Thursday, April 22, 2010

मुलुक दुरघटनाको संघारमा

काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग गर्दै आएको माओवादीले आफ्नो सो माग पूरा नभएर सदन र सडक तताएर निर्ण्ाायक व्रि्रोहको चेतावनी दिइरहेको छ । सत्तासीन नेपाली कांग्रेस र एमाले सहितका अधिकांश दलका नेताहरूले प्रधानमन्त्री नेपाललाई माओवादीको धम्की सामु नतमस्तक नहुनको लागि हदैसम्म सुर्याइरहेका छन् । परिणामतः प्रधानमन्त्री नेपालबाट आफ्नै नेतृत्वको सरकार मातहत संविधान लेखनलाई पर्ूण्ाता दिइने उद्घोष गर्न थालिएको छ । त्यसको लागि आवश्यक परे संविधान संशोधनको सवालमा माअेावादीलाई नै वाध्य पार्ने चुनौति समेत सत्तासीनहरूले दिइरहेका छन् ।
राष्ट्रिय राजनीतिक गतिविधि विचित्रकै दिशामा अघि बढिरहेको छ । मौजूदा अन्तरिम संविधान संशोधनको लागि सत्तासीन दलहरूसग आवश्यक बहुमत पटक्कै छैन । दुइ तिहाइ संख्या पुराउनको लागि माओवादीको साथ अनिवार्य भएको वर्तमानमा सत्तासीनहरूबाटै संशोधनको प्रस्ताव अघि बढाउने कुरा पनि आएका छन् । कुनै पनि हालतमा राजीनामा नदिने अठोटका वावजूद प्रधानमन्त्री नेपालबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल वाहेक अरुको नेतृत्वको कुरा आएमा विचार गर्न सकिने वताइनु साच्चिकै अर्थपर्ूण्ा छ । उपाध्यक्ष डा. बाबुराम भटराइको हकमा पुनर्विचार गर्न सकिने सत्तासीनहरूको भनाइलाई माओवादीका एक थरीले माअेावादी पार्टर्ीीmुटाउने प्रपन्चको रुपमा लिएका छन् ।
माओवादी नेतृत्वको सरकार गठनको लागि अध्यक्ष दाहाल वाहेकको विकल्पप्रति केही संसदवादीहरू लचिलो पाइनु आफै पनि कम रहस्यपर्ूण्ा छैन । त्यसमाथि कांग्रेसले राखेका र्सतहरू अस्वीकार भएको बताएर माओवादीले दाहाल वाहेकको विकल्पमा नजाने संकेत दिइनै सकेको छ । उपाध्यक्षद्वय मोहन वैद्य र नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले र्सतरहित रुपमा अन्य पार्टर्ीीेतालाई विकल्पको रुपमा प्रस्तुत गरेरै भएपनि डा. भटराइलाई प्रधानमन्त्री बन्न नदिने चलखेल शुरु गरेको चर्चा पनि नचलेका छैनन् । अध्यक्ष दाहाल र राष्टिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ूयबहादुर थापाबीच भएको पछिल्लो भेटवार्तालाई त्यही रुपमा हेरिएको छ ।
उता, एमालेका अध्यक्ष झलनाथ खनाल समेत माओवादीको पछिल्लो चलखेलबाट रुष्ठ भएका छन् । आफ्नो नाममा माअेावादीको र्समर्थन रहने आत्मिक विश्वासको कारणले सहकार्यमा जोड दिंदै आएका खनाल विच्किनु पनि अस्वभाविक होइन । आफैंले दिएको आश्वासन विपरित अध्यक्ष दाहालबाट राष्टिय सरकारको नेतृत्वमाथि हकदावी गरिएपछि केही असन्तुष्ट बनेका खनालले थापा र दाहालबीचको भेटघाटलाई गम्भीर षड्यन्त्रको रुपमा बुझेका छन् । आफूलाई वाइपास गर्न लागिएको संकेत पाएका खनालबाट एमाले नेतृत्वको सरकार बाहेकको विकल्प कल्पना समेत नगर्न माओवादीलाई चेतावनी दिइएको छ । यसअघि माधव नेपालको ठाउमा खनालको नेतृत्व स्वीकार गर्ने तर्फमाओवादी लचिलो बनेको थियो ।
नेपाली कांग्रेसका एकथरीले आफ्नै पार्टर्ीीेतृत्वको सरकार गठनको लागि वाइसिएल भंग गरिनुपर्ने, कव्जा सम्पत्ति फिर्ता हुनै पर्ने तथा संविधानको घोषणा अगावै सेना समायोजनसहित शिविर खाली हुनुपर्ने र्सत अघि सारेका छन् । एमाले सहितका अन्य प्रायः सवै दलबाट कांग्रेसको त्यही भाका टिपिएको छ । माओवादीका पछिल्ला गतिविध्रि्रति अन्य दलका नेताहरू थप सशंकित भएका छन् । सत्तामा एकल कव्जाको लागि देशभर कार्यकर्तालाई लडाकु प्रशिक्षण दिन थालेको माओवादीले व्रि्रोहको चेतावनी र राष्टिय सरकारको नेतृत्वमाथिको वार्गेनिङलाई संगै अघि बढाएको छ । परिणामतः संविधान लेखन र शान्ति प्रकृयाको पर्ूण्ाता कोही पनि आशावादी हुन सकेका छैनन् ।
संविधानसभाको म्याद थप्ने सवालमा माओवादीले आफ्नै नेतृत्वको सरकार गठनले आकार लइसकेको हुनुपर्ने सतै राखेको छ । अन्यथा, म्याद थप गर्न माओवादी तत्पर छैन । राजीनामामार्फ् माओवादीको सो मागलाई मार्ग प्रशस्त गर्न नदिनेमा एमाले र कांग्रेस सहितका संसदवादीहरूको मतो मिलेको छ । जटिलताको गुत्थीले निकास पाउने कुनै गुन्जायस देखिएको छैन । यसै बेला नेपाली सेनाले रिक्त पदपर्ूर्तिमा भर्नाको आव्हान गरेको छ । भारतीय राजदूत रोकश सुद नेपालमा उत्पन्न जटिलताको व्रिफिङ गर्न भारत गएको आशंका गरिएकै सेरोफेरोमा माओवादीको विशेषदूत बनेर कांग्रेसका अमरेशकुमार सिंह पनि मंगलवार दिल्ली हानिएको भन्ने पनि कुरा आएका छन् । विकसित परिस्थिति संसदवादी र माओवादीबीच मात्रै मतभेद भएकोले अहिलेको अवस्था सृजित नभएको तर्फसंकेत गरिरहेको छ । परिस्थितिलाई यसरी बुझेकाहरूले भारत र माओवादीबीच वार्गेनिङ चलेको अर्थ लगाउन समेत थालेका छन् ।
माओवादीले सत्तामा एकल कव्जाको लागि एकातिर आफ्नै नेतृत्वको राष्टिय सरकार र अकोतिर निर्ण्ाायक जनव्रि्रोहको अडान लिएको भारतीय ठम्याइलाई सामान्य मान्न सकिने अवस्था छैन । दिल्लीमा सम्पन्न १२ बुदे सम्झौता पश्चात् नेपालको शान्ति प्रकृयामा सधै कुनै न कुनै रुपमा सरिक हुदै आएको भारतको नीति निश्चित नभएसम्म राजनीतिक परिणामको आंकलन समेत असहज देखिएको छ । राजदूत सूद दिल्ली गएकै बेला अमरेश कुमारसिंह पनि भारत जानुलाई अर्थपर्ूण्ा मान्नेहरूले भारत र माओवादीबीच मोल मोलाइ नमिलेको खण्डमा ठूलै दर्ुघटना र विनाशको आशंका गर्न थालेका छन् ।

No comments: