Sunday, August 2, 2009

माओवादीको एउटै प्रस्ताव कोइराला र खनाल


काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्व रहेको सरकारलाई एमालेकै संस्थापन पक्षले यथेष्ट सहयोग गरिरहेको छैन । सरकारमा संम्मिलित नेपाली कांग्रेसका नेताहरू पनि सरकारको कार्यशैलीबाट असन्तुष्ट हुन थालेका छन् । यसै बेला माअेावादीले आफ्नै नेतृत्वको राष्ट्रिय सरकार गठनको लागि निर्ण्ाायक जनव्रि्रोहको चेतावनी दिएको छ । विकसित परिस्थितिले हालको संयुक्त सरकारको स्थायित्वमा प्रश्न चिन्ह लगाइदिएको सचेत नेपालीहरूले महसुस गरिरहेका छन् । यतिसम्म कि प्रधानमन्त्री माधवकुमार नेपालबाट हुन लागेकेा भावी भारत भ्रमणलाई सरकार टिकाउने कडीको रुपमा अथ्याउन थालि सकिएको समेत छ । प्रधानमन्त्री नेपालको भावी भ्रमणका केही विवादास्पद सम्झौता हुने आशंका समेत गरिएका छन् । भारतबाट हतियार भित्र्याएर तथा सुपर्ुदगी जस्ता विवादास्पद सन्धिमार्फ् भारतको इच्छापर्ूर्ति गरिदिएर सरकार टिकाउने प्रयास हुन थालेको दावी माअेावादीका नेताहरूले गर्दै आएका छन् प्रधानमन्त्री नेपालबाट दिइएको स्पष्टिकरणले पनि माओवादीको चिन्तनमा परिवर्तन ल्याउन सकिरहेको छैन । उनीहरूले आशंका र दावी गरे अनुरुपनै प्रधानमन्त्री नेपालको भारत भ्रमण केन्द्रीत भएमा त्यो अको दर्ुभाग्य हुने निश्चित छ । माओवादीले यसैबेला जनव्रि्रोहको विकल्प प्रयोग गरेरै भएपनि आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गराइ छोड्ने चेतावनी दिएकेा छ । प्रधानमन्त्री नेपालको भारत भ्रमण सरकारको आयु लम्ब्याउने कारक बन्न सक्ने खतरालाई ध्यानमा राखेर नै माओवादीहरूले जनव्रि्रोहको चेतावनी दिएको बुझ्न यसैपनि कठिन छैन । माओवादीका शिर्षथ नेताहरूले नेपाली कांग्रेसस"ग हिमचिम अत्याधिक बढाएको पछिल्लो घटनाक्रमले पनि यस्तै संकेत गरेको छ ।
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ताको श्रृंखला निक्कै लम्बिएका छन् । उहा"हरू बीच छुट्टै भित्री सांठगांग भएको आशंका पनि अस्वभाविक छैन । यसकारण कि सभापति कोइराला र माओवादी नेताहरू बीच निरन्तर वार्ता हुन थालेयता कांग्रेसी जनहरूले समेत सरकारको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्न थालेका छन् । प्रधानमन्त्री नेपालबाट प्रशासनिक फा"टमा समेत एमालेकरण गर्न थालेको कांग्रेसका नेताहरूको पछिल्लो दावीले पनि कोइराला र दाहालबीच कुनै गोप्य सहमति भएको तर्फ संकेत गरेको छ ।
प्रधानमन्त्री नेपाल स्वयंले नै आफ्नै एमाले पार्टर्ीीट असहयोग भएको दुःखेसो र्सार्वजनिक गरिरहेका छन् । भएको पनि त्यस्तै नै छ । पार्टर्ीीध्यक्ष झलनाथ खनाल माधव नेपाल पछिको संयुक्त सरकारको नेतृत्वमा परोक्ष हकदावी गर्दैछन् । माओवादीलाई दिल्लीले अविश्वास गरेको अवस्थामा लाभ लिने खनालको रणनीतिक योजना रहेको धेरैले बुझेका छन् । संसदीय दलको वैठकमा सभासदहरूबाट प्रधानमन्त्री नेपालको चर्को विरोध त्यतिकै भएको होइन । वामपन्थी वाहुल संसदीय परिस्थितिको आकलन नगरेर कांग्रेसस"ग सहकार्यको गरिएकोप्रति बहुमत सभासदहरू रुष्ट भएका छन् । अध्यक्ष खनालकै इशारामा संसदीय दलको वैठकमा आफूले हुटिंगको सामना गर्नु परेको प्रधानमन्त्री नेपालको ठम्याइ छ । त्यहीकारण उनले एमालेबाट असहयोग भएको खुलासा गरेका छन् । सेना समायोजनको सवालमा उपप्रधानमन्त्री विजय गच्छदार र एमाले नेता केपी ओलीको स्वर त्यतिकै मिलेको छैन । एकथरी भारतीयहरूले राष्ट्रिय सेनाको बदला अरु नै सुरषाकार्यमा माओवादीका छापामारलाई व्यवस्थित गर्नु पर्ने सल्लाह दिएका छन् । त्यसैका आधारमा उपप्रधानमन्त्री गच्छेदार र केपी ओलीहरू चर्को रुपमा प्रस्तुत हुने गरेको आशंकालाई कमजोर मान्न पनि सकिदैन । ओली र गच्छदारहरूको यस अघिको चिन्तनले पनि यस किसिमको आशंकालाई बल दिइरहेको छ ।
माओवादीका नेताहरूले नेपाली कांग्रेसका सभापति कोइरालालाई राष्ट्रिय सरकारको नेतृत्व लिइदन आग्रह गरेको एक किसिमले जगजाहेर भइनै सकेको छ । त्यसप्रति कोइराला नरम बनेको नेपाली कांग्रेसकै केहीले चर्चा चलाएका छन् । माओवादीले आफ्नै नेतृत्वको राष्ट्रिय सरकार गठनका लागि जन व्रि्रोह गर्न सक्ने संभावनालाई रोक्ने उपाय कोइराला अघि र्सर्नु नै उत्तम हुने एकथरी कांग्रेसजनको तर्क सुन्न थालिएको छ । त्यसो त, माअेावादीले एमालेका अध्यक्ष झलनाथ खनालसंग पनि उत्तिकै सर्म्पर्क बढाएका छन् । भावी प्रधानमन्त्रीको रुपमा खनाललाई उत्तिकै आश्वासन माअेावादीहरूले दिएका छन् । परिणामत, खनालबाट वाम एकताको कुरा उठाउन थालिएको समेत छ । वामदेव गौतमहरू खनालको नेतृत्वमा माअेावादीसहितको राष्ट्रिय सरकार गठनको मिशनमा उत्तिकै जोड तोडले लागि परेका छन् । जनव्रि्रोहको झट्काबाट माधव नेपालको नेतृत्व रहेको सरकार ढल्ने संभावना न्यून देखेको माअेावादीबाट विचित्रकै गोटी चालिएको छ । तत्कालका लागि अहिलेको सरकार ढाल्ने सहजताको लागि माअेावादीका नेताहरूले नेपाली कांग्रेसका सभापति कोइराला र एमाले अध्यक्ष खनाललाई एकै प्रकृतिका पृथक प्रस्थाव राखेका हुन् । प्रधानमन्त्री नेपालको भावी दिल्ली यात्रा सरकार टिकाउन र्सार्थक हुनेमा र्सवत्र आशंका उव्जिएका छन् ।

No comments: