Monday, April 19, 2010

वामदेवले तीस भन्दा माओवादी हिस्स


काठमाडौं । जेठ १४ गतेपछि माओवादीमा जान्छु भनेर खुलेआम घोषणा गरिसकेका नेकपा -एमाले)का उपाध्यक्ष वामदेव गौतमलाई माओवादीहरुले पत्याउन छाडेका छन् । माधव नेपालविरुद्ध अविश्वास प्रस्ताव ल्याएमा ३० देखि ३५ जना एमालेका सभासद्हरुलाई संसद्मा 'फ्लोर क्रस' गराएर सरकार ढाल्ने आश्वासन दिएका गौतमको पक्षमा अन्त्यमा तीनजना सभासद्मात्र देखिएपछि माओवादीले 'वामदेवका गफ'मा कहिल्यै नभुलिने ठहर गरेको छ । वैशाख तीनगते शुक्रबार माओवादी पोलिटब्युरो बैठकमा पनि वामदेवको ग"जडी गफका बारेमा चर्चा भएको र उनी भरोसा गर्नयोग्य नेता नभएको टिप्पणी वरिष्ठ नेताहरुले गरेका थिए । भित्र पोलिटब्युरो बैठक चलिरहेको बेला पेरिसडा"डास्थित माओवादी केन्द्रीय कार्यालयबाहिर पनि माओवादी कार्यकर्ताहरु 'वामदेव त हावा रहेछन्' भन्दै थिए । माओवादी नेतृत्वले एकाएक वामदेवको भित्री योजना र्सार्वजनिक गर्नुलाई भने अर्थपर्ूण्ा रुपमा हेरिएको छ ।
'वामदेवले ३० देखि ३५ जना सभासद्को ठेक्का लिन्छु भनेपछि एकाएक अविश्वास प्रस्ताव ल्याउने निष्कर्षा पार्टर्ीीुगेको थियो । त्यसअनुसार हस्ताक्षर अभियान पनि एमालेमा चलेको हो । तर, एमाले संसदीय दलको बैठक लम्बि"दै जा"दा वामदेवको पक्षमा उभिने कोही नदेखिएपछि उनको भर नपर्ने निष्कर्षा पुगिएको हो', माओवादीका एक पोलिटब्युरो सदस्यले सा"घुस"ग भने । स्रोतका अनुसार, वामदेवले किरण गुरुङ, युवराज कार्की, राधा ज्ञवाली, यमलाल क"डेल, रवीन्द्र अधिकारी, डीबी कार्की, सावित्रा भुषाल, रामचन्द्र झा, शत्रुघन महतो, रिजवान अन्सारीलगायत सभासद्हरुको नामै किटेर माधव नेपाललाई ढाल्नका लागि उनीहरु प्रयोग हुने बताएका थिए । यतिसम्म कि पछिल्लो समयमा ओली पक्षमा लागे पनि आफूस"गको व्यक्तिगत सम्बन्धका कारण रघुवीर महासेठले पनि साथ दिने बताएका थिए । तर, अन्तिममा वामदेवको पक्षमा किरण गुरुङ, सावित्रा भुषाल र डीबी कार्की पनि दह्रोस"ग उभिने अवस्था देखिएन । यमलाल र रवीन्द्रलगायतका सभासद्हरुले माधव नेपालको राजीनामा मागे पनि वामदेवको कदममा साथ दिने कुनै अवस्था रहेन । राजनीतिक भविष्यलाई नै दाउमा राखेर वामदेवको सती जान अब कम्तीमा एमालेका सचेत कार्यकर्ताहरु तयार छैनन् ।
'जति लडाइ" लडे पनि पार्टर्ीीत्र लड्ने हो, वामदेवस"गै माओवादीमा बिर्सजन भइ"दैन', माधव नेपालविरुद्ध हस्ताक्षर गर्नेमध्येका एक सभासद्ले भने । त्यसो त एमालेभित्र राष्ट्रिय सरकार गठनको आवाज उठाउनेहरुलाई कमजोर पार्ने काम पनि अन्ततः वामदेवले नै गरेको आरोप हस्ताक्षरकर्ता सभासद्हरुले लगाउन थालेका छन् । हस्ताक्षर अभियानको विरुद्ध पार्टर्ीीत्रबाट तीव्र विरोध भइरहेको र ओली पक्षले कारबाहीको धम्की दिइरहेका बेला वामदेव गौतमले जेठ १४ गतेपछि एमालेमा क्रान्तिकारीहरुले व्रि्रोह गर्ने र त्यसको नेतृत्वले आफूले गर्ने बताएर माओवादीमा प्रवेश गर्ने संकेत दिएपछि सभासद्हरुको 'इमानदार' प्रयत्नमा समेत नराम्रो दाग लागेको ती सभासद्ले बताए । वामदेवले खुलेआम माओवादीमा जाने बताउनु र हस्ताक्षरकर्ताहरुमाथि आफ्नै नेतृत्वको सरकार ढालेर माओवादीलाई सरकार सुम्पिन खोजेको आरोप लागेपछि संस्थापन पक्षकै सभासद्हरु पनि माधव नेपालको बचाउमा उत्रिने अवस्था आएको स्रोतले जनाएको छ । त्यसो त संस्थापन पक्षका केन्द्रीय सदस्य एवम् बझाङबाट निर्वाचित सभासद् भानुभक्त जोशीले आफूहरु यही सरकारलाई सुधार गरेर अघि लैजाने पक्षमा उभिएको सा"घुलाई बताए ।
'आफ्नै नेतृत्वमा सरकार चलाउने मौकाको सदुपयोग नगर्ने हो भने एमालेलाई किन जनताले भोट दिने - राजनीति नै नगरे भइगो नि । यो सरकारका कमजोरी छन्, मन्त्रीहरुले जनता र कार्यकर्ताको काम गरेका छैनन् तर यसको विकल्प माओवादीलाई सरकार सुम्पिने भन्ने हुन सक्दैन । त्यसैले मैले यो सरकारको निरन्तरताको पक्षमा आफूलाई उभ्याएको हु" । अरु साथीहरु पनि यही लाइनमा उभिनुभयो', जोशीले भने । वामदेवमाथि कारबाहीको दबाब भने संसदीय दल, पार्टर्ीीेतृत्व र कार्यकर्ता तह सबैतिरबाट बढेको एमाले स्रोतले जनाएको छ । वैशाख ४ गतेको स्थायी समिति बैठकमा संस्थापन पक्षकै नेताहरुले वामदेवमाथि कारबाहीको माग गरे पनि अध्यक्ष झलनाथ खनालले त्यसबारेमा अलग्गै एजेन्डा बनाएर छलफल गर्ने बताएपछि बैठक टुंगिएको थियो । - वैशाख ६ गतेको सांघु साप्ताहिकबाट

No comments: