Thursday, October 15, 2009

तिहारपछि रक्तपातको खतरा

काठमाडौं । सरकारको आयु लम्ब्याउने पहलमा प्रधानमन्त्री माधवकुमार नेपालले पनि चानचुने पहल गरेका चाहिं छैनन् । भारतलाई रिझाउने देखि माओवादीलाई फकाउने प्रयासमा निरन्तर लागि पर्दै आएका नेपालबाट पछिल्लो घडीमा सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएर सरकारलाई स्थायित्व दिन खोजिएको छ । तथापि, उनको यो अभ्यासले पनि सरकारको आयु सुनिश्चित हुने संकेत दिन भने सकिरहेको छैन । त्यसको बदला प्रतिकूल परिणतिको खतराले शीर उठाउन खोजेको छ । यसकारणकि पार्टर्ीीभत्र बहुमतको अवस्थामा रहेका रामचन्द्र पौडेलहरू प्रधानमन्त्री नेपालस"ग र्सवाधिक क्षुव्ध भएका छन् । अहिलेकै सरकार मातहत शान्ति प्रकृया र संविधान निर्माणलाई पर्ूण्ाता दिइनु पर्ने अडान लिंदै आएका कांग्रेसका रामचन्द्र पोडेलहरू विच्किनु राम्रो संकेत होइन । त्यसमाथि मधेशी जनअधिकार फोरम-लोकतान्त्रिकको साथ र सहयोगमा समेत शंका उव्जिएको छ । नवनियुक्त उपप्रधानमन्त्री सुजाताले सरकारमा दोश्रो वरियताको लागि परोक्ष च्याखे थापिसकेकी छन् । सत्तासीन गठवन्धनको सवैभन्दा ठूलो पार्टर्ीीेपाली कांग्रेसले आफ्नो पदोन्नतिपश्चात् मात्रै असली हैसियत प्राप्त गरेको सुजाताको दावी निक्कै अर्थपर्ूण्ा छ । प्रधानमन्त्री माधव नेपालपछि सरकारको दोश्रो वरियता कांग्रेसलाई प्राप्त हुनपर्ने परोक्ष दावी सुजाताले गरेकी छन् । लोकतान्त्रिक फोरमका तर्फाट उपप्रधानमन्त्री रहेका विजय गच्छेदारको वरियता खस्किना साथ सो पार्टर्ीीत्ता गठवन्धनबाट वाहिरिएमा कुनै आर्श्चर्य हुनेछैन ।
नेपाली कांग्रेसमा सभापति कोइरालाको दवावमा सुजातालाई उपप्रधानमन्त्री बनाइएको घटनाक्रमस"गै नेपाली कांग्रेसमा ठूलो व्रि्रह पैदा भएको छ । पार्टर्ीीभत्र बहुमतको हैसियतमा रहेका सुशील र रामचन्द्र पौडेलहरू प्रधानमन्त्री नेपालमाथि नेपाली कांग्रेस फुटाउन खोजेको तथा संस्थागत राजनीतिबाट कांग्रेसलाई विचलित बनाउन खोजेको आरोप लगाउन थालिसकेका छन् । हुन पनि उनीहरूले सुजातालाई उपप्रधानमन्त्री बनाउने सवालमा नेपाली कांग्रेसको पार्टर्ीी र संसदीय दलको समेत असहमति रहेको प्रधानमन्त्री नेपाललाई अवगत गराउ"दै आएका थिए । त्यसलाई वेवास्ता गर्दै सुजातालाई उपप्रधानमन्त्री बनाइएकोप्रति रुष्ट भएका पौडेलहरूले नै सरकारको नेतृत्व परिवर्तनमा अग्रणी भूमिका खेलेका कुनै आर्श्चर्य हुनेछैन ।
उता, प्रधानमन्त्री माधवकुमार नेपालको आफ्नै पार्टर्ीीमालेमा समेत भुइचालो गएको छ । अध्यक्ष झलनाथ खनाल सहितका संस्थापन पक्षधरहरूले समेत प्रधानमन्त्री नेपालबाट र्सपलाई दुध खुवाउने काम भएको टिप्पणी गर्न थालेका छन् । उनीहरूको तर्क छ- सुजातालाई प्रधामन्त्री बन्ने लाइन र हैसियतमा पुर्‍याएर प्रधानमन्त्री नेपालले आफ्नै मुटुमा किला ठोक्ने खालको गम्भीर गल्ती गरेका छन् ।
एमालेका अध्यक्ष झलनाथ खनालबाट ठीक यसैबेला विचित्रको रहस्य उद्घाटित गरिएको छ । सुजातालाई उपप्रधानमन्त्री वनाइएकै दिन खनालले आफूलाई माओवादीका तर्फाट प्रधानमन्त्री बन्नको लागि वारम्बार प्रस्ताव आएको खुलासा गरेका छन् । यो सामान्य कुरा होइन । सुजातालाई भावी प्रधानमन्त्रीको लाइनमा उभ्याइएको निष्कर्षा पुगेपछि त्यसप्रतिको असहमति स्वरुप खनालले भित्री गोपनियता प्रकटमा ल्याएको सजिलै बुझ्न सकिन्छ । त्यसको परोक्ष पुष्टि खनालले एकैसाथ गरेका छन् । परिस्थितिले सरकार सञ्चालनको जिम्मेवारी दिए आफू नभाग्ने खनालको प्रतिकृया अरु अर्थपर्ूण्ा छ । यसलाई धेरैले प्रधानमन्त्री बन्नको लागि खनाल हतारिएको रुपमा अर्थ्याएका छन् ।
नेपालको आन्तरिक सत्तासमिकरणको खेलमा आवश्यक उर्जा संकलनार्थ माओवादीका अध्यक्ष पुष्कमल दाहाल चीनको भ्रमणमा गएको ठान्नेहरूले तिहार सकिनासाथ ठूलै राजनीतिक खेल पर्दा अगाडि देखा पर्ने आशंका नगरेका छैनन् । यसैबीच, सुजातालाई उपप्रधानमन्त्री बनाएर गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालबीच विश्वासको संकट घनिभूत बनाउने प्रयास प्रधानमन्त्री नेपालबाट भएको छ । कोइराला र दाहालबीचको गठवन्धन सरकारको स्थायित्वमा घातक हुनसक्नेप्रतिको आशंकाको उपचार्रार्थ प्रधानमन्त्री नेपालबाट रामचन्द्र पौडेलहरूको अनुरोधका वावजुद सुजातालाई उपप्रधानमन्त्री बनाइएको बुझ्न कठिन पनि छैन ।
प्रधानमन्त्री नेपालको यो गोटी चलाई र्सार्थक हुनुको बदला घातक बन्ने खतराका थुप्रै संकेत आएका छन् । कांग्रेस र एमालेभित्र अन्तरद्वन्द्व चर्काउने कार्यमा सफलता हासिल गरिसकेको माओवादीले निर्ण्ाायक व्रि्रोहको थप चेतावनी दिइसकेको छ । नेपाली कांग्रेसका रामचन्द्र पौडेल सहितका व्रि्रोही र एमालेका अध्यक्ष झलनाथ खनाल सहितका संस्थापन पक्षधरहरूलाई अघि सारेर सरकार ढाल्ने मिशनलाई निरन्तरता दिने तर्फमाअेावादीका नेताहरूले प्रयास थालेका समेत छन् । पछिल्लो घडीमा विकसित परिस्थितिले माधव नेपालको नेतृत्व रहेको सरकारको स्थात्विमा थप आशंका घनिभूत गरिदिएको छ ।

No comments: