Friday, August 14, 2009

एमालेमा खनाल र ओलीको जुहारी

काठमाडौं । आठौं महाधिवेशन सम्पन्न भएको ६ महिना नपुग्दै एमाले फुटको संघारमा पुगेको छ । अध्यक्ष झलनाथ खनाल सहितको संस्थापन पक्षको ज्यादती विरोधी केपी ओली पक्षधरहरूले प्रतिवादको रणनीति अख्तियार गरेका छन् । परिणामतः काठमाडौंमा दुइ समानान्तर जिल्ला कमिटी सञ्चालनको अवस्था पैदा भएको छ । अध्यक्ष खनालको निर्देशनमा गरिएको पर्ुनर्गठनलाई ओली पक्षधरहरूले ठाडै अस्वीकार गरिदिएका छन् ।
काठमाडौं जिल्ला कमिटीका सचिव रामेश्वर फुयाल एमालेका केन्द्रीय सदस्य पनि हुन् । उनको नेतृत्व रहेको जिल्ला कमिटीले आगामी पुसमा जिल्ला अधिवेशनको निर्ण्र्ाागरि नै सकेको छ । अघिल्लो अधिवेशनको मापदण्डमा फुयालको नेतृत्व रहेको कमिटीको वैद्यता आगामी माघसम्म बा"की नै छ । यसैबेला उपत्यका समन्वय कमिटी मार्फ् काठमाडौं जिल्ला कमिटी भंग गरी ७३ सदस्यीय तदर्थ कमिटी बनाइनु आफैंमा कम रहस्यात्मक मानिएको छैन । ओली पक्षधरहरूको नव्वे प्रतिशत कव्जामा रहेको उक्त कमिटी विघटन पश्चात् संस्थापन पक्षको पहु"च ७० प्रतिशत पुर्‍याइएको छ । यसलाई ओली पक्षधरहरूले पार्टर्ीी र्सवत्र एकल कव्जा जमाउने खनाल पक्षको गम्भीर षड्यन्त्रको रुपमा लिएका छन् ।
महोत्तरी लगायतका मध्य तराइका प्रायः सवै जिल्ला कमिटीहरू विघटनको जातोमा पिसिने भएका छन् । ओली पक्षको वाहुल्य रहेको क्षेत्रलाई आफ्नो कव्जामा लिन खनाल पक्षले अवैध ढंगले विघटनको अस्त्र चलाएको ओली पक्षको ठहर छ । भक्तपुर र ललितपुर जिल्ला कमिटीले पनि काठमाडौंकै नियति भोग्ने भएका छन् । अधिवेशनको म्याद छ"दै विघटनको जा"तोमा पिसिन थालेका सवै जिल्ला कमिटीमा ओली पक्षको बलियो पकड रहदै आएको छ । पर्ुनर्गठन मार्फ् जिल्ला कमिटी सवै क्याप्चर गरेर ओली पक्षलाई निस्तेज पार्ने तर्फअग्रसर संस्थापन पक्षले प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत ओलीस"गै एक्ल्याउने चाल चलेकेा छ ।
उपत्यका समन्वय कमिटीका संयोजक राजेन्द्र श्रेष्ठ र सहसंयोजक योगेश भट्टर्राई केन्द्रीय गुटवन्दीमा खनाल पक्षधर केन्द्रीय सदस्यहरू हुन् । वैधानिक हदम्याद रहेकै अवस्थामा काठमाडौं लगायतका केही जिल्ला कमिटीहरू भंग भएको घटनाक्रमले राम्रो सन्देश दिइरहेको छैन । ओली स्वयंले फुयाललाई अघि सारेर समानान्तर जिल्ला कमिटी चलाएपछि उत्पन्न असहजतालाई सामान्य मान्न मिल्दैन । ओलीले संस्थापन पक्षले पार्टर्ीी निरंकुशता लादेको दावी सहित केन्द्रीय कमिटीको वैठकमा ववण्डर मच्चाउने भएका छन् ।
आठौं महाधिवेशनको म्याण्डेट विपरित संस्थापन पक्षले विधान छपाएर वितरण गरेको मुद्दाले आगामी वैठकमा र्सवाधिक विवाद जन्माउने भएको छ । केपी ओलीले म्याण्डेट विपरितको विधान खारेजीको माग सहित विधानको सम्पर्ूण्ा खाका वैठकमा प्रस्तुत गर्ने भएका छन् । निर्वाचित जिल्ला कमिटी भंग गरिएका विरुद्ध केन्द्रमा हालिएका उजुरीमाथि कुनै कारवाहीको गुन्जायस छैन । नेता ओलीबाट प्रतिवाद गरिए लगत्तै अध्यक्ष खनालले सवै जिल्ला कमिटी भंग गर्ने उद्घोष गरेका छन् । काठमाडौं जिल्ला कमिटीमा भएको समानान्तर कार्यालय सञ्चालनको अभ्यासलाई निस्तेज पार्न खनालबाट दिइएको पछिल्लो चेतावनी अरु गम्भीर प्रकृतिको छ । विकसित घटनाक्रमले एमाले फुटको संघारतर्फअघि बढ्ेको तर्फसंकेत गरेको छ ।

No comments: