Sunday, April 17, 2011

सहमति बिना गृह माओवादीलाई नदिनेः खनाल


गुल्मी, प्रधानमन्त्री झलनाथ खनालले सहमति र छलफल बिना गृह मन्त्रालय माओवादीलाई नदिने बताएका छन् । उद्योग वाणिज्य संघको आयोजनामा आइतबारदेखि सुरु हुन लागेको गुल्मी महोत्सवको उदघाटनका लागि तम्घास आएका प्रधानमन्त्री खनालले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सबैसंग छलफल र सहमति पछि मात्र गृह मन्त्रालयका बिषयमा अगाडि बढने बताए ।
एमालेकै बरिष्ट नेता केपी ओलीले शनिबार काठमाडौंमा दिएको कारवाही र प्रधानमन्त्रीबाट फिर्ता ल्याउने भन्ने अभिव्यक्ति प्रति भने खनालले जनआन्दोलन २०६२/६३ ले दिएको अभिव्यक्ति स्वतन्त्रता भएको बताए । गृह मन्न्त्री नभएकै कारण मन्त्री माथि समेत आक्रमण भएको भन्ने पत्रकारहरुको जिज्ञासामा बढदो अराजताका कारण शान्ति सुरक्षामा प्रश्न उठेको र सरकार नियन्त्रणका लागि लागेको दावी गरे ।
पत्रकारहरुसंग प्रधानमन्त्री खनालले सरकार संचालनका लागि पार्टी भित्रैबाट र अन्य राजनीतिक दलहरुबाट सोझो र बाङ्गो दुवै ढंगबाट असहयोग भैरहेको बताए । तर, बाङ्गो ढंगको असहयोगका बारेमा भने केही खुलाउन चाहेनन् । नीजि हेलिकप्टर मार्फत तम्घास आएका झलनाथ खनाल प्रथम गुल्मी महोत्सवको उद्घाटन गरी आइतबारै काठमाडौं फर्कने कार्यक्रम छ ।
विहान साढे १० बजे तम्घास आएका प्रधानमन्त्री खनालले कार्यकर्ता, राजनीतिक दलहरुसंग भेटघाट गरी कार्यालय प्रमुखहरुलाई समेत जनताका कामकारबाही प्रति सरकारको प्रत्याभुत हुने गरी प्रस्तुत हुन निर्देशन समेत दिएका छन् ।

No comments: