Thursday, September 16, 2010

बाह्रौ महाधिवेसनले विचारको नेतृत्व स्थापित गर्छः केसी

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं बाह्रौ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार अर्जुननरसिंह केसीले नेपाली काग्रेसलाई बाह्रौ महाधिवेसन पछि आउने नेतृत्वले ब्यक्तिबादी नभई विचारले नेतृत्व गर्ने  विश्वास ब्यक्त गर्नु भएको छ ।
लोकतन्त्रको सम्वाहक शक्ति काँग्रेस भएकाले काँग्रेस पार्टर्ीीोकतन्त्रको मूल्यमान्यताको आधारमा हिंड्ने उहाँको विश्वास थियो ।  नयाँ सामाजिक जनतन्त्र अध्ययन केन्द्रले आज रिपोर्र्टर्स क्लव नेपालको साक्षात्कार कक्षमा आयोजना गरेको छलफल कार्यक्रममा काग्रेस प्रवक्ता केसी ले उक्त कुरा बताउनु भएको हो ।
केसीले वीपीको चरित्र र उहाँको मेलमिलापको सोचलाई काँग्रेसले विर्सदै गएको भन्दै अव हुने बाह्रौ महाधिवेशनदेखि विपीको दर्शनलाईसँगै लिएर हिँड्नुपर्ने बताउनु भयो । उहाँले महाधिवेशनमा जितेका र हारेकालाईसँगै मिलाएर लैजानु नै लोकतान्त्रिक परिपाटी भएको भन्दै सामूहिक नेतृत्व नै अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले भन्नु भयो-काँग्रेस पार्टर्ीीव नेतामूखी होइन संस्था मुखी भएर जानर्ुपर्छ ।
प्रवक्ता केसीले थप्नु भयो-काँगे्रसमा अहिले गाउँदेखि केन्द्रसम्म केही तरलता देखिएको छ, समावेशी चिन्तनलाई काँगे्रसले विर्सदै गएको छ, बाह्रौं महाधिवेशनदेखिको यो तरलतालाई समेट्नर्ुपर्छ ।
उहाँले नयाँ चिन्तनको आधारमा नेपाली काँग्रेसलाई अगाडि बढाउन सक्ने व्यक्तिले नै जित्नु पर्ने भन्दै  सही विवेक प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
नयाँ जनतन्त्र अध्ययन केन्द्रका अध्यक्ष तथा अधिवक्ता आनन्द सन्तोषी र्राईले नेपाली कांग्रेसलाई समावेशी बनाउन यस महाधिवेशनले सवै जात जाती र बर्गको प्रतिनिधित्व गराउने वताउनु भयो ।
सो अवसरमा उहाँले नेपाली कांग्रेसको १२ औ महाधिवेशन नेपाली कांग्रेसमा आमुल परिवर्तन गर्ने त्यसका लागी नीति तथा कार्यक्रम सहित नयाँ रुपमा प्रस्तुत हुनु पर्ने बताउँदै त्यसका लागि वहसको रुपमा नया समाजिक जनतन्त्र प्रस्तुत गरिएको वताउनु भयो ।
राजनीतिक बिष्लेसक डा. यज्ञ अधिकारी र डा. गोविन्द्र सुब्बाले जनतन्त्रको विषयमा बहस र छलफल गरी रेसा रेसा केलाउनु पर्नेमा अहिलेको ओठे भाषण र कागजी दस्तावेजले कांग्रेस माथि उठ्न नसक्ने बताउनु भयो ।
नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्यका उम्मेदवारहरु दामोदर गौतम,सुरेश प्रसाद सिंह,जिउदा शहिद यमुना देवी श्रेष्ठ, वीपी संग्रालयका अध्यक्ष परशुराम पोखरेल,मदन कुष्ण श्रेष्ठ,नेपाल विद्यार्थी संघका सहमहामन्त्री शोसन श्रेष्ठ,नेपाली कांग्रेस धनकुटाका सचिब नविन किशोर शाक्य,समाजसेवी डा. मदन र्राई लगायतले सामाजिक जनतन्त्रले नेपाली कांग्रेसमा बहस सिर्जना गरेको वताउदै यसले नेपाली कांग्रेसलाई रुपान्तरण गर्न सहयोग पुग्ने वताउनु भयो ।

No comments: