Tuesday, April 28, 2009

ट्रेड युनियनकै विरुद्ध प्रचण्ड कमरेड


दीपक अधिकारी


काठमाडौं । वैशाख १८ गते एक सय २०आंै अन्तर्राष्टि्रय मे दिवस भव्य रुपमा मनाउन माओवादी ट्रेड युनियन लागे पनि वीरगञ्जको नेसनल मेडिकल कलेज र युनियनकै पर्चाको विष्ायलार्इ लिएर माओवादीभित्र मारमुंग्री चलेको छ । सर्वहारावर्ग, मजदुरवर्ग तथा उत्पीडित क्ष्ोत्र, लिंग र जातिको मुत्तmिका लागि लडेको बताउने माओवादी नेत ृत्वमै मे दिवसको सम्मुखमा विरोधी बनेपछि पार्टीभित्र विवाद उत्पन्न भएको हो । माओवादीले तय गरेको कार्यनीतिक नाराविपरीत लाग्दै अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले गण्ातन्त्रको व्याख्या गरेपछि पार्टी केन्द्रमै प्रश्न उठाइएको एक पोलिटब्यूरो सदस्यले जानकारी दिए ।
महासंघले मे दिवसका लागि प्रकाशित पर्चामा खरिपाटी भेलाले दस्तावेजीकरण्ा गरेको जनताको संघीय लोकतान्त्रिक राष्टि्रय गण्ातन्त्रविपरीत 'जनमुखी' शब्द प्रयोग गरेको छ । माओवादीभित्र लोकतान्त्रिक गण्ातन्त्र र जनवादी गण्ातन्त्रबीच चर्को विवाद छ । कार्यनीतिक नारा पोस्टरमा भने उल्लेख गरेको छ । सोही पर्चामा इतिहासकै सबैभन्दा प्रगतिशील र त्रmान्तिकारी सरकार उल्लेख गरेकोप्रति पनि प्रश्न उठाइएको छ । माओवादीले वर्तमान सरकारको नेत ृत्व त्रmान्तिकारी भए पनि सरकारलार्इ संत्रmमण्ाकालीन सरकार भनेर परिभाष्ाित गरेको छ । एक पोलिटब्यूरो सदस्यका अनुसार सरकारलार्इ पार्टी नेत ृत्वले परिभाष्ाित नगरेको अवस्थामा महासंघले पार्टी नीति निदर्ेशनविपरीत पर्चा छपाएको भनेर मे दिवसअगाडि नै गम्भीर छलफल हुने कुरा समाचार सूत्र बताउंछ । अर्को समाचारअनुसार गत चैतमा वीरगञ्जमा नेसनल मेडिकल कलेजका कर्मचारी तथा स्वास्थ्यकर्मीले सेवा(सुविधा र ट्रेड युनियन अधिकार माग गर्दै गरेको आन्दोलनलार्इ प्रधानमन्त्री प्रचण्डले लिखित रुपमा अस्वीकार गरेपछि अहिले माओवादी पोलिटब्यूरोमा प्रचण्डको विरोध तीव्र हुने गरेको छ ।
नेपालकै ठूलो त्यस मेडिकल कलेजमा कर्मचारी/स्वास्थ्यकर्मीले सरकारी सेवा(सुविधा, स्थायी नियुत्तmि र ट्रेड युनियन अधिकार माग गर्दै आन्दोलन गरेका थिए । सो आन्दोलनविरुद्ध प्रबन्ध निदर्ेशक वसरुद्दीन अन्सारीले प्रचण्डसमक्ष्ा राखेको निवेदनपत्रमा प्रचण्डले हस्ताक्ष्ार गरी सदर गरेपछि माओवादीभित्र प्रचण्डको विरोध सुरु भएको हो । प्रचण्डले अन्सारीको २०६५ चैत २३ गतेको निवेदनमा हालका लागि पत्रमा माग गरेअनुसार काम गरिदिने भनी २५ चैतमा हस्ताक्ष्ार गरेका छन्‍ । सांघु साप्ताहिकलार्इ प्राप्त निवेदनपत्रमा ट्रेड युनियन खोल्न नदिने सात कारण्ा प्रबन्ध निदर्ेशक अन्सारीले उल्लेख गरेका छन्‍ । प्रधानमन्त्री प्रचण्डको हस्ताक्ष्ारपछि प्रधानमन्त्री तथा मन्त्रिपरिष्ाद्‍को कार्यालयले चैत २५ मै निवेदन सदर गरेको प्रमाण्ाित गरेको छ । कलेजको विष्ायलार्इ लिएर चर्किएको विवाद कलेज र प्रचण्डविरुद्ध संगठित रूपमा उत्रिन थालेको छ । सम्बद्ध स्रोतका अनुसार माओवादीका स्वास्थ्य, शिक्ष्ाा, ट्रेड युनियन र भोजपुरा राज्य समितिका सदस्यले आधिकारिक पत्र फेला नपारेकाले प्रचण्डसमक्ष्ा जान नसकेका हुन्‍ । अन्सारीले प्रचण्डको हस्ताक्ष्ारसहितको पत्र लगेर आन्दोलनकारीलार्इ देखाएपछि आन्दोलनकारीले अन्सारीलार्इ कारबाहीको तयारीसमेत गरेका थिए । भोजपुरा राज्य समितिका एक सदस्यका अनुसार अन्सारीले प्रचण्डसम्म पुगेकोप्रति माफी मागेपछि कारबाही प्रत्रिmया अघि नबढेको हो ।
मे दिवस सम्पन्न भएलगत्तै हस्ताक्ष्ारविरुद्ध माओवादी नेता(कार्यकर्ता नै उत्रिने तयारीमा रहेको पनि ती सदस्यले बताए । भोजपुरा राज्य समितिका माओवादी सभासद्‍माफत प्रचण्डसम्म पुगेका अन्सारीले आसेपासेलार्इ चित्त बुभmाएको हुनसक्ने अनुमान पनि माओवादी नेताले गरेका छन्‍ ।


सांघु साप्ताहिकमा वैशाख चौध गते प्रकाशित


No comments: