Monday, November 16, 2009

किरणले चाइनिज छाता ओढ्दा बाबुरामलाई झस्का


काठमाडौं । उहिले-उहिले नेपालका कम्युनिस्टहरू चीन र रूसमा पानी पर्‍यो भने काठमाडौंमा छाता ओढ्छन् भन्ने गरिन्थ्यो । समय फेरिएको छ । रूसमा कम्युनिस्ट शासनको अन्त्य भएको २० वर्षभइसकेको छ भने चीन पनि उदारीकरणमा गइसकेको छ । तर, समय फेरिए पनि नेपालको सबैभन्दा ठूलो र क्रान्तिकारी भनिएको पार्टर्ीी पनि चरम क्रान्तिकारी नेतामा भने अझै त्यसको धङधङी कायमै रहेको चर्चाले माओवादी-वृत्तमा ठाउ" पाएको छ । कुरा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूको हालैको चीन भ्रमणको हो र प्रसंगचाहि" सोही पार्टर्ीी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य 'किरण' को सत्तामोहको हो । चीन भ्रमणबाट फर्किएलगत्तै किरणले माओवादी नेतृत्वमा सरकार गठन भएपछि नागरिक सर्वोच्चताको आन्दोलन रोकिने बताएपछि त्यसको सिकार भने अर्का उपाध्यक्ष डा. बाबुराम भट्टर्राई बनेछन् । मोहन वैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्दलगायतका नेताहरूमा एकाएक सरकारको भोक जागेको देखेपछि बाबुराम पक्षधरहरू अचम्मित भएका छन् । चीन जानुअघिसम्म सरकारको नामै सुन्न नचाहने नेताहरू अहिले आएर एकाएक माओवादी नेतृत्वमा सरकार गठन भएमा नागरिक सर्वोच्चता आफैं बहाली हुने निष्कर्षा पुग्नुलाई बाबुराम पक्षले भने चीन भ्रमणको धङधङीका रुपमा लिएको छ ।
चीनबाट फर्केलगत्तै मोहन वैद्यले रिपोर्र्टर्स क्लबमा उभिएर माओवादीको आन्दोलन सरकारको नेतृत्वका लागि नै हो भनेपछि त्यसको नकारात्मक असर आन्दोलनमा परेको र देश-विदेशका शुभचिन्तकहरूलाई आश्वस्त पार्न बाबुरामलाई ठूलो समस्या परेको चर्चा पनि बाबुराम-वृत्तमा चलेको छ । 'उहा" पार्टर्ीीे अहिलेको राजनीति लाइनकै बारेमा अन्योलमा हुनुहुन्छ । जतिबेला पार्टर्ीी १२ बु"दे समझदारी गर्‍यो, त्यो बेला उहा"हरू जेलमा हुनुहुन्थ्यो, त्यसैले उहा"हरूलाई चित्त बुझेको छैन । चीन जानुअघि चीनलाई संशोधनवादी भन्ने कमरेड चीनबाट फर्केपछि एकाएक परिवर्तन हुनुभयो । चीनले सरकार छाडेर गल्ती गर्‍यो भनेछ, त्यसपछि त कमरेडलाई सरकारमा जाने भूत एकाएक सवार भइहालेछ,' बाबुराम निकट एक नेताले भने । त्यसो त, राष्ट्रिय जनआन्दोलन नेपालका संयोजकसमेत रहेका उपाध्यक्ष भट्टर्राईले हालै केही पत्रकार तथा नागरिक अगुवाहरूस"गको अलग-अलग अनौपचारिक छलफलमा समेत मोहन वैद्यले कुरा बिगारेकाले आफूलाई गाह्रो परेको बताएका थिए । 'उहा"ले चीनमा पानी परेपछि काठमाडौंमा छाता ओढ्न थाल्नुभयो, समस्या त्यहींबाट सुरु भयो,' भट्टर्राईले भने । उता, वैद्य निकटस्थ एक प्रभावशाली पोलिटब्यूरो सदस्यले भने नया" सरकारको नेतृत्व आफूले गर्न नपाउने भएपछि बाबुरामले अर्को खेल खेलेको र आन्दोलन रोक्दा पनि नरोक्ने र कुनै निष्कर्षा पुग्न पनि नदिने खेल खेलेको आरोप लगाए । 'उहा"मा ठूलो भ्रम छ, अहिले पार्टर्ीी लिएको नीति र लाइन मेरो बपौती हो भन्नेमा । त्यसैले उहा" पार्टर्ीीे अहिलेको लाइनमा अरू हावी भएको देख्न चाहनुहुन्न र अध्यक्षलाई समेत नराम्ररी फसाइरहनुभएको छ,' वैद्य निकट ती नेताले सा"घुस"ग भने ।
त्यसो त, अध्यक्ष प्रचण्ड विस्तारै बाबुरामबाट वैद्यतिर ढल्किएको अनुमान गरिए पनि अहिलेसम्म दुवै पक्षलाई समदूरीमै राखेर हि"डिरहेका छन् । 'उहा"को मौसम र मान्छे हेरेर बोल्ने बानीले पनि आन्दोलनमा बेला-बेलामा समस्या देखिएका छन्,' बैशाली होटलमा केही पत्रकार र नागरिक समाजका अगुवास"गको भेटमा बाबुरामले प्रचण्डको बारेमा यही आशय व्यक्त गरेको स्रोतले जनाएको छ । पार्टर्ीी विभिन्न नेताहरूलाई उधारो मन्त्री पद बा"डेर हि"ड्नेदेखि एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको ललीपप देखाउनेमा पनि प्रचण्डले आफ्नो त्यो स्वभाव झल्काएको बताइन्छ । त्यतिमात्र होइन, अध्यक्ष प्रचण्डले एमाले नेताहरूको एक भेटमा 'मैले त झलनाथजीलाई प्रधानमन्त्री बनाउन खोजेको, किरणजी र बाबुरामजीले मान्नुभएन' भनेको कुरालाई एमाले उपाध्यक्ष अशोक र्राईले र्सार्वजनिक गरिसकेका छन् । पार्टर्ीी नेताहरूले आन्दोलन सरकार प्राप्तिपछि रोकिन्छ भनेर अभिव्यक्ति दिएपछि आफूले ठाउ"-ठाउ"मा स्पष्टीकरण दिन परिरहेको बाबुरामको गुनासो छ । कतिपयले भने पुनः किरण र बाबुरामलाई भिडाएर प्रचण्डले महाधिवेशनका लागि शक्तिसञ्चय गर्न खोजेको टिप्पणी पनि गरिरहेका छन् ।
मंसिर १ गतेको सांघु साप्ताहिकबाट

No comments: