Sunday, June 28, 2009

दूतावासले मन्त्रीको लिस्ट च्यातेपछि भाडभैलो


काठमाडौं । मन्त्री बनाउन तयार पारेको लिस्टलाई अन्तिम समयमा भारतीय दूतावासले च्यातिदिएपछि तर्राई-मधेश लोकतान्त्रिक पार्टर्ीी भा"डभैलो मच्चिएको छ । दूतावासले आफ्नो निर्ण्र्ााठाडै अस्वीकार गरेर आफ्ना मान्छेलाई मन्त्री बनाउन दबाब दिएपछि तमलोपाका अध्यक्ष महन्थ ठाकुरसमेत 'ऐसी तरिकासे पार्टर्ीीही चलेगा' भन्दै निराशा व्यक्त गर्न थालेका छन् । हृदयेश त्रिपाठी र महेन्द्रप्रसाद यादवले अन्तिम समयमा दूतावास प्रयोग गरेर ठाकुरले मन्त्री बनाउन लागेका तीनजनाको नाम लिस्टबाटै हटाएपछि तमलोपा पनि फोरमजसरी फुट्ने अवस्थामा पुगेको हो । यद्यपि, अध्यक्ष ठाकुरले भारतीय दूतावासको अगाडि आफ्नो केही जोर नचलेको भन्दै मन्त्री बनाउन नसकेकोमा रामकुमार शर्मा, श्रीकृष्ण यादवलगायतका नेताहरूस"ग माफी माग्दै पार्टर्ीी काम गर्न र आफूलाई सहयोग गर्न अनुरोध गरेकाले तत्काललाई तमलोपा फोरमझैं विभाजन हुनबाट भने रोकिएको छ ।
तमलोपा सम्बद्ध उच्च स्रोतका अनुसार आफू मन्त्री हुन नपाएपछि सरकारमा जानै ह"ुदैन भनेर अड्डी लिएका हृदयेश त्रिपाठीले सरकारमा जाने नै भएपछि महन्थ ठाकुरलाई फेल गराउन दूतावास प्रयोग गरेका थिए । एमालेबाट चुनावको मुखैमा तमलोपामा गएका महेन्द्रप्रसाद यादवले पनि आफूलाई मन्त्री नबनाउने छनक पाएपछि दूतावास गुहारेका थिए । ठाकुर कुनै पनि हालतमा महेन्द्र यादवलाई मन्त्री बनाउने पक्षमा थिएनन् । तर दूतावासले जसरी पनि महेन्द्रलाई मन्त्री बनाउनू भनेपछि ठाकुर निराश र आक्रोशमा आएका थिए । एकातिर हृदयेशले दुःख दिने र अर्कोतिर महेन्द्र यादवले दूतावास प्रयोग गर्ने क्रम बढेपछि ठाकुरले पार्टर्ीी दूतावास घुसपैठ गराएको भन्दै महेन्द्र यादवलाई हपारेका थिए । दूतावास प्रयोग गरेर महेन्द्र यादवले मन्त्री पाए पनि रोजेको मन्त्रालय पाएनन् । यादवले शिक्षा मन्त्रालय मागेका थिए, तर ठाकुरले उनलाई उद्योग मन्त्रालय दिए त्यो पनि राज्यमन्त्रीमा दानबहादुर चौधरीलाई हालेर । महेन्द्र यादव र गणेश नेपालीलाई मन्त्री बनाउनुपरेपछि ठाकुरले मन्त्री बन्ने लिस्टबाट हटेका नेताहरूलाई बोलाएर 'मलाई माथिबाट धेरै प्रेसर आयो, हृदयेश र महेन्द्रले खेल खेले, तपाईंहरूलाई बनाउन सकिन", पछि फेरि मौका आउ"छ, मलाई सहयोग गर्नुस्' भन्दै सरी भनेको एक नेताले सा"घुलाई बताए । एक नेताले अध्यक्षभन्दा माथि को छ भनेर प्रश्न गर्दा उनले तपाईंहरू आफैं बुझ्नुस् भनेर लाचारी प्रकट गरेको पनि ती नेताले बताए । 'दूतावासको तलब खानेहरूले तमलोपालाई पनि सद्भावना बनाउने भए,' ती नेताले भने । दूतावासकै खेलका कारण अन्तिम समयसम्म पनि तमलोपा सरकारमा जानु ह"ुदैन भन्ने गणेश नेपाली तिवारी मन्त्री बन्न सफल भएको चर्चा पनि तमलोपामा छ । अर्को संयोग त के भएको छ भने तपलोपाबाट मन्त्री बनेका चारमध्ये तीनजना संविधानसभा निर्वाचनअघि मात्र एमाले छाडेर तमलोपामा गएका हुन् । रामचन्द्र कुशवाह कांग्रेसबाट गएका हुन् भने महेन्द्र यादव, गणेश नेपाली र दानबहादुर चौधरी पर्ूवएमाले हुन् । उता, मधेशी जनअधिकार फोरमको गच्छदार पक्षमा पनि मन्त्री बन्ने झगडा चर्किएको छ । उपेन्द्र यादव पक्षको बैठक भा"ड्न एकजुट भएर लाठी बोकेका महिला सभासद्द्वय करिमा बेगम र दर्ुगादेवी महतोबीच राज्यमन्त्री बन्ने हानाथाप चलेको छ । करिमा पछिल्लो समयमा गच्छदारस"ग निकट भएकाले उनले बाजी मार्ने अनुमान फोरम कार्यकर्ताले लगाएका छन् । महतोले राज्यमन्त्री नपाए गच्छदारको साथ छाड्ने धम्की दिएकी छिन् । त्यस्तै, केन्द्रीय सदस्यहरूमध्येबाट एकजनालाई मन्त्री बनाउने गच्छदारको योजना छ । त्यसो भएमा रामेश्वर राय यादव मन्त्री बन्नेछन् । यद्यपि, जितेन्द्र देवले पनि मन्त्री बन्ने प्रयास जारी राखेका छन् । त्यसो त, रत्नेश्वर गोइत पनि विजय गच्छदारलाई संकटमा साथ दिएकाले मन्त्री बन्ने सम्भावनामै छन् । तर, गैरसभासद्हरूको भीड मन्त्रिपरिषद्मा लागेको भनेर र्सवत्र आलोचना भएकाले यी तीन भाइलाई पन्छाउन गच्छदारलाई राम्रो मसला मिलेको चर्चा पनि फोरममा चलेको छ ।

No comments: