Sunday, August 9, 2009

देश मुठभेडतर्फउन्मुख


काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्व रहेको सरकार एकैसाथ अनेकथरी जटिलताहरूको दलदलमा भासिन पुगेकेा छ । हिन्दी भाषाको सपथ वारेको विवाद टंुग्याउन, राष्ट्रपति डा. रामवरण यादवबाट दिइएका निर्देशनलाई प्रधानमन्त्री नेपालले समयमै टुंग्याउन सकिरहेका छैनन् । संसदभित्र सवैभन्दा ठूलो दलको हैसियत राख्ने माअेावादीले संसद र सडक दुवैबाट संर्घष्ाको थालनी गरिदिएको छ । संयुक्त सरकारको सहयात्री प्रमुख घटक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सरकारको स्थायित्वप्रति रत्तिभर पहल गरिरहेका छैनन् । त्यसमाथि प्रधानमन्त्री नेपालको आफ्नै पार्टर्ीीमालेका अध्यक्ष झलनाथ खनालले समेत प्रभावशाली नेतृत्व मातहत नया" राष्ट्रिय सरकारको विकल्प नरहेको बताउन थालेका छन् ।
विकसित परिस्थितिले अहिलेको सरकारको आयु छोट्याउने काम गरिरहेको छ । उपराष्ट्रपति परमानन्द झालाई नेपालीमा पुनः सपथ खुवाउने तर्फप्रधानमन्त्री नेपालबाट प्रभावकारी भूमिका खेल्न सकिइरहेको छैन । सरकारमा रहेका मधेशवादी दलका नेता र मन्त्रीहरूले समेत उपराष्ट्रपति झालाई पुनः सपथको लागि वाध्य पारिएका सरकारबाट अलगिने चेतावनी दिइरहेका छन् । अस्तिसम्म पुनः सपथको पक्षमा रहेका उपप्रधानमन्त्री विजय गच्छेदारको समेत भाका फेरिएको छ । परिणामत, सर्वोच्चको आदेश कार्यान्वयन गराउन नसक्ने नीरिह प्रधानमन्त्रीको रुपमा माधवकुमार नेपालको नाम लिनेहरूले मौका पाएका छन् । माओवादीले प्रधानसेनापति प्रकरणमा नागरिक सर्वोच्चता धराशयी भएको आफ्नो हठ त्यागेको छैन । अहिलेको सरकारलाई ढालेपछि मात्रै नागरिक सर्वोच्चताको कायम गर्ने तर्फो पहल शुरु हुने निष्कर्शमा पुगेको माअेावादीले हिजैदेखि व्यवस्थापिका संसद अवरोधको थालनी गरेको छ । आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने योजना बनाएको माअेावादीका कार्यकर्ता हिजैदेखि सडक संर्घष्ामा परिचालित भएका छन् । यस क्रममा राष्ट्रपति डा. यादव र प्रधानमन्त्री नेपाललाई र्सार्वजनिक कार्यक्रममा भाग लिनबाट रोक्ने उद्घोष समेत माओवादीले गरिसकेको छ । सडक जाम वा वन्दलाई कुनै पनि हालतमा विफल पार्ने सरकारको निर्ण्र्ाााई माओवादीले चेतावनी दिएको घटनाक्रम आफैंमा सामान्य होइन । बल प्रयोग गर्दा जनधनको क्षति हुने तथा सडक अवरोध हटाउन नसक्दा सरकारको क्षमतामा थप प्रश्न चिन्ह उभिने दोहोरो चेपुवामा सरकार फसेको छ ।
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र माअेावादीका अध्यक्ष पुष्पकमल दाहालबीच पटक पटक भएका गोप्य वार्ताले प्रधानमन्त्री नेपाललाई अरु नराम्रोसित झस्क्याइदिएको छ । दाहालस"गको मन्त्रणापश्चात् कांग्रेसका नेताहरूले पनि यथाश्रि्र राष्ट्रिय सरकार वन्नेमा जोडदिन थालेका छन् । माओवादीलाई प्रतिपक्षमै राखेर बहुमतको आधारमा अघि बढ्ने नीतिको तर्जुमाकार कांग्रेसमा आएको परिवर्तनले राम्रो सन्देश दिएको छैन । कांग्रेसका शिखर नेताहरूस"गको लहरे भेटवार्ता पश्चात् माओवादीले एकाएक सडक र सदन संर्घष्ाको घोषणा गरेबाट र सदन संर्घष्ाको घोषणा गरेवाट प्रधानमन्त्री नेपाल र्सवाधिक चिन्तित भएका छन् । कांग्रेसस"गकै मिलिमतोमा माओवादी आन्दोलनमा उत्रिएको ठम्याइले प्रधानमन्त्री नेपाललाई उत्तिकै आक्रान्त तुल्याएको छ ।
केही दिनयता एमालेका अध्यक्ष झलनाथ खनालबाट सरकारको र्सवाधिक आलोचना हुन थालेको छ । प्रधानमन्त्री माधव नेपालकै कमजोरीले अहिलेको सरकारले राष्ट्रिय सरकारको आकार लिन नसकेको खनालले र्सार्वजनिक रुपमै दावी गर्ने गरेका छन् । माअेावादी, कांग्रेस र एमालेबीच नया" त्रिकोणात्मक समीकरणको आधारमा राष्ट्रिय सरकार गठन गरिनुको विकल्प नरहेको खनालको दावी थप रहस्यपर्ूण्ा भएको छ । माओवादीका शिखर नेताहरूस"गको श्रृंखलावद्ध भेटवार्ता पश्चात् आफ्नै पार्टर्ीी अध्यक्ष खनालको भाका फेरिएको घटनाक्रमलाई प्रधानमन्त्री नेपालले र्सवाधिक गम्भीर रुपमा लिएका छन् ।
रक्षामन्त्री विद्या भण्डारीद्वारा सम्पन्न भारत भ्रमणको मिशनले कुनै चमत्कारिक परिणाम दिन सकेको छैन । आफ्नो नेतृत्वको सरकारको स्थायित्वलाई लक्षित गरेर भारत पठाइएकी मन्त्री भण्डारीले गोली गठ्ठाको आश्वासन मात्रै ल्याएपछि प्रधानमन्त्री नेपाल निक्कै छटपटिएका छन् । आगामी भदौको २ गते आफै भारत गएपछि परिस्थिति सम्हाल्ने उनको योजना साकार हुन पनि सजिलो छैन । यसकारण कि अधिकांश भारतीयहरू नेपालको माओवादी सत्तामा रहेको देख्न चाहन्छन् । त्यसको लागि माधव नेपालको नेतृत्वको विकल्प अनिवार्य बनेका भारतीयहरूले नबुझेका छैनन् । विकसित परिस्थितिले अहिलेको सरकारको स्थायित्वमा अनेक आशंका उव्जाइ दिएको छ ।

No comments: