Thursday, September 23, 2010

जङ्गबहादुरको पुनःमूल्याङ्कन हुनर्ुपर्छ

काठमाडांै । संशोधनमण्डल स्थापना भई पहिलो इतिहास संशोधन प्रकाशन भएको यही असोज ५ गते ५९ वर्षपुग्दैछ । इतिहासमा प्रकाशनमा नआएका र कतिपय विवादित विषयको निरुपण गरी त्यसको प्रामाणिकताका आधारमा संशोधनमण्डलले आफ्ना कृति प्रकाशन गर्ने गरेको छ । विसं २००९ मा पहिलो इतिहास संशोधन प्रकाशन भएकामा विसं २०१८ देखि भने संशोधनमण्डलको नामबाट काम भएको थियो । ज्योतिषी प्रा नयराज पन्तको पहलमा स्थापना भएको संशोधनमण्डलले गुरुकुल पद्धतिद्वारा अध्ययन अध्यापनको काम गर्थ्याे, जहा“ नेपाली, संस्कृत र गणितको पढाइ हुन्थ्यो । संशोधनमण्डलमा किशोरदेखि नोकरी गर्नेसम्म पनि अध्ययन गर्थे । तिनमा महेशराज पन्त, दिनेशराज पन्त, रामजी तिवारी, देवीप्रसाद भण्डारी, शङ्करमान राजवंशी, भोलानाथ पौडेल, गौतमबज्र बज्राचार्य, नयनाथ पौडेल आदि सो पद्धतिका विद्यार्थी थिए । दौरा सुरुवाल लगाएर हा मी नया“ सडकको ढोकानिर इतिहासका पुस्तक, पुस्तिका र पर्चा हातमा लिएर कराउ“दै पैदलयात्रीको ध्यानाकर्षा गर्थ्याैं, प्रकाशनहरू बेच्थ्यौ“- इतिहासकार दिनेशराज बताउनुहुन्छ । संशोधनमण्डलले हालसम्म इतिहासप्रधान पत्रिका पूणिर्माका १३२ अङ्क, अभिलेख सङ्ग्रह -१-१२ भाग) र इतिहास संशोधनका ४३ कृति प्रकाशन गरिसकेको छ । ती कृतिमा ऐतिहासिक पत्र सङ्ग्रह -भाग १ र २), त्रिरत्न सौर्न्दर्यगाथा, पृथ्वीनारायण शाहको उपदेश -एकदेखि पा“च खण्ड), धादिङमा फेला परेका नेपाली कविता, सङ्क्षिप्त वंशावली, विद्वत्शिरोमणि हेमराजले गरेको अनुसन्धान, श्री ३ वीरशम्शेरको जीवन चरित्र, नेपालको सङ्क्षिप्त इतिहास, प्राचीन र नवीन गणितको तुलना आदि छन् । संशोधनमण्डले रुद्रराज पाण्डे, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, र्सर्ूयविक्रम ज्ञवाली, केशरबहादुर खत्री इतिहासका विद्वान्स“ग इतिहासका कतिपय तथ्यतथ्याङ्कमा बहस गरी चर्चामा आएको थियो । त्यतिबेलाका विद्वान्लाई संशोधनमण्डल आतङ्कजस्तै थियो, दिनेशराज भन्नुहुन्छ- उनीहरू आफू लुकेर बसी अर्काका नाममा लेख लेखेर हामीस“ग विवाद गर्ने कोसिस गर्थे । गौतमबुद्ध, पृथ्वीनारायण शाह, जङ्गबहादुर राणाको पुनःमूल्याङ्कन तथा तिनका बारेमा सत्यतथ्य बाहिर आउनर्ुपर्नेमा दिनेशराज जोड दिनुहुन्छ । संशोधनमण्डलले यही असोज ५ गते नेपाल कला परिषद् -आर्ट काउन्सिल) मा बिहानदेखि सा“झसम्म आफ्ना प्रकाशन छुटमा बिक्री गर्दैछ ।

No comments: