Saturday, December 5, 2009

माओवादीद्वारा नेपाल वन्दको घोषणा

संसारका मजदुरहरु एक होऔं ! मार्क्सवाद-लेनिनवाद-माओवाद/विचार जिन्दावाद !
एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी)
ग्लषष्भम ऋommगलष्कत एबचतथ या ल्भउब ९िःबयष्कत०
केन्द्रीय समिति
प्रेस-वक्तव्य
कैलालीको बलिया गाविसस्थित डुडेझारीमा यही मंसिर १९ गते शुक्रबार दिउ“सो १ः३० बजे ठूलो संख्यामा प्रहरी परिचालन गरी सुकुम्बासी वस्तीमथि गरिएको आगजनी, निर्मम कुटपिट, बलात्कार र अन्धाधुन्ध गोलीप्रहारको क्रममा ५ जना र्सवसाधारण मारिएका छन् । कठपुतली सरकारका गृहमन्त्रीको ठाडो आदेशमा गरिएको उक्त जघन्य हत्याकाण्डको एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) घोर भर्त्सना एवम् निन्दा गर्दछ । र, डुडेझारी गोलीकाण्डमा मारिएका सम्पर्ूण्ा व्यक्तिहरूप्रति श्रद्धाञ्जली अपर्ण्र्ाार्दछ । मृतकका आफन्तजनहरूलाई शोकलाई शक्तिमा बदल्न आह्वान गर्दछ र डुडेझारीबासीको स्वतःस्फर्ूत प्रतिरोध सङ्र्घष्ाप्रति ऐक्यबद्धता जाहेर गर्दछ ।र्
र्सवप्रथम त एकीकृत नेकपा -माओवादी) उक्त गोलीकाण्डमा मारिएकाहरूलाई शहीद घोषणा, शहीदपरिवारलाई क्षतिपर्ूर्ति, घाइतेहरूलाई निशुःल्क उपचार एवम् क्षतिपर्ूर्ति प्रदान गर्न र अबिलम्ब स्वतन्त्र निकायबाट छानबिन गरी दोषीलाई कारबाहीका लागि सरकारसित जोडदार माग गर्दछ । ओतको खोजीमा डुडेझारी पुगेका बाढीपीडित गरीब-निमुखाहरूलाई यो देशकै नागरिक होइनन् भनेजस्तो गरी यसरी निर्मम दमन गरिनुले कठपुतली सरकारको फासिवादी चरित्रलाई नै उदाङ्गो पारेको छ । हामी डुडेझारीका सुकुम्बासीलगायतका देशभरिका भूमिहीन सुकुम्बासीहरूलाई सरकारले क्षतिपर्ूर्ति र स्थायी पुनर्वासको व्यवस्था गराओस् भन्ने मागलाई पुनः जोडदाररूपमा दोहोर्‍याउ“छौं ।
डुडेझारी गोलीकाण्डले तीसवर्षो पञ्चायती कालरात्रीमा जुगेडी, जुटपानीलगायतका ठाउ“मा भएका भूमिहीन किसान र सुकुम्बासीहरूको नरसंहारलगायतका आमहत्याकाण्डहरूको स्मरण गराएको छ । राष्ट्रपतिको असंवैधानिक कदमको खारेजी, नागरिक सर्वोच्चताको स्थापनालगायतका राष्ट्रियता र जनजीविकासम्बन्धी विभिन्न माग राखी उत्पीडित किसान, मजदुर, महिला, जाति-जनजाति र पेशाकर्मीका जनसमुदाय तेस्रो चरणको सङ्र्घष्ामा जुटिरह“दा कैलालीबाट कठपुतली सरकारले बन्दूक, गोली, लाठी र बुटको भाषा बोल्नु यो कुनै संयोग मात्र हुनैसक्दैन । यो आगामी दिनमा हुनसक्ने राजनीतिक दर्ुघटनाको पर्ूवसंकेत हो । शान्तिसम्झौताको ठाडो उल्लङ्घन हो । जनताको बा“च्न पाउने नैर्सर्गिक मानवअधिकारमाथिको ठाडो हस्तक्षेप हो । र, संविधानसभालाई विघटन गराउने र शान्तिप्रक्रिया भा“ड्ने कठपुतली सरकारको प्रतिगामी हर्कतहरूकै निरन्तरता हो । कतै कैलाली हत्याकाण्ड देशलाई राष्ट्रपति शासन र सैनिक तानाशाहीको भ“ड्खालोमा लगेर जाक्ने संसदीय फासिवादीहरूको गुरुयोजनाकै अङ्ग त होइन - कतै परिर्वतनकामी र क्रान्तिकारी जनसमुदायको आमसंहार गरेर विदेशीहरूको कठपुतली शासनको आयु लम्ब्याउने कोशिस त भइरहेको छैन - निश्चित्रूपमा कैलाली गोलीकाण्डले यी र यस्ता गम्भीर आशंकाहरू नेपाली जनसमुदायमा पैदा गरेका छन् ।
उक्त गोलीकाण्डबारे सरकारद्वारा नियोजित रूपमा भ्रमपर्ूण्ा विवरण बाहिर ल्याइएकोले घटनाको यथार्थ आमसञ्चारमाध्यम र जनसमुदायसमक्ष ल्याउनु पनि हामी आफ्नो कर्तव्य ठान्दछौं । हामीलाई हालसम्म प्राप्त रिपोर्टअनुसार यही मंसिर १९ गते शुक्रबार मध्यान्ह बा“के, बर्दिया र कञ्चनपुरबाट उतारिएका सशस्त्र र जनपथ प्रहरीको डङ्खफाले कैलालीको बलिया गाविसस्थित डुडेझारीमा रहेको बाढीपीडित, भूमिहीन र कमैया सुकुम्बासीहरूको बस्तीलाई एक्कासी घेराहाली आगजनी, लाठीप्रहार, अश्रुग्या“सप्रहार र महिला दिदीबहिनाीहरूमाथि दर्ुर्व्यबहार गर्न सुरु गरेपछि स्वतःस्फर्ूतरूपमा विरोधमा उत्रिएका उक्त वस्तीका करीब २० हजार र्सवसाधारणहरूको भीडलाई ताकेर प्रहरीले बिना कुनै चेतावनी र बिना कुनै हवाई फायर एक्कासी अन्धाधुन्धा गोली प्रहार गरेको थियो । उक्त गोलीप्रहारबाट हालसम्म ज्यान गुमाउनेहरूमा रूपलाल डगौरा थारू, नरेन्द्र वि. क., संजय ढकाल, लट्के वि.क. र ललिता वि.क. रहनुभएको छ । त्यसैगरी, प्रहरी कुटपिट र दर्ुर्व्यबहारबाट गर्भवती महिला विन्द्रा वि.क. गम्भीर घाइते बनाइनुभएको छ । आगजनीको क्रममा पोलिएर केही बालबालिका मारिएको समेत पीडितपक्षको भनाइ
छ । लाशहरू सडकमा पडिरहेका छन् र कतिपय लाश प्रहरीले बेपत्ता बनाएको पीडितहरूको भनाइ छ । उक्त नृशंस प्रहरीदमन, गोलीकाण्ड र आगजनीको क्रममा सयौंजना घाइते बनाइएका छन् । गम्भीर प्रकृतिका घाइतेहरूमा निर्मल धमला, मिनबहादुर थापा, गोपाल वि.क., मनिराम, कृष्णबहादुर थापा, सन्तबहादुर खत्री, उत्तम मल्ल, तेपन्द्र गहतराज, निशा भण्डारी, खड्कबहादुर महरा, गंगाराम परियार, रुक्सा नेपाली, बलबहादुर जैसी, अमर अधिकारी, टेकबहादुर भाट, नेत्रप्रसाद विष्ट, कालीप्रसाद सञ्ज्याल, लक्ष्मी रानाभाट, झडपसिंह वि.क., करनसिंह वि.क., गोपाल थापा, गोपाल साउद, अमर बम, अशोक भण्डारीलगायत हुनुहुन्छ । यसबारे, सुकुम्बासीको तर्फाट पनि गोली चलेको थियो भनेर सरकारद्वारा गरिएको प्रचार सोह्रैआना झूठो, कपोकल्पित र दुनिर्यतपर्ूण्ा छ । यस्तो दुष्प्रचारलाई हामी पर्ूण्ातः खारेज गर्दछौं ।
त्यसैगरी, सोही दिन मध्यराति शोकमा डुबेका डुडेझारीबासीहरूलाई प्रहरीले पुनः दमन गरेको
छ । र, धरपकड र दमन अझै जारी रहेको खबर छ । हामी सरकारलाई उक्त सशस्त्र धरपकड र दमन अबिलम्ब रोक्न चेतावनी दिन्छौं ।
अन्तमा, डुडेझारी हत्याकाण्डको विरोधमा संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालद्वारा आयोजित यही मंसिर २० गते थारूवान बन्द र मंसिर २१ गते नेपालबन्दका कार्यक्रमप्रति एकीकृत ने.क.पा.-माओवादी) ऐक्यबद्धता जहेर गर्दछ । सरकारी कार्यालय, कलकारखाना, यातायात, शिक्षणसंस्थालगायत बन्द गरी कठपुतली सरकारको फासिवादी हर्कतको भण्डाफोर गर्न एकढिक्का भएर सङ्र्घष्ामा उत्रन हामी सम्पर्ूण्ा जनसमुदायलाई हार्दिक आह्वान गर्दछौं । क्रान्तिकारी अभिवादन सहित †
मिति ः २०६६ मंसिर २० गते
दीनानाथ शर्मा
प्रवक्ता

No comments: