Monday, April 26, 2010

आईजीपी नै सरकारको निगरानीमा


आईजीपी नै सरकारको निगरानीमा
काठमाडौं । प्रेममा धोखा दिने पुरुषलाई 'प्लेब्याई' भनिन्छ । तर, राजनीतिक तहमा धोखा दिनेलाई के भन्ने - कुनै बेला कांग्रेस नेता एवम् पर्ूवगृहराज्यमन्त्री देवेन्द्रराज क“डेलले सशस्त्र प्रहरीका हालका महानिरीक्षक सनत बस्नेतको बारेमा यस्तै प्रश्न गरेका थिए । उनकै जोडबलमा खुमबहादुर खड्काले नचाह“दा नचाह“दै पनि बस्नेतलाई सेनाबाट सशस्त्रमा हुल्न सहमति जनाएका थिए । तर, देवेन्द्रराज क“डेले नै समयक्रममा सनतबाट धोखा पाएको चर्चा उनले अहिले पनि गरिरहेका छन् । तिनै सनत बस्नेत अहिले सरकारलाई नै धोका दिने खेलमा लागेको चर्चाले मन्त्रिपरिषद्का सदस्यहरूबीच पनि ठूलै चर्चा पाएको छ । त्यसो त आफूलाई महानिरीक्षक बनाइदिने माओवादीप्रति पनि उनी इमानदार नबनेको चर्चा पनि माओवादी नेताहरूले चलाएका छन् । माओवादीले जनव्रि्रोहका लागि भनेर शान्ति सम्झौताविपरीत खुकुरी र लाठी तालिम सुरु गरेपछि सरकारले सुरक्षामा कडाइ गरेको र सबै सुरक्षा निकायका सबै तहका कर्मचारीको बिदा रद्द गरेकै बेला सशस्त्रका आईजीपी बस्नेत भने वैशाख १२ गते इजरायलतिर हानिएका छन् । आफ्ना जवानहरूलाई समेत बिदा कटौती गरेर र्सतर्क अवस्थामा रहन निर्देशन जारी भएको बेला महानिरीक्षक बस्नेतको बिदा गृहमन्त्री भीम रावलले कसरी स्वीकृत गरे भन्ने प्रश्न अहिले सरकारका मन्त्रीहरूले गर्न थालेका छन् । अहिले दिनहु“जसो केन्द्रीय सुरक्षा समितिको बैठक भइरहेको बेलामा सशस्त्रका महानिरीक्षकले विदेशभ्रमण गर्नुलाई मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूले रुचाएका छैनन् । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले त बस्नेत माओवादीपरस्त रहेको भन्दै प्रधानमन्त्रीलाई उनीमाथि कारबाहीको दबाबसमेत दिएको उच्च स्रोतले जनाएको छ । सरकारले सबै सुरक्षा फौजलाई र्सतर्क रुपमा राखेको र सबैको बिदा कटौती गरेको अवस्थामा सुरक्षाको योजना बनाउने, कार्यान्वयन कसरी गर्ने भन्ने जिम्मा लिएका व्यक्ति अचानक किन विदेश भ्रमणमा निस्किए - यो प्रश्न पनि अहिले प्रधानमन्त्री कार्यालयतिर उठेको छ । आईजीपी बस्नेत इजरायल हिंडेपछि एआईजी किशोर लामालाई कार्यवाहकको जिम्मा दिइएको छ ।
यता प्रधानमन्त्री समक्ष बस्नेतको बारेमा सरकारले नै कडा निगरानी राख्नु पर्ने उजुरी परेको चर्चा छ । उनीमाथि माओवादीस“ग हाल निरन्तर र निकटतम् सम्बन्ध, सर्म्पर्क राखेको तथा सरकारका गोप्य सुरक्ष्ँा योजनाहरू माओवादीसम्म पुर्‍याएको अभियोग लागेको छ । बस्नेतमाथि माओवादीमा पुग्दा माओवादीस“ग ठिक्क हुने सरकारस“ग आउ“दा यतै ठिक्क हुने गरेको आरोप पनि सशस्त्रका हाकिमहरूले लगाउन थालेका छन् । त्यसो त आईजीपी बस्नेतको भूमिकाप्रति सरकारले पनि शंका व्यक्त गरेको छ । त्यसैले उनलाई सरकारले निगरानीमा राखेको चर्चा पनि चलेको छ । - वैशाख १३ गतेको सांघुबाट

No comments: