Monday, September 14, 2009

कान्तिपुर टेलिभिजनमा कन्डम काण्ड


काठमाडौं । नेपालको धेरै सेल्रि्रेटी र ग्ल्यामर्सको दुनिया"मा चर्चित व्यक्तिहरूले काम गर्ने कान्तिपुर टेलिभिजनमा सबैलाई हैरानी पार्ने खालको घटना भएको छ । टेलिभिजनको पर्दाबाट ग्ल्यामर पस्किने कान्तिपुरकर्मीहरू कार्यालयभित्रै छाडा काम गर्छन् भन्ने कुरालाई सो घटनाले पुष्टि गरेको छ । हालैमात्र कान्तिपुर टीभीको समाचार कक्षमा परिवार नियोजनको अस्थायी साधन कन्डम भेटिएपछि कान्तिपुर परिसरमै चर्चाको विषयमात्र बनेको छैन, यसले संस्थाको प्रतिष्ठामै धक्का पुर्‍याएको छ । समाचार कक्षको एउटा कोठामा प्रयोग गरेको कन्डम भेटिएपछि समाचार संयोजक तर्ीथ कोइरालासमेत हैरान भएको कान्तिपुर टीभीका एक कर्मचारीले बताए । इन्टरनेशनल समाचार कक्षमै कन्डम भेटिएपछि कोइराला आफंै लागेर अनुसन्धान गरिरहेका छन् । कन्डम निकिला श्रेष्ठ र बिनिता मल्ल नामका कर्मचारीको कोठामा भेटिएको थियो । उनीहरू दुवैजना पत्रपत्रिकामा प्रकाशित विदेशी खबर हर्ेर्ने गर्छन् । आफ्नो कार्यकक्षमा प्रयोग भएको कन्डम भेटिएपछि आक्रोशित बनेकी निकिलाले समाचार प्रमुख तर्ीथ कोइरालालाई सोको बारेमा जानकारी गराएकी थिइन् । कान्तिपुरका समाचार प्रमुख कोइरालास"ग सा"घुले कन्डम काण्डबारे प्रतिक्रिया लिन खोज्दा उनले केही पनि बताउन चाहेनन् । बिहान आफ्नो नियमित कामका लागि कार्यालय पुगेकी निकिलाले कन्डम देखेपछि एकैछिनमा सो घटना कान्तिपुरभरि फैलिएको थियो ।
सो घटनाका लगत्तै कान्तिपुर टिभीको व्यवस्थापनले सोही टेलिभिजनमा कार्यरत केही शंकास्पद चरित्रका जोडीहरूलाई निगरानीमा राखेको स्रोतले जनाएको छ । बन्द गर्न मिल्ने सो कोठामा कसले त्यस्तो हर्कत गर्‍यो भन्नेबारेमा गम्भीरतापर्ूवक अनुसन्धान भइरहेको बताइएको छ । कार्यालयभित्रै कन्डम भेटिएपछि अफिस कुरुवासमेत छक्क परेका छन् । त्यसो त, कान्तिपुर टीभीमा काम गर्ने कतिपय युवायुवती आफ्नो कार्यालय समय नभएको बेलासमेत आफूखुसी रात-विरात कार्यालय आउने गरेको भन्दै सुरक्षागार्डहरूले व्यवस्थापनलाई जानकारी दिने गरेका थिए । कुनै युवतीको राति ड्युटी छ भने ड्युटी नभएको युवकसमेत राति अफिस जान्छन् । अफिसको स्टाफलाई गार्डले किन आएको भनेर सोध्ने अवस्था नभएकाले पनि त्यस्ता खालका व्यक्तिहरूबाटै सो घटना भएको आशंका गरिएको स्रोतले जनाएको छ । आफ्नो कार्यकक्षमा कन्डम सबैभन्दा पहिले निकिला श्रेष्ठले देखेपछि उनले आक्रोशित ह"ुदै यस्तो घृणित हर्कत गर्नेहरूमाथि कारबाहीको माग गरेको चर्चा कान्तिपुर परिसरमा चलेको छ । सो कन्डम सा"च्चिकै कान्तिपुर टीभीभित्रै प्रयोग भएको थियो कि, महिलामाथि यौनजन्य हिंसा गर्न जानाजान कुनै व्यक्तिले उनीहरूको कार्यकक्षमा लगेर राखेका थिए भन्नेबारेमा पनि छानबिन हुनुपर्ने देखिन्छ । किनकि, पछिल्लो समयका सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत महिला कर्मचारीहरूमाथि यस्ता खालका हिंसा पनि हुने गरेका छन् ।
अब कान्तिपुर अमेरिकाबाट -
यसैबीच, कान्तिपुर पब्लिकेशन्सले अब कान्तिपुर र काठमाण्डू पोष्ट अमेरिकाबाट पनि प्रकाशित गर्ने भएको छ । निकै अगाडिदेखिको यो योजना सफल बनाउन कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र काठमाण्डू पोष्टका सम्प्ाादक अखिलेश उपाध्याय भदौ २१ गते अमेरिका गएका छन् । अमेरिकाको न्युयोर्क, भर्जिनिया, मेरिल्यान्ड र टेक्सासका नेपालीलाई लक्षित गरेर पत्रिका प्रकाशन गर्ने योजना बनाइएको स्रोतले जनाएको छ । अमेरिकामा बस्ने नेपालप्रति चासो राख्नेहरूलाई पनि लक्षित गरेर यो योजना बनाइएको बताइन्छ ।
विद्युत्मा सल्लाहकारको लर्को
१२ अर्ब घाटामा गएको नेपाल विद्युत् प्राधिकरणमा ऊर्जा मन्त्री डा. प्रकाशशरण महतले तीनजना सल्लाहकार राख्ने भएका छन् । ऊर्जामन्त्री महतका साढुभाइ श्याममदन केसी, नेपाल प्रेस युनियनका महासचिव विन्दुकान्त घिमिरे र तरुण साप्ताहिकका सीबी खड्कालाई प्राधिकरणमा प्रेस सल्लाहकारका रुपमा नियुक्ति गर्ने तयारी भएको छ । घिमिरेले सहसचिवस्तरको सुविधा पाउनेछन् भने मन्त्रीका साढुभाइ र अर्का पत्रकारले अधिकृतस्तरको सुविधा पाउनेछन् । सोमवारको सांघु साप्ताहिकबाट

No comments: