Monday, April 18, 2011

मैदी गाउँको उर्दी 'एक घर एक चर्पी'


धादिङ,। समाजमा स्वास्थ्य र सरसफाइको अभावमा बढ्न सक्ने विभिन्न खाले सङ्क्रमण बढ्न नदिन र सिङ्गो गाविसलाई जिल्लाकै नमुना बनाउने लक्ष्यका साथ धादिङ जिल्लाको मैदी गाविसलाई खु्ला दिसामुक्त क्षेत्र बनाउन घरघरमा चर्पी निर्माण कार्य सुरु गरिएको छ ।
'एक घर एक चर्पी मैदी गाविसको उर्दी' भन्ने नाराका साथ सुरु गरिएको अभियानलाई सफल बनाउन जगतज्योति सामुदायिक विकास समाज -जेड्स-नेपाल), जिल्ला विकास समिति र मैदी गाविसको साझेदारीमा घरघरमा चर्पी निर्माण कार्य भइरहको छ ।
सिङ्गो गाविसलाई खुला दिसामुक्त क्षेत्र बनाउने लक्ष्यका साथ सुरु गरिएको चर्पी निर्माण अभियानका लागि जिल्ला विकास समिति धादिङले दुई लाख ५० हजार रुपियाा र मैदी गाविसलेे एक लाख रुपियाा नगद सहयोग गरेका छन् भने समाजिक परिचालन र जागरणको कार्य जगतज्योति सामुदायिक विकास समाज
-जेड्स-नेपाल) गरिरहेको छ ।
अभियानका क्रममा गरिब एवं विपन्न परिवारलाई चर्पी निर्माणको आवश्यक सामग्री दिएर सहयोग गरिएको र सोही क्रममा अहिलेसम्म मैदी गाविसको कोटथोक, सेखम, पिपलटार, इजारागाउा, बरामगाउा र छापथोकलगायतका बस्तीमा गरी दुई सय एक वटा चर्पीको निर्माण कार्य पूरा भइसकेको जेडस-नेपालका अध्यक्ष दुर्गानारायण श्रेष्ठले बताउनुभयो ।
चर्पी निर्माण गर्नुपर्छ भन्ने चेतना भएर पनि आर्थिक अभावका कारण चर्पीको निर्माण गर्न नसकिरहेका गरिब एवं विपन्न दलित र गैरदलितहरूलाई पनि आवश्यक सहयोग गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
घरमा चर्पी नभएका कारण खुला ठाउामा दिसा पिसाब गर्दा त्यसबाट गाउाघरमा फैलने दुर्गन्ध र विभिन्नखाले रोगव्याधीबाट हरेक वर्ष गाउावासीहरू बिरामी हुने गरेका कारण सिङ्गो गाविसलाई खुला दिसामुक्त क्षेत्र बनाउन सके रोगव्याधीबाट समुदायलाई बचाउन सक्नुका साथै गाउाघरको वातावरण पनि स्वस्थ रहने मैदी स्वास्थ्य चौकीका अहेव सुजन श्रेष्ठ बताउनुहुन्छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा मैदी गाविसका सबै गाउा टोलका प्रत्येक घरमा चर्पीको निर्माणकार्य सम्पन्न गरी मैदी गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिने मैदी गाविसका सचिव नारायण श्रेष्ठले बताउनुभयो ।

No comments: