Thursday, September 23, 2010

गिरिजावादी उत्साहित, विपीवादी निराश

काठमाडौं । नेपाली कांग्रेसको वाह्रौं महाधिवेशनले अन्ततः वीपीको नीति, विचार र आदर्शको विधिवत अन्त्येष्टि गरेको छ । लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने वारेको नीति र कार्यक्रम पारित भएको घटनाक्रमलाई कांग्रेसमा र्समर्थक र शुभचिन्तकहरूले समेत यही रुपमा बुझेका छन् । यही संभावनालाई ध्यानमा राखेर एकमात्र जीवित संस्थापक नेता कृष्णप्रसाद भट्टराइले अहिलेको कांग्रेसलाई नक्कली र तथाकथतिको संज्ञा दिएका थिए । आफू वीपीको नीति र विचारको अन्त्येष्टिमा सहभागि नहुनकै लागि भट्टराइ महाधिवेशनमा सहभागी नभएको बुझ्न अव कठिन पनि छैन । संस्थापक नेता भट्टराइलाई बाह्रौ महाधिवेशनमा सहभागिताको निम्ति पार्टर्ीीचिवालयका कर्मचारीमार्फ् पठाइएको थियो । केन्द्रीय समितिको सदस्य समेत रहेका भट्टर्राईस“ग पार्टर्ीी झण्डै २ वर्षेखि कुनै सर्म्पर्क गरेको थिएन । राष्ट्रिय सभागृहमा सम्पन्न महासमितिको वैठकमा पर्ूव प्रधानमन्त्री समेत रहेका संस्थापक नेता भट्टराइले पार्टर्ीीई गणतन्त्रात्मक धारमा लैजाने वारेको केही पहिलेको निर्ण्र्ाासच्याइ वीपीकै चिन्तनमा हिडाउनु पर्ने प्रस्ताव राखेका थिए । केन्द्रीय समितिले गणतन्त्रको नीति लिनेवारेमा गरेको निर्ण्र्ाााथि भट्टराइले पुनर्विचारको प्रस्ताव राख्दा महासमितिका बहुमत सदस्यहरूले र्समर्थन जनाएका थिए । तर, तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाबाट गणतन्त्रकै पक्षमा बहुमत भएको किर्ते दावी सहित केन्द्रीय समितिको निर्ण्र्ाााइ नै अनुमोदनका नौटंकी रचिएको महसुस गरेपश्चात् भट्टराइ २ वर्षदेखिनै पार्टर्ीीे सर्म्पर्क बाहिर रहदै आएका छन् ।
कार्यवाहक सभापति सुशिल कोइरालालाई हातैले लेखेर पठाइएको भट्टराइको पत्रमा 'परम आदरणीय एवं हाम्रो नेपाली समाज कायम रहेसम्म जीवित रहने खालको व्यक्तित्व रहेका नेताद्वय वीपी एवं गणेशमान सिंहलाई पनि विर्सिने संस्था आजको तथाकथित कांग्रेसको निमन्त्रणा प्राप्त भएकोमा धन्यवाद दिंदै म यस्तो निर्रथक र नक्कली संस्थामा उपस्थित हुनु बेकार सम्झी सोको जमान तपाइलाई दिन चाहन्छु- यही पत्रद्वारा' उल्लेख छ । वीपीले आफू जीवित छदै २०३४ सालदेखि भट्टराइलाई कार्यवाहक सभापतिको जिम्मेवारी सहित पार्टर्ीीाक्न दिएका थिए । वीपीको विचार अनुरुप डेढ दशक भन्दा लामो समय सभापतिको रुपमा पार्टर्ीीा“कि सकेका संस्थापक नेता भट्टराइको पछिल्लो विचारमा वीपी पुत्र एक पर्ूव मन्त्री प्रकाश कोइराला पार्टर्ीी पर्ूव कोषाध्यक्ष रामबाबु प्रसाइ, देवेन्द्रलाल नेपाली, अनारसिंह कार्की आदिले र्समर्थन जनाएका छन् ।
संस्थापक नेता भट्टराइबाट सचेत गराउ“दा गराउदै बाह्रौ महाधिवेशनबाट लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने नीति पारित भएपश्चात् वीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई आदर्श बनाएका कांग्रेसका कार्यकर्ता र र्समर्थकहरू थप रुष्ट भएका छन् । यस क्रममा प्रकाश, रामबाबु, देवेन्द्र र अनारसिंहहरूबाट विज्ञप्ति जारी गरी संस्थापक नेता भट्टराइको विचारमा सहमति जनाइनै सकिएको छ । विज्ञप्तिको यो प्रकृयाले निरन्तरता पाउनेमा कुनै सन्देह नभएको दावी गर्नेहरू र्सवत्र भेटिन थालेका छन् ।

No comments: