Wednesday, September 15, 2010

नेपाल अन्तराष्ट्रिय जासुसी केन्द्र बन्ने खतरा !

काठमाडौं । प्रधानमन्त्रीय निर्वाचनमा भएको अनवरतको अनिर्ण्र्ााआफैमा चानचुने विकृति होइन । त्यसमाथि सातौं चरणसम्मको निर्वाचनको निरन्तरताले राजनीतिमा लुकेका अनेक विकृतिहरूको खुलासा गरिसकेको छ । ती मध्ये हालै प्रकटमा आएका टेप प्रकरणलाई त कुनै पनि अर्थमा स्वभाविक मान्न सकिदैन । सरोकारवाला माओवादीले ज्रि्रो चपाएर परिस्थितिलाई झनै अन्यौलग्रस्त बनाइदिएको छ । चीन समेत मुछिन पुगेको 'अडियो टेप प्रकरण' मा कांग्रेसका नेताहरूले माओवादीलाई पुरै सिध्याइदिने प्रयत्न गरिरहेका छन् । माअेावादीले चाहिं निशाना दिल्लीतिरै सोझ्याएर सभासद खरिद बिक्री प्रकरणमा समेत उल्टै आफ्नो हात माथि पार्ने चेष्टा गरिरहेको छ । नेपाली कांग्रेस सहितका संसदवादी दलका नेताहरूले माओवादीको 'नशा' मानै अठ्याएर सीमान्त अप्ठेरोमा पारिदिएका छन् । विदेशविभाग प्रमुख समेत रहेका माओवादी नेता कृष्णबहादुर महराकै आवाजमा र्सार्वजनिक प्रचार भइसकेको 'अडियो टेप' मा पचासजना सभासद खरिदको लागि चिनिया पक्षस“ग ५० सै करोड माग गरिएको छ । प्रतिसभासद एक करोड खर्च गरेर प्रधानमन्त्री पदमा अध्यक्ष पुष्पकमल दाहाललाई जिताउने माओवादीको रणनीतिलाई कुनै पनि अर्थमा स्वभाविक मान्न मिल्दैन ।

माओवादीका कृष्णबहादुर महराले कुन तहको र को चिनियास“ग ५० करोड माग गरेका हुन् भन्ने टेपमा खुलेको छैन । अनुमान गर्नेहरूले चिनिया सरकारका अधिकारीहरूस“ग नभएर कुनै एक व्यापारी वा उद्योगपतिस“ग ५० करोड मागिएको ठानेका छन् । जो जसस“ग मागिएको भएपनि चीन मुछिएको छ । चिनिया लगानीमा नेपालका सभासद खरिद गरिने कोशिश कुनै पनि अर्थमा स्वभाविक होइन । उक्त टेप प्रकरण झुठ्ठा भएको प्रमाणित गर्ने तर्फमाअेावादीले पहल नगर्नु थप रहस्यपर्ूण्ा छ । त्यस पार्टर्ीी नेताहरूले टेलिफोन वार्तामार्फ् सांसद खरिदको धृष्टता गरिएको विषयलाई ओझेलमा राखेर माओवादीका नेताहरूले 'टेप' र्सार्वजनिक गर्ने अपराधीमाथि कारवाही हुनुपर्नेमा जोड दिएका छन् । यो भन्दा हास्यास्पद अरु केही नहुने संसदवादीहरूको दावी छ ।

मधेशी सांसदको मूल्य किटान गरिएको सो टेप प्रकरणमा भारतीय दूतवासलाई मुछ्ने तर्फमाओवादी अग्रसर छ । नेपाली कांग्रेसका संसदवादीहरूले भने सरोकारवाला माओवादी नेता महरामाथि संसदीय कठोर कारवाहीमा जोड दिएका छन् । महराबाट 'स्वर' नै नक्कली भएको दावी गर्न नसक्नु उत्तिकै रहस्यपर्ूण्ा छ । उनले परोक्ष रुपमा टेपमा भएको कुराकानीको स्वर आफ्नै भएको स्वीकारेका छन् । सांसदको मूल्य तोकेर खरिद गर्न तम्सिएको माओवादीका ठूला कुरा कसैको लागि पनि स्वीकार्य देखिएका छैनन् । उक्त टेप प्रकरणमा माअेावादी नराम्रैसित फसेको छ । यही मेसोमा स्वर विशेषज्ञको सहायता लिएर अपराधीलाई दण्डित गराउन संसदवादीहरू कस्सिएका छन् ।

विगततिर फर्किने हो भने सांसद किनबेच र थुनछेकका थुप्रै घटना भएका छन् । दोस्रो जनआन्दोलन पछि पर्दा वाहिर आएको चाहिं यो नै पहिलो प्रकरण हो । ५० को दशकमा संसदलाई खसीको मासु किनबेचको थलोको रुपमा चित्रण गरेर पद्धतिकै खिल्ली उडाउनेहरू स्वयंकै खरिदकर्ता वकरेको रुपमा प्रस्तुत भएको वर्तमान साच्चिकै उदेक लाग्दो छ । र्सवसाधारणले समेत माओवादीलाई उही 'ड्यांगको' मूला भन्न थालेका छन् । यसअघिका किनबेचमा यसरी उदांगिएर विदेशी लगानी भएको घटनाक्रम पर्दा अगाडि आएको थिएन । भारतीय दूतावासले टेलिफोन सम्वाद 'टेप' गरेर र्सार्वज्निक गरेको माओवादीको दावी उत्तिकै गम्भीर प्रकृतिको छ । दूरसञ्चारस“ग त्यसरी संवाद 'टेप' गर्ने विधि नै नभएको सम्वध अधिकारीहरूले खुलासा गरिरहेका छन् । उक्त 'टेप' सवैभन्दा पहिले दिल्लीमा मुख्यालय रहेको टेलिभिजन नेपाल-१ ले प्रशारण गरेको थियो । त्यसैगरी चिनिया राजदूतावासमा आयोजित एक रात्रीभोजमा सरिक वरिष्ठ सञ्चारकर्मीहरूलाई भारतीय दूतावासबाटै टेलिफोन गरी उक्त टेपको समाचार सम्प्रेषण गर्न आग्रह गरिएको भन्ने पनि कुरा आएका छन् । यिनैलाई आधार बनाएर माओवादीले आफ्नो सत्ता लिप्सालाई ठाल बनाउने क्रममा भारततिर औला ठड्याएको छ । तथापि, माअेावादीलाई पानी माथिको ओभानो मान्न कोही तैयार छैनन् ।

जहासम्म टेप प्रकरणको सवाल छ माओवादीले भारतीय दूतावास र नेपाली सेनास“ग त्यसरी टेप गर्ने प्रविधि रहेको दावी गरेको छ । कसैकसैले त अमेरिकी र रुसी दूतावासमा समेत त्यस्तो प्रविधि भएको आशंका गरेका छन् । टेप प्रकरणमा जो जस्तो संलग्नता रहेपनि टेप प्रविधि नेपालमा रहेका विदेशी दूतावासमा रहनु राम्रो होइन । राष्ट्रको र्सार्वभौमिक सुरक्षा तथा राष्ट्रियता माथिनै खतरा पुग्न सक्ने त्यस्तो प्रविधि रोक्नु देशको लागि र्सवाधिक उत्तम हुने कुरालाई कसैले इन्कास गर्न सक्दैन । टेप प्रकरणवारे संसदमा कुरो उठाउने संसदवादीहरू यो महत्वपर्ूण्ा सवालमा भने मौन रहेका छन् । वास्तविकता छानविन गरी दोषीमाथि कारवाहीका अतिरिक्त विदेशी दूतावासलाई समेत आन्तरिक मामलोको जासुसीबाट रोक्ने कि अन्यत्रै बरालिने - सचेत नेपालीहरूले थप गम्भीर सवाल उठाएका छन् । संसदवादी र माअेावादी दुवै यतिबेला काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर गर्दैछन् ।

No comments: