Saturday, October 10, 2009

पत्रकारको विरोध सामु सरकार नतमस्तक



दीपक अधिकारी

काठमाडौँ
। सरकारले पत्रकारलाई विशेष सुरक्षा योजनामा सघाउन सुराकीका रूपमा प्रयोग गर्ने भनी ल्याएको कार्यक्रमप्रति विभिन्न व्यक्तिले विरोध जनाएका छन् । नेपाल पत्रकार महासङ्घद्वारा राजधानीमा आयोजित 'अभिव्यक्ति स्वतन्त्रता र नेपालमा परिवर्तनका सूची' विषयक अन्तक्रिया कार्यक्रममा उनीहरूले सरकारले पत्रकारको अपमान र लोकतन्त्रको उपहास हुनेगरी ल्याएको यस्तो कार्यक्रमले पत्रकारको सुरक्षामा थप खतरा हुने भएकाले त्यसलाई तुरुन्त फिर्ता लिनर्ुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पर्ूवसभापति हरिहर विरहीले सरकारको सो कार्यक्रम अभिव्यक्ति स्वतन्त्रताविरोधी भएकाले त्यसले लोकतन्त्रको ठाडो उल्लङ्घन गरेको आरोप लगाउनुभयो । पञ्चायतीकालमा पत्रकारलाई गुप्तचर बनाएजस्तै लोकतान्त्रिक सरकारले पनि पत्रकारलाई गुप्तचर बनाउन खोजेको बताउँदै उहाँले यस्तो कार्यक्रमले पत्रकारलाई होच्याएकाले गृहमन्त्रीले पत्रकारसामु क्षमायाचना गर्नुपर्ने मागसमेत गर्नुभयो । महासङ्घका उपाध्यक्ष गोविन्द आचार्य र महासचिव पोषण केसीले सरकारले सो निर्ण्र्ाातत्काल फिर्ता नलिए छिट्टै आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिनुभयो । क्रान्तिकारी पत्रकार सङ्घका संयोजक महेश्वर दाहालले सरकारले पत्रकारलाई मनोवैज्ञानिक युद्धका लागि सुराकीका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाउनुभयो । प्रेस चौतारीका महासचिव गगन बिष्टले पत्रकारहरूले दबाबमूलक कार्यक्रम ल्याउननसक्दा सरकारले पत्रकारलाई सुराकी बनाउनेजस्तो दुःखदायी एवम् गलत कदम चालेको तर्क गर्नुभयो । सूचना विभागका महानिर्देशक श्रीधर गौतमले पत्रकारले आगामी संविधानमा अभिव्यक्ति स्वतन्त्रतालाई कसरी ग्यारेन्टी गर्ने भन्नेबारे ध्यान दिनर्ुपर्छ भन्नुभयो । सोही कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, काठमाडौँका कार्यकारी सदस्य एवम् राजधानी दैनिकका पत्रकार जन्मदेव जैसीले आफूहरूले श्रमजीवी पत्रकार ऐन लागू हुनर्ुपर्ने माग राखेकै आधारमा सो दैनिकको व्यवस्थापनले आफूलगायत केही पत्रकारलाई निलम्बन गरेको बताउँदै त्यसबारे आवाज उठाइदिन सबै पत्रकार एवम् सङ्घ/सङ्गठनसँग आग्रह गर्नुभयो । महासङ्घका कोषाध्यक्ष रमेश बिष्टले राजधानीको व्यवस्थापन पक्षले महासङ्घसँग गरेको प्रतिबद्धता तोडेर पत्रकार जैसीलगायत मार्केटिङमा कार्यरत केही कर्मचारीलाई निलम्बन गरेकाले महासङ्घले तुरुन्त सशक्त आन्दोलन गर्ने जानकारी दिनुभयो । महासङघका सचिव रामजी दाहाल, काठमाडौँ शाखाका अध्यक्ष युवराज व्रि्रोही, ललितपुर शाखाका अध्यक्ष दामोदर तिमिल्सिना र भक्तपुर शाखाका अध्यक्ष नारायणसुन्दर किलम्बुले पत्रकारलाई सुराकी बनाउने सरकारको योजना र श्रमजीवी पत्रकार हटाउने 'मालिक पत्रकार'का षड्यन्त्रविरुद्ध सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
यसैबीच, पत्रकारालई सुराकी बनाउन तम्सेको सरकार लाचारी सहित पछि हट्न वाध्य भएको छ । पत्रकारहरूको चर्को विरोध सामु घुडा टेक्न वाध्य भएको सरकारका गृहमन्त्री भीम रावलले सुराकी बनाउने नभएर विशेष सुरक्षा योजनाको सत्यतथ्य जनसमक्ष लैजाने कार्यमा पत्रकारको सहयोग लिन खोजिएको मात्रै हो भन्ने स्पष्टिकरण दिएका छन् । गृहमन्त्रीले पत्रकारहरू सामु दिएको सो स्पष्टिकरणले सरकार पत्रकार समक्ष नतमस्तक भएको यथार्थलाई परोक्ष उजागर गरिदिएको छ ।

No comments: