Monday, September 14, 2009

कान्तिपुर टेलिभिजनमा कन्डम काण्ड


काठमाडौं । नेपालको धेरै सेल्रि्रेटी र ग्ल्यामर्सको दुनिया"मा चर्चित व्यक्तिहरूले काम गर्ने कान्तिपुर टेलिभिजनमा सबैलाई हैरानी पार्ने खालको घटना भएको छ । टेलिभिजनको पर्दाबाट ग्ल्यामर पस्किने कान्तिपुरकर्मीहरू कार्यालयभित्रै छाडा काम गर्छन् भन्ने कुरालाई सो घटनाले पुष्टि गरेको छ । हालैमात्र कान्तिपुर टीभीको समाचार कक्षमा परिवार नियोजनको अस्थायी साधन कन्डम भेटिएपछि कान्तिपुर परिसरमै चर्चाको विषयमात्र बनेको छैन, यसले संस्थाको प्रतिष्ठामै धक्का पुर्‍याएको छ । समाचार कक्षको एउटा कोठामा प्रयोग गरेको कन्डम भेटिएपछि समाचार संयोजक तर्ीथ कोइरालासमेत हैरान भएको कान्तिपुर टीभीका एक कर्मचारीले बताए । इन्टरनेशनल समाचार कक्षमै कन्डम भेटिएपछि कोइराला आफंै लागेर अनुसन्धान गरिरहेका छन् । कन्डम निकिला श्रेष्ठ र बिनिता मल्ल नामका कर्मचारीको कोठामा भेटिएको थियो । उनीहरू दुवैजना पत्रपत्रिकामा प्रकाशित विदेशी खबर हर्ेर्ने गर्छन् । आफ्नो कार्यकक्षमा प्रयोग भएको कन्डम भेटिएपछि आक्रोशित बनेकी निकिलाले समाचार प्रमुख तर्ीथ कोइरालालाई सोको बारेमा जानकारी गराएकी थिइन् । कान्तिपुरका समाचार प्रमुख कोइरालास"ग सा"घुले कन्डम काण्डबारे प्रतिक्रिया लिन खोज्दा उनले केही पनि बताउन चाहेनन् । बिहान आफ्नो नियमित कामका लागि कार्यालय पुगेकी निकिलाले कन्डम देखेपछि एकैछिनमा सो घटना कान्तिपुरभरि फैलिएको थियो ।
सो घटनाका लगत्तै कान्तिपुर टिभीको व्यवस्थापनले सोही टेलिभिजनमा कार्यरत केही शंकास्पद चरित्रका जोडीहरूलाई निगरानीमा राखेको स्रोतले जनाएको छ । बन्द गर्न मिल्ने सो कोठामा कसले त्यस्तो हर्कत गर्‍यो भन्नेबारेमा गम्भीरतापर्ूवक अनुसन्धान भइरहेको बताइएको छ । कार्यालयभित्रै कन्डम भेटिएपछि अफिस कुरुवासमेत छक्क परेका छन् । त्यसो त, कान्तिपुर टीभीमा काम गर्ने कतिपय युवायुवती आफ्नो कार्यालय समय नभएको बेलासमेत आफूखुसी रात-विरात कार्यालय आउने गरेको भन्दै सुरक्षागार्डहरूले व्यवस्थापनलाई जानकारी दिने गरेका थिए । कुनै युवतीको राति ड्युटी छ भने ड्युटी नभएको युवकसमेत राति अफिस जान्छन् । अफिसको स्टाफलाई गार्डले किन आएको भनेर सोध्ने अवस्था नभएकाले पनि त्यस्ता खालका व्यक्तिहरूबाटै सो घटना भएको आशंका गरिएको स्रोतले जनाएको छ । आफ्नो कार्यकक्षमा कन्डम सबैभन्दा पहिले निकिला श्रेष्ठले देखेपछि उनले आक्रोशित ह"ुदै यस्तो घृणित हर्कत गर्नेहरूमाथि कारबाहीको माग गरेको चर्चा कान्तिपुर परिसरमा चलेको छ । सो कन्डम सा"च्चिकै कान्तिपुर टीभीभित्रै प्रयोग भएको थियो कि, महिलामाथि यौनजन्य हिंसा गर्न जानाजान कुनै व्यक्तिले उनीहरूको कार्यकक्षमा लगेर राखेका थिए भन्नेबारेमा पनि छानबिन हुनुपर्ने देखिन्छ । किनकि, पछिल्लो समयका सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत महिला कर्मचारीहरूमाथि यस्ता खालका हिंसा पनि हुने गरेका छन् ।
अब कान्तिपुर अमेरिकाबाट -
यसैबीच, कान्तिपुर पब्लिकेशन्सले अब कान्तिपुर र काठमाण्डू पोष्ट अमेरिकाबाट पनि प्रकाशित गर्ने भएको छ । निकै अगाडिदेखिको यो योजना सफल बनाउन कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र काठमाण्डू पोष्टका सम्प्ाादक अखिलेश उपाध्याय भदौ २१ गते अमेरिका गएका छन् । अमेरिकाको न्युयोर्क, भर्जिनिया, मेरिल्यान्ड र टेक्सासका नेपालीलाई लक्षित गरेर पत्रिका प्रकाशन गर्ने योजना बनाइएको स्रोतले जनाएको छ । अमेरिकामा बस्ने नेपालप्रति चासो राख्नेहरूलाई पनि लक्षित गरेर यो योजना बनाइएको बताइन्छ ।
विद्युत्मा सल्लाहकारको लर्को
१२ अर्ब घाटामा गएको नेपाल विद्युत् प्राधिकरणमा ऊर्जा मन्त्री डा. प्रकाशशरण महतले तीनजना सल्लाहकार राख्ने भएका छन् । ऊर्जामन्त्री महतका साढुभाइ श्याममदन केसी, नेपाल प्रेस युनियनका महासचिव विन्दुकान्त घिमिरे र तरुण साप्ताहिकका सीबी खड्कालाई प्राधिकरणमा प्रेस सल्लाहकारका रुपमा नियुक्ति गर्ने तयारी भएको छ । घिमिरेले सहसचिवस्तरको सुविधा पाउनेछन् भने मन्त्रीका साढुभाइ र अर्का पत्रकारले अधिकृतस्तरको सुविधा पाउनेछन् । सोमवारको सांघु साप्ताहिकबाट

Friday, September 4, 2009

भौतिक कारवाहीको सूचिमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म †


काठमाडौं । पर्ूर्वी नेपालका उदयपुर खोटाङ भोजपुर लगायतका केही जिल्लामा केन्द्रीत रहेर भूमिगत रुपबाट सशस्त्र संर्घष्ा गरिरहेको किरात जनवादी वर्कस पार्टर्ीीे मातृ पार्टर्ीीे रुपमा रहेको संयुक्त जातीय मुक्ति मोर्चा नेपालले जातिय र वर्गीय मुक्तिका लागि राज्य गम्भीर नभए राष्ट्र्रपति , प्रधानमन्त्रदेखि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई भौतिक कारवाही गर्ने चेतावनी दिएको छ । विभिन्न ९ वटा मंगोलियन मूलका जातिय संगठनको संयुक्त मोर्चाको रुपमा रहेको संयुक्त जातीय मुक्ति मोर्चाका सह इन्चार्ज विश्वक्रान्तिले बताए अनुसार मोर्चाले सुरुवाती कारवाही स्वरुप राष्ट्रपतिदेखि दलका नेताहरूसम्मलाई भौतिक कारवाहीको सूचिमा राखेको छ । मोर्चाको एउटा घटक किरात जनवादी वर्कस पार्टर्ीी गत शुक्रवार साझ उपराष्ट्रपति परमानन्द झाको निवास अगाडि घटाएको बम विस्फोट नेपाली भाषा र मातृ भाषा विरुद्ध हिडेका उपराष्ट्रपतिलाई सचेत मात्र गराउन खोजेको भन्दै मोर्चाका सह संयोजक विश्व क्रान्तिले मुलुक विभाजन गराउन खोज्ने उपराष्ट्रपति झा नियतका जो कोहीलाई पनि जुनसुकै बेला भौतिक कारवाही गरिने चेतावनी दिए । वर्तमान कठपुतली सरकार यसका मतियारहरूले मुलुकको अस्तित्वको रक्षा गर्न नसक्ने भन्दै मोर्चा सह संयोजक विश्व क्रान्तिले राष्ट्रपति सहितका दर्जनौं राजनीतिक दलका नेतृत्वहरूलाई समेत कारवाहीको सूचिमा राखिएको बताए । किरात जनवादी वर्कस पार्टर्ीीेपाल तामाङ जनतान्त्रिक मोर्चा, संघीय तामाङसालिङ राज्य परिषद्, तामाङसालिङ संयुक्त मोर्चा नेपाल, थरुहट राज्य समिति, तमुवान राज्य समिति जनवादी मगरात राज्य समिति खम्बुवान तथा लिम्बुवान राज्यसमिति हिमाली राज्य समिति लगायतको एउटै मोर्चा 'संयुक्त जातीय मुक्ति मोर्चा नेपाल' ले राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्दन झा, प्रधानमन्त्री माधवकुमार नेपाल कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमालेका अध्यक्ष झलनाथ खनाल, नेता केपी ओली, राप्रपा अध्यक्ष पशुपति शमसेर जवरा, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छेदार संविधान सभा अध्यक्ष सुवास नेम्वाङ, नेकपा मालेका महासचिव सीपी मैनाली रहेका छन् ।
यस्तै कारवाहीको सूचिमा परेकाहरूमा कांग्रेसका नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सद्भावनाका अध्यक्ष एवं आपर्ूर्तिमन्त्री राजेन्द्र महतो, अन्य मन्त्रीहरू पर्यटन मन्त्री शरद सिंह भण्डारी, परराष्ट्रमन्त्री सुजाता कोइराला अर्थमन्त्री सुरेन्द्र पाण्डे, रक्षा मन्त्री विद्यादेवी भण्डारी, गृहमन्त्री भीम रावल पनि कारवाहीको सूचिमा परेका छन् । मोर्चाले गृहमन्त्री रावललाई विशेष सुरक्षाको नाममा आफूहरूलाई दवाउने षड्यन्त्र गर्न कृयाशिल भएको बताइएको छ । यस्तै मोर्चाको कारवाहीको सूचिमा परेकाहरूमा माअेावादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ -प्रकाश) नेता वषर्ामान पुन अनन्त दिनानाथ शर्मा जनार्दन शर्मा प्रभाकर आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ शर्ेपा, राष्ट्रि्रय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि रहेका छन् । मोर्चाले कारवाहीको सूचिमा राखेकाहरू मध्ये पनि माओवादीका नेताहरू कामरेडबाट दामरेटमा परिवर्तन भएका अर्थमन्त्री पाण्डेले आफ्ना कार्यकर्ताहरूलाई राज्य कोषबाट जथाभावी रकम बाड्ने गरेको माले अध्यक्ष मैनाली भूमाफियाको नाइकेको रुपमा सकृय रहेको संविधान सभा अध्यक्ष नेम्वाङ तथा जनजाति महासंघका अध्यक्ष शर्ेपा लगायतले आदिवासी जनजातिको नाममा ब्रम्हलुट मच्चाएको आरोप लगाएको छ भने मधेशवादी दलका नेता तथा मन्त्रीहरूलाई भारतीय एक नम्बरका दलाल र विखण्डनवादीको रुपमा चित्रण गरिएको छ । यस्तै मोर्चाले राष्ट्रपति यादवले माअेावादी नेतृत्वको जननिर्वाचित सरकार ढाल्न सकृय रहेको र कठपुतली सरकारको संरक्षक भएको आरोप लगाएको छ भने कांग्रेस सभापति कोइरालालाई कठपुतली सरकारको योजनाकार भएको आरोप लगाएको छ । यस्तै एमालेका अध्यक्ष झलनाथ खनाललाई दोहोरो चरित्र र अवसरवादीहरूको सूचिमा राखेको छ । यस्तै मोर्चाले राप्रपा अध्यक्ष राणालाई भारतीय आज्ञाकारी पात्र तथा कठपुतली सरकारको मतियाुरको रुपमा चित्रण गरेको छ ।
राष्ट्रि्रय जातिय क्षेत्रीय वर्गीय तथा लिंगीय मुक्ति नभएसम्म संर्घष्ा जारी राख्ने बताउदै आएको मोर्चाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्य, डा. बाबुराम भटर्राई, राजपा अध्यक्ष र्सर्ूयबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पर्ूव प्रधानमन्त्री एवं राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द लगायतलाई भने आफूले भन्ने गरेको कारवाहीको सूचिमा नराखेको दावी गरेको छ । मोर्चाका सह संयोजक विश्वक्रान्तिले बताएअनुसार माओवादी अध्यक्ष प्रचण्ड, नेता भटराइ तथा वैद्य लगायतले परिवर्तन र जातीय मुक्तिको पक्षमा रहेको यस्तै राजपाका अध्यक्ष र्सर्ूयबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले राष्ट्रि्रयताको पक्षमा वकालत गरिरहेको भन्दै कारवाहीको सूचिमा नराखिएको बताइएको छ । यस्तै पञ्चायत तथा बहुदल कालमा पटक पटक प्रधानमन्त्री वनेका लोकेन्द्रबहादुर चन्द नेता नभई एक असल राष्ट्रवादी विद्वान भएका कारण उनीबाट अहिलेसम्म राष्ट्र्रघाती काम नभएको मोर्चाले ठहर गरेको छ । स्मरण रहोस् विभिन्न जातीय क्षेत्रीय र वर्गीय मुक्तिको लागि भन्दै करिव दर्जन जति संघ संस्था दर्जन जति संघ संस्थाहरू मिलेर गठन भएको संयुक्त जातिय मुक्ति मोर्चा नेपालले गत साउन २० गते सवै जातिय गोलमेच सम्मेलन, जातिय सभाको निर्माण, र्सवजातिय अन्तरिम सरकारको गठन जातिय आधारमा राज्य पुनसंरचना लगायतको माग राख्दै ३६ बुदे ज्ञापन पत्र प्रधानमन्त्री माधवकुमार नेपाललाई बुझाएको थियो मोर्चाले प्रधानमन्त्री नेपाललाई बुझाएको ज्ञापन पत्रमा वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिइएको छ । भने आफ्ना माग सम्बोधन नगरिए सम्पर्ूण्ा नेपाली मुक्तिकामी जनता तथा विभिन्न समुदायको साथमा सशक्त संर्घष्ा मार्फ् जनव्रि्रोहमा जाने चेतावनी दिइएको छ । यस्तै मोर्चाले आफूहरू अन्य धर्म सम्प्रदाय तथा वर्गहरूमाथि थिचोमिचो गर्न नभई सह अस्तित्व कायम गर्न नेपालीको सच्चा सेवकको रुपमा अगाडि बढी रहेको समेत दावी गरेका छन् ।