Thursday, September 16, 2010

सुजाता र खुमबहादुर दुइतिर वांडिएपछि पौडेल र गोपालमान सशंकित

काठमाडौं । अन्ततः कार्यवाहक सभापति सुशिल कोइरालाले समेत वाह्रौ महाधिवेशनमा 'प्यानल सहित' चुनाव लड्ने भएका छन् । उनको समूहबाट महामन्त्री पदमा प्रकाशमान सिंहलाई र कोषाध्यषमा प्रभुनारायण चौधरीलाई प्रस्तुत गरिएको छ । सुशिलको समूहगत चुनावी घोषणास“गै महामन्त्री पदका दावेदार रहेका अर्जुन नरसिंह केसी, सुजाता कोइराला, डा. रामशरण महत तथा कृष्ण सिटौला केन्द्रीय सदस्यमा मात्रै चुनाव लड्न वाध्य भएका छन् । सभापति पदका प्रत्याशी शेरबहादुर देउवाले एकसाता अघिनै विमलेन्द्र निधिलाई महामन्त्री तथा चित्रलेखा यादवलाई कोषाध्यक्ष पदको उम्मेद्वार घोषित गरेका थिए । खुमबहादुर खड्का देउवाको पथमा खुलेपछिको पर्रि्रेक्षमा घोषित सो समूहकै प्यानलकै चुनाव लड्ने नीतिले आफूलाई पनि प्यानल बनाउन वाध्य बनाएको सभापतिका अर्का प्रत्यासी सुशिल कोइरालाले स्पष्टिकरण दिइरहेका छन् । भीमबहादुर तामाङको समूहले महामन्त्रीमा नरहरि आचार्यलाई अघिसारेको भएपनि कोषाध्यक्षमा कसैलाई लडाएको छैन । सो समूहमा सुप्रभा घिमिरे, गगन थापालगायतकाहरूको सहभागिता रहेको भएपनि मुख्यतया देउवा र सुशिलवीचमै प्रतिस्पर्धात्मक टक्कर पर्ने विश्वास गरिएको छ । छुट्टै समूहका रुपमा रह“दै आएका केवी गुरुङ, गोविन्दराज जोशी, विनयध्वज चन्द, चिरञ्जीवि वाग्ले, तारानाथ रानाभाट आदिले सुशिल समूहलाई सघाउने भएका छन् । यतिसम्मकि पहिले प्रजातान्त्रिक कांग्रेसमा रहेका डा. नारायण खड्का, बलबहादुर केसी, दीपकुमार उपाध्याय लगायतका धेरैले सुशिल समूहलाई साथ दिएका छन् । सो समूहबाट महामन्त्री पदमा उम्मेद्वार रहेका प्रकाशमान सिंह स्वयं नै पनि पहिले प्रजातान्त्रिक कांग्रेसका खम्बा रहिसकेका नेता हुन् । अधिकांश जिल्लामा पकड भएकी सुजाताले महामन्त्री पदको उम्मेद्वारी त्यागेपछि सुशिल पक्षको स्थिति एकाएक मजबुत भएको कांग्रेसीजनले महसुस गरेका छन् । तर, उनलाई उपसभापति मनोनयन गर्ने तथा मनोनित महामन्त्रीको कोटामा केवी गुरुङलाई लिने र्सतमा सुजातालाई मनाइएको चर्चाले सुशिल वृत्तमा अनेक आशंका उव्जाइएको छ । उपसभापति पक्का ठानेका रामचन्द्र पौडेल तथा मनोनित महामन्त्री पदको आशामा रहेका केसी, महत र सिटौलाहरू झस्किएका छन् । खुमबहादुर खड्कालाई उपसभापति मनोनयन गरिने आशंकाले देउवा खेमाका गोपालमान झस्किएका छन् ।

No comments: