Monday, September 20, 2010

अखिलको सम्मेलनमा एमाले नेता विभाजित

काठमाडौं । अनेरास्ववियुको २० आंै राष्ट्रिय सम्मेलन नजिकिदै जा“दा नेकपा एमालेका शर्ीष्ा नेताहरूलाई पनि अखिलको सम्मेलनले तताएको छ । आज असोज ४ गतेबाट शुरु हुने पोलिटव्युरो बैठकमा अखिलको सम्मेलन एजेण्डाकै रुपमा प्रवेश हुने एमाले सम्बद्ध स्रोतले जनाएको छ । प्रधानन्त्री माधवकुमार नेपालले समेत अखिलको सम्मेलनमा के हु“दैछ भनेर सोधीखोजी गर्न थालेपछि एमाले पंक्तिमा अखिल सम्मेलनको चर्चा बढेको हो । असोज १५ देखि जनकपुरमा शुरु हुने सम्मेलनका लागि करीव दर्ुइ हजार प्रतिनिधि छनोट भइसकेका छन् । सीटीइभीटी र नेपाल संस्कृत विश्वविद्यालय बाहेक अन्यत्रबाट प्रतिनिधि छनोट भइसकेका छन् । अखिलका प्रतिनिधिहरू यसपटक तलैदेखि दर्ुइ गुटमा विभाजित भएर निर्वाचनबाटै आएकाले भावी नेतृत्वको सामान्य आंकलन पनि शुरु भइसकेको छ । पार्टर्ीीे संस्थापन पक्ष, विशेषत अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम पक्षले आफ्नो उम्मेदवारका रुपमा वर्तमान उपाध्यक्ष शोभियत ढकाललाई अघि सारेपछि प्रधानमन्त्री एवं पार्टर्ीी वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली पक्षले वर्तमान महासचिव माधव ढुंगेललाई अध्यक्षमा र्समर्थन गर्ने भएको छ ।
 महासचिवर् इश्वर पोखरेल अहिलेसम्म कुनै पनि पक्षमा खुलेका छैनन् । महासचिव पोखरेल विगतदेखिको कामको निरन्तरता र क्षमताका आधारमा माधव ढुंगेलनै अध्यक्ष बनुन् भन्ने चाहन्छन् तर उनले आफू निकटस्थहरूसंग भने पार्टर्ीी महासचिव भएका कारण स्वस्थ प्रतिस्पर्धाको चाहना रहेको र दुवै उम्मेवार आफ्ना लागि बराबरी हुन् भनेका छन् । अध्यक्ष झलनाथ खनालले जनकपुर अन्चल संयोजक एबं पोलिटव्युरो सदस्य रामचन्द्र झालाई सम्मेलन जनकपुरमै हुने भएकाले पार्टर्ीीे आधिकारिक लाइन बोक्ने व्यक्तिलाई जिताउने भूमिका खेल्न निर्देशन दिएको चर्चा एमाले वृत्तमा चलेको छ भने यो खबर फैलिएपछि जनकपुरकै प्रभावशाली एमाले नेता रघुवीर महासेठ र योगनारायण यादव माधव ढुंगेलको पक्षमा उभिएका छन् । झा निकटका एमाले नेताहरू सत्रुघन महतो र श्रीप्रसाद साहको सहानुभूति पनि ढुंगेलले पाएको चर्चा जनकपुरमा चलेको छ । यसका साथै व्यक्तिगत रुपमा माधव ढुंगेललाई मन पराउने र विगतमा साथ दिंदै आएका पार्टर्ीींस्थापन पक्षका नेता, कार्यकर्ताहरूलाई पनि शोभियतको पक्षमा लाग्न उर्दी जारी भएको चर्चा चलेपछि एमालेका नेताहरू माधव र शोभियतको पक्षमा धु्रविकरण भएका छन् । अखिलमा जिल्ला अध्यक्ष, अन्चल अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव र महासचिवसम्म निरन्तर जित्दै आएका कारण पनि ढुंगेल शोभियत ढकालभन्दा व्यक्तिगत मतमा धेरै अगाडि रहेको चर्चा चलेको छ ।
 ढकाल यसअघि रामकुमारी झा“क्रीले अध्यक्ष जित्दा गोकुल र्घर्ती र माधव ढुंगेल प्यानलबाट उपाध्यक्ष जितेका कारण पनि उनलाई संस्थापन पक्षका कार्यकर्ताहरूले पर्ूण्ा रुपमा विश्वास गर्न सकेका छैनन । उनीमाथि पदका लागिमात्र संस्थापन पक्ष सामु र्समर्पण गरेको आरोपमात्र लागेको छैन, पृथ्वीनारायण क्याम्पस पोखराको सभापति हु“दाको बेरुजु अझै फछ्र्यौट नगरेको भन्दै हालका सभापति रश्मी आचार्यले उनको नैतिकतामाथि प्रश्न उठाएका छन् । तर पार्टर्ीीे संस्थापन पक्षले ढुंगेल विरुद्ध शोभियतलाई खडा गरेपछि शोभियतलाई मन नपराउने संस्थ्ाापन पक्षका नेताहरू बिलखबन्दमा परेका छन् । केही दिनअघिसम्म पार्टर्ीी जुन लाइन भए पनि अखिलमा चाहिं माधव ढुंगेलनै आउनर्ुपर्छ भन्ने नेताहरू समेत अध्यक्षको निर्देशनपछि चुपचाप लाग्न थालेको बताइन्छ ।
उता प्रधानन्त्री नेपाल र नेता ओली पक्षले माधव ढुंगेलको प्यानललाई अखिलमा जिताउन केन्द्रीय कमाण्डनै गठन गरेको छ । सो कमाण्डमा पार्टर्ीी केन्द्रीय सदस्य एबं पर्ूव महासचिव भानुभक्त ढकाल, जगन्नाथ खतिवडा, गोकुल र्घर्ती, कर्ण्र्ााादुर थापा, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टर्राई, पर्ूवअध्यक्ष हिक्मत कार्की, राजेन्द्र र्राई र एमालेका काभ्रे जिल्ला अध्यक्ष गोकुल बास्कोटा रहेको कुरा अखिल सूत्र बताउँछ । यो कमाण्डले माधव ढुंगेलको प्यानल तयार पार्ने, सम्मेलनमा संस्थापन पक्षबाट हुनसक्ने दबाब, हस्तक्षेप र मनपरी रोक्ने लगायतका सबै काम गर्ने अधिकार प्राप्त कमाण्ड रहेको बताइएको छ ।
संस्थापन पक्षले औपचारिक रुपमा कमाण्ड बनाइ नसके पनि पर्ूव अध्यक्ष एवं केन्द्रीय सदस्य योगेश भट्टर्राई, ठाकुर गैरे, रविन्द्र अधिकारी, रुपनारायण श्रेष्ठ, वर्तमान अध्यक्ष रामकुमारी झा“क्री लगायतको टिमलाई परिचालन गरेको बताइएको छ । संस्थापन पक्षबाट अध्यक्षमा शोभियत ढकाललाई उठाउने तय भएपनि अन्य पदाधिकारीका लागि विवाद उत्पन्न भएको छ । महासचिवमा वर्तमान संगठन विभाग प्रमुख लक्ष्मण लम्साल सशक्त दावेदार हुन् । माधव ढुंगेल पक्षका महासचिव वर्तमान सचिव किशोर विक्रम मल्ललाई चुनौती दिन सक्षम रहेका लम्साललाई पाखा लगाएर कोषाध्यक्षमै असफल भएका नरवहादुर धामीलाई महासचिव उठाउन खोजिएपछि लम्साल पक्षधर विद्यार्थीहरूले विरोध गरेका छन् । महासचिवकै दावी गरिरहेकी नविना लामालाई उपाध्यक्ष उठाउने तयारी संस्थापन पक्षले गरेको छ । हाल अखिलको विधानमा एक जना उपाध्यक्षको व्यवस्था रहेकोमा त्यसलाई बढाएर दर्ुइ बनाइने भएको छ । ढुंगेल पक्षले उपाध्यक्षमा नवराज पौडेल, बचन सिंह र रमेश मध्येबाट उठाउने सम्भावना छ भने सचिवमा रचना खड्का, भीम र्राई, पदम गिरी, सरोज यादवमध्येबाट छानिने छन् । पदाधिकारीको संख्या बढेमा संस्थापन पक्षलाई उम्मेदवारी मिलाउन सजिलो हुने भएकाले उपाध्यक्षको संख्या बढाउने कसरत भइरहेको बताइन्छ ।
यसपटक सचिवालय सदस्यको संख्या पनि २७ बाट बढाएर ४१ पुर्‍याउने तयारी भइरहेको छ । खुल्ला प्रतिस्पर्धाबाट सचिवालय सदस्यका लागि उषाकिरण तिमल्सिना, शारदा राउत, पुरुषोत्तम कडरिया, महेश वर्तौला, राधिका खतिवडा, राजकुमार र्राई, अनिल रिजाल, विष्णुहरि पाण्डे, थोमस बास्तोला, ऐन महर, शैलेस लामा, जीवन र्राई, नारायणी देवकोटा लगायतले दावी गरेका छन् ।

No comments: