Tuesday, April 19, 2011

ए लेभलमा आकर्षण बढ्यो



बूढानिलकण्ठ स्कुलले २७ वर्षअघि २७ जना विद्यार्थी लिएर 'ए लेभल' कक्षा सुरु गरेको थियो। यो इतिहास हो, अहिले करिब ५ हजार विद्यार्थी ए लेभलको कक्षा लिन्छन्। नेपालमा बस्ने विदेशी कूटनीतिज्ञका छोराछोरीका निम्ती भित्र्याइएको यो शिक्षा अहिले सहरिया नेपाली विद्यार्थीको पहुँचमा पुगेको छ।
बेलायतस्थित विश्वप्रसिद्ध क्याम्बि्रज विश्वविद्यालयको जेनरल सर्टिफिकेट अफ एजुकेसन -जिसिई) कार्यक्रमअन्तर्गत सञ्चालन हुने यो शैक्षिक कार्यक्रममा थुप्रै नेपाली विद्यार्थीले 'वल्र्ड टप' गरेका छन्। जसले 'नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा हासिल गर्न सकिन्छ' भन्ने कुरालाई बल पुर्‍याएको छ। नेपालमा ए लेभल शिक्षालाई अनुगमन गरिरहेको बि्रटिस काउन्सिलले जनाएअनुसार वि्रटिस काउन्सिलअन्तर्गत ए लेभलको शिक्षा उपलब्ध गराउने शिक्षण संस्थाको संख्या २८ पुगिसकेको छ। यो संख्या थपिने क्रममा छ। यसवाहेक क्याम्बि्रज युनिभर्सिटीसँग रजिस्टर्ड भएर स्वायत्त रूपमा चारवटा स्कुल द बि्रटिस स्कुल, बूढानीलकण्ठ स्कुल, काठमाडौं इन्टरनेसनल स्टडी सेन्टर तथा रातो बंगला स्कुल संचालित छन्। ए लेभल शिक्षामा नेपाली विद्यार्थीको आकर्षण मात्र बढेको छैन, नेपाली विद्यार्थीले उत्साहजनक नतिजासमेत निकाल्दै आएका छन्।
हालै मात्र काठमाडौं एकेडेमीका इंगरोज श्रेष्ठले ए लेभल परीक्षामा विश्व उत्कृष्ट नतिजा हासिल गरे। २०१० को सेसनको परीक्षामा उनले गणित विषयमा 'वल्र्ड टप' गरेका हुन्। त्यसैगरी ए एस लेभलको जुन सेसनमा रातो वंगला स्कुलकी व्यञ्जना थापा र नोभेम्बर सेसनमा सोहि विद्यालयकी सितास्मा नेपाल विश्व उत्कृष्ट नतिजा निकाल्न सफल भए। व्यञ्जना अंग्रेजी भाषा साहित्य र शीताष्मा जनरल पेपरमा सर्वोत्कृष्ट भएका हुन्।
ए लेभलमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यिनै विद्यार्थीहरूलाई हालै 'आउटस्टान्डिङ क्याम्बि्रज लर्निर एवाडर््स इन नेपाल-२०११' बाट सम्मानित गरियो। बि्रटिस काउन्सिल र क्याम्वि्रज विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा नेपाल टप गर्ने २६ विद्यार्थीलाई पनि सम्मान गरिएको थियो। यसवर्ष ३० जना विद्यार्थीले एक्सेप्सनल पर्फमेन्स इन क्याम्बि्रज इक्जामिनेसन एवार्ड प्राप्त गरे।
'ए लेभल शिक्षाप्रति नेपाली विद्यार्थीको चासो उत्साहप्रद रूपले बढ्दै गएको छ,' क्याम्बि्रज इन्टरनेसनल एक्जामिनेसन बोर्ड -सिआइई) का दक्षिण एसिया निर्देशक इयान च्याम्बरका अनुसार वर्षेनी ए लेभल अध्यापन गराउने शिक्षण संस्था र विद्यार्थीको चाप बढ्नुले पनि ए लेभल नेपालमा लोकपि्रय भैसकेको पुष्टि गर्छ। खासगरी सहरि क्षेत्रमा एसएलसीमा उत्कृष्ट अंक हासिल गरेर उत्तीर्ण हुने अधिकाशं विद्यार्थीको पहिलो रोजाइमा ए लेभल नै पर्ने गरेको छ। त्यस्तै न्यून आयका जेहेन्दार विद्यार्थीलाई ए लेभल रोज्न यहाँका शिक्षण संस्थाले दिने छात्रवृत्तिले लोभ्याउने ट्रेन्ड विकास भएको छ। यद्यपि महँगो यो शै क्षिक प्रणालीमा सबै नेपालीको पहुँच भने अझै असम्भव छ।
यहाँका कलेजलाई यो पाठ्यक्रमको सम्बन्धन दिन, अनुगमन गर्न तथा परीक्षा सञ्चालनका लागि क्याम्बि्रज विश्वविद्यालयले नेपालस्थित बि्रटिस काउन्सिललाई अधिकार प्रत्यायोजन गरेको छ। ए लेभललाई प्लस टु समकक्ष शिक्षा प्रणालीका रूपमा लान यो पाठ्यक्रम अध्यापनको अनुमति र अनुगमनमा नेपाल सरकारको शिक्षा मन्त्रालयले पनि काम गर्दै आएको छ। मन्त्रालयको उच्च शिक्षा महाशाखाले यो शिक्षा प्रणालीलाई प्रत्यक्ष अनुगमन गर्छ। काठमाडौं, पोखरा र विराटनगरका ३२ वटा कलेजले क्याम्बि्रज विश्वविद्यालयको सम्बन्धन तथा नेपाल सरकारको अनुमति लिएर ए लेभल शिक्षा सञ्चालन गरिरहेका छन् । यो संख्या बढ्दो क्रममा छ।
नेपालमा दुई दशक लामो इतिहास बनाएको ए लेभल शिक्षाले पछिल्लो समय मध्यमवर्गीय विद्यार्थीको 'स्वदेशमै अन्तर्राष्ट्रिय कोर्स गर्ने' चाहनालाई पूरा गरिदिएको छ । ए लेभललाई नेपालमा प्लस टु सरहको मान्यता दिइएको छ । त्यसैले एसएलसीपछि उच्च वर्गका विद्यार्थीहरू ए लेभलमा भर्ना हुने गरेका छन् । ए लेभल लहड मात्र नभएर व्यावहारिक एवं सिर्जनात्मक शिक्षाप्रतिको मोह भएको बताउँछन् विद्यार्थीहरू । विश्वका विद्यार्थीमाझ बौद्धिक प्रतिस्पर्धा गर्न पाइनु ए लेभलका विद्यार्थीका लागि चुनौती र अवसर दुवै हो । ए लेभल शिक्षा विश्वका १ सय ८० देशमा अध्यापन हुन्छ । ती सम्पूर्ण विद्यार्थीको प्रश्नपत्र एउटै हुने र परीक्षा पनि एकै समयमा हुन्छ । ए लेभलको अध्ययनपछि वैदेशिक शिक्षाको बाटो सहज बन्ने भएकाले पनि कतिपय विद्यार्थी त्यतातिर तानिएका पाइन्छन् । 'इकोनोमिस्ट बन्न विदेश जाने सोच बनाएको थिएँ,' जेभियर इन्टरनेसनलमा अध्ययनरत साजन ताम्राकार भन्छन्- 'त्यसैले ए लेभल पढ्ने निधो गरें ।' उनले इकोनोमिक्समा नेपाल टप गरेका छन्। 'अब विश्वको कुनै पनि कलेजमा अध्ययन गर्ने बाटो खुलेको छ', उनले गर्वका साथ भने ।
घोकन्ते एवं सैद्धान्तिक शिक्षामा आधारित हाम्रो पाठ्यक्रमको तुलनामा बढी व्यावहारिक र मौलिक हुने भएकाले पनि ए लेभलले जरा गाड्दै गएको शिक्षाविद्हरू बताउँछन् । आफूले चाहे छुट्टाछुट्टै विषयको परीक्षा दिन र नतिजा चित्त नबुझे पुन परीक्षा दिन पाइनु, समयसापेक्ष परिवर्तन हुने पाठ्यक्रम, ७० भन्दा बढी विषय, अध्ययन-अनुसन्धानमा जोड दिइने तथा वैदेशिक शिक्षाको अवसर ए लेभलका आकर्षक पक्ष हुन् । ए लेभलका लागि कलेजहरूले मासिक ५ हजारदेखि २० हजारसम्म शुल्क लिने गरेका छन् । यस्तै भर्नाबापत ५८ हजारदेखि ९६ हजार रुपैयाँसम्म लिने गरिएको छ । यसबाहेक परीक्षा शुल्क ३५ हजारभन्दा बढि लाग्छ। 'पाठ्यसामग्री र परीक्षाका लागि लाग्ने शुल्क महँगो भएकाले ए लेभलमा सबै विद्यार्थीको पहुँच पुग्दैन', बूढानीलकण्ठका नारायणप्रसाद शर्मा भन्छन् । ए-लेभलका सकारात्मक मात्र होईन् नकारात्मक पक्ष पनि उत्तिकै छन्। चाहेर पनि कम आय भएका विद्यार्थीले ए लेभल अध्ययन गर्न सक्दैनन् । पाठ्यसामग्री सहजै उपलब्ध नहुने र भए पनि निकै महँगो पर्ने गरेको छ । ए लेभलको पाठ्यक्रममा राम्रो नतिजा ल्याउने ध्याउन्नमा विद्यार्थीहरू वर्षौंसम्म अल्भिmइरहेका उदाहरण पनि त्यत्तिकै छन्। त्यसैले ए लेभल शिक्षा आफ्ना लागि उचित वा अनुचित के छ, राम्रो परामर्श लिएर मात्र अध्ययनको बाटोमा जानुपर्छ।

No comments: