Thursday, April 22, 2010

जताततै लडाइंको तयारी

काठमाडौं । आत्मरक्षाका लागि भन्दै एकीकृत नेकपा माअेावादीले देशैभर आफ्ना कार्यकर्तालाई तालिम संचालन गरिरहेको छ । यसै साताबाट शुरु भएको तालिममा महिला, बालबालिका साथै वृद्धवृद्धा पनि सहभागी भएका छन् । अन्तिम जनव्रि्रोहका लागि तयार हुने भन्दै माओवादीले तालिम संचालन गरेको हो । नेपालंगज, चितवन, नवलपरासी, मोरङलगायतका जिल्लामा संचालित तालिममा हरेक दिन प्रशिक्षण दिने गरिएको छ । खासगरी पर्ूवसेना र पर्ूव प्रहरीले तालिम लिएकाहरूको गोप्य लागत पनि राखिएको स्रोतले बताएको छ । विशेषगरी तालिममा युवाहरूको संख्या बढी छ । तालिममा सुरक्षाकर्मीले हस्तक्षेप गरे त्यसको कडा प्रतिकार गर्ने पनि सहभागीले बताएका छन् । समयमै संविधान जारी नभए माओवादीले जनव्रि्रोह गर्ने अनि त्यसका लागि तालिम प्रदान गरेको माओवादीले जनाएको छ । उता, मोरङमा हतियार चलाउने तालिम भइरहेको छ । एकैसाथ झापा र सुनसरीमा पनि संचालित तालिममा ५ हजारभन्दा बढी माओवादी कार्यकर्ता सहभागी छन् । मोरङको हात्तिमुठामा तालिम दिइरहेका अमनले भने लाठी र खुकुरी चलाउन मात्र सिकाएका छौं । आवश्यक परे त्यो भन्दा माथिको तालिम दिनेछौं ।
एकै खालको पोशाक लगाएका उनीहरूलाई हर्ेदा कुनै प्रहरी वा सेनाको सरकारी तालिम पो हो कि जस्तो देखिन्थ्यो । मंगलवारको टन्टलापुर घाममा उनीहरू पसिनाको कुनै वास्ता नगरी तालिम लिइरहेका थिए भने र्सवसाधारणहरू टुलुटुलु हेरिरहेका थिए । उता बाकेका माओवादीले २७ स्थानमा साताव्यापी शारीरिक प्रशिक्षण शुरु गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज र स्थानिय माविमा संचालन भएको तालिमको धेरैले विरोध गरेका छन् । गाउघरमा बढ्दो अराजकता रोक्न युवा परिचालनका लागि तालिम दिएको माओवादीका बाके सहइन्चार्ज आइपी खरेलले बताए ।
माओवादीले अन्तिम व्रि्रोह गर्ने बताउदै आएको छ । अबको आन्दोलन निर्ण्ाायक हुने भन्दै उनले कार्यकर्तालाई र्सतर्क हुनसमेत आग्रह गरेको छ । माओवादीले संचालन गरेको यसप्रकारको तालिमको कांग्रेस लगायतका अन्य पार्टर्ीीले विरोध गरेका छन् । माओवादीले तालिम र प्रशिक्षण आफ्नो नियमित प्रकृया भएको पनि जनाइएको छ ।
यसैबीच जातीय संघीयता विरुद्ध कडा रुपमा प्रस्तुत हुदै आएको क्षेत्री समाज नेपालले पनि आफ्नो सैनिक दस्ता निर्माण शुरु गरेको छ । सयौं वर्षेखि मिलिजुली बसेकाहरूबीच जातीय कुरा उठाइ जातजातका माझमा द्वन्द्व गर्राई सत्ताका लागि दलका नेताहरूले जातीय राज्य दिने षड्यन्त्र गरेकोले वाध्य भएर सैन्य दस्ता निर्माण सुरु गरेको समाजले जनाएको छ । समाजले दुइ महिनादेखि सैन्य दस्तालाई मुलुकका विभिन्न भागमा तालिम दिंदै आएको छ । खुकुरी क्रस चिन्ह भएको रुमाल बाधेका सहभागिहरूले तालिम शुरु गर्नु अघि 'राष्टिय अखण्डता मेरो आदर्श' नेपाल देश मेरी आमा देशको रक्षा गर्नु छोराको कर्तव्य भनि स्तुतिगानसंगै वीर सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेपछि औपचारिक रुपमा सैनिक तालिम शुरु गर्ने गरेका छन् । शारीरिक कसरत र हतियार सकी अहिले खुकुरी चलाउने कला सिकिरहेको सहभागीले बताएका छन् । हाम्रो तालिम जनतालाई दुःख दिन होइन र कहिले पनि दुःख पुराउने काम गर्दैनौं, क्षेत्रीहरूको रक्षा गर जातिय राज्य हुन नदिनका लागि मात्र भएको एक सहभागीले बताए । उनले थपे, जातिय राज्यका पक्षमा कुरा उठाउनेलाई पनि हामी कारवाही गर्र्छौं ।

No comments: