Monday, November 16, 2009

माओवादीलाई पचेन रेखाको नाच


काठमाडौं । तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्नुपर्ूव दोस्रो चरणको आन्दोलनको कमी-कमजोरी, उतारचढाव, उपलब्धि र नोक्सानीको बारेमा मूल्यांकन गर्नुपर्ने तर्क माओवादीका कार्यकर्ताले अगाडि सारेका छन् । आन्दोलनको कार्यक्रम र्सार्वजनिक गरिसकेपछि घोषित कार्यक्रमबाट पछाडि हट्न नहुने तर्क माओवादी कार्यकर्ताले अगाडि सारेका छन् । दोस्रो चरणको घोषित कार्यक्रम कतिपय फिर्ता लिएका कारण कार्यकर्ताबीचमा पैदा भएको निराशतालाई ध्यानमा राख्दै आइन्दा घोषित कार्यक्रम फिर्ता कुनै हालतमा नलिन कार्यकर्ताले नेतृत्वसमक्ष सिकायत गरेका छन् ।
कार्यक्रम घोषणा गर्नुपर्ूव त्यसबाट पर्नसक्ने चौतर्फी असरलाई ध्यानमा राख्नुपर्ने, तर घोषित कार्यक्रम भने कुनै हालतमा फिर्ता लिन नहुने माओवादी कार्यकर्ताले नेतृत्वसमक्ष जानकारी गराएका छन् । संर्घष्ाको कार्यक्रमको नेतृत्व पार्टर्ीी शर्ीष्ा नेताहरुले लिनुलाई कार्यकर्तापंक्तिले प्रशंसा गरेको छ । तर, पार्टर्ीीध्यक्ष प्रचण्ड नै रेखा थापास"ग नाचेको कुरा भने स्वाभाविक रुपमा लिन नसकिने कार्यकर्ताले बताएका छन् । त्यस्तो कार्यले पार्टर्ीीेताको तौल घटाउने, आन्दोलनको महत्त्वलाई हल्का बनाउने काम गर्ने जिकिरसमेत माओवादी कार्यकर्ताले लिएका छन् । माओवादी नेतृत्वले तेस्रो चरणको आन्दोलनको कार्यक्रम र्सार्वजनिक गरेको छैन । तर, दोस्रो चरणको आन्दोलनको समाप्तिका दिन सहमति नभई तेस्रो चरणमा संर्घष्ाको अझ कडा कार्यक्रम र्सार्वजनिक गर्ने भनी सातदिने अल्टिमेटम दिएको थियो । -मंसिर १ गतेको सांघु साप्ताहिकबाट

No comments: