Sunday, August 16, 2009

पलङमा सुताएपछि नायिकाको बबाल


काठमाडौं । सागरसरि चोखो माया तिमीलाई दिऊ"ला भन्ने लोकप्रिय गीतस"गै एउटी सुन्दरीको अनुहार नेपाल चलचित्रप्रेमीहरूको दिमागमा झल्किन्छ । ती सुन्दरी नायिका हुन् चलचित्र सिलसिलाबाट उदाएकी सोनिया केसी । एउटै चलचित्रबाट चर्चामा पुगेकी नायिका सोनिया अहिले चलचित्र नपाएर पनि चर्चाको शिखरमा पुगेकी छिन् । चलचित्र क्षेत्रमा नायिका र निर्माताहरूस"गको अफेयर र यौन सम्बन्धका चर्चा कुनै नया" विषय होइनन् । निर्देशक र नायिकाहरूबीचका सम्बन्धले पनि खासै अर्थ राख्दैनन् । तर जब नायिका सोनियाले आफूमाथि बलात्कारको प्रयास भएको भनेर उजुरी दिइन्, त्यसपछि भने चलचित्र क्षेत्रमा केही दिन खैलाबैला नै मच्चियो । नायिका सोनिया केसीले आफूलाई निर्देशक सुरेशदर्पण पोखरेलले बलात्कार प्रयास गरेको भनेर अनामनगर प्रहरीमा उजुरी दिएपछि प्रहरीले पोखरेललाई पक्राउ गरेको थियो । तर पोखरेलले 'विगतमा सहमतिमै यौनसम्बन्ध भएको र पछिल्लो समयमा उनले आफू कार्यरत चलचित्रका गोप्य कुराहरू मेरा दुस्मन रोज राणालाई लगेर सुनाएकाले चलिचित्रबाट निकालेको झोक मात्र फेरेकी हुन्' भन्ने आशयको बयान दिएपछि नायिका केसी कालो-नीलो भएको प्रत्यक्षदर्शीहरूले बताए । शरीरमा कपडा नलगाई फोटो खिचेर चर्चामा आएकी ग्ल्यामरस नायिका सोनिया सिलसिलामा नायकस"ग टङकिस गरेर थप चर्चामा आएकी थिइन् भने पछिल्लो समयमा निर्माता एवं नायक रोज राणाको गर्लपmेन्ड बनेकी छिन् ।
सिलसिलामा राम्रो अभिनय गरेकी हुनाले रोज राणा आफ्नो दुस्मन भए पनि निर्देशक पोखरेलले सोनियालाई कसलाई दिऊ" यो जोबन नामक चलचित्रमा काम गर्ने मौका दिएका थिए । तर सोनियाले चलचित्र युनियनका गोप्य कुराहरू लगेर रोजलाई सुनाउने तथा रोजस"गका मोजमस्तीमा सुटिङलाई नै बेवास्ता गर्न थालेपछि अनुशासन भंग गरेको भन्दै पोखरेलले सो चलचित्रबाट उनलाई निकालेका थिए । सो कुरा बाहिर आएपछि सोनियाले विभिन्न ठाउ"मा गएर सुरेशदर्पणले आफूलाई यौनसम्बन्ध राख्ने प्रस्ताव गरेको तर आफूले नमानेपछि यौन दर्ुर्व्यवहार गर्दै फिल्मबाट निकालेको आरोप लगाएकी थिइन् । त्यतिमात्र होइन, सोनियाले आफूलाई सुरेशले बूढानीलकण्ठमा बोलाएर ड्रेस चेन्ज गर्ने बहानामा पलङमा सुताएको भन्दै प्रहरीमा उजुरी दिएपछि सुरेशले एक टेलिभिजन अन्तर्वार्तामा 'यदि मैले उनलाई यौन दर्ुर्व्यवहार गरेको हो भने प्रहरीमा उजुरी गर्न गए हुन्छ' भनेका थिए । सोही आधारमा सोनियाले यौन दर्ुर्व्यवहार भएको २५ दिनपछि मात्र प्रहरीमा उजुरी हाले पनि पछि सुरेशदर्पणका पक्षधर केही चलचित्र पत्रकारहरूले प्रहरी चौकीमै गएर 'सुत्ने बेलामा रोज राणा र सुरेशदर्पणस"ग पालो गरी-गरी सुत्ने, अहिले आएर निर्देशकलाई मात्रै फसाउने -' भन्दै होहल्ला गरेपछि मिलापत्रमा यौनशोषणाको केस टुंगिएको चर्चा चलचित्र क्षेत्रमा चलेको छ । हुन त, चलचित्र क्षेत्रमा नायिका र निर्माता/निर्देशकहरूबीचको यौनसम्बन्ध खासै समाचारको विषय बन्दैन । दीपक श्रेष्ठ र युना उप्रेतीको कुरा होस् वा शोभित बस्नेत र रेजिना उप्रेतीको खुला यौनसम्बन्धको कुरा होस् अथवा नरेश पौडेल र अरुणिमा लम्सालकै कुरा किन नहोस्, यी सबै कुरालाई सो क्षेत्रका मानिसले पचाइसकेका छन् । यौनसम्बन्धविना बा"च्नै सक्दिन" भनेर र्सार्वजनिक रुपमै भन्ने रेजिना उप्रेती र रोज राणा गुन्डागर्दीको आरोपमा प्रहरी खोरमा परेपछि अर्धपागल बनेकी सोनिया केसीबीच कुनै भिन्नता नरहेको चलचित्र पत्रकारहरू बताउ"छन् । केही समयअघि ममता प्रधान नामकी नायिकाले आफूलाई यौनसम्बन्धको प्रस्ताव राखेको खुलासा गरेर चर्चामा आएजस्तै सोनियाले पनि विगतमा सहमतिमा भएका सम्बन्धलाई अहिले आएर यौनशोषण भनेर चर्चामा आउन खोजेको आरोप पनि उनका आलोचकहरूले लगाएका छन् । यदि सा"च्चिकै यौन दर्ुर्व्यवहार गरिएको हो भने उनले कानुनअनुसार कारबाही गराउने बाटो किन त्यागिन् भन्ने प्रश्न उठेको छ । -२०६६ भदौ १ गतेको सांघु साप्ताहिकबाट

No comments: