Saturday, August 8, 2009

औद्योगिक संस्थानका मजदुरहरूले मान्छे चिनेरै काम गरेछन्


- चन्द्रबहादुर थापा -सागर) वाइसिएल उपत्यका इन्चार्ज एवं सभासद् एनेकपा माओवादी
० एकीकृत माओवादी सरकारबाट वाहिरिएपछि तपाइहरू चाहिं के गर्दै हुनुहुन्छ -
- हाम्रो पार्टर्ीीकीकृत माओवादी त्यसै सरकारबाट हटेको होइन । माओवादीको योजना सल्लाह र व्यापक छलफल पछि अध्यक्ष क. प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनु भएको हो । हामीले नेपालमा नया" किसिमको सूत्र प्रयोग गर्दै थियौं, संसारमा मुख्य गरेर रुस र चीनको इतिहास हर्ेर्ने हो भने र्सवहारा वर्गले राज्य सत्ता त्यतिबेला मात्रै लियो, जतिबेला सत्ताको विपक्षमा र्सवहारा वर्ग बसेको थियो । तर माओवादीले सरकारमै रहेर पनि र्सवहारावर्गको राज्यसत्ता स्थापना गर्न सकिन्छ कि भन्ने सोचमा हामी थियौं र सरकारमा बस्यौं, सरकारलाई प्रयोग गर्न खोजेका थियौं । तर त्यसरी र्सवहारावर्गको राज्यसत्ता स्थापना गर्ने हामीले सम्भव देखेनौं र सरकार छाड्यौं । त्यसै अनुरुप अहिले हामी हरेक दृष्टिकोणबाट प्रतिपक्षको भूमिकामा छौं । सदन सरकार र सडक तिनै स्थानमा नेकपा माअेावादी गतिलो प्रतिपक्षको भूमिकामा उभिएको छ ।
० विगतमा तपाइहरूको पार्टर्ीीत्तामा रहदा र अहिले प्रति पक्षमा रहदा वाइसिएलका विभिन्न गतिविधिहरू विवाद मुक्त छैनन् भनेर भन्ने गरिएको छ । तपाइ चाहिं कसरी लिनुहुन्छ -
- पहिलो कुरा मार्क्सले के भन्नु भएको छ भने जनवादी क्रान्ति, समाजवादी क्रान्ति र साम्यवादी क्रान्ति सम्पन्न गरिसकेपछि मात्रै मानव मानव बीचको अन्तर विरोध समाधान हुन्छ । र साम्यवादमा पुगिसकेपछि मात्रै मानव र प्रकृतिबीचको झगडा केन्द्रित हुन्छ । त्यसैले नेकपा माओवादी पनि मार्क्सको अनुयायी भएको कारण हामीले के बुझेका छौं भने अहिलेको राज्यसत्ता सञ्चालनको व्यवहारमा पूजीवादको उत्कृष्ट रुप छ तर हाम्रो अध्ययनमा चाहिं समाजवादी सोच छ । यो धरातलमा रहेर काम गर्दै जाने क्रममा झगडा हुने, झडप हुने आन्दोलन हुने वा विरोध हुने सामान्य कुराहरू हुन् । हामी सरकारमा छ"दा पनि विरोध हुन्छ, प्रतिपक्षमा रह"दा पनि विरोध हुन्छ । हामी जुनदिनसम्म हाम्रो कार्यदिशामा रणनीति, कार्यनीतिलाई आत्मसात गरेर निरन्तर अगाडि बढिरहन्छौं त्यो दिनसम्म हामी विरोध पनि खेपि रहन्छौं, आन्दोलन पनि गरिरहन्छौं । त्यो विज्ञानको नियम हो । त्यहा" के हुनसक्छ भने कसले कम र कसले बढी विरोधको सामना गर्ने मात्र हुन्छ । यति हु"दा हु"दै पनि वाइसिएलले प्रतिपक्षमा रहदा पनि बडो सुझबुझका साथ काम गरिरहेको छ । यदाकदा हुने विवादित विषय कुनै अनौठा जस्तो लाग्दैन ।
० केही दिन अघि वाइसीएलका कार्यकर्ताले वालाजु औंद्योगिक संस्थानका महाप्रवन्धकमाथि हात पात गरे । यसलाई कसरी लिनु हुन्छ -
- त्यस घटनालाई मैले राम्रो ढंगले लिएको छु । जसले जे गरे, ठिक गरे जे भएको छ, ठिक भएको छ । वालाजु औद्योगिक संस्थानका मजदुर साथीहरूले मान्छे चिनेरै काम गरे छन् । त्यसो गर्नु जरुरी थियो । जस्तो मैले भन्न खोजेको के हो भने वाहिरी हल्लामा सागर आफै सहभागी भएर उक्त घटना घटाएको भनेर प्रचार गरिएछ, त्यो चाहिं होइन । वाइसिएलकै सहभागितामा त्यस्तो घटना घटाइने थियो भने वाइसिएलको क्याम्प त्यहा"बाट हटाउने प्रकृया शुरु हुनेवित्तिकै हामी प्रतिरोध गर्ने थियौं । तर पछिल्लो समयमा महाप्रवन्धक माथि मजदुरले आक्रमण गरेको कुरा यस मानेमा ठिक छ कि, शासक वर्ग शासकीय प्रवृत्तिबाट ओतप्रोत भएको छ । शासकीय मनोवृत्तिबाट उन्मद भएको छ । ति मानिसहरूले आप\mनो हातमा कानुन लिएर र्सवहारा मजदुर वर्गमाथि थिचो मिचो गर्ने गर्दछन्, त्यही थिचो मिचोको प्रतिरोध मजदुरहरूले गरेका हुन् । त्यो एकदम सही छ । मजदुरहरू अन्याय विरुद्ध अदालत वा प्रशासनस"ग गएर वार्ता गर्न सक्दैनन् । उनीहरूस"ग एउटा मात्र विकल्प हुन्छ । दुइ हातमा नभएको शक्ति हुन्छ । त्यही शक्ति प्रयोग गर्ने हो । उनीहरूले त्यही शक्ति प्रयोग गरेर आफ्नो जीवन यापन गरिरहेका हुन्छन् र जीवन यापन गर्ने क्रममा जहा" अन्याय हुन्छ, त्यो अन्यायका विरुद्ध पनि त्यही शक्ति प्रयोग गर्दछ । बालाजुका मजदुरले पनि अन्यायका विरुद्ध हातको शक्ति प्रयोग गरेका छन् । र यसले के सन्देश दिन्छ भने कुनै पनि हाकिम, मालिक वा राज्यसत्ताको वागडोर आफ्नो हातमा लिएर बसेकाहरूलाई मजदुरहरूलाई कमजोर नठान, श्रमजीवि युवाहरूलाई कमजोर नठान, यदि कमजोर ठानेर हेप्न खोज्यौं भने, यदि कानुन आफ्नो हातमा छ भनेर मजदुरको विपक्षमा कानुन प्रयोग गर्न खोजियो भने त्यसको प्रतिरोध मजदुरले मुठ्ठीबाट दिन्छन् । यही सन्देश वालाजुका मजदुर साथीहरूले दिएका छन् । उहा"हरूलाई म धन्यवाद दिन चाहन्छु ।
० तपाइ त जिम्मेवारी राजनीतिक दलको सभासद पनि हुनुहुन्छ । के कानुन बनाउने निकायमा रहेका व्यक्तिले कसैमाथि भएको आक्रमणलाई सही भन्न मिल्छ -
- म सभासद मात्रै होइन वहालवाला मन्त्री भएको भए पनि मजदुरहरूले जे गरे सही काम गरे भनेर भन्ने थिए" । मजदुरहरूले अन्यायको विरुद्धमा आफ्नो हातमा भएको शक्ति प्रयोग गरेका छन् ।
० दश वर्षो जनयुद्ध कालमा अपनाइएको शैली अहिले आएर प्रयोग गर्न खोज्दा तपाइहरूलाई असर पुर्‍याउदैन र -
- न्याय खोज्ने युद्धकालमा मात्रै होइन । युद्धका धेरै रुपहरू हुन्छन् । संसारको लगभग ९५ प्रतिशत जति समय मानिसले युद्धमा खर्चिरहेको हुन्छ । त्यस्तै नेपालमा पनि अधिकांश समय जनताले युद्धमा खर्चिरहेका छन् । वर्ग वर्ग बीच लडाइ संर्घष्ा भइरहेका छन् । रुप मात्र फरक हो । र र्सवहारा वर्गले जहिले पनि प्रयोग गर्ने भनेको आफ्नै हातमा भएको शक्ति तर सत्तामा बसेकाहरूले श्रमजीवि वर्गलाई कानुनको नाम दिएर झ्यालखानामा कैद गर्ने नीति अवलम्बन गर्छन् । मजदुर त्यसको प्रतिरोध गर्छन् । इतिहास त्यसरी नै बनेको छ । चाहे जनयुद्धको कुरा होस्, चाहे शान्ति प्रकृयाको कुरा होस्, चाहे माओवादी सत्तामा गएको कुरा होस् । चाहे माओवादी विपक्षमा बसेको प्रसंग होस् वा वर्तमान अवस्थामा माओवादीको विकास गरेको कार्यनीतिको विषय होस् हामी जनतास"ग भएको शक्ति, मजदुर श्रमजीवि वर्गस"ग भएको शक्तिको आधारमा तथा कानुन, ऐन सत्ता वा संरुचना बन्ने हो ।
० बालाजु घटना एमाले विरुद्धको माओवादीको आक्रोश हो भन्ने हल्ला पनि आएको छ । के त्यो सत्य हो -
- त्यो पनि हुनसक्छ । मजदुर आक्रमणमा परेका गिरिराजमणि भण्डारी एमाले अञ्चल कमिटी सदस्य रहेको हल्ला पनि आएको छ । तिनै भण्डारीले महाप्रवन्धक हु"दा मैले चाहि सरकारको भन्दा पनि एमालेको नीति कार्यक्रम कार्यान्वयन गर्ने हो भन्दै बालाजु औद्योगिक संस्थान परिसरभित्र जग्गा दलाली गर्ने, औद्योगिक क्षेत्रभित्रको जग्गा एउटा व्यक्तिलाई दिएको छ, फेरि त्यो व्यक्तिको नाममा रहेको जग्गा खारेज गरेर अर्को व्यक्तिको नाममा नामसारी गर्ने र दुइचार करोड कमिशन खाने, यो खेलमा पनि भण्डारी लागिरहेको मजदुरले चाल पाए । त्यति मात्र होइन माओवादी निकट रहेका मजदुर, कर्मचारी लगायतलाई दोश्रो दर्जाको रुपमा लिने, सरुवा, घटुवा गर्ने, कृयाकलाप समेत भण्डारीले गरेका थिए । यसै भएर मैले मजदुरले उनीमाथि गरेको व्यवहार सही छ भनेको हु" । यसलाई एमाले विरुद्धको भनेपछि हुन्छ । सरकार विरुद्धको भने पनि हुन्छ । झलनाथ खनाल, केपी ओपी, माधव नेपाल विरुद्धको वा गिरिराज भण्डारीको विरुद्ध जस्को विरुद्ध भने पनि हुन्छ । तर हामीले महाप्रवन्धकले गरेको गलत प्रवृत्तिका विरुद्धको मजदुरको प्रहारको रुपमा हामीले लिएका छौं ।
० सवैभन्दा ठूलो राजनीतिक दल प्रमुख प्रतिपक्षमा रहेको बेला सत्ता पक्ष र प्रतिपक्षमा रहेका राजनीतिक दलबीच आरोप प्रत्यारोप अवस्था विद्यमान छ । त्यो अवस्था रही रहने हो । फरक फरक विचार लिएकाहरूबीच आक्रमण प्रत्याक्रमण रही रहने हो भने नया" संविधान निर्माणको बाटो कति सहज होला -
- तपाइले भन्नु भएको विषय एकदमै गम्भीर छ तर त्यो बाटो त्यति सहज छैन । संविधान बन्ने आधारहरूलाई कठपुतली सरकारले समाप्त गर्दै लगेको छ, कुल्चिरहेको छ, सवैभन्दा ठूलो राजनीतिक दलको विचारलाई वेवास्ता गरिदैछ । संविधान बन्नेमा आम जनतालाई त आश.का थियो नै तर मलाई पनि त्यस्तै अनुभूति हु"दै गएको छ । जो अहिले कठपुतली सरकारमा पुगेका पार्टर्ीीको हर्कत, विदेशी शक्तिहरूको चलखेल, सैन्य शक्तिको चलखेल र हावी हु"दै जानु संविधान नबन्ने बलिया आधारहरू हुन् । तपाइ हामी आम नेपाली जनता, र्सवहारा वर्ग र मुक्तिकामी जनताको पक्षमा निर्धारित मितिमै संविधान बनोस् भन्ने पक्षमा जुटिरहेका छों । संविधान निर्माणका लागि हामीस"ग भएको अन्तिम विचार अन्तिम शक्ति सवै लगाएर नेपाली जनताले खोजेजस्तो संविधान निर्माण होस् भन्नका लागि माओवादीले कुनै पनि कसरत बा"की राख्दैन ।
० संविधान निर्माण गर्न प्रमुख दायित्व सवैभन्दा ठूलो राजनीतिक दल माअेावादीको कि अन्य दलको -
- निश्चित रुपमा नया संविधान निर्माण गर्ने प्रमुख दायित्व नेकपा माअेावादीको हो । तर एकीकृत माओवादीको नया संविधान निर्माण नर्गका लागि मात्रै प्रमुख भूमिका हो । अरु हु"दैन भन्ने हिसावले बुझियो भने कुरा ब्रि्रन्छ । पहिलो कुरा संविधान कस्तो बन्छ र बनेको संविधान कार्यान्वयन हुन्छ कि हुन्न, स"गस"गै बुझ्न जरुरी छ । जनताद्वारा जितेर आएको पार्टर्ीीवपक्षमा बस्ने र जनताबाट पराजितहरूले सत्ता चलाउनेहरूले जस्तो संविधान बनाएपनि त्यसको अर्थ छैन । यदि जनताको पक्षमा संविधान लेख्ने हो भने जे संविधानमा लेखिन्छ, जुन आधारमा टेकेर ऐन कानुन बन्छ । त्यो कानुन आम जनताले पत्रपत्रिकामा रेडियो, टेलिभिजन मार्फ् होइन, आत्म अनुभूतिबाट थाहा पाउनु पर्‍यो । हाम्रो पक्षमा पनि संविधान बनेको रहेछ है, भनेर । तर एमाले, कांग्रेसले विदेशीहरूले इच्छाएको संविधान बनाउने षड्यन्त्रमा लागेका छन् । हामी त्यसको भण्डाफोर गर्र्छौं ।
० माओवादीले चाहेको संविधान चाहिं कस्तो -
- मैले अघि पनि भने नि शासकहरूको हितमा, विदेशी प्रभुहरूले चाहेको राष्ट्रघातीहरूले आफ्नो मुट्टीमा पार्न सक्ने संविधान नभइ श्रम जीवि नेपाली जनताको हित, मजदुर, किसानको पक्षमा राष्ट्रियता अखण्डता र र्सार्वभौमिकताको पक्षमा, संीवधान निर्माण होस् भन्ने माओवादीको धारणा हो । जुन व्यवहारिक पनि होस् ।
० एमाले कांग्रेस लगायतका दलले त माओवादीले आफ्नो पक्षमा रहेका जनतालाई मात्रै जनता ठान्ने गरेको छ भन्ने आरोप लगाएका छन् नि -
- त्यसो हो भने एमाले, कांग्रेसलाई र्समर्थन गर्ने मात्र जनता हुन् त दुइवटा पार्टर्ीीे संख्या जोड्दा पनि माओवादीको जति नपुग्नेहरूले गरेका यस्ता कर्ुतर्क हामीलाई स्वीकार्य छैन ।
० माओवादीले त केन्द्रीय समितिको निर्ण्र्ाामार्फ् संविधान निर्माण प्रकृयाभन्दा संर्घष्ालाई महत्वका साथ अघि बढाउने संकेत दिएको छ नि -
- हो हामी संर्घष्ाकै रुपमा छौं । हामीले उठाएको एजेण्डा माओवादी पार्टर्ीीे मात्र हितमा होइन । हामीले सैनिक सर्वोच्चताका विरुद्ध नागरिक सर्वोच्चता, विदेशी र कठपुतलीका विरुद्ध राष्ट्रवादीहरूबीचको एकता गरेर सरल ढंगबाट राष्ट्रियताको आन्दोलन अघि बढाउ"दै लैजाने निर्ण्र्ाालिएको हुनाले त्यसै अनुरुप हामी युवा पंक्ति पनि सकृय छौं । विगतमा कठपुतली सरकारले माओवादीस"ग गरेको सहमति र सम्झौतालाई कार्यान्वयन गर्ने तर्फकुनै पनि काम अघि नबढाएको हुनाले हामीले अब जनयुद्ध र जनआन्दोलनकेा उपलव्धिलाई संस्थागत गर्नका लागि भएपनि तेस्रो जनआन्दोलनको विकल्प हामीले देखेका छैनौं किन भने हिजो सामन्ती राज्यसत्ताको प्रतिक स्वरुप रहेको राजसंस्थाका विरुद्ध गरिएको आन्दोलन थियो । आन्दोलनले राजतन्त्र सदाका लागि उखेल्यो । तर अब हुने आन्दोलन राष्ट्रघाती विदेशी कठपुतली र सैन्य सर्वोच्चताका विरुद्ध राष्ट्रवादी र नागरिक सर्वोच्चता स्थापना गर्नका लागि हुनेछ । तेस्रो जनआन्दोलनको सुरुवाती स्वरुप व्यवस्थापिका संसद चल्न दिंदैनौं । त्यस्तै सडकमा आन्दोलनको आधीबेहरी सिर्जना गर्र्छौं । वाइसिएल लगायतका युवा वर्गहरूलाई नागरिक सर्वोच्चताको स्थापनाका लागि स्थानिय स्तरदेखि र्सवसाधारण जनतालाई जागरुक गराउन परिचालन गर्र्छौ ।
० सरकार विरुद्धको आन्दोलनलाई राज्यले दवाउदैन र †
- आन्दोलन हो । यदि हामीले गरेको आन्दोलनलाई सैन्य बलमा दमन गर्न खोजियो भने कठ पुतली सरकारका लागि त्यो भन्दा दर्ुभाग्य अरु केही पनि हुनेछैन ।
० माओवादीले त राष्ट्रिय सरकारको कुरा समेत अगाडि सारेको छ, नि -
- अहिले सरकारमा बसेका दलहरूको सद्वुद्धि आयो भने र निर्धारित मितिमा संविधान लेखेर जारी शान्ति प्रकृयालाई तार्किक निस्कर्षा पुर्‍याउने हो भने राष्ट्रिय सरकारको विकल्प छैन ।
० राष्ट्रवादीहरू बीचको एकता गर्ने प्रसंग चाहिं -
- हाम्रा ती नाराहरू हुन् । यसको अर्थ भनेको अब मुलुकको एउटा सानो झुण्डले मात्र नेतृत्व गर्न सक्दैन । आन्दोलन गर्न सक्दैन वा धेरै भन्दा धेरै जनसमुदायको समस्यालाई समाधान गर्न सक्दैन र राष्ट्रियताको संरक्षण गर्न सक्दैन भनेर नै हामीले राष्ट्रवादी गणतन्त्रवादी र देशभक्तहरूबीचको एकताको कुरा गरेका हौं ।
० मुलुकको वर्तमान अवस्थालाई तपाइले चाहिं कसरी लिनु भएकेा छ -
- अहिले मुलुक पुरै रुपमा तरल छ । त्यसलाई कसरी ठोस बनाउने भन्नेमा माओवादी कृयाशिल छ । मुलुकको नेतृत्व र पहलकदमी कसले गर्ने, राजनीतिक व्यवस्था कस्तो हुने कुनै स्थिर छैन तर अस्थिरतालाई स्थिरता बनाउने तर्फहामी दिन रात कृयाशिल छ । -मातृका दाहाल

No comments: