Monday, November 16, 2009

कोमल वलीलाई तपनाथ दाम्लो -


-दीपक अधिकारी
काठमाडौं । लामो समय रेडियो नेपाल र नेपाल टेलिभिजनको नेतृत्व गरेर अवकाश पाइसकेका तपनाथ शुक्ल केही निजी टेलिभिजन गृहको अनुभव लिई पुनः रेडियो नेपालमा छिरेपछि कामचोर र ठग कर्मचारीहरूको भागाभाग भएको छ । शुक्ल रेडियो नेपालको कार्यकारी प्रमुख भएर गएपछि 'चर्चित महिला' कोमल वलीको समेत सातो गएको छ । समाचार प्रमुखदेखि केही वरिष्ठ हाकिमहरूले फ्याक्सबाटै राजीनामा पठाएका छन् भने कतिपय भने अझै पनि शुक्लको नजरमा पर्न बा"की रहेको चर्चा रेडियो नेपालमा चलेको छ । शुक्ल कार्यकारी भएर गएपछि नवांै तहका समाचार प्रमुख कृष्ण केसीले सगरमाथा टेलिभिजनको फ्याक्सबाट राजीनामा पठाएका छन् । केसी हाल सगरमाथा टीभीको महाप्रबन्धक छन् । त्यस्तै, दसौं तहका भैरवबहादुर अधिकारीले पनि फ्याक्सबाटै राजीनामा पठाएका छन् । उनी विज्ञापन महाशाखाको प्रमुख भएका बेलाका एक करोडभन्दा बढी विज्ञापनको रकम अहिलेसम्म उठेको छैन । हाल उनी देशबाट पलायन भएका छन् । २२ महिनादेखि क्यानाडामा बसेर रेडियो नेपालको जागिर खाइरहेका रुद्र चुडालले पनि ठूल्ौ हारगुहारसमेत काम नलागेपछि राजीनामा दिएका छन् ।
नेपाल टेलिभिजनकी समाचारवाचिका अलका आत्रेया चुडालका श्रीमान् रुद्रले नेपाल आएर थप बिदाका लागि हारगुहार गरेका थिए, तर शुक्लले 'बिदा दिइ"दैन, कि जागिर खानूस् कि राजीनामा दिनूस्' भनेपछि राजीनामा दिएर हि"डेका छन् । कृष्ण केसीले राजीनामा दिएपछि उनको ठाउ"मा खगेन्द्र खत्री समाचार प्रमुख बनेका छन् । शुक्लको आगमनपछि हाजिर गरेर टाप कस्नेहरूको बिचल्ली भएको छ । यतिसम्म कि सदाबहार शक्तिशाली कोमल वलीलाई समेत सकस परेको छ । वलीको सर्न्दर्भमा भने शुक्लले 'यी डुलुवा मान्छे हुन्, समाचार वाचनको नियमित सेड्युलमा नराख्नू, बाहिर पाएसम्म यहा" आउ"दिनन्' भन्दै सिफ्टमा नराख्न निर्देशन दिएका छन् ।
रात्रि सिफ्टमा रहेकी वली कहिलेकाहीं मात्र रेडियो नेपालमा जाने र साढे ५ बजे छिरेर साढे सातभित्रै निस्कने गर्छिन् । उनको ड्युटी भने राति ११ बजेसम्म रहेको कर्मचारीहरू बताउ"छन् । त्यस्तैगरी काम नगरी चौरमा बसेर गुड्डी हा"क्ने, घाम ताप्नेहरूलाई पनि तपनाथको तप लागेको छ । यद्यपि, अझै केही कर्मचारीको हकमा भने शुक्लको नजर नपरेको चर्चा पनि रेडियोमा चलेको छ । पा"चौं तहका कार्यक्रम सञ्चालक अमर लामा बिहानै आएर हाजिर गरेर हि"डे पनि शुक्लको नजर नपरेको चर्चा चलेको छ भने संगीत महाशाखाका प्रमुख भूपेन्द्र रायमाझीको कर्ुर्सर्ीीहिले पनि खाली नै रहने गरेको छ । कतिपय संगीतकार, कलाकारहरू बिहानै रक्सी गन्हाउ"दै आउ"छन् अनि अफिसकै मादल र गितार बोकेर टाप कस्छन् भन्ने चर्चा पनि चल्ने गरेको छ ।
मंसिर १ गतेको सांघु साप्ताहिकबाट

No comments: