Monday, November 30, 2009

अध्यक्षलाई आफ्नै प्रतिवेदनले पार्‍यो आपत


काठमाडौं । पार्टर्ीीत्रका समस्या सुल्झाउनका लागि बसेको नेकपा -एमाले) को पोलिटव्युरो बैठकले थप समस्या बल्झाएको छ । पोलिटव्युरो बैठकमा अध्यक्ष झलनाथ खनाल नै अल्पमतमा परेपछि खनालको राजनीतिक प्रतिवेदन पुनर्लेखन गर्नेगरी बैठक टुंग्याइने भएको छ । महासचिव इश्वर पोखरेल र खनाल पक्षकै पोलिटव्युरो सदस्यहरुले समेत 'एमालेले त्याग गर्नुपर्ने' कुराको व्याख्या हुनुपर्ने भन्दै अध्यक्षको आलोचना गरेपछि प्रतिवेदन पुनर्लेखन हुने सम्भावना बढेको हो । अध्यक्ष खनाल आफ्नो प्रतिवेदन फेल हुने भएपछि मध्यमार्गी बाटो रोज्न तयार भएका हुन् ।
आफ्नाहरु नै विपक्षमा
एमालेको पोलिटव्युरोमा उसै पनि अध्यक्ष खनाल अल्पमतमा छन् । त्यसमाथि वर्तमान सरकारको नेतृत्व त्याग गर्न तयार हुनुपर्ने आशयको राजनीतिक प्रतिवेदन पोलिटव्युरोमा पेश भएपछि आगोमा घ्यू थपिएको हो । केपी ओली पक्ष र माधव नेपाल पक्षले उनको प्रतिवेदनको बिरोध गर्नु त स्वभाविक नै थियो, खनाल पक्षकै अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेले समेत खुलेरै उनको त्यो अंशको विरोध गरेपछि अध्यक्षको राजनीतिक प्रतिवेदन पारित नहुने स्पष्ट देखियो । आफू अल्पमतमा परेपछि अध्यक्ष खनालले पोलिटव्युरो बैठकपछि यसबीचमा तीन पटकसम्म प्रधानमन्त्री नेपाललाई बालुवाटारमै गएर भेटेका छन् । उनले आफ्नो आशय सरकार परिवर्तन गर्ने नभएकाले त्यसलाई गलत अर्थमा नलिन र पार्टर्ीीलाउन आफूलाई सघाउन आग्रह गरेको स्रोतले जनाएको छ ।
अध्यक्ष खनालका सबैभन्दा निकटस्थ मानिने अर्थमन्त्री एवं पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डे, इस्यु अनुसार आफ्नो धारणा बनाउने अर्का पोलिटव्युरो सदस्य महेन्द्रवहादुर पाण्डे तथा खनाल पक्षकै पशुपति चौलागाईंलगायतका नेताहरु पनि सरकारको नेतृत्व त्याग गर्नुपर्ने कुराको विरोधमा उभिएका छन् । अहिले पोलिटव्युरोमा अध्यक्ष खनाललाई सरकारको नेतृत्व त्यागको बु“दामा साथ दिने पोलिटव्युरो सदस्यको संख्या नगन्य भएपछि प्रतिवेदन पुनर्लेखन गर्न एक समिति गठन गर्ने गरी बैठक टुंगिने सम्भावना बढेको एक नेताले बताए । 'अध्यक्षको प्रतिवेदन अहिलेकै अवस्थामा पारित नहुने निश्चित भइसकेको छ । अध्यक्षको प्रतिवेदन अल्पमतमा परेर फेल भएमा नैतिक रुपमा राजीनामा दिनुपर्ने हुन्छ । त्यसैले पुनर्लेखन कमिटी गठन गरेर अहिलेको खड्गो टार्ने सम्भावना देखिएको छ' एक पोलिटव्युरो सदस्यले भने ।
बालुवाटारमा धर्ना
मंसिर ८ गते शुरु भएको पोलिटव्युरो बैठकको पहिलो दिनमै आफूमाथि आक्रमण शुरु भएपछि अध्यक्ष खनालले स्थायी समिति सदस्य भरतमोहन अधिकारीसहित गएर प्रधानमन्त्री एवं बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए । उनले आफ्नो प्रतिवेदनको आशय प्रधानमन्त्री हटाउने वा विकल्प खोज्ने नरहेको स्पष्ट पार्ने प्रयास गरेका थिए । तर प्रधानमन्त्री आश्वस्त हुन नसकेपछि अधिकारीकै पहलमा वर्तमान सरकारलाई पर्ूण्ा र्समर्थन रहेको र यही सरकारमा माओवादीलाई पनि सामेल हुन आग्रह गर्ने गरी पोलिटव्युरोबाट निर्ण्र्ााहुन लागेको छ । त्यसो त अध्यक्ष खनालले आफू निकटका नेताहरुलाई पनि अलग अलग रुपमा प्रधानमन्त्रीस“ग भेटेर आफ्नो बचाउ गर्न लगाएको पनि एमाले स्रोतले जनाएको छ । यसबीचमा भरतमोहन अधिकारी, केशव बडाल, युवराज कार्की, पशुपति चौलागाई लगायतका नेताहरुले पनि प्रधानमन्त्रीलाई भेटेर वर्तमान सरकारको विकल्पमा पार्टर्ीीानै नहुने र अध्यक्षलाई पनि त्यस बाटोमा जान नदिने बताएको स्रोतले जनाएको छ ।
अध्यक्षको राजीनामार्
वर्तमान सरकारले राष्ट्रिय सहमति कायम गर्न नसकेमा एमालेले पनि त्याग गर्नुपर्ने भन्ने अध्यक्ष खनालको राजनीतिक प्रतिवेदनकै एउटै बु“दाले गर्दा पोलिटव्युरो बैठक लम्बिएको छ । 'के निहु“ पाउ“ कनिका बुक्याउ“' भनेर बसेको ओली पक्षका लागि यही प्रतिवेदन गतिलो मसाला बन्यो । तेस्रो धारको रुपमा प्रधानमन्त्री माधवकुमार नेपाल पक्षधर पोलिटव्युरो सदस्यहरुसमेत यस प्रकरणपछि स्वतः केपी ओली पक्षमै मिसिए । ओली पक्षका बेदुराम भुषाल, खगराज अधिकारीकै स्वरमा स्वर मिलाउ“दै माधव नेपाल पक्षधर नागेन्द्र चौधरी, धर्मनाथप्रसाद साह लगायतले त्याग गर्ने हो भने त्यसको शुरुवात अध्यक्षबाटै गरौं भन्दै झलनाथ खनालको राजीनामा मागे । 'माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा अध्यक्ष कमरेडले नै सिफारिस गर्नुभएको हो । यदि उहा“ असफल हुनुभएको हो र एमालेले नै त्याग गर्नुपर्ने हो भने त्यागको शुरुवात पनि अध्यक्षबाटै हुनर्ुपर्छ' बेदुराम भुषाल, खगराज अधिकारी लगायतको भनाइ थियो । ओली पक्ष र माधव पक्षले अध्यक्षको प्रतिवेदनलाई खनालको कुण्ठा भनेर परिभाषित गरेका छन् ।
अल्पमतमा अध्यक्ष
आठौं महाधिवेशनबाट सम्मानजनक रुपमा अध्यक्ष पदमा निर्वाचित भएका अध्यक्ष खनाल पहिलो पोलिटव्युरो बैठकमै अल्पमतमा परेका छन् । अध्यक्ष खनालको राजनीतिक मेरुदण्ड मानिएका महासचिव इश्वर पोखरेलसमेत उनको राजनीतिक प्रतिवेदनस“ग सहमत हुन नसकेको बताइन्छ । उपाध्यक्ष बामदेव गौतम, अशोक र्राई, सचिव युवराज ज्ञवाली र प्रकाश ज्वाला, नरेश खरेललगायतका केही पोलिटव्युरो सदस्यहरुमात्र उनको प्रतिवेदनको पक्षमा उभिएको स्रोतले जनाएको छ । आफ्नो आशयलाई गलत ढंगले व्याख्या गर्न थालिएपछि अध्यक्ष खनालकै लागि उनको प्रतिवेदन भालुको कम्पट बनेको चर्चा एमाले वृत्तमा चलेको छ ।
विवाद बल्भिmयो
पार्टर्ीीत्रको विवाद सुल्झाउन आयोजित पोलिटव्युरो बैठकले विवाद थप बल्झाउने संकेत देखिएको छ । काठमाडौं, धनुषा, महोत्तरी, सप्तरी लगायतका जिल्लामा संस्थापन पक्ष र ओली पक्षका अलग अलग जिल्ला संगठन समितिहरु क्रियाशील छन् । यिनीहरुको टुंगो लगाउन पनि यो बैठक असफल हुने निश्चित छ । किनकि पोलिटव्युरोमा ओली पक्षको बहुमत सिद्ध भइसकेको छ । त्यसैले समानान्तर जिल्ला कमिटीहरुको विवादको टुंगो लगाउन पनि अर्को एउटा समिति बनाइएमा आर्श्चर्य हुनेछैन । मंसिर १५ गतेको सांघु साप्ताहिकबाट

1 comment:

Deepak Adhikari said...

afnai khutta ma bancharo hanna hudaina thiyo.