Thursday, October 15, 2009

प्रधानमन्त्री र रक्षामन्त्री वीचमै मतभेद


काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालस"ग रुष्ट हुने मन्त्रीहरूको अग्रपंक्तिमा एमालेकै उपाध्यक्ष समेत रहेकी रक्षामन्त्री विद्यादेवी भण्डारी उभिन पुगेकी छन् । आफूलाई थाहै नदिई प्रधानमनत्री नेपालबाट सैनिक मुख्यालयको निरीक्षण भ्रमण गरिएको आइतवारको घटनाक्रमले रक्षामन्त्री भण्डारीलाई क्षुव्ध र मर्माहत तुल्याएको छ । विभागीय मन्त्री भण्डारीलाई थाहै नदिई उपप्रधानमन्त्री विजय गच्छेदार र परराष्ट्रमन्त्री सुजाता कोइराला सहित प्रधानमन्त्री नेपाल सैनिक मुख्यालय पुगेको घटना सामान्य पनि होइन । एकथरीले यसलाई प्रधानमनत्री नेपाल र रक्षामन्त्री भण्डारीबीच सेना सम्बन्धी विषयमा ठूलै मतभेद भएको संकेतको रुपमा लिएका छन् ।
हुनपनि, जनरल तोरणबहादुर सिंहको बढुवावारे रक्षा मन्त्रालयले गरेको सिफारिस लामो समयसम्म मन्त्रिपरिषद्मा अड्किएको अड्कियै छ । प्रधानमन्त्री नेपाल स्वयं नै त्यसवारेको निर्ण्र्ााा वाधक बनेको रक्षामन्त्री भण्डारीले प्रष्टै बुझेकी र भोगेकी छन् । त्यसअघि सेनाको लागि आवश्यक गोली र अन्य सामग्री भारतबाट खरिद गर्ने वारेको रक्षाको निर्ण्र्ााकार्यान्वयनमा पनि प्रधानमन्त्री माधव नेपालनै वाधक बनेका थिए । यसको भुक्तभोगी साक्षी रहेका छन्, भारतीय राजदूत राकेश सुद ।
प्रधानमन्त्री नेपाल स्वयंले आग्रह गरेअनुरुप सुदले भारत सरकारलाई गोली विक्रिको लागि सहमत गराएका थिए । निक्कै अघि बढिसकेको गोली खरिद प्रकरणका विरुद्ध माओवादीले आपत्ति जनाएपछि प्रधानमन्त्री रातोरात पछि हटेको पनि भारतीय राजदूतलाई राम्रै अवगत छ । सुदले भारतका उच्च अधिकारीहरूलाई यसवारेमा विस्तृत जानकारी गराएको समेत पोल खुलिसकेको छ । जनरल तोरणबहादुर गुरुङको पदोन्नतिमा पनि माअेावादीकै दवाव पश्चात् प्रधानमन्त्री नेपाल वाधक बनेको एकथरी ठम्याइ छ ।
राष्ट्रसंघीय मिशन -अनमिन) र माओवादीको दवावमा परेर सेनाको सवालमा नियमितता र निरन्तरतालाई प्रभावित पार्नु हु"देन भन्ने रक्षामन्थी भण्डारीको तर्क छ । यसले गर्दा मन्त्री ओलीले मन्त्रालयमा भएका पहिलेका निर्ण्र्ाानसच्याउने मनस्थिति बनाएकी छन् । उनले त्यस्तै खालको जवाफ दिएपछि प्रधानमन्त्री नेपाल र रक्षामन्त्री भण्डारीवीच मतभेद चर्किएको एकथरी अनुमान छ ।

No comments: