न महासमितिको वैठकमा पर्ूव प्रधानमन्त्री समेत रहेका संस्थापक नेता भट्टराइले पार्टर्ीीई गणतन्त्रात्मक धारमा लैजाने वारेको केही पहिलेको निर्ण्र्ाासच्याइ वीपीकै चिन्तनमा हिडाउनु पर्ने प्रस्ताव राखेका थिए । केन्द्रीय समितिले गणतन्त्रको नीति लिनेवारेमा गरेको निर्ण्र्ाााथि भट्टराइले पुनर्विचारको प्रस्ताव राख्दा महासमितिका बहुमत सदस्यहरूले र्समर्थन जनाएका थिए । तर, तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाबाट गणतन्त्रकै पक्षमा बहुमत भएको किर्ते दावी सहित केन्द्रीय समितिको निर्ण्र्ाााइ नै अनुमोदनका नौटंकी रचिएको महसुस गरेपश्चात् भट्टराइ २ वर्षदेखिनै पार्टर्ीीे सर्म्पर्क बाहिर रहदै आएका छन् ।
कार्यवाहक सभापति सुशिल कोइरालालाई हातैले लेखेर पठाइएको भट्टराइको पत्रमा 'परम आदरणीय एवं हाम्रो नेपाली समाज कायम रहेसम्म जीवित रहने खालको व्यक्तित्व रहेका नेताद्वय वीपी एवं गणेशमान सिंहलाई पनि विर्सिने संस्था आजको तथाकथित कांग्रेसको निमन्त्रणा प्राप्त भएकोमा धन्यवाद दिंदै म यस्तो निर्रथक र नक्कली संस्थामा उपस्थित हुनु बेकार सम्झी सोको जमान तपाइलाई दिन चाहन्छु- यही पत्रद्वारा' उल्लेख छ । वीपीले आफू जीवित छदै २०३४ सालदेखि भट्टराइलाई कार्यवाहक सभापतिको जिम्मेवारी सहित पार्टर्ीीाक्न दिएका थिए । वीपीको विचार अनुरुप डेढ दशक भन्दा लामो समय सभापतिको रुपमा पार्टर्ीीा“कि सकेका संस्थापक नेता भट्टराइको पछिल्लो विचारमा वीपी पुत्र एक पर्ूव मन्त्री प्रकाश कोइराला पार्टर्ीी पर्ूव कोषाध्यक्ष रामबाबु प्रसाइ, देवेन्द्रलाल नेपाली, अनारसिंह कार्की आदिले र्समर्थन जनाएका छन् ।
संस्थापक नेता भट्टराइबाट सचेत गराउ“दा गराउदै बाह्रौ महाधिवेशनबाट लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने नीति पारित भएपश्चात् वीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई आदर्श बनाएका कांग्रेसका कार्यकर्ता र र्समर्थकहरू थप रुष्ट भएका छन् । यस क्रममा प्रकाश, रामबाबु, देवेन्द्र र अनारसिंहहरूबाट विज्ञप्ति जारी गरी संस्थापक नेता भट्टराइको विचारमा सहमति जनाइनै सकिएको छ । विज्ञप्तिको यो प्रकृयाले निरन्तरता पाउनेमा कुनै सन्देह नभएको दावी गर्नेहरू र्सवत्र भेटिन थालेका छन् ।

मुलुकलाई संकटमा फसाउने कांग्रेसको योजना

काठमाडौं । प्रधानमन्त्रीय पदको उम्मेद्वारी फिर्ता लिने माओवादीका अध्यक्ष पुष्पकमल दाहालको उद्घोषका वावजुद आगामी दश गते पनि मुलुकले विद्यमान जटिलताको निकास भेट्टाउन सक्ने स्थिति देखिएको छैन । प्रधानमन्त्रीय चुनावी दौडमा रहेका कांग्रेसका रामचन्द्र पौडेलले उम्मेद्वारी फिर्ता नलिने अडान प्रकट गरिरहेका छन् । एमाले र माओवादीबीच भएको सहमतिलाई कांग्रेसले मुलुकमा वामपन्थी अधिनायकवाद लाद्ने प्रपन्चका रुपमा लिएको छ । त्यही कारण आफ्नो विजय असंभव देख्दा देख्दै पनि कांग्रेसका पौडेल एक्लै चुनाव लड्न तम्सिएका हुन् ।
माओवादी र एमालेबीच सम्पन्न तीन सूत्रीय सहमतिमा बहुमतीय सरकारको कल्पना समेत गरिएको छैन । सहमतिय सरकार गठन गरेर सवैखाले जटिलताको निकासालाई प्राथमिकता दिने क्रममा माओवादीका दाहालबाट उम्मेद्वारी फिर्ता लिइने तीन सूत्रीय सहमतिमा उल्लेख छ । तदनुरुप उनले सभामुख सुवास नेम्वाङलाई भेटेर आफूले राजनीतिक रुपमा प्रधानमन्त्री पदको उम्मेद्वारी परित्याग गरेको जानकारी गराइसकेका छन् । उनका उम्मेद्वारी फिर्ताले कानुनी प्रकृया पूरा गरेको चाहिं छैन । उम्मेद्वारी फिर्ताको लिखत संसद सचिवालयमा दर्ता भएपश्चात् दाहालको उम्मेद्वारी फिर्ताले कानुनी पर्ूण्ाता पाउने छ ।
माओवादी र एमालेबीच सम्पन्न सहमतिस“गै कांग्रेसका रामचन्द्र पौडेल कुनै पनि हालतमा प्रधानमन्त्री वन्न नसक्ने टुंगो लागेको छ । मधेशवादी र सवै साना दलको र्समर्थन जुटाएपनि पराजय निश्चित हुने अवस्थामा रहेका कांग्रेसका पौडेलले उम्मेद्वारी फिर्ता असंवैधानिक हुने दावी सहित चुनाव लड्ने 'हठ' लिएका छन् । उनका पछाडि रहेको वाह्य शक्तिको इशारा नपाएसम्म पौडेल चुनावी प्रतिस्पर्धाको मैदानबाट पछि हट्ने मनस्थितिमा छैनन् । यसभित्र लुकेको रहस्य पनि त्यस्तै प्रकृतिको छ । उम्मेद्वारी फिर्तालाई 'वार्गेनिङ' को अस्त्र बनाएर कांग्रेसी नेताहरू अझै पनि भावी सरकारको नेतृत्व हत्याउन प्रयत्नरत छन् । विकल्पमा राष्ट्रपतिय पहल कांग्रेसको प्राथमिकतामा परेको एकथरी अनुमान छ । त्यही वैकल्पिक खतराको निदानार्थ माओवादी र एमालेका नेताहरूले तीन सूत्रीय सहमति कायम गरेका हुन् ।
आगामी १० गतेपछि पनि कांग्रेसका पौडेलले उम्मेद्वारी फिर्ता लिएनन् भने के हुने - ३ सय १ को सामान्य बहुमत प्राप्त नगरेसम्म प्रधानमन्त्री चयन हुन नसक्ने अवस्थामा पुनः चुनावलाई अनन्तकालसम्म लम्ब्याउने कि अन्य कुनै निकास दिने - यही सेरोफेरोमा कांग्रेसले राष्ट्रपतीय पहल एकमात्र विकल्प देखेको छ । त्यहीकारण कांग्रेसका पौडेलले उम्मेद्वारी फिर्ता नलिने अडान लिएको बुझ्न कठिन पनि छैन ।
उता, माओवादी र एमालेको रणनीति वेग्लै छ । उनीहरू व्यवस्थापिका संसदको दुइतिहाइबाटै भएपनि संवैधानिक र कानुनी अड्चनको गाठो फुकाएर कांग्रेसको सपना चक्नाचुर पार्ने तर्फदृढ रहेका छन् । यसवारेमा सभामुख सुवास नेम्वाङस“ग समेत परामर्श लिने योजना बनेको छ । राष्ट्रपतिय पहलको लागि प्रधानमन्त्री वा सरकारको सिफारिस अनिवार्यै रहेको कानुनी जटिलताले कांग्रेसको अभिष्ट सजिलै सिद्ध हुन दिनेवाला छैन । त्यही मेसोमा प्रधानमन्त्री चयन सम्बन्धी नियमावली दुइ तिहाइबाट पारित गराउने भित्री सहमति माओवादी र एमालेबीच भएको सूत्रहरूले बताएका छन् । सभामुख नेम्वाङ र माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीचको हालैको भेटघाटलाई त्यसकै कडीको रुपमा हेरिएको छ । आगामी चार महिनाभित्र लडाकु समायोजन र व्यवस्थापन सम्पन्न गर्ने एमाले र माओवादीबीचको पछिल्लो सहमतिलाई एकथरीले आशाको झिनो सञ्चारको रुपमा बुझेका छन् । तथापि, यसअघि सम्पन्न सहमति कार्यान्वयन नभएको नजिरले र्सवसाधारणलाई विश्वस्त तुल्याउन भने सकिरहेको छैन । सहमतिय सरकार गठनमा कांग्रेसले खडा गरेको अवरोध हटेपश्चात् प्रधानमन्त्रीको वन्ने भन्ने जिज्ञासाले उत्तिकै व्यापकता पाएको छ । माओवादी नेतृत्वको सरकार गठन भएमा पछिल्लो तीन बु“दे सहमति कार्यान्वयन सहज हुन माओवादीको केही तर्कलाई एमाले नेताहरूले कल्पित प्रचार भन्न थालेका छन् । यसले पनि सहमतिय वा दुइ तिहाइ बहुमतको सरकारको नेतृत्व एमालेले गर्ने भित्री सहमति भएको तर्फसंकेत गरेको छ । यस्तो तर्क गर्नेहरूले झलनाथ खनाल वा पुनः माधव नेपालनै पनि प्रधानमन्त्री बन्ने अनुमान गर्न थालेका छन् ।

Monday, September 20, 2010

सुन्धारामा मदिराको हाहाकार

काठमाडौं । असोज २ गते राती सुन्धारा क्षेत्रमा एकाएक मदिराको हाहाकार मच्चियो । कांग्रेस महाधिवेशनका प्रतिनिधिहरूलाई राखिएको सुन्धाराका होटलहरूमात्र मात्र होइन पसलहरूमा समेत मदिरा सकिएपछि ग्राहक तथा कांग्रेस कार्यकताहरू मदिरा खोज्दै न्यूरोड र भोटाहिटीतिर पसेका थिए । कांग्रेस महाधिवेशन शुरु हुनुभन्दा एक साता अघिदेखिनै काठमाडौंमा मदिराको खपत ह्वात्तै बढेको थियो । न्यूरोड, सुन्धारा, पुतलीसडक र बानेश्वर क्षेत्रमा मदिराको विक्री दोब्बरले बढेको रेष्टुरेन्ट व्यवसायी विष्णु श्रेष्ठले बताए । कांग्रेसले महाधिवेशन प्रतिनिधिहरूको आवासका लागि सुन्धारा, ठमेल, बागबजार लगायतका क्षेत्रका होटल बुक गरेको छ । सबैभन्दा बढी प्रतिनिधिहरू सुन्धाराका होटलहरूमा बसेका छन् । व्यवस्थापन समितिले विहानको नास्ता र विहान बेलुकाको दालभात तरकारी र मासु बाहेक अरु जे खाए पनि त्यो पैसा आफैंले तिर्नुपर्ने भनेको छ । तर अधिकांश महाधिवेशन प्रतिनिधिहरूको दालभात पनि उम्मेदवारहरूलेनै व्यहोरेको चर्चा पनि चलेको छ । सुन्धारा क्षेत्रका होटल गेष्ट हाउसमात्र होइन, डान्स र दोहोरी रेष्टुरेन्ट पनि कांग्रेस महाधिवेशन प्रतिनिधि र र्समर्थकहरूले भरिएका छन् । उम्मेदवारहरूले पत्रकारहरूलाई समेत 'राम रउस' गराइरहेका छन् । अधिकांश उम्मेदवारहरूले होटल होटलमै पुगेर मत माग्ने क्रममा एक दर्ुइ बोतल हि्वस्की हातमा थमाएर 'जय नेपाल' भन्दै हिड्ने गरेका छन् । महिला कोटामा उम्मेवार बनेकी रिता खनालले सुन्धाराको इम्पेरियल होटलमा सर्म्पर्क अड्डानै खोलेर मतदाताहरूलाई दिल मात्र होइन थैली नै खोेलेर स्वागत सत्कार, इच्छा भोजन गराएर चर्चित बनेेकी छिन् । 'मेरो पक्षमा यति सदस्य छन्' भनेर नगदवाला उममेदवारसंग एकमुष्ठ नगदको पोके बुझ्ने महाधिवेशन प्रतिनिधिहरू समेत देखिएका छन् । कतिपय महाधिवेशन प्रतिनिधिहरू आफू बसेको होटलमा राती सुत्न पनि नआउने र कतिपयले भने मध्यरातमा जोडी समेत लिएर आउने गरेपछि व्यवस्थापन गर्न गाह्रो परेको गुनासो होटल व्यवसायीहरूले गरेका छन् । 'यति धेरै मदिरा खपत भएको मैले अहिलेसम्म देखेको थिइन' सुन्धाराका एक होटल व्यवसायीले भने ।

अखिलको सम्मेलनमा एमाले नेता विभाजित

काठमाडौं । अनेरास्ववियुको २० आंै राष्ट्रिय सम्मेलन नजिकिदै जा“दा नेकपा एमालेका शर्ीष्ा नेताहरूलाई पनि अखिलको सम्मेलनले तताएको छ । आज असोज ४ गतेबाट शुरु हुने पोलिटव्युरो बैठकमा अखिलको सम्मेलन एजेण्डाकै रुपमा प्रवेश हुने एमाले सम्बद्ध स्रोतले जनाएको छ । प्रधानन्त्री माधवकुमार नेपालले समेत अखिलको सम्मेलनमा के हु“दैछ भनेर सोधीखोजी गर्न थालेपछि एमाले पंक्तिमा अखिल सम्मेलनको चर्चा बढेको हो । असोज १५ देखि जनकपुरमा शुरु हुने सम्मेलनका लागि करीव दर्ुइ हजार प्रतिनिधि छनोट भइसकेका छन् । सीटीइभीटी र नेपाल संस्कृत विश्वविद्यालय बाहेक अन्यत्रबाट प्रतिनिधि छनोट भइसकेका छन् । अखिलका प्रतिनिधिहरू यसपटक तलैदेखि दर्ुइ गुटमा विभाजित भएर निर्वाचनबाटै आएकाले भावी नेतृत्वको सामान्य आंकलन पनि शुरु भइसकेको छ । पार्टर्ीीे संस्थापन पक्ष, विशेषत अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम पक्षले आफ्नो उम्मेदवारका रुपमा वर्तमान उपाध्यक्ष शोभियत ढकाललाई अघि सारेपछि प्रधानमन्त्री एवं पार्टर्ीी वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली पक्षले वर्तमान महासचिव माधव ढुंगेललाई अध्यक्षमा र्समर्थन गर्ने भएको छ ।
 महासचिवर् इश्वर पोखरेल अहिलेसम्म कुनै पनि पक्षमा खुलेका छैनन् । महासचिव पोखरेल विगतदेखिको कामको निरन्तरता र क्षमताका आधारमा माधव ढुंगेलनै अध्यक्ष बनुन् भन्ने चाहन्छन् तर उनले आफू निकटस्थहरूसंग भने पार्टर्ीी महासचिव भएका कारण स्वस्थ प्रतिस्पर्धाको चाहना रहेको र दुवै उम्मेवार आफ्ना लागि बराबरी हुन् भनेका छन् । अध्यक्ष झलनाथ खनालले जनकपुर अन्चल संयोजक एबं पोलिटव्युरो सदस्य रामचन्द्र झालाई सम्मेलन जनकपुरमै हुने भएकाले पार्टर्ीीे आधिकारिक लाइन बोक्ने व्यक्तिलाई जिताउने भूमिका खेल्न निर्देशन दिएको चर्चा एमाले वृत्तमा चलेको छ भने यो खबर फैलिएपछि जनकपुरकै प्रभावशाली एमाले नेता रघुवीर महासेठ र योगनारायण यादव माधव ढुंगेलको पक्षमा उभिएका छन् । झा निकटका एमाले नेताहरू सत्रुघन महतो र श्रीप्रसाद साहको सहानुभूति पनि ढुंगेलले पाएको चर्चा जनकपुरमा चलेको छ । यसका साथै व्यक्तिगत रुपमा माधव ढुंगेललाई मन पराउने र विगतमा साथ दिंदै आएका पार्टर्ीींस्थापन पक्षका नेता, कार्यकर्ताहरूलाई पनि शोभियतको पक्षमा लाग्न उर्दी जारी भएको चर्चा चलेपछि एमालेका नेताहरू माधव र शोभियतको पक्षमा धु्रविकरण भएका छन् । अखिलमा जिल्ला अध्यक्ष, अन्चल अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव र महासचिवसम्म निरन्तर जित्दै आएका कारण पनि ढुंगेल शोभियत ढकालभन्दा व्यक्तिगत मतमा धेरै अगाडि रहेको चर्चा चलेको छ ।
 ढकाल यसअघि रामकुमारी झा“क्रीले अध्यक्ष जित्दा गोकुल र्घर्ती र माधव ढुंगेल प्यानलबाट उपाध्यक्ष जितेका कारण पनि उनलाई संस्थापन पक्षका कार्यकर्ताहरूले पर्ूण्ा रुपमा विश्वास गर्न सकेका छैनन । उनीमाथि पदका लागिमात्र संस्थापन पक्ष सामु र्समर्पण गरेको आरोपमात्र लागेको छैन, पृथ्वीनारायण क्याम्पस पोखराको सभापति हु“दाको बेरुजु अझै फछ्र्यौट नगरेको भन्दै हालका सभापति रश्मी आचार्यले उनको नैतिकतामाथि प्रश्न उठाएका छन् । तर पार्टर्ीीे संस्थापन पक्षले ढुंगेल विरुद्ध शोभियतलाई खडा गरेपछि शोभियतलाई मन नपराउने संस्थ्ाापन पक्षका नेताहरू बिलखबन्दमा परेका छन् । केही दिनअघिसम्म पार्टर्ीी जुन लाइन भए पनि अखिलमा चाहिं माधव ढुंगेलनै आउनर्ुपर्छ भन्ने नेताहरू समेत अध्यक्षको निर्देशनपछि चुपचाप लाग्न थालेको बताइन्छ ।
उता प्रधानन्त्री नेपाल र नेता ओली पक्षले माधव ढुंगेलको प्यानललाई अखिलमा जिताउन केन्द्रीय कमाण्डनै गठन गरेको छ । सो कमाण्डमा पार्टर्ीी केन्द्रीय सदस्य एबं पर्ूव महासचिव भानुभक्त ढकाल, जगन्नाथ खतिवडा, गोकुल र्घर्ती, कर्ण्र्ााादुर थापा, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टर्राई, पर्ूवअध्यक्ष हिक्मत कार्की, राजेन्द्र र्राई र एमालेका काभ्रे जिल्ला अध्यक्ष गोकुल बास्कोटा रहेको कुरा अखिल सूत्र बताउँछ । यो कमाण्डले माधव ढुंगेलको प्यानल तयार पार्ने, सम्मेलनमा संस्थापन पक्षबाट हुनसक्ने दबाब, हस्तक्षेप र मनपरी रोक्ने लगायतका सबै काम गर्ने अधिकार प्राप्त कमाण्ड रहेको बताइएको छ ।
संस्थापन पक्षले औपचारिक रुपमा कमाण्ड बनाइ नसके पनि पर्ूव अध्यक्ष एवं केन्द्रीय सदस्य योगेश भट्टर्राई, ठाकुर गैरे, रविन्द्र अधिकारी, रुपनारायण श्रेष्ठ, वर्तमान अध्यक्ष रामकुमारी झा“क्री लगायतको टिमलाई परिचालन गरेको बताइएको छ । संस्थापन पक्षबाट अध्यक्षमा शोभियत ढकाललाई उठाउने तय भएपनि अन्य पदाधिकारीका लागि विवाद उत्पन्न भएको छ । महासचिवमा वर्तमान संगठन विभाग प्रमुख लक्ष्मण लम्साल सशक्त दावेदार हुन् । माधव ढुंगेल पक्षका महासचिव वर्तमान सचिव किशोर विक्रम मल्ललाई चुनौती दिन सक्षम रहेका लम्साललाई पाखा लगाएर कोषाध्यक्षमै असफल भएका नरवहादुर धामीलाई महासचिव उठाउन खोजिएपछि लम्साल पक्षधर विद्यार्थीहरूले विरोध गरेका छन् । महासचिवकै दावी गरिरहेकी नविना लामालाई उपाध्यक्ष उठाउने तयारी संस्थापन पक्षले गरेको छ । हाल अखिलको विधानमा एक जना उपाध्यक्षको व्यवस्था रहेकोमा त्यसलाई बढाएर दर्ुइ बनाइने भएको छ । ढुंगेल पक्षले उपाध्यक्षमा नवराज पौडेल, बचन सिंह र रमेश मध्येबाट उठाउने सम्भावना छ भने सचिवमा रचना खड्का, भीम र्राई, पदम गिरी, सरोज यादवमध्येबाट छानिने छन् । पदाधिकारीको संख्या बढेमा संस्थापन पक्षलाई उम्मेदवारी मिलाउन सजिलो हुने भएकाले उपाध्यक्षको संख्या बढाउने कसरत भइरहेको बताइन्छ ।
यसपटक सचिवालय सदस्यको संख्या पनि २७ बाट बढाएर ४१ पुर्‍याउने तयारी भइरहेको छ । खुल्ला प्रतिस्पर्धाबाट सचिवालय सदस्यका लागि उषाकिरण तिमल्सिना, शारदा राउत, पुरुषोत्तम कडरिया, महेश वर्तौला, राधिका खतिवडा, राजकुमार र्राई, अनिल रिजाल, विष्णुहरि पाण्डे, थोमस बास्तोला, ऐन महर, शैलेस लामा, जीवन र्राई, नारायणी देवकोटा लगायतले दावी गरेका छन् ।

Friday, September 17, 2010

दाहालले उम्मेदवारी फिर्ता लिने

काठमाडौ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । एमाले अध्यक्ष झलनाथ खनालसंग शुक्रबार बिहान भएको भेटमा उनले त्यस्तो सहमति गरेका  छन् ।माओवादी र एमालेबीच प्रधानमन्त्री निर्वाचनका  लागि जारी प्रकृया अन्त्य गर्ने सहमति भएको छ  । काठमाडौको गैरीधारास्थित् एकघरमा माओवादी र एमाले शीर्ष नेतृत्वबीच भएको भेटमा दुई दलबीच तीन बुँदे सहमति भएको छ ।
प्रधानमन्त्रीका लागि जारी निर्वाचन प्रक्रियाले कुनै निष्कर्ष दिन नसक्ने निचोडमा दुवै दल पुगेका छन् । यस्तो अवस्थामा दाहालले उम्मेदवारी फिर्ता लिएर निर्वाचनमा भाग नलिने दुईपक्षबीच सहमति भएको छ । साथै प्रधानमन्त्रीका लागि नयाँ प्रक्रियामा जाने दुवै दलबीच लिखित सहमति भएको  छ ।
एमाले अध्यक्ष झलनाथ खनालले दुई दलबीच भएको सहमतिलाई पुष्टि गर्दै कान्तिपुरसंग भने-'अब नेपालको राजनीतिले नयाँ कोल्टो फेर्नेछ ।'
बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी उपाध्यक्ष बाबुराम भट्टराई लगायतका नेता पनि सहभागी थिए ।
यी दुई दलले वर्तमानको प्रकृया अन्त्य गर्न कांग्रेसलाई पनि उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने भएका छन् । काँग्रेसले फिर्ता नलिए वर्तमान निर्वाचन प्रकृया जारी रहने भएकाले त्यतिन्जेल एमालेले कसैलाई मतदान नगर्ने सहमति भएको स्रोतले जनायो ।
 प्रधानमन्त्री माधवकुमार नेपालले असार १६ मा राजीनामा दिएपछि व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि सात पटक निर्वाचन भइसकेको छ । प्रधानमन्त्रीका दावेदार माओवादी अध्यक्ष दाहाल र काँग्रेस नेता रामचन्द्र पौडेल कसैले पनि सातौं पटक सम्म बहुमत ल्याउन सकेका छैनन् । एमाले र मधेशी दल तटस्थ बसेका कारण पटक-पटक भएको निर्वाचन परिणाम मुखी हुन सकेको छैन । आगामी निर्वाचन असोज १० गतेका लागि तोकिएको छ  ।

Thursday, September 16, 2010

सुजाता र खुमबहादुर दुइतिर वांडिएपछि पौडेल र गोपालमान सशंकित

काठमाडौं । अन्ततः कार्यवाहक सभापति सुशिल कोइरालाले समेत वाह्रौ महाधिवेशनमा 'प्यानल सहित' चुनाव लड्ने भएका छन् । उनको समूहबाट महामन्त्री पदमा प्रकाशमान सिंहलाई र कोषाध्यषमा प्रभुनारायण चौधरीलाई प्रस्तुत गरिएको छ । सुशिलको समूहगत चुनावी घोषणास“गै महामन्त्री पदका दावेदार रहेका अर्जुन नरसिंह केसी, सुजाता कोइराला, डा. रामशरण महत तथा कृष्ण सिटौला केन्द्रीय सदस्यमा मात्रै चुनाव लड्न वाध्य भएका छन् । सभापति पदका प्रत्याशी शेरबहादुर देउवाले एकसाता अघिनै विमलेन्द्र निधिलाई महामन्त्री तथा चित्रलेखा यादवलाई कोषाध्यक्ष पदको उम्मेद्वार घोषित गरेका थिए । खुमबहादुर खड्का देउवाको पथमा खुलेपछिको पर्रि्रेक्षमा घोषित सो समूहकै प्यानलकै चुनाव लड्ने नीतिले आफूलाई पनि प्यानल बनाउन वाध्य बनाएको सभापतिका अर्का प्रत्यासी सुशिल कोइरालाले स्पष्टिकरण दिइरहेका छन् । भीमबहादुर तामाङको समूहले महामन्त्रीमा नरहरि आचार्यलाई अघिसारेको भएपनि कोषाध्यक्षमा कसैलाई लडाएको छैन । सो समूहमा सुप्रभा घिमिरे, गगन थापालगायतकाहरूको सहभागिता रहेको भएपनि मुख्यतया देउवा र सुशिलवीचमै प्रतिस्पर्धात्मक टक्कर पर्ने विश्वास गरिएको छ । छुट्टै समूहका रुपमा रह“दै आएका केवी गुरुङ, गोविन्दराज जोशी, विनयध्वज चन्द, चिरञ्जीवि वाग्ले, तारानाथ रानाभाट आदिले सुशिल समूहलाई सघाउने भएका छन् । यतिसम्मकि पहिले प्रजातान्त्रिक कांग्रेसमा रहेका डा. नारायण खड्का, बलबहादुर केसी, दीपकुमार उपाध्याय लगायतका धेरैले सुशिल समूहलाई साथ दिएका छन् । सो समूहबाट महामन्त्री पदमा उम्मेद्वार रहेका प्रकाशमान सिंह स्वयं नै पनि पहिले प्रजातान्त्रिक कांग्रेसका खम्बा रहिसकेका नेता हुन् । अधिकांश जिल्लामा पकड भएकी सुजाताले महामन्त्री पदको उम्मेद्वारी त्यागेपछि सुशिल पक्षको स्थिति एकाएक मजबुत भएको कांग्रेसीजनले महसुस गरेका छन् । तर, उनलाई उपसभापति मनोनयन गर्ने तथा मनोनित महामन्त्रीको कोटामा केवी गुरुङलाई लिने र्सतमा सुजातालाई मनाइएको चर्चाले सुशिल वृत्तमा अनेक आशंका उव्जाइएको छ । उपसभापति पक्का ठानेका रामचन्द्र पौडेल तथा मनोनित महामन्त्री पदको आशामा रहेका केसी, महत र सिटौलाहरू झस्किएका छन् । खुमबहादुर खड्कालाई उपसभापति मनोनयन गरिने आशंकाले देउवा खेमाका गोपालमान झस्किएका छन् ।

बाह्रौ महाधिवेसनले विचारको नेतृत्व स्थापित गर्छः केसी

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं बाह्रौ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार अर्जुननरसिंह केसीले नेपाली काग्रेसलाई बाह्रौ महाधिवेसन पछि आउने नेतृत्वले ब्यक्तिबादी नभई विचारले नेतृत्व गर्ने  विश्वास ब्यक्त गर्नु भएको छ ।
लोकतन्त्रको सम्वाहक शक्ति काँग्रेस भएकाले काँग्रेस पार्टर्ीीोकतन्त्रको मूल्यमान्यताको आधारमा हिंड्ने उहाँको विश्वास थियो ।  नयाँ सामाजिक जनतन्त्र अध्ययन केन्द्रले आज रिपोर्र्टर्स क्लव नेपालको साक्षात्कार कक्षमा आयोजना गरेको छलफल कार्यक्रममा काग्रेस प्रवक्ता केसी ले उक्त कुरा बताउनु भएको हो ।
केसीले वीपीको चरित्र र उहाँको मेलमिलापको सोचलाई काँग्रेसले विर्सदै गएको भन्दै अव हुने बाह्रौ महाधिवेशनदेखि विपीको दर्शनलाईसँगै लिएर हिँड्नुपर्ने बताउनु भयो । उहाँले महाधिवेशनमा जितेका र हारेकालाईसँगै मिलाएर लैजानु नै लोकतान्त्रिक परिपाटी भएको भन्दै सामूहिक नेतृत्व नै अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले भन्नु भयो-काँग्रेस पार्टर्ीीव नेतामूखी होइन संस्था मुखी भएर जानर्ुपर्छ ।
प्रवक्ता केसीले थप्नु भयो-काँगे्रसमा अहिले गाउँदेखि केन्द्रसम्म केही तरलता देखिएको छ, समावेशी चिन्तनलाई काँगे्रसले विर्सदै गएको छ, बाह्रौं महाधिवेशनदेखिको यो तरलतालाई समेट्नर्ुपर्छ ।
उहाँले नयाँ चिन्तनको आधारमा नेपाली काँग्रेसलाई अगाडि बढाउन सक्ने व्यक्तिले नै जित्नु पर्ने भन्दै  सही विवेक प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
नयाँ जनतन्त्र अध्ययन केन्द्रका अध्यक्ष तथा अधिवक्ता आनन्द सन्तोषी र्राईले नेपाली कांग्रेसलाई समावेशी बनाउन यस महाधिवेशनले सवै जात जाती र बर्गको प्रतिनिधित्व गराउने वताउनु भयो ।
सो अवसरमा उहाँले नेपाली कांग्रेसको १२ औ महाधिवेशन नेपाली कांग्रेसमा आमुल परिवर्तन गर्ने त्यसका लागी नीति तथा कार्यक्रम सहित नयाँ रुपमा प्रस्तुत हुनु पर्ने बताउँदै त्यसका लागि वहसको रुपमा नया समाजिक जनतन्त्र प्रस्तुत गरिएको वताउनु भयो ।
राजनीतिक बिष्लेसक डा. यज्ञ अधिकारी र डा. गोविन्द्र सुब्बाले जनतन्त्रको विषयमा बहस र छलफल गरी रेसा रेसा केलाउनु पर्नेमा अहिलेको ओठे भाषण र कागजी दस्तावेजले कांग्रेस माथि उठ्न नसक्ने बताउनु भयो ।
नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्यका उम्मेदवारहरु दामोदर गौतम,सुरेश प्रसाद सिंह,जिउदा शहिद यमुना देवी श्रेष्ठ, वीपी संग्रालयका अध्यक्ष परशुराम पोखरेल,मदन कुष्ण श्रेष्ठ,नेपाल विद्यार्थी संघका सहमहामन्त्री शोसन श्रेष्ठ,नेपाली कांग्रेस धनकुटाका सचिब नविन किशोर शाक्य,समाजसेवी डा. मदन र्राई लगायतले सामाजिक जनतन्त्रले नेपाली कांग्रेसमा बहस सिर्जना गरेको वताउदै यसले नेपाली कांग्रेसलाई रुपान्तरण गर्न सहयोग पुग्ने वताउनु भयो ।

Wednesday, September 15, 2010

नेपाल अन्तराष्ट्रिय जासुसी केन्द्र बन्ने खतरा !

काठमाडौं । प्रधानमन्त्रीय निर्वाचनमा भएको अनवरतको अनिर्ण्र्ााआफैमा चानचुने विकृति होइन । त्यसमाथि सातौं चरणसम्मको निर्वाचनको निरन्तरताले राजनीतिमा लुकेका अनेक विकृतिहरूको खुलासा गरिसकेको छ । ती मध्ये हालै प्रकटमा आएका टेप प्रकरणलाई त कुनै पनि अर्थमा स्वभाविक मान्न सकिदैन । सरोकारवाला माओवादीले ज्रि्रो चपाएर परिस्थितिलाई झनै अन्यौलग्रस्त बनाइदिएको छ । चीन समेत मुछिन पुगेको 'अडियो टेप प्रकरण' मा कांग्रेसका नेताहरूले माओवादीलाई पुरै सिध्याइदिने प्रयत्न गरिरहेका छन् । माअेावादीले चाहिं निशाना दिल्लीतिरै सोझ्याएर सभासद खरिद बिक्री प्रकरणमा समेत उल्टै आफ्नो हात माथि पार्ने चेष्टा गरिरहेको छ । नेपाली कांग्रेस सहितका संसदवादी दलका नेताहरूले माओवादीको 'नशा' मानै अठ्याएर सीमान्त अप्ठेरोमा पारिदिएका छन् । विदेशविभाग प्रमुख समेत रहेका माओवादी नेता कृष्णबहादुर महराकै आवाजमा र्सार्वजनिक प्रचार भइसकेको 'अडियो टेप' मा पचासजना सभासद खरिदको लागि चिनिया पक्षस“ग ५० सै करोड माग गरिएको छ । प्रतिसभासद एक करोड खर्च गरेर प्रधानमन्त्री पदमा अध्यक्ष पुष्पकमल दाहाललाई जिताउने माओवादीको रणनीतिलाई कुनै पनि अर्थमा स्वभाविक मान्न मिल्दैन ।

माओवादीका कृष्णबहादुर महराले कुन तहको र को चिनियास“ग ५० करोड माग गरेका हुन् भन्ने टेपमा खुलेको छैन । अनुमान गर्नेहरूले चिनिया सरकारका अधिकारीहरूस“ग नभएर कुनै एक व्यापारी वा उद्योगपतिस“ग ५० करोड मागिएको ठानेका छन् । जो जसस“ग मागिएको भएपनि चीन मुछिएको छ । चिनिया लगानीमा नेपालका सभासद खरिद गरिने कोशिश कुनै पनि अर्थमा स्वभाविक होइन । उक्त टेप प्रकरण झुठ्ठा भएको प्रमाणित गर्ने तर्फमाअेावादीले पहल नगर्नु थप रहस्यपर्ूण्ा छ । त्यस पार्टर्ीी नेताहरूले टेलिफोन वार्तामार्फ् सांसद खरिदको धृष्टता गरिएको विषयलाई ओझेलमा राखेर माओवादीका नेताहरूले 'टेप' र्सार्वजनिक गर्ने अपराधीमाथि कारवाही हुनुपर्नेमा जोड दिएका छन् । यो भन्दा हास्यास्पद अरु केही नहुने संसदवादीहरूको दावी छ ।

मधेशी सांसदको मूल्य किटान गरिएको सो टेप प्रकरणमा भारतीय दूतवासलाई मुछ्ने तर्फमाओवादी अग्रसर छ । नेपाली कांग्रेसका संसदवादीहरूले भने सरोकारवाला माओवादी नेता महरामाथि संसदीय कठोर कारवाहीमा जोड दिएका छन् । महराबाट 'स्वर' नै नक्कली भएको दावी गर्न नसक्नु उत्तिकै रहस्यपर्ूण्ा छ । उनले परोक्ष रुपमा टेपमा भएको कुराकानीको स्वर आफ्नै भएको स्वीकारेका छन् । सांसदको मूल्य तोकेर खरिद गर्न तम्सिएको माओवादीका ठूला कुरा कसैको लागि पनि स्वीकार्य देखिएका छैनन् । उक्त टेप प्रकरणमा माअेावादी नराम्रैसित फसेको छ । यही मेसोमा स्वर विशेषज्ञको सहायता लिएर अपराधीलाई दण्डित गराउन संसदवादीहरू कस्सिएका छन् ।

विगततिर फर्किने हो भने सांसद किनबेच र थुनछेकका थुप्रै घटना भएका छन् । दोस्रो जनआन्दोलन पछि पर्दा वाहिर आएको चाहिं यो नै पहिलो प्रकरण हो । ५० को दशकमा संसदलाई खसीको मासु किनबेचको थलोको रुपमा चित्रण गरेर पद्धतिकै खिल्ली उडाउनेहरू स्वयंकै खरिदकर्ता वकरेको रुपमा प्रस्तुत भएको वर्तमान साच्चिकै उदेक लाग्दो छ । र्सवसाधारणले समेत माओवादीलाई उही 'ड्यांगको' मूला भन्न थालेका छन् । यसअघिका किनबेचमा यसरी उदांगिएर विदेशी लगानी भएको घटनाक्रम पर्दा अगाडि आएको थिएन । भारतीय दूतावासले टेलिफोन सम्वाद 'टेप' गरेर र्सार्वज्निक गरेको माओवादीको दावी उत्तिकै गम्भीर प्रकृतिको छ । दूरसञ्चारस“ग त्यसरी संवाद 'टेप' गर्ने विधि नै नभएको सम्वध अधिकारीहरूले खुलासा गरिरहेका छन् । उक्त 'टेप' सवैभन्दा पहिले दिल्लीमा मुख्यालय रहेको टेलिभिजन नेपाल-१ ले प्रशारण गरेको थियो । त्यसैगरी चिनिया राजदूतावासमा आयोजित एक रात्रीभोजमा सरिक वरिष्ठ सञ्चारकर्मीहरूलाई भारतीय दूतावासबाटै टेलिफोन गरी उक्त टेपको समाचार सम्प्रेषण गर्न आग्रह गरिएको भन्ने पनि कुरा आएका छन् । यिनैलाई आधार बनाएर माओवादीले आफ्नो सत्ता लिप्सालाई ठाल बनाउने क्रममा भारततिर औला ठड्याएको छ । तथापि, माअेावादीलाई पानी माथिको ओभानो मान्न कोही तैयार छैनन् ।

जहासम्म टेप प्रकरणको सवाल छ माओवादीले भारतीय दूतावास र नेपाली सेनास“ग त्यसरी टेप गर्ने प्रविधि रहेको दावी गरेको छ । कसैकसैले त अमेरिकी र रुसी दूतावासमा समेत त्यस्तो प्रविधि भएको आशंका गरेका छन् । टेप प्रकरणमा जो जस्तो संलग्नता रहेपनि टेप प्रविधि नेपालमा रहेका विदेशी दूतावासमा रहनु राम्रो होइन । राष्ट्रको र्सार्वभौमिक सुरक्षा तथा राष्ट्रियता माथिनै खतरा पुग्न सक्ने त्यस्तो प्रविधि रोक्नु देशको लागि र्सवाधिक उत्तम हुने कुरालाई कसैले इन्कास गर्न सक्दैन । टेप प्रकरणवारे संसदमा कुरो उठाउने संसदवादीहरू यो महत्वपर्ूण्ा सवालमा भने मौन रहेका छन् । वास्तविकता छानविन गरी दोषीमाथि कारवाहीका अतिरिक्त विदेशी दूतावासलाई समेत आन्तरिक मामलोको जासुसीबाट रोक्ने कि अन्यत्रै बरालिने - सचेत नेपालीहरूले थप गम्भीर सवाल उठाएका छन् । संसदवादी र माअेावादी दुवै यतिबेला काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर गर्दैछन् ।

Monday, September 13, 2010

अखिलको सम्मेलनमा पैसा र पदको किचलो


काठमाडौं । नेकपा एमाले सम्बद्ध अनेरास्ववियुको २० आैं राष्टि्रय सम्मेलनकालागि देशभरबाट करीव २ हजार प्रतिनिधि छनौट भइसकेका छन्‍ । राष्टि्रय सम्मेलनमा भाग लिन प्रतिनिधिहरु सम्मेलनस्थल जनकपुर जाने तयारीमा जुटिरहेका बेला, जनकपुरमा भने महाधिवेशनको लागि अनवश्यक रुपैया"को हाहाकार मच्चिएको छ । अखिलले सम्मेलनकालागि आवश्यक रकम दिन नसकेपछि एमालेका जनकपुर अञ्चल इन्चार्ज रामचन्द्र भmाले यही ताल हो भने सम्मेलन हुन नसक्ने चेतावनी पार्टी नेत ृत्व र अखिल नेत ृत्वलार्इ दिइसकेका छन्‍ । अखिलका नेताहरु सम्मेलन सफल पानर्े र आर्थिक जुटाउनेतिर भन्दा फर्जी कमिटीहरु खडा गर्दै आफ्‍नो पक्ष्ामा बढी प्रतिनिधि जिताउन व्यस्त भएपछि सम्मेलनको व्यवस्थापन फितलो भएको चर्चा पनि चलेको छ । एमाले पार्टीको आन्तरिक जीवनमा सबैभन्दा बढी अस्वस्थ, निक ृष्ट र अपराधिक शैलीको गुटबन्दी भएको संगठनका रुपमा अनेरास्ववियु स्थापित हुन थालेकोमा विद्यार्थी इन्चार्ज गोकर्ण्ा विष्ट समेत दिक्क भएका छन्‍ । ''विष्टले आफू यस पटकको सम्मेलनमा कुनै पनि गुटप्रति लचिलो नबन्ने र सम्मेलन सफलतापूर्वक सम्पन्न भएपछि देशभरका कमिटीहरु बिघटन गरेर गुटबन्दी रहित कमिटी गठन गनर्े'' मनसाय व्यत्तm गरेका छन्‍ । यद्यपि यति हु"दा हु"दै पनि शालिन व्यत्तmित्व बनाएका विष्ट सुखर्ेत जिल्लाको विवादमा मुछिएका छन्‍ । सुखर्ेतमा खडा गरिएको अवैध जिल्ला कमिटी भन्दा एमालेको जिल्ला कमिटीले मान्यता दिएको कमिटीलार्इ विष्टले मान्यता दिन नमानेपछि उनी विवादमा तानिएका हुन्‍ । त्यसो त अखिलमा कसले बढी नक्कली कमिटीहरु खडा गनर्े भन्ने प्रतिस्पर्धानै चलेको थियो । अध्यक्ष्ा रामकुमारी भmा"त्रmी पक्ष्ाले उपत्यका ८९ ओटा फर्जी क्याम्पस कमिटी खडा गरेपछि महासचिव ढुंगेल पक्ष्ाले पनि २३ ओटा थपेको चर्चा अखिलमा अहिले पनि चल्ने गरेको छ । विवादकै कारण्ा सुखर्ेत, कन्चनपुर लगायतका जिल्लाबाट प्रतिनिधि छनोट भएका छैनन्‍ भने केही अञ्चलबाट पनि प्रतिनिधि छनोट हुन बा"की छ । भदौ २७ गते आइतवारसम्म देशभरीबाट १९५० जना प्रतिनिधिहरु छनोट भइसकेका छन्‍ ।अखिलका २९ ओटा अञ्चल कमिटीहरुबाट छानिएका प्रतिनिधिहरुमध्ये दुवै पक्ष्ाले आ आफ्‍नो बहुमत भएको दावी गरेका छन्‍ । अध्यक्ष्ाका दावेदार माधव ढुंगेलको पक्ष्ामा बहुमत प्रतिनिधि निर्वाचित भएको दावी गरिएको छ भने अर्का दावेदार शोभियत ढकालको पक्ष्ाले पनि आफ्‍नो समूह मजबुत रहेको दावीगरेको छ । एमालेका विभिन्न अञ्चलका नेताहरुबाट प्राप्त सूचना अनुसार कोशी, माथिल्लो सगरमाथा, जनकपुर, गण्डकी, राप्ती, महाकाली र लुम्बिनीमा माधव ढुंगेल पक्ष्ाका प्रतिनिधिहरु बढी निर्वाचित भएका छन्‍ । त्यस्तै तल्लो सगरमाथा, नारायण्ाी, मधेशी सम्पर्क कमिटी, सेती र उपत्यकामा शोभियत ढकाल पक्ष्ाका प्रतिनिधि बढी आएका छन्‍ । यद्यपि उपत्यकाबाट दुवै पक्ष्ाका चार/चार जना प्रतिनिधि आएको स्रोतले बताएको छ । ढुंगेल पक्ष्ाबाट समिक बडाल, योगिता रार्इ, सीता थापा र बद्री नगरकोटी चुनिएका छन्‍ भने ढकाल पक्ष्ाबाट विकास एडी, नयन रार्इ, रञ्जु ज्ञवाली र शशी शेखर ठाकुर आएका छन्‍ । उपत्यकाका क्याम्पसहरुबाट ७५ जना ढकालको पक्ष्ाका आएका छन्‍ भने ६५ जना ढुंगेल पक्ष्ाका आएको दावी गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट ढुंगेल पक्ष्ाका ७ जना र ढकाल पक्ष्ाका १ जना आएका छन्‍ भने पोखरा विश्व विद्यालयबाट आठैजना ढुंगेल पक्ष्ाका निर्वाचित भएको छन्‍ । रोचक कुरा त अध्यक्ष्ाका उम्मेदवार शोभियत ढकालको आफ्‍नै ग ृहअञ्चल गण्डकीबाट आठमध्ये एकजना पनि प्रतिनिधि उनको पक्ष्ाका निर्वाचित नभएको कुरा पोखराबाट प्राप्त समाचारमा उल्लेखछ । सेती अञ्चलबाट माधव ढुंगेल निल भएका छन्‍ भने नारायण्ाीबाट चाहिं आठैजना प्रतिनिधि ढकाल पक्ष्ाका निर्वाचित भएका छन्‍ । नेत ृत्वको चर्चासम्मेलन नजिकिदै गएका बेला अखिलमा अध्यक्ष्ाका उम्मेदवारका रुपमा देखा परेका माधव ढुंगेल र शोभियत ढकाल दुवैजनाले आफ्‍नो प्यानल बनाउन सकिरहेका छैनन्‍ । ढुंगेल पक्ष्ाबाट महासचिवमा किशोर वित्रmम मल्लको नाम चर्चामा छ । तर प्यानललार्इ सन्तुलित बनाउन उनले सुधीर साहलार्इ उपाध्यक्ष्ा वा महासचिवमा उम्मेदवार बनाउने चर्चा पनि चलेको छ । हालसम्म मधेशी कोटाको सचिवमा त्रिुभवन विश्वविद्यालयका सरोज यादवको नाम दुवै पक्ष्ाबाट लगभग सर्वसम्मत हुने देखिएको छ । महासचिवमा ढकाल पक्ष्ाबाट नवराज धामी, लक्ष्मण्ा लम्साल, नविना लामा, दिपक गौतम लगायतले दावी गरेका छन्‍ । त्यस्तै ढुंगेल पक्ष्ाका नवराज पौडेल, रचना खड्‍का, पदम गिरी, महेश वर्तौला लगायतलार्इ पनि पदाधिकारीमा व्यवस्थापन गर्न ढुंगेलले निकै मेहनत गनर्ुपरिरहेेको छ । पछिल्लो समयमा दिपक गौतम, शिवजी गुरुङ, सुधीर साह, सरोज यादव, उष्ााकिरण्ा तिमल्सिना लगायतका नेताहरु तुलनात्मक रुपमा तटस्थ देखिन थालेकाले पनि सम्मेलनसम्म धु्रविकरण्ा अर्कै ढंगले अघि बढ्‍ने चर्चा पनि अखिलभित्र चलेको छ । यसअघि गोकुल घर्ती र माधव ढुंगेलको प्यानलमा परेर उपाध्यक्ष्ा जितेका शोभियत आफ्‍नो बुतामा भन्दा पनि अध्यक्ष्ा रामकुमारी भmा"त्रmी र संगठन विभाग प्रमुख लक्ष्मण्ा लम्सालको भरोसामा चुनाव लड्‍दैछन्‍ । उनलार्इ भmा"त्रmी समूहले पनि पूर्ण्ा रुपमा विश्वास गर्न सकेको छैन । सो समूहबाट अध्यक्ष्ाको अर्को दावेदार नभएकाले बाध्यात्मक अवस्थामा मात्र उनलार्इ उठाउनुपरेको चर्चा संस्थापन पक्ष्ाका विद्यार्थीहरुबीच चल्ने गरेको छ । ढुंगेल यसअघिका १८ आैं र १९ आैं सम्मेलनमा आफ्‍नो प्यानलका अध्यक्ष्ा सहितका अधिकांश उम्मेदवारहरु पराजित हु"दा पनि लोकपि्रय मतका आधारमा जित्दै आएका स्वच्छ छविका स्थापित विद्यार्थी नेता भएकाले पनि उनी तुलनात्मक रुपमा ढकालभन्दा बलियो मानिएको कुरा अखिलका कार्यकर्ताहरु बताउछन्‍ । अन्य पदमा भने तीब्र प्रतिस्पर्धाको स्थिति रहेको विद्यार्थीहरु बताउछन्‍ ।

पत्रकारको किन बेज्जत गर्दैछ प्रहरी ?

योगेश ढकाल
काठमाडांै । प्रहरीले सत्य, तथ्य र वास्तविकतालार्इ वेवास्ता गर्दै शत्तmि र हुलको पक्ष्ामा लागेर एउटा स्थापित राष्ट्रवादी पत्रकारको सार्वजनिक जीवन समाप्त पानर्े तथा आम पत्रकारको हुर्मत लिने काम गरेको भन्दै आर्इजीपी रमेश चन्द ठकुरीमाथि समेत प्रश्न चिन्ह खडा गराएको छ । स्वच्छ छबी र शालिन व्यत्तmित्व भनिएका आर्इजीपी ठकुरीकै माताहतको प्रहरीले कान्तिपुर पब्लिकेसन्स ग ृहको शत्तmि र केही व्यत्तmिहरुको हुलले दवाव दिएको भरमा १८ वर्ष्ासम्म मूलप्रवाहको पत्रकारिता गरेका र जलस्रोतमा विदेशी माफियाहरुको विपक्ष्ामा समाचार लेखेर राष्ट्रवादी छबी बनाएका पत्रकार विकास थापालार्इ एेन विपरीत प्रहरीले थुनामा राखेर अन्याय गरेको पत्रकारहरुले बताएका छन्‍ । प्रहरीले तथ्य, सत्य र एेन कानुनको पछि लाग्नुभन्दा पनि शत्तmि र हुलको पछि लागेको आरोप लागेको छ । कान्तिपुर पब्लिकेसन्सभित्रकै पत्रकार मैना धिताललार्इ नक्कली इमेल आइडीबाट यौनजन्य कुराहरु पठाइएको भन्ने उजुरीका आधारमा प्रहरीले विकास थापालार्इ पत्रmाउ गनर्ु र कान्तिपुर जस्तो प्रकाशन ग ृहले सत्यतथ्य पत्ता लगाउनुभन्दा अघिनै १८ वर्ष्ादेखि कार्यरत पत्रकारलार्इ स्पष्टीकरण्ाको मौका समेत नदिर्इ नियोजित रुपमा जागिरबाट बर्खास्तगरी चरित्रहत्या हुने ढंगले समाचार प्रकाशन गनर्ुलार्इ संयोगमात्र मान्न सकिन्न । कान्तिपुर व्यवस्थापनले विकासलार्इ हतार हतार निश्कासन गनर्ुमा 'मैनालार्इ यौनजन्य इमेलहरु पठाएको' भन्दा पनि कर्मचारी युनियनको अध्यक्ष्ाका रुपमा उनले तलब ब ृद्धिकालागि हस्ताक्ष्ार अभियान चलाएकोले बदला लिइएको अर्थमा कान्तिपुरका कर्मचारी तथा पत्रकारहरुले लिएका छन्‍ । यस कुराको पुष्टि भदौ २५ गतेबाट कान्तिपुर प्रकाशनमा विकास थापालार्इ विना सर्त पुनर्वहालीको माग रोखेर गरेको आन्दोलनले गर्दछ । भदौ २५ गते शुरु दिनमा कोण्ासभा सम्पन्न भएको छ । कर्मचारीहरुले आफ्‍ना मुख्य मागमा मासिक दुर्इहजारका दरले तलब ब ृद्धि र मैना धिताललार्इ दुख दिएको आरोपमा हिरासतमा रहेका पत्रकार विकाश थापाको विना सर्त पुनर्वहाली रहेका छन्‍ । प्रहरी संगठनले 'कान्तिपुर'को शत्तmिका अगाडि लाचार बनेर एउटा पत्रकारलार्इ यति लामो समयसम्म थुनेर राख्नुलार्इ चाहिं आश्चर्यको रुपमा हेरिएको छ । अभm आश्चर्यको घटना त, नेपाल पत्रकार महासंघ र विकास आबद्ध प्रेस युनियन जस्ता पत्रकारको हक हितकालागि स्थापित भएका संस्थाहरुले समेत विकासको बारेमा एक शब्द बोल्न सकेका छैनन्‍ । विकास थापा विदेशी नागरिक होइनन्‍, उनी भागेर कहि" पनि जाने होइनन्‍ । उनले कुनै जघन्य अपराध गरेका पनि छैनन्‍ । उनलार्इ सामान्य निगरानीमा राख्नेगरी प्रहरीले घटनाको अनुसन्धान गर्न सक्दथ्यो । विकासमाथि जुन अभियोग लगाइएको छ, त्यो अभियोग आफैंमा पुष्टि हुनेखालको पनि छैन । सूचना प्रविधिको जमानामा एउटा व्यत्तmिले सयौं नक्कली इमेल खडा गरेर अरुलार्इ मनपरी पठाउन सक्छ । कुनै व्यत्तmिको इमेल ह्‍याक गरेर पनि अरुलार्इ अश्लिल कुराहरु पठाउन सक्छ । नेपालमा साइबर कानुन समेत नबनेको अवस्थामा इमेलबाट यौन दुव्र्यवहार गरियो भन्ने आशंकाको उजुरीलार्इ आधार बनाएर प्रहरीले यसरी पत्रmाउ गर्दै जाने हो भने नेपालका प्रहरी हिरासत र जेल एकै दिनमा आशंकित अभियुत्तmले भरिन सक्छन्‍ । सामाजिक सन्जाल फेसबुकमा मात्र करीव सा"ढे ६ लाख नेपालीहरु समेटिएका छन्‍, जहा" हरेक दिन नेपालका प्रधानमन्त्री, मन्त्री, प्रमुख दलका नेताहरु र हजारौं ब्यत्तmिहरुको चरित्रहत्या हुने सामाग्रीहरु पोष्ट भइरहेका हुन्छन्‍ । प्रहरीले जुन उजुरीका आधारमा विकास थापालार्इ पत्रmाउ गरेर उनको तेजोबध गरिरहेको छ, यही प्रक ृतिका उजुरीहरु प्रहरीमा ओहिरो लागे भने के प्रहरी र हाम्रो न्यालयले थेग्न सक्छ ? यो प्रश्न पनि उठेको छ । अहिले यो प्रकरण्ा अदालतमा पनि गएको छ । प्रहरीले काल्पनिक र आशंकित इमेलको पछि लागेर यस्ता मुद्दाहरुलार्इ अदालतमा प्रवेश गराउदै जाने हो भने नेपालका अदालतहरु साइबरमार्पmत हुने अश्लिल सामग्रीका आशंकित मुद्दाहरुबाटै भरिन सक्ने खतरा पनि देखिएको छ । विकास थापालार्इ प्रहरीले जघन्य अपराधीलार्इ जसरी थुनेर सजाय दिइरहेको छ । जबकि उनले सबैभन्दा ठूलो सजाय त १८ वर्ष्ाको जागिर र पत्रकारिताको आफ्‍नो इतिहासनै समाप्त हुनेगरी कान्तिपुरबाट एकैचोटी बर्खास्तमा परेर पाइसकेका छन्‍ । प्रहरीले देशभत्तm, राष्ट्रवादी स्थापित पत्रकार विकास थापालार्इ बिना एेन, प्रमाण्ा यतिका दिनसम्म आशंकाको भरमा थुनेर जुन बहादुरी प्रदर्शन गनर्े दुस्साहस गरेको छ, यसले प्रहरीको नियतमाथि नै प्रश्न चिन्ह खडा गरेको छ । अर्को समाचार अनुसार, पत्रकार थापालार्इ अदालतले भदौ २७ गते ५ दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले ७ दिनको माग गरेको भएपनि अदालतले ५ दिनमात्रै समयदिएको छ । सरकारी वकिलले कान्तिपुरको उत्तm कम्प्युटरको बस्तुस्थिति कस्तो थियो ? प्रक ृति मुचुल्का ल्याउन प्रहरीलार्इ भनेलगत्तै भदौ २५ गते कान्तिपुरसंग प्रक ृति मुचुल्का मागेेको भएपनि अहिलेसम्म कुनै जानकारी पठाएको छैन । भदौ २५ गते नै कान्तिपुरकी पत्रकार प्रतिमा बा"स्कोटास"ग प्रहरीले विकास थापाको बारेमा बयान लिएको छ । थापाले प्रतिमाप्रति पनि शंका लागेको बताएपछि प्रहरीले बयान लिएको हो । थापाकी श्रीमती नानीमैया" थापाले कान्तिपुरमा १८ वर्ष्ा पत्रकाारिता गरेको पुरस्कार स्वरुप हिरासतमा जानुपरेको गुनासो सा"घुस"ग गरिन्‍ । 'हामीलार्इ एकदमै अन्याय भयो, १३ दिन भयो हिरासतमा राखेको, तर हामीलार्इ न्याय गनर्े र हाम्रो मर्म बुभm्‍ने कोही भएन ।'

Monday, April 26, 2010

आईजीपी नै सरकारको निगरानीमा


आईजीपी नै सरकारको निगरानीमा
काठमाडौं । प्रेममा धोखा दिने पुरुषलाई 'प्लेब्याई' भनिन्छ । तर, राजनीतिक तहमा धोखा दिनेलाई के भन्ने - कुनै बेला कांग्रेस नेता एवम् पर्ूवगृहराज्यमन्त्री देवेन्द्रराज क“डेलले सशस्त्र प्रहरीका हालका महानिरीक्षक सनत बस्नेतको बारेमा यस्तै प्रश्न गरेका थिए । उनकै जोडबलमा खुमबहादुर खड्काले नचाह“दा नचाह“दै पनि बस्नेतलाई सेनाबाट सशस्त्रमा हुल्न सहमति जनाएका थिए । तर, देवेन्द्रराज क“डेले नै समयक्रममा सनतबाट धोखा पाएको चर्चा उनले अहिले पनि गरिरहेका छन् । तिनै सनत बस्नेत अहिले सरकारलाई नै धोका दिने खेलमा लागेको चर्चाले मन्त्रिपरिषद्का सदस्यहरूबीच पनि ठूलै चर्चा पाएको छ । त्यसो त आफूलाई महानिरीक्षक बनाइदिने माओवादीप्रति पनि उनी इमानदार नबनेको चर्चा पनि माओवादी नेताहरूले चलाएका छन् । माओवादीले जनव्रि्रोहका लागि भनेर शान्ति सम्झौताविपरीत खुकुरी र लाठी तालिम सुरु गरेपछि सरकारले सुरक्षामा कडाइ गरेको र सबै सुरक्षा निकायका सबै तहका कर्मचारीको बिदा रद्द गरेकै बेला सशस्त्रका आईजीपी बस्नेत भने वैशाख १२ गते इजरायलतिर हानिएका छन् । आफ्ना जवानहरूलाई समेत बिदा कटौती गरेर र्सतर्क अवस्थामा रहन निर्देशन जारी भएको बेला महानिरीक्षक बस्नेतको बिदा गृहमन्त्री भीम रावलले कसरी स्वीकृत गरे भन्ने प्रश्न अहिले सरकारका मन्त्रीहरूले गर्न थालेका छन् । अहिले दिनहु“जसो केन्द्रीय सुरक्षा समितिको बैठक भइरहेको बेलामा सशस्त्रका महानिरीक्षकले विदेशभ्रमण गर्नुलाई मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूले रुचाएका छैनन् । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले त बस्नेत माओवादीपरस्त रहेको भन्दै प्रधानमन्त्रीलाई उनीमाथि कारबाहीको दबाबसमेत दिएको उच्च स्रोतले जनाएको छ । सरकारले सबै सुरक्षा फौजलाई र्सतर्क रुपमा राखेको र सबैको बिदा कटौती गरेको अवस्थामा सुरक्षाको योजना बनाउने, कार्यान्वयन कसरी गर्ने भन्ने जिम्मा लिएका व्यक्ति अचानक किन विदेश भ्रमणमा निस्किए - यो प्रश्न पनि अहिले प्रधानमन्त्री कार्यालयतिर उठेको छ । आईजीपी बस्नेत इजरायल हिंडेपछि एआईजी किशोर लामालाई कार्यवाहकको जिम्मा दिइएको छ ।
यता प्रधानमन्त्री समक्ष बस्नेतको बारेमा सरकारले नै कडा निगरानी राख्नु पर्ने उजुरी परेको चर्चा छ । उनीमाथि माओवादीस“ग हाल निरन्तर र निकटतम् सम्बन्ध, सर्म्पर्क राखेको तथा सरकारका गोप्य सुरक्ष्ँा योजनाहरू माओवादीसम्म पुर्‍याएको अभियोग लागेको छ । बस्नेतमाथि माओवादीमा पुग्दा माओवादीस“ग ठिक्क हुने सरकारस“ग आउ“दा यतै ठिक्क हुने गरेको आरोप पनि सशस्त्रका हाकिमहरूले लगाउन थालेका छन् । त्यसो त आईजीपी बस्नेतको भूमिकाप्रति सरकारले पनि शंका व्यक्त गरेको छ । त्यसैले उनलाई सरकारले निगरानीमा राखेको चर्चा पनि चलेको छ । - वैशाख १३ गतेको सांघुबाट

Thursday, April 22, 2010

जताततै लडाइंको तयारी

काठमाडौं । आत्मरक्षाका लागि भन्दै एकीकृत नेकपा माअेावादीले देशैभर आफ्ना कार्यकर्तालाई तालिम संचालन गरिरहेको छ । यसै साताबाट शुरु भएको तालिममा महिला, बालबालिका साथै वृद्धवृद्धा पनि सहभागी भएका छन् । अन्तिम जनव्रि्रोहका लागि तयार हुने भन्दै माओवादीले तालिम संचालन गरेको हो । नेपालंगज, चितवन, नवलपरासी, मोरङलगायतका जिल्लामा संचालित तालिममा हरेक दिन प्रशिक्षण दिने गरिएको छ । खासगरी पर्ूवसेना र पर्ूव प्रहरीले तालिम लिएकाहरूको गोप्य लागत पनि राखिएको स्रोतले बताएको छ । विशेषगरी तालिममा युवाहरूको संख्या बढी छ । तालिममा सुरक्षाकर्मीले हस्तक्षेप गरे त्यसको कडा प्रतिकार गर्ने पनि सहभागीले बताएका छन् । समयमै संविधान जारी नभए माओवादीले जनव्रि्रोह गर्ने अनि त्यसका लागि तालिम प्रदान गरेको माओवादीले जनाएको छ । उता, मोरङमा हतियार चलाउने तालिम भइरहेको छ । एकैसाथ झापा र सुनसरीमा पनि संचालित तालिममा ५ हजारभन्दा बढी माओवादी कार्यकर्ता सहभागी छन् । मोरङको हात्तिमुठामा तालिम दिइरहेका अमनले भने लाठी र खुकुरी चलाउन मात्र सिकाएका छौं । आवश्यक परे त्यो भन्दा माथिको तालिम दिनेछौं ।
एकै खालको पोशाक लगाएका उनीहरूलाई हर्ेदा कुनै प्रहरी वा सेनाको सरकारी तालिम पो हो कि जस्तो देखिन्थ्यो । मंगलवारको टन्टलापुर घाममा उनीहरू पसिनाको कुनै वास्ता नगरी तालिम लिइरहेका थिए भने र्सवसाधारणहरू टुलुटुलु हेरिरहेका थिए । उता बाकेका माओवादीले २७ स्थानमा साताव्यापी शारीरिक प्रशिक्षण शुरु गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज र स्थानिय माविमा संचालन भएको तालिमको धेरैले विरोध गरेका छन् । गाउघरमा बढ्दो अराजकता रोक्न युवा परिचालनका लागि तालिम दिएको माओवादीका बाके सहइन्चार्ज आइपी खरेलले बताए ।
माओवादीले अन्तिम व्रि्रोह गर्ने बताउदै आएको छ । अबको आन्दोलन निर्ण्ाायक हुने भन्दै उनले कार्यकर्तालाई र्सतर्क हुनसमेत आग्रह गरेको छ । माओवादीले संचालन गरेको यसप्रकारको तालिमको कांग्रेस लगायतका अन्य पार्टर्ीीले विरोध गरेका छन् । माओवादीले तालिम र प्रशिक्षण आफ्नो नियमित प्रकृया भएको पनि जनाइएको छ ।
यसैबीच जातीय संघीयता विरुद्ध कडा रुपमा प्रस्तुत हुदै आएको क्षेत्री समाज नेपालले पनि आफ्नो सैनिक दस्ता निर्माण शुरु गरेको छ । सयौं वर्षेखि मिलिजुली बसेकाहरूबीच जातीय कुरा उठाइ जातजातका माझमा द्वन्द्व गर्राई सत्ताका लागि दलका नेताहरूले जातीय राज्य दिने षड्यन्त्र गरेकोले वाध्य भएर सैन्य दस्ता निर्माण सुरु गरेको समाजले जनाएको छ । समाजले दुइ महिनादेखि सैन्य दस्तालाई मुलुकका विभिन्न भागमा तालिम दिंदै आएको छ । खुकुरी क्रस चिन्ह भएको रुमाल बाधेका सहभागिहरूले तालिम शुरु गर्नु अघि 'राष्टिय अखण्डता मेरो आदर्श' नेपाल देश मेरी आमा देशको रक्षा गर्नु छोराको कर्तव्य भनि स्तुतिगानसंगै वीर सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेपछि औपचारिक रुपमा सैनिक तालिम शुरु गर्ने गरेका छन् । शारीरिक कसरत र हतियार सकी अहिले खुकुरी चलाउने कला सिकिरहेको सहभागीले बताएका छन् । हाम्रो तालिम जनतालाई दुःख दिन होइन र कहिले पनि दुःख पुराउने काम गर्दैनौं, क्षेत्रीहरूको रक्षा गर जातिय राज्य हुन नदिनका लागि मात्र भएको एक सहभागीले बताए । उनले थपे, जातिय राज्यका पक्षमा कुरा उठाउनेलाई पनि हामी कारवाही गर्र्छौं ।

मुलुक दुरघटनाको संघारमा

काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग गर्दै आएको माओवादीले आफ्नो सो माग पूरा नभएर सदन र सडक तताएर निर्ण्ाायक व्रि्रोहको चेतावनी दिइरहेको छ । सत्तासीन नेपाली कांग्रेस र एमाले सहितका अधिकांश दलका नेताहरूले प्रधानमन्त्री नेपाललाई माओवादीको धम्की सामु नतमस्तक नहुनको लागि हदैसम्म सुर्याइरहेका छन् । परिणामतः प्रधानमन्त्री नेपालबाट आफ्नै नेतृत्वको सरकार मातहत संविधान लेखनलाई पर्ूण्ाता दिइने उद्घोष गर्न थालिएको छ । त्यसको लागि आवश्यक परे संविधान संशोधनको सवालमा माअेावादीलाई नै वाध्य पार्ने चुनौति समेत सत्तासीनहरूले दिइरहेका छन् ।
राष्ट्रिय राजनीतिक गतिविधि विचित्रकै दिशामा अघि बढिरहेको छ । मौजूदा अन्तरिम संविधान संशोधनको लागि सत्तासीन दलहरूसग आवश्यक बहुमत पटक्कै छैन । दुइ तिहाइ संख्या पुराउनको लागि माओवादीको साथ अनिवार्य भएको वर्तमानमा सत्तासीनहरूबाटै संशोधनको प्रस्ताव अघि बढाउने कुरा पनि आएका छन् । कुनै पनि हालतमा राजीनामा नदिने अठोटका वावजूद प्रधानमन्त्री नेपालबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल वाहेक अरुको नेतृत्वको कुरा आएमा विचार गर्न सकिने वताइनु साच्चिकै अर्थपर्ूण्ा छ । उपाध्यक्ष डा. बाबुराम भटराइको हकमा पुनर्विचार गर्न सकिने सत्तासीनहरूको भनाइलाई माओवादीका एक थरीले माअेावादी पार्टर्ीीmुटाउने प्रपन्चको रुपमा लिएका छन् ।
माओवादी नेतृत्वको सरकार गठनको लागि अध्यक्ष दाहाल वाहेकको विकल्पप्रति केही संसदवादीहरू लचिलो पाइनु आफै पनि कम रहस्यपर्ूण्ा छैन । त्यसमाथि कांग्रेसले राखेका र्सतहरू अस्वीकार भएको बताएर माओवादीले दाहाल वाहेकको विकल्पमा नजाने संकेत दिइनै सकेको छ । उपाध्यक्षद्वय मोहन वैद्य र नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले र्सतरहित रुपमा अन्य पार्टर्ीीेतालाई विकल्पको रुपमा प्रस्तुत गरेरै भएपनि डा. भटराइलाई प्रधानमन्त्री बन्न नदिने चलखेल शुरु गरेको चर्चा पनि नचलेका छैनन् । अध्यक्ष दाहाल र राष्टिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ूयबहादुर थापाबीच भएको पछिल्लो भेटवार्तालाई त्यही रुपमा हेरिएको छ ।
उता, एमालेका अध्यक्ष झलनाथ खनाल समेत माओवादीको पछिल्लो चलखेलबाट रुष्ठ भएका छन् । आफ्नो नाममा माअेावादीको र्समर्थन रहने आत्मिक विश्वासको कारणले सहकार्यमा जोड दिंदै आएका खनाल विच्किनु पनि अस्वभाविक होइन । आफैंले दिएको आश्वासन विपरित अध्यक्ष दाहालबाट राष्टिय सरकारको नेतृत्वमाथि हकदावी गरिएपछि केही असन्तुष्ट बनेका खनालले थापा र दाहालबीचको भेटघाटलाई गम्भीर षड्यन्त्रको रुपमा बुझेका छन् । आफूलाई वाइपास गर्न लागिएको संकेत पाएका खनालबाट एमाले नेतृत्वको सरकार बाहेकको विकल्प कल्पना समेत नगर्न माओवादीलाई चेतावनी दिइएको छ । यसअघि माधव नेपालको ठाउमा खनालको नेतृत्व स्वीकार गर्ने तर्फमाओवादी लचिलो बनेको थियो ।
नेपाली कांग्रेसका एकथरीले आफ्नै पार्टर्ीीेतृत्वको सरकार गठनको लागि वाइसिएल भंग गरिनुपर्ने, कव्जा सम्पत्ति फिर्ता हुनै पर्ने तथा संविधानको घोषणा अगावै सेना समायोजनसहित शिविर खाली हुनुपर्ने र्सत अघि सारेका छन् । एमाले सहितका अन्य प्रायः सवै दलबाट कांग्रेसको त्यही भाका टिपिएको छ । माओवादीका पछिल्ला गतिविध्रि्रति अन्य दलका नेताहरू थप सशंकित भएका छन् । सत्तामा एकल कव्जाको लागि देशभर कार्यकर्तालाई लडाकु प्रशिक्षण दिन थालेको माओवादीले व्रि्रोहको चेतावनी र राष्टिय सरकारको नेतृत्वमाथिको वार्गेनिङलाई संगै अघि बढाएको छ । परिणामतः संविधान लेखन र शान्ति प्रकृयाको पर्ूण्ाता कोही पनि आशावादी हुन सकेका छैनन् ।
संविधानसभाको म्याद थप्ने सवालमा माओवादीले आफ्नै नेतृत्वको सरकार गठनले आकार लइसकेको हुनुपर्ने सतै राखेको छ । अन्यथा, म्याद थप गर्न माओवादी तत्पर छैन । राजीनामामार्फ् माओवादीको सो मागलाई मार्ग प्रशस्त गर्न नदिनेमा एमाले र कांग्रेस सहितका संसदवादीहरूको मतो मिलेको छ । जटिलताको गुत्थीले निकास पाउने कुनै गुन्जायस देखिएको छैन । यसै बेला नेपाली सेनाले रिक्त पदपर्ूर्तिमा भर्नाको आव्हान गरेको छ । भारतीय राजदूत रोकश सुद नेपालमा उत्पन्न जटिलताको व्रिफिङ गर्न भारत गएको आशंका गरिएकै सेरोफेरोमा माओवादीको विशेषदूत बनेर कांग्रेसका अमरेशकुमार सिंह पनि मंगलवार दिल्ली हानिएको भन्ने पनि कुरा आएका छन् । विकसित परिस्थिति संसदवादी र माओवादीबीच मात्रै मतभेद भएकोले अहिलेको अवस्था सृजित नभएको तर्फसंकेत गरिरहेको छ । परिस्थितिलाई यसरी बुझेकाहरूले भारत र माओवादीबीच वार्गेनिङ चलेको अर्थ लगाउन समेत थालेका छन् ।
माओवादीले सत्तामा एकल कव्जाको लागि एकातिर आफ्नै नेतृत्वको राष्टिय सरकार र अकोतिर निर्ण्ाायक जनव्रि्रोहको अडान लिएको भारतीय ठम्याइलाई सामान्य मान्न सकिने अवस्था छैन । दिल्लीमा सम्पन्न १२ बुदे सम्झौता पश्चात् नेपालको शान्ति प्रकृयामा सधै कुनै न कुनै रुपमा सरिक हुदै आएको भारतको नीति निश्चित नभएसम्म राजनीतिक परिणामको आंकलन समेत असहज देखिएको छ । राजदूत सूद दिल्ली गएकै बेला अमरेश कुमारसिंह पनि भारत जानुलाई अर्थपर्ूण्ा मान्नेहरूले भारत र माओवादीबीच मोल मोलाइ नमिलेको खण्डमा ठूलै दर्ुघटना र विनाशको आशंका गर्न थालेका छन् ।

Monday, April 19, 2010

वामदेवले तीस भन्दा माओवादी हिस्स


काठमाडौं । जेठ १४ गतेपछि माओवादीमा जान्छु भनेर खुलेआम घोषणा गरिसकेका नेकपा -एमाले)का उपाध्यक्ष वामदेव गौतमलाई माओवादीहरुले पत्याउन छाडेका छन् । माधव नेपालविरुद्ध अविश्वास प्रस्ताव ल्याएमा ३० देखि ३५ जना एमालेका सभासद्हरुलाई संसद्मा 'फ्लोर क्रस' गराएर सरकार ढाल्ने आश्वासन दिएका गौतमको पक्षमा अन्त्यमा तीनजना सभासद्मात्र देखिएपछि माओवादीले 'वामदेवका गफ'मा कहिल्यै नभुलिने ठहर गरेको छ । वैशाख तीनगते शुक्रबार माओवादी पोलिटब्युरो बैठकमा पनि वामदेवको ग"जडी गफका बारेमा चर्चा भएको र उनी भरोसा गर्नयोग्य नेता नभएको टिप्पणी वरिष्ठ नेताहरुले गरेका थिए । भित्र पोलिटब्युरो बैठक चलिरहेको बेला पेरिसडा"डास्थित माओवादी केन्द्रीय कार्यालयबाहिर पनि माओवादी कार्यकर्ताहरु 'वामदेव त हावा रहेछन्' भन्दै थिए । माओवादी नेतृत्वले एकाएक वामदेवको भित्री योजना र्सार्वजनिक गर्नुलाई भने अर्थपर्ूण्ा रुपमा हेरिएको छ ।
'वामदेवले ३० देखि ३५ जना सभासद्को ठेक्का लिन्छु भनेपछि एकाएक अविश्वास प्रस्ताव ल्याउने निष्कर्षा पार्टर्ीीुगेको थियो । त्यसअनुसार हस्ताक्षर अभियान पनि एमालेमा चलेको हो । तर, एमाले संसदीय दलको बैठक लम्बि"दै जा"दा वामदेवको पक्षमा उभिने कोही नदेखिएपछि उनको भर नपर्ने निष्कर्षा पुगिएको हो', माओवादीका एक पोलिटब्युरो सदस्यले सा"घुस"ग भने । स्रोतका अनुसार, वामदेवले किरण गुरुङ, युवराज कार्की, राधा ज्ञवाली, यमलाल क"डेल, रवीन्द्र अधिकारी, डीबी कार्की, सावित्रा भुषाल, रामचन्द्र झा, शत्रुघन महतो, रिजवान अन्सारीलगायत सभासद्हरुको नामै किटेर माधव नेपाललाई ढाल्नका लागि उनीहरु प्रयोग हुने बताएका थिए । यतिसम्म कि पछिल्लो समयमा ओली पक्षमा लागे पनि आफूस"गको व्यक्तिगत सम्बन्धका कारण रघुवीर महासेठले पनि साथ दिने बताएका थिए । तर, अन्तिममा वामदेवको पक्षमा किरण गुरुङ, सावित्रा भुषाल र डीबी कार्की पनि दह्रोस"ग उभिने अवस्था देखिएन । यमलाल र रवीन्द्रलगायतका सभासद्हरुले माधव नेपालको राजीनामा मागे पनि वामदेवको कदममा साथ दिने कुनै अवस्था रहेन । राजनीतिक भविष्यलाई नै दाउमा राखेर वामदेवको सती जान अब कम्तीमा एमालेका सचेत कार्यकर्ताहरु तयार छैनन् ।
'जति लडाइ" लडे पनि पार्टर्ीीत्र लड्ने हो, वामदेवस"गै माओवादीमा बिर्सजन भइ"दैन', माधव नेपालविरुद्ध हस्ताक्षर गर्नेमध्येका एक सभासद्ले भने । त्यसो त एमालेभित्र राष्ट्रिय सरकार गठनको आवाज उठाउनेहरुलाई कमजोर पार्ने काम पनि अन्ततः वामदेवले नै गरेको आरोप हस्ताक्षरकर्ता सभासद्हरुले लगाउन थालेका छन् । हस्ताक्षर अभियानको विरुद्ध पार्टर्ीीत्रबाट तीव्र विरोध भइरहेको र ओली पक्षले कारबाहीको धम्की दिइरहेका बेला वामदेव गौतमले जेठ १४ गतेपछि एमालेमा क्रान्तिकारीहरुले व्रि्रोह गर्ने र त्यसको नेतृत्वले आफूले गर्ने बताएर माओवादीमा प्रवेश गर्ने संकेत दिएपछि सभासद्हरुको 'इमानदार' प्रयत्नमा समेत नराम्रो दाग लागेको ती सभासद्ले बताए । वामदेवले खुलेआम माओवादीमा जाने बताउनु र हस्ताक्षरकर्ताहरुमाथि आफ्नै नेतृत्वको सरकार ढालेर माओवादीलाई सरकार सुम्पिन खोजेको आरोप लागेपछि संस्थापन पक्षकै सभासद्हरु पनि माधव नेपालको बचाउमा उत्रिने अवस्था आएको स्रोतले जनाएको छ । त्यसो त संस्थापन पक्षका केन्द्रीय सदस्य एवम् बझाङबाट निर्वाचित सभासद् भानुभक्त जोशीले आफूहरु यही सरकारलाई सुधार गरेर अघि लैजाने पक्षमा उभिएको सा"घुलाई बताए ।
'आफ्नै नेतृत्वमा सरकार चलाउने मौकाको सदुपयोग नगर्ने हो भने एमालेलाई किन जनताले भोट दिने - राजनीति नै नगरे भइगो नि । यो सरकारका कमजोरी छन्, मन्त्रीहरुले जनता र कार्यकर्ताको काम गरेका छैनन् तर यसको विकल्प माओवादीलाई सरकार सुम्पिने भन्ने हुन सक्दैन । त्यसैले मैले यो सरकारको निरन्तरताको पक्षमा आफूलाई उभ्याएको हु" । अरु साथीहरु पनि यही लाइनमा उभिनुभयो', जोशीले भने । वामदेवमाथि कारबाहीको दबाब भने संसदीय दल, पार्टर्ीीेतृत्व र कार्यकर्ता तह सबैतिरबाट बढेको एमाले स्रोतले जनाएको छ । वैशाख ४ गतेको स्थायी समिति बैठकमा संस्थापन पक्षकै नेताहरुले वामदेवमाथि कारबाहीको माग गरे पनि अध्यक्ष झलनाथ खनालले त्यसबारेमा अलग्गै एजेन्डा बनाएर छलफल गर्ने बताएपछि बैठक टुंगिएको थियो । - वैशाख ६ गतेको सांघु साप्ताहिकबाट