Monday, November 23, 2009

एमालेमा युथफोर्स कमाण्डरको खोजी, युवासंघमा इन्द्र र महेशको भिडन्त


- दीपक अधिकारी
काठमाडौं । नेकपा एमालेले आफ्नो लडाकु संगठन युथफोर्सलाई पुनर्जीवन दिने भएको छ । पार्टर्ीीे आगामी पोलिटव्युरो बैठकले युथफोर्स निर्देशिका पारित गरेपछि युथफोर्स पुनः सक्रिय हुनेछ । यद्यपि अब युथफोर्स प्रजातान्त्रिक राष्ट्रिय युवासंघको विभागका रुपमा नभई अलग्गै भातृ संगठनका रुपमा उदाउने भएको छ । केन्द्रीय सदस्य योगेश भट्टर्राई इन्चार्ज रहने गरी युथफोर्स आउन लागेको र त्यसको कमाण्डर कसलाई बनाउने भन्नेबारेमा पार्टर्ीी छलफल भइरहेको स्रोतले जनाएको छ । यसअघिका युथफोर्स कमाण्डर महेश बस्नेत युवासंघको अध्यक्षमा उठ्ने भएपछि युथफोर्स कमाण्डर अर्कै व्यक्ति बन्नेछन् । युथफोर्सको कमाण्डरका बन्नका लागि युवासंघकै नेता स्वयम्भूराज डंगोलले नेताहरुसमक्ष चाहना व्यक्त गरेका छन् । उनले युथफोर्स परिचालनको भिजनसमेत पेश गरेको स्रोतले जनाएको छ । तर डंगोल खेलाडी पृष्ठभूमिका भएकाले उनलाई युथफोर्सको साटो लोकतान्त्रिक खेलाडी महासंघको अध्यक्ष बनाउने सम्भावना रहेको एमालेवृत्तमा चर्चा चलेको छ । सो संगठनको इन्चार्ज खेलकुद परिषदका पर्ूव सदस्य सचिव एबं वैकल्पिक केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ रहनेछन् । एमालेले अब युथफोर्सलाई अलग संगठनका रुपमा अगाडि बढाउने र हरेक जनवर्गीय संगठनहरुमा पनि युथफोर्स गठन गर्ने भएको छ । मजदुर संगठनमा मजदुर युथफोर्स, विद्यार्थीमा विद्यार्थी युथफोर्स, महिलामा महिला युथफोर्स, किसानमा किसान युथफोर्स गठन गरि देशव्यापी रुपमा लडाकु सन्जाल बनाइने भएको छ । यसअघि युवासंघको विभागका रुपमा रहेको युथफोर्सले देशव्यापी रुपमा माओवादीविरुद्ध लडाइ लडेर पार्टर्ीीक्तिलाई बचाए पनि आर्थिक मामिलामा विवाद आएकाले पार्टर्ीीे प्रत्यक्ष कमाण्डमा राख्न लागिएको एमालेका एक नेताले बताए ।
उता युथफोर्सलाई निस्त्रिmय पार्नमा युवासंघकै केही नेताहरुको हात रहेको बताउने युथफोर्स कमाण्डर महेश बस्नेत भने अब पुसमा हुने युवासंघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । हाल कोषाध्यक्ष रहेका बस्नेतले देशव्यापी रुपमा आफ्नो लोकप्रियता बढेपछि केही नेताहरु आत्तिएर युथफोर्स निष्त्रिmय पार्ने र आफूलाई जबर्जस्ती रुपमा केपी ओली कित्तामा धकेल्ने षडयन्त्रमा लागेको आरोप लगाउँदै आएका छन् । पुस ११ देखि १३ गतेसम्म सिरहाको लहानमा हुने युवासंघको राष्ट्रिय सम्मेलनमा इतिहासमै सम्भवतः पहिलो पटक निर्वाचन हुने सम्भावना बढेको छ । अध्यक्ष पदका लागि हालका महासचिव इन्द्रलाल सापकोटा र युथफोर्स कमाण्डर महेश बस्नेतले आन्तरिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष अजम्बर काङमाङ, उपाध्यक्ष गरिमा शाह र सचिव हस्त पण्डितले उमेरका कारण पनि युवासंघबाट बिदा लिने भएका छन् । युवासंघमा ४० वर्षन्दा माथिका नेताले बस्न नपाउने बैधानिक व्यवस्था रहेको छ । त्यस्तै श्रीप्रसाद साह पनि पार्टर्ीीेन्द्रीय सदस्यमा निर्वाचित भएकाले युवासंघबाट विदा लिने भएका छन् । हुन त वर्तमान महासचिव सापकोटा पनि उमेरका हिसाबले पुस १७ गतेपछि ४० वर्षपुग्नेछन् । तर त्यसभन्दा तीन दिनअघि नै युवासंघको राष्ट्रिय सम्मेलन सकिने भएकाले अध्यक्ष पदमा प्रत्याशी बन्नबाट बिधानले उनलाई रोक्नेछैन । तर उनका प्रतिस्पर्धीहरुले भने तीन दिनपछि ४० वर्षपुग्ने व्यक्तिले युवासंघको नेतृत्व गर्न नपाउने भन्दै यसअघिका महासचिव रविन्द्र अधिकारीलाई बिदा गरिएको नजिर अघि सारिरहेका छन् । सापकोटा पार्टर्ीीे संस्थापन पक्षका हार्डलाइनर हुन् भने बस्नेतको लाइन स्पष्ट भइनसकेको बताइएको छ ।
युवासंघको संस्थापन पक्षले भने महेश केपी ओली पक्षमा लागेको भनेर पार्टर्ीीे संस्थापन पक्षलाई जानकारी दिइरहेको छ । महेश आफैं भने अहिलेसम्म कतै खुलेका छैनन् । सापकोटा एमालेको बाग्लुङ जिल्ला कमिटी सचिव हुँदा हुँदै युवासंघका आएका थिए भने बस्नेतले युवासंघबाटै राजनीति अघि बढाएका हुन् । उनी २०५४ सालको स्थ्ाानीय निर्वाचनमा गुण्डु गाविसको अध्यक्षमा निर्वाचित भएदेखि नै चर्चामा थिए । उनी सो निर्वाचनमा देशभरीकै कान्छो गाविस अध्यक्ष थिए । युथफोर्स कमाण्डर भएपछि उनी देशव्यापी रुपमा चर्चामा आएका हुन् । हाल सापकोटा र बस्नेत दुवै जनाले आ आफ्नो टिम तयार पार्न थालेका छन् । सापकोटाको प्यानलबाट उपाध्यक्षमा हरि र्राई, महासचिवमा निरज आचार्य, सचिवमा चमिना भट्टर्राई र कोषाध्यक्षमा गोविन्द भट्टर्राईको नाम आएको छ । त्यस्तै महेश प्यानलबाट उपाध्यक्षमा ज्ञानकुमार श्रेष्ठ, महासचिवमा हिरा केसी, सचिवमा झपट रावल र कोषाध्यक्षमा बिमला खनालको नाम चर्चामा आएको छ । यद्यपि निरज आचार्य महेश प्यानलको पनि महासचिवका रुपमा चर्चा आएका छन् । निरज महेश प्यानलमा लागेमा हिरा केसी उपाध्यक्ष बन्नेछन् । तीनदेखि पाँच जना उपाध्यक्षको व्यवस्था हुन लागेकाले दुवै पक्षले पद बाँडेर हिंडेको टिप्पणी पनि गरिदैछ । उपाध्यक्षका लागि सत्यनारायण यादव, राजेन्द्रप्रसाद साहलगायतको नाम पनि सापकोटा प्यानलमा आएको छ । स्वयंभू डंगोलले पनि युथफोर्समा नपाए युवासंघको महासचिव लड्छु भनेर नौ जना केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राखिरहेका छन् । महेश बस्नेतलाई युथफोर्स र अनेरास्ववियुबाट आएकाहरुले दह्रो र्समर्थन गरेका छन् । यद्यपि दुवै पक्षलाई चुनावमा जान नदिई र्सवसम्मत गराउने प्रयास पनि भइरहेको छ । र्सवसम्मत भएमा कि त इन्द्रलाललाई अध्यक्ष र महेशलाई महासचिव बनाउने कि त इन्द्रलाललाई बिदा दिएर महेशलाई अध्यक्ष र निरज आचार्यलाई महासचिव बनाउने सम्भावना पनि रहेको छ । यद्यपि युवासंघमा अहिले दर्ुइ समूहका अलग अलग बैठकहरु चलिरहेका छन् । उता नेकपा एमालेको पोलिटव्युरो बैठकको लागि अर्को मुद्दा थपिएको छ । पार्टर्ीीत्रको विवादलाई लिएर संस्थापन पक्षलाई घेराबन्दीमा पार्न खोजिरहेको केपी ओली पक्षलाई अर्को मसला थपएकिो छ । पार्टर्ीीे बैठकमा औपचारिक छलफल नगरि जातिय राज्यको प्रस्ताव संविधानसभाको शासकीय स्वरुप समितिमा बुझाएकोमा ओली पक्षले आपत्ति जनाएको छ । माओवादीको फोटोकपीलाई एमालेको प्रस्ताव भनेर लगिएको भन्दै पोलिटव्युरोमा जमेर आलोचना गर्ने तयारी भइरहेको छ । मंसिर ८ गतेको सांघु साप्ताकिबाट

No comments: