Saturday, September 25, 2010

नर्सिङ शिक्षाप्रति आकषिर्त हुँदै युवतीहरू


-दीपक अधिकारी, (anjansmriti@gmail.com)
प्रवेशिका परिक्षाको नतिजापछि छात्रछात्राहरूको गन्तव्य विभिन्न विषयमा हुने गरेको छ । छात्राहरूको रोजाइको पहिलो गन्तव्य बनेको छ स्टाफ नर्स । कुनै समय छोरी ब्रि्रे नर्स, छोरा ब्रि्रे कमर्स भन्ने उखान अहिले हावामा परिणत भएको छ । नेपालमा हाल २४ जिल्लामा नर्सिङ कलेज संचालनमा रहेको र ती कलेजहरूमा प्रवीणता प्रमाणपत तह र विएसी र विएन पढाइ हुदै आएको छ । तीन वर्षप्रविणता प्रमाणपत्र तह सकेका स्टाफ नर्सहरूले व्याचलर नर्सिङ गर्न पाउछन् भने प्रमाणपत्र तहमा विज्ञान विषय लिएर अध्ययन गरेका छात्राहरूले पनि बिएससी नर्सिङ गर्न पाउछन् । हाल नर्सिङ अध्ययनको चापको कारण सीटीइभिटीका ८८ कलेज सीमित हुन पुगेका छन् । नर्सिङ काउन्सिलका अनुसार गतवर्षदशौं हजारले आवेदन दिएकोमा ४ हजार छात्राले भर्ना पाएका थिए । त्यो संख्या अहिले बढ्दो छ । विद्यार्थीको चापलाई मध्यनजर राख्दै कलेजको संख्या बढाउने तयारीमा रहेको काउन्सिलले जनाएको छ । राजधानीका महाराजगञ्ज शिक्षण अस्पताल, वीर अस्पताल, ओम नर्सिङ होम, विएण्डवी, नर्भिक अस्पताल, काठमाडौं मोडल कलेजलगायतले संचालन गरेका कलेजहरूमा विद्यार्थीको अत्याधिक रोजाइ बन्ने गरेको छ । स्वदेशमा रोजगारको ग्यारेन्टी नभएपनि विदेशमा अवसर प्राप्त हुने भएको हुदा विदेश जान सक्ने पहुच भएका उच्च घरानियाका छोरीहरू यसप्रति बढी आकषिर्त भएको पाइन्छ । सरकारले तीन वर्ष नर्सिङलाई प्रमाणपत्र तहको मान्यता दिएको छ । जुन सरकारी सेवामा सुव्वा सरहको पद हो । प्रमाणपत्र नर्सिङ अध्ययनमा ३ देखि ५ लाख रूपैयासम्म खर्च हुने गर्दछ । एक शैक्षिक सत्रको लागि एउटा कलेजले ४० जना भर्ना लिन पाउने प्रावधान रहेको छ । डेढ दशक अघिसम्म त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा मात्र पढाइ हुने नर्सिङ अहिले सिटीभिटीबाट सम्बन्धन लिएका दर्जनौं शैक्षिक संस्थाले अध्यापन गराइरहेका छन् ।
सिटीइभिटीअर्न्तर्गतका कलेजहरूमा स्टाफ नर्स अध्ययनका लागि प्रवेश परीक्षा दिन एसएलसीमा ४५ प्रतिशत ल्याएको हुनर्ुपर्छ । जसका लागि भदौमा प्रवेश परिक्षा लिइन्छ । त्यसको लागि राजधानीमा अहिले विद्यार्थी विभिन्न इन्स्िटच्यूटहरूमा धाइरहेको देखिन्छ । राजधानीलगायत अन्य शहरहरूमा नर्सिङ प्रवेश परिक्षा तयारीका लागि सञ्चालित इन्स्िटच्यूटहरूमा देखिने छात्राहरूको उल्लेख्य भिडले नर्सिङप्रतिको मोहलाई प्रष्ट्याउँछ । एसएलसीमा राम्रो अंक ल्याएर उत्तर्ीण्ापछि नर्सिङलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको पाइएको छ । स्टाफ नर्स नै किन - मनमोहन कलेजमा अध्ययनरत सुदिपा पाण्डे भन्छिन्-'यहाँमात्र होइन विदेशमा समेत रोजगारको राम्रो अवसर छ । पेशागत रूपले सेवामुलक कार्य भएको र सुरक्षित करियरका रूपमा विकास भएकाले यसतर्फआकषिर्त भएको हु“ ।' सिटिइभिटीको प्रवेश परिक्षामा गणित ३५, साइन्स ३५, अंग्रेजी ३० अंक गरेर १ सय पूर्ण्ााङ्क प्रश्न सोधिन्छ । सिटिइभिटीमा असारको तेस्रो साता आवेदन लिइन्छ भने साउनको दोस्रो साता परिक्षाको लागि तयारी हुदैछ । सिटिइभिटीबाट सम्बन्ध प्राप्त ८८ वटा कलेजले स्टाफ नर्स कार्यक्रम चलाएका छन् । एसएलसी उत्तर्ीण्ाहरूले विभिन्न स्थानका लागि एकै वर्षा ५ पटक प्रवेश परिक्षा दिन सक्छन् ।
नेपालमा मेडिकल प्रशिक्षित मानिसको माग युरोप, अमेरिका, जर्मनी, अष्ट्रेलियालगायतका देशमा बढ्दै गएको छ । सवैभन्दा बढी माग नर्सहरूकै छ । प्रत्येक वर्षअमेरिकामा मात्र ६ हजार नर्सको माग हुने गरेको एक तथ्यांकले बताएको छ । विदेशमा प्राप्त अवसरका कारण नेपालमा नर्सहरूका लागि अवसर नै छैन भन्ने अर्थ लाग्दैन । हरेक वर्षउत्पादन हुने नर्सको ठूलो संख्या स्वदेशमै पनि खपत हुने गरेको छ । उनीहरूले पढाइ र कामलाई संगै अघि बढाउदै लगेका पनि हुन्छन् । एकातर्फनेपालमै सरकारी तथा निजी चिकित्सालयको संख्या बढ्दै जानु र अर्कातर्फविदेश जान भिसा प्रकृयाका लागि पनि नर्सिङ अध्ययनको पृष्ठभूमि सहज माध्यम बन्नुले स्टाफ नर्सप्रतिको आकर्षा बढेको हो । प्राविधिक शिक्षाको सूचिमा स्टाफ नर्स रोजगारमुखी र सजिलो पेशा भएकाले आकर्षा बढ्दो क्रममा रहेको नेपाल नर्सिङ काउन्सिलको भनाइ छ । अन्तर्रर्ााट्रय स्तरका परिक्षण प्रवेश परिक्षा उत्तर्ीण्ा गरेको खण्डमा विदेशीने नर्सहरूले काम पाउन सजिलो हुने गरेको छ । खास गरेर विदेशमा उनीहरूले नर्स तथा होमनर्सको रूपमा काम गर्ने गरेको पाइन्छ ।
सिटिइभिटी तथा त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रम एकै प्रकारको रहेको छ । जसमा प्रथम वर्षा आधारभूत नर्सिङ, कम्युनिटी इन्टिग्रेटेड साइन्स, होम भिजिटिङ, दोस्रो वर्षा मिडवाइफरी, ए, बी, सी, नेपाल परिचय, बिहेवियर साइन्स, नर्सिङ केयर अफ चिल्ड्रेन र तेस्रो वर्षा नर्सिङ केयर अफ एडल्ट, लिडरसिप एन्ड म्यानेजमेन्ट लगायतका विषय अध्ययन गर्नुपर्छ । तीन वर्षा पूरा गर्न सकिने प्रमाणपत्र तहको नर्सिङ विषयका लागि सेमेस्टर प्रणाली लागू गरिएको छैन, वाषिर्क परिक्षा प्रणाली नै लागू छ । स्टाफ नर्सबाट करियर शुरु गर्ने विद्यार्थीले स्नातक नर्सिङ-विएन गर्न पाउँछन् । ब्याचलर नर्सिङका लागि त्रिविवि, काठमाडौं, पोखरा र पर्ूवाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरूले अध्ययन गराउदै आएका छन् । सीटीइभीटिले यस तहको लागि सम्बन्धन दिएको छैन । विएस्सी नर्सिङ गर्नेलाई केही वाध्यता छन् । शुरुमा जीव विज्ञान लिएर प्लस टु उच्च अंक सहित पास गरेको हुनुपर्ने र एउटा शिक्षण संस्थाले २० जना मात्रै भर्ना लिन पाउने भएका कारण २० जनाको कोटामा नाम निकाल्न सजिलो छैन । चर्को शुल्कका कारण नाम निकाल्ने जो कोहीले पढ्ने आँट गर्न सक्दैन । व्याचलर नर्सिङका लागि निजी खर्चमा ५ देखि ७ लाख रूपैया खर्च हुने गरेको महाराजगञ्ज नर्सिङ क्याम्पसकि प्राध्यापिका अनिता श्रेष्ठ बताउछिन् । केहीले प्रतिस्पर्धाको आधारमा छात्रवृत्ति पनि पाउने गरेका छन् । स्नाकोत्तर तहमा १८ जना मात्र भर्ना लिन पाउने प्रावधान रहेको छ । त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमा पढाइ हुने गरेको भएपनि अन्य विश्वविद्यालयबाट सम्बन्धन लिएका अध्ययन संस्थाले पनि स्नातक तहको पढाइ संचालनको तयारीमा रहेका छन् । ६ वर्षचिकित्साशास्त्र अध्ययन गरेको विद्यार्थी राजपत्रांकित श्रेणीको काम पाउछ, तर बिएस्सी नर्सिङ गरेका विद्यार्थीलाई भने त्यो सुविधा छैन । क्याम्पसले विएस्सी नर्सिङ गरेका जनशक्तिका लागि अनुकुल हुने पद सिर्जना गर्न डिन कार्यालयमा सिफारिस गरेको तर डिनले अनुमोदनका लागि विश्वविद्यालयमा पुर्‍याए पनि त्यसको सुनुवाइ भएको छैन ।
नर्सिङको अध्ययनमा त्रिभुवन विश्वविद्यालय अर्न्तर्गतका कलेजमा तीन वर्षसमय अवधिको वढीमा १ लाख रूपैया खर्च हुन्छ । सिटिइभिटीअर्न्तर्गत कलेजहरूमा तीनदेखि चार लाखसम्म खर्च हुन्छ । त्रिभुवन विश्वविद्यालय अर्न्तर्गतका नर्सिङ क्याम्पसहरू छात्राहरूले प्रतिमहिना २ सय रूपैया छात्रवृत्तिस्वरूप पाउँछन् । नेपाल नर्सिङ परिषद्का अनुसार २०६७ असार १४ सम्ममा १३ हजार ८ सय ६२ जना जना स्टाफ नर्स, १५ हजार ४ सय २८ जना अनमी, ६ सय २६ फरेन नर्स गरी कूल २९९१६ जना कार्यरत रहेको बताएको छ । परिषद्मा दर्ता भएका नर्सहरूमध्ये करिव ११५ जना केटा नर्सहरू छन् भने अन्य सवै महिला छन् । नेपालमा नर्सहरू वाषिर्क झण्डै तीन हजारभन्दा बढीको संख्यामा उत्पादन हुने गरेको छ । यो संख्या अहिले बढ्दै गएको छ । हाल नेपालको सरकारी सेवातर्फबढीमा चार हजार नर्स कार्यरत भएको अनुमान गरिएको छ । निजी क्षेत्रमा अस्पताल र अन्य निकायमा भने बढीमा ६ हजार नर्स कार्यरत भएको अनुमान छ । त्रिभुवन विश्व वद्यालयको एक अध्ययनले नेपालबाट बीएसस्सी नर्सिङ गर्नेको ५० प्रतिशतको हाराहारीमा बाहिरी मुलुकमा कामका लागि जाने गरेको पाइन्छ । त्यस्तै स्नातकोत्तर नर्सिङ गर्नेहरू भने सवै पारिवारिक कारणले मुलुकमा नै बस्ने गरेको देखिन्छ । स्टाफ नर्स भइसकेकाहरूमध्ये पनि झण्डै ३० प्रतिशतको हाराहारीमा बाहिरी मुलुकमा जाने गरेको एक तथ्यांकले देखाएको छ ।
सीटीइभिटी आफैले पाल्पाको तानसेनमा नर्सिङ कलेज सञ्चालनमा ल्याएको छ भने अन्य कलेजहरू निजी क्षेत्रबाट सञ्चालित हुन् । तानसेनस्थित कलेजबाट स्टाफ नर्स अध्ययन गर्दा एक विद्यार्थीले तीन वर्षा झण्डै डेढ लाख रूपैया खर्च व्यहोर्नुपर्छ । जुन अरु कलेजहरूको तुलनामा सस्तो हो ।  हालसम्म त्रिभुवन विश्वविद्यालयले नेपालमा प्रवीणता प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्मको नर्सिङ विषय अध्यन अध्यापन गराउने एक मात्र निकायको रूपमा पहिचान बनाएको छ । विश्वविद्यालयले महाराजगञ्ज नर्सिङ क्याम्पसका साथै थप ६ वटा क्याम्पसलाई नर्सिङ विषय पढाउनका लागि सम्बन्धन प्रदान गरेको छ । विश्वविद्यालयको नर्सिङ अध्ययन अध्यापनका लागि पीसीएल नर्सिङदेखि स्नातकोत्तर तहसम्मको पाठ्यक्रम निर्माण गरेर पठन पाठनका लागि अनुमति दिंदै आएको छ । यसअर्न्तर्गत दुइ वर्षो व्याचलर इन नर्सिङ-पीवीवीएन, चार वर्षो बिएस्सी नर्सिङ, मार्स्र्टस इन नर्सिङ-एमएन र तीन वर्षो स्टाफ नर्सहरू पर्दछन् । देशकै पुरानो विश्वविद्यालय महाराजगञ्ज नर्सिङ क्याम्पसले पहिलो व्याजमा २० जनालाई उत्तर्ीण्ा गराएको छ । विश्वविद्यायले पढाइ शुरु गरेपनि उत्पादित जनशक्ति उपयोग गर्न सकेको छैन । बिएस्सी नर्सिङ पढाइपछि अनुकूल कार्यक्षेत्रको अभाव रहे पनि अध्यापन गर्न चाहेमा देशभरका झण्डै १०० कलेजमा अध्यापन गर्न सक्छन् ।
स्टाफ नर्स भएपछि कमसेकम तीन वर्षो अनुभपछि मात्र नर्सिङ स्नातक बिएन नर्सिङ गर्न सकिन्छ, तर सिटिइभिटीका कलेजहरूमा एक वर्षो अनुभवपछि भर्ना आवेदन दिन सकिन्छ । महाराजगञ्ज नर्सिङ कलेज, ललितपुर नर्सिङ क्याम्पस, पाटन नर्सिङ क्याम्पस, तथा स्तुपा नर्सिङ क्याम्पसले वीएन कोर्स उपलव्ध गराउँदै आएका छन् भने त्रिभुवन विश्वविद्यालय अर्न्तर्गतका १० वटा वीएसी नर्सिङ कलेज सञ्चालित छन् । त्रिभुवन विश्वविद्यालयमा वीएन कोर्स ३ वर्षो तथा पर्ूवाञ्चल विश्वविद्यालयमा २ वर्षो छ । नेपालमा सन् १९७७ सालदेखि महाराजगञ्ज नर्सिङ क्याम्पसमा वीएन नर्सिङको अध्यापन हुन थालेको हो । यस्तै स्नातकोत्तरको कोर्स सन् १९९५ देखि सञ्चालन हुन थालेको हो । नेपालमा एकेडेमीक तह एवं व्यवसायिक तालिमकेन्द्रहबाट उत्पादन हुने नर्सिङका विद्यार्थीहरूले एलोप्याथिक उपचार पद्धतिवारे मात्र ज्ञान लिने गरेका छन्, जसले गर्दा पछिल्लो समयमा खुलेका प्राकृतिक उपचार केन्द्र एवं अस्पतालहरूमा उनीहरूलाई काम पाउन गाह्रो भएको छ । विश्वमा उपचारका विभिन्न पद्धति एवं विधिहरू प्रचलनमा छन् । एलोप्याथिक, होमियोप्याथी, नेचुरोपेथी, अकुपञ्चरलगायतक उपचारका थुप्रै विधि छन् । नेपालमा नर्सिङ अध्ययनमा एलोप्याथिसम्बन्धी ज्ञान मात्र दिइन्छ । अब एलोप्याथिक उपचार पद्धति सिकेर मात्र दक्ष नर्स बन्न सकिने अवस्था छैन- मोडल अस्पतालमा कार्यरत नर्स, विनिता दाहाल बताउँछिन् । नेपालमै पहिलोपटक बाँसवारीस्थित वेलनेस अस्पतालले होलस्टिक नर्सिङको कोर्स शुरु भएको छ, जसले सम्पर्ूण्ा उपचार विधिका सम्बन्धमा सामान्य ज्ञान दिनेछ । विश्वका अन्य मुलुकमा होलस्टेकि नर्सिङमा छुट्टै कोर्स तथा व्यवसायिक तालिम केन्द्रबाट समेत ज्ञान हासिल गर्न सकिन्छ । नेपालमा भने अहिले तीन महिने तालिम सञ्चालन गरिएको छ । जुन तालिम पूरा गर्नका लागि २० हजार रूपैया लाग्छ ।
होलेस्टिक नर्सिङमा आयर्ुर्वेदिक, अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापी, नेचुरोपेथी, होमियोपेथी, योग आदि विधिको जानकारी दिइन्छ । एलोप्याथिक मात्र नभएर अन्य सवै किसिमका उपचार पद्धतिका सम्बन्धमा जानकारी पाइने होलस्टिक नर्सिङका लागि तालिम लिइसकेपछि रोजगारीको बाटो खुकुलो हुने सम्बन्धित विज्ञहरू बताउँछन् । प्राकृतिक विविधताले सम्पन्न र जडिबुटीकोसहज उपलव्धताले गर्दा यस्तो उपचार विधि नेपालमा फस्टाउदै गएको बताइन्छ । विदेशका वृद्धाश्रममा नर्सिङ सेवा दिइरहेकाहरूलाई हालेस्टिक नर्सिङको ज्ञान अनिवार्य नै हुने गरेको छ । त्यसैले नर्सिङ क्षेत्रमा काम गर्न गएका युवतीहरूले विदेशमा होलेस्टिक नर्सिङको कोर्स गर्नुपर्ने वाध्यता हुन्छ । नेपालमा नर्सिङ शिक्षाको पठन पाठन त्रि्र रूपमा भए पनि यसको गुणस्तर कायम गर्ने विषय अहिलेको मुख्य चुनौतिको रूपमा लिइएको छ । नर्सिङलगायतका प्राविधिक विषय अध्यापन गर्ने शैक्षिक संस्था एक सयको हाराहारीमा रहेका तर अभ्यास गर्नका लागि सुविधासम्पन्न अस्पतालको सख्ंया एक दर्जनभन्दा बढी नहुदा गुणस्तर कायम गर्ने कुरा निकै चुनौतिपर्ूण्ा भएको सम्वद्ध क्षेत्रका व्यक्तिहरूले बताएका छन् । नर्सिङ विषयको अध्ययन गर्ने विद्यार्थीले अस्पतालमा गएर अभ्यास गर्नुकासाथै गाउका स्वास्थ्यकेन्द्रमा गएर स्वास्थ्य शिविर सञ्चालन समेत गर्नुपर्ने प्रावधान छ । सामान्य चिकित्साका साथै, बाल, सुत्केरी गराउने, मानसिक अस्पतालमा पनि उनीहरूको प्रयोगात्मक कक्षा हुने गरेको छ । सम्मानित पेशाको रुपमा विकसित हुँदै गएका कारण युवतीहरु बढी आकषिर्त हुँदै गएको पाइन्छ ।
स्टाफ नर्स अध्यापन हुने ८८ कलेजहरू
१. पिपुल्स इन्स्िटच्यूट इटहरी, सुनसरी
२. बंगलामुखी इन्स्िटच्यूट इटहरी, सुनसरी
३. बिपी कोइराला अध्ययन प्रतिष्ठान धरान, सुनसरी
४. युनिक एकेडेमी राजविराज, सप्तरी
५. छिन्नमस्ता एकेडेमी, राजविराज सप्तरी
६. विराट कलेज विराटनगर, मोरङ
७. ट्रेनिङ सेन्टर, जहडा, मोरङ
८. विराटनगर क्याम्पस विराटनगर, मोरङ
९. नारायणी मेडिकल हेटौडा, मकवानपुर
१० मदन एकेडेमी  भद्रपुर, झापा
११. लाइफ लाइन अस्पताल दमक, झापा
१२. आम्दा अस्पताल दमक, झापा
१३ लहान एकेडेमी  लहान सिराहा
१४ मेडिकल इन्स्िटच्यूट  लहान, सिराहा
१५ सर्ुर्खेत एकेडेमी सर्ुर्खेत
१६ देवदह कलेज,  रूपन्देही
१७ लुम्बिनी नसिङ होम बुटवल, लुम्बीनी
१८ अक्सब्रिज कलेज  मणिग्राम, रूपन्देही
१९ सामुदायिक इन्स्िटच्यूट  रूपन्देही, रूपन्देही
२० सञ्जीवनी कलेज  बुटवल, रूपन्देही
२१ देउराली जनता शिक्षालय  बुटवल, रूपन्देही
२२ मायादेवी इन्स्िटच्यूट  बुटवल, रूपन्देही
२३ एडभान्स स्टडिज  भैरहवा, रूपन्देही
२४ नेपालगञ्ज क्याम्पस  कोहलपुर, बाके
२५ मध्यपश्चिम शिक्षालय  नेपालगञ्ज, बाके
२६ वेष्र्टन अस्पताल  नेपालगञ्ज, बाके
२७ भेरी कलेज नेपालगञ्ज, बाके
२८ नेपालगञ्ज क्याम्पस  नेपालगञ्ज, बाके
२९ धवलागिरी एकेडेमी  बाग्लुङ
३० च्छोरोल्पा अस्पताल  चरिकोट, दोलखा
३१ दीपज्योति क्याम्पस  घोराही, दाङ
३२ श्रद्धा क्याम्पस  मध्यपुर, भक्तपुर
३३ खोप कलेज  च्याम्हासिंह भक्तपुर
३४ चक्रवती एकेडेमी मध्यपुर, भक्तपुर
३५ एनपीसी कलेज कौशलटार, भक्तपुर
३६ कालिका मेडिकल  गैडाकोट, नवलपरासी
३७ नेशनल कलेज  वीरगञ्ज, पर्सर्ाा३८ हिमाल इन्स्िटच्यूट  वीरगन्ज पर्सर्ाा३९ वीरगन्ज क्याम्पस  वीरगन्ज
४० तानसेन नर्सिङ स्कुल  तानसेन पाल्पा
४१ लुम्बिनी कलेज  तानसेन पाल्पा
४२ इन्स्िटच्यूट अफ मेडिकल भरतपुर, चितवन
४३ बालकुमारी कलेज नारायणगढ, चितवन
४४ कलेज अफ मेडिकल भरतपुर, चितवन
४५ चितवन फाउन्डेसन भरतपुर चितवन
४६ नारायणी अस्पताल भरतपुर चितवन
४७ आशा अस्पताल भरतपुर चितवन
४८ बोस्टन एकेडेमी  भरतपुर, चितवन
४९ न्यू वेष्टन कलेज  भरतपुर, चितवन
५० हिमालयन एजुकेशन  ग्वार्को, ललितपुर
५१ काठमाडौं इन्स्िटच्यूट सानेपा, ललितपुर
५२ अल्का अस्पताल जावलाखेल ललितपुर
५३ बिएण्डवी अस्पताल  ग्वार्को, ललितपुर
५४ मनमोहन अस्पताल  ललितपुर
५५ होप एकेडेमी सातदोबाटो ललितपुर
५६ ग्रिनतारा क्याम्पस  भैसेपाटी ललितपुर
५७ ललितपुर क्याम्पस  किरणभवन, ललितपुर
५८ फारवेष्ट कलेज  धनगढी, कैलाली
५९ सेती महाकाली क्याम्पस महेन्द्रनगर, कञ्चनपुर
६० चरक अस्पताल  पोखरा, कास्की
६१ पद्म नर्सिङ होम  पोखरा, कास्की
६२ नमिपाल कलेज  पोखरा, कास्की
६३ पोखरा इन्स्िटच्यूट पोखरा, कास्की
६४ फेवासिटी इन्स्िटच्यूट पोखरा, कास्की
६५ फिसटेल क्याम्पस  पोखरा, कास्की
६६ सुष्मा कोइराला क्याम्पस बत्तीसपुतली काठमाडौं
६७ ओम अस्पताल चावहिल काठमाडौ
६८ काठमाडौं मोडल अस्पताल  बागवजार, काठमाडौं
६९ नेशनल भिजन कलेज  नया वानेश्वर, काठमाडौं
७० नेपाल इन्स्िटच्यूट वौद्ध, काठमाडौं
७१ विनायक कलेज  गौशाला, काठमाडौं
७२ गुणराज कलेज  बालुवाटार, काठमाडौं
७३ नेपाल इन्स्िटच्यूट  बौद्ध, काठमाडौं
७४ काठमाडौं अस्पताल  त्रिपुरेश्वर, काठमाडौं
७५ शंखरापुर एकेडेमी जोरपाटी, काठमाडौं
७६ ओमसमाज कलेज  काठमाडौं
७८ विपी इन्स्िटच्यूट  धापासी, काठमाडौं
७९ नर्भिक अस्पताल  थापाथली, काठमाडौं
८० ह्याम्स अस्पताल  बुद्धनगर, काठमाडौं
८१ महाराजगन्ज क्याम्पस  महाराजगन्ज काठमाडौं
८२ वीर अस्पताल  महावौद्ध, काठमाडौं
८३ फुलचोकी क्याम्पस  बनेपा, काभ्रे
८४ काठमाडौं विश्वविद्यालय  धुलिखेल, काभ्रे
८५ धनुषा अस्पताल  जनकपुरधाम, धनुषा
८६ जनकपुर क्याम्पस जनकपुरधाम, धनुषा
८७ रामजानकी फाउन्डेशन  जनकपुरधाम, धनुषा
८८ मिथिला एकेडेमी जनकपुरधाम, धनुषा
-यो विवरण गत वर्षम्मको हो, अहिलेको विवरण कलेज थपिने क्रम जारी भएका कारण नर्सिङ काउन्सिलले उपलव्ध गराएन)

No comments: