Sunday, April 26, 2009

जहां महिला र दलितलार्इ प्रवेश गर्न दिइन्न


दिपक अधिकारी, मैदी –एक, धादिङ
काठमाडौबाट करिब ९० किलोमिटर टाढा रहेको धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीबाट ३ घण्टा पैदल हिंडेपछि ढोला गाविस वडा नं.९ को एउटा प्रसिद्ध मण्डलीको मन्दिर पुगिन्छ । जहां प्रत्येक मंगलबार पाठीको बलि दिएर पुजा गनर्े गरिन्छ । कसैले आपत्‍ विपत्‍ परेको बेलामा यहांका धेरै जसा मानिसहरु मण्डली भाक्ने गर्दछन्‍ । साथै देशमा कुनै पनि संकट, आगलगी, भू(कम्प, बाढी, पहिरो लागेको बेलामा सामुहिक रुपमा पनि मण्डली भाकेर पुजा गनर्े गरिन्छ । इतिहासअनुसार करिब १५० वर्ष्ा अगाडि त्यहांकै एक जना मगर समुदायका व्यत्तmि हलो काट्‍न भनी जांदा जंगलको विचमा रहेको सबै भन्दा ठूलो रुखमा बन्चरोले हान्दा रुखबाट रगत निस्कियो बन्चरो त्यहीं गाडियो भिmक्न सकिएन । बन्चरो भिmक्न नसकेपछि ती व्यत्तmि पुन बञ्चरो बनाएर भोली पल्ट आर्इ हान्दा त्यहांबाट रगत निस्कियो । त्यसपछि ति व्यत्तmिले के अचम्म भयो भनी त्यसै घर फर्किए । पछि त्यही दिन राती सपनामा उनले त्यहांको देवीलार्इ देखे । देवीले उनलार्इ म देवता हुं तिमीले अब देखी प्रत्येक मंगलबार जहां तिमीले बन्चरो गाडेका थियौ त्यहां तिमीले पुजा पाठ गनर्ु पर्छ भनिन्‍ त्यसपछि त्यहां पुजा गर्न थालियो ।
बोको नलागेको जंगली जनावरले जुठो नहालेको २२ दिन कटेको पाठी बलि दिनु पर्छ र त्यहां कोही पनि आर्इमार्इ मानिसहरु जानु हुंदैन भनी सपनामा देवीले भनेपछि उनले त्यसै बमोजिम काम गर्न थाले । त्यसपछि श्रावण्ा महिनाको मंगलबार, मलमास र सोह्र श्राद्ध भित्र परेका मंगलबार, आैंशी र एकादशीमा परेका मंगलबार बाहेक प्रत्येक मंगलबार त्यहां पुजा पाठ गर्न थालियो । त्यसपछि त्यहांको प्रचार प्रसार व्यापक रुपमा हुन थाल्यो । यहां छिमेकी जिल्ला गोर्खा, नुवाकोट, मकवानपुर, चितवन, रसुवा लगायत नेपाल अधिराज्य र कहिले काहीं भारतबाट पनि मानिसहरु आउने गरेको र हप्तामा करिव २५० वटा पाठी काटिने गरेको कुरा बर्तमान पुजारी पूर्ण्ाबहादुर मस्रामी र कुमार पुजारी रविन थापा बताउनु हुन्छ ।
दुर्इ वर्ष्ाको पालो गरेर पुजा गनर्े र यहां एउटा बुढो र अर्को कुमार पुजारीको आवश्यकता पर्दछ । यहांबाट उठेको पैसा स्कूलको लागि आर्थिक सहयोग र मन्दिर वरीपरी पाटी, पौवा, धारा, पंधेरा बनाउन सहयोग गरेको कुरा पनि बर्तमान पुजारी बताउनु हुन्छ । पहराको विचमा रहेको त्यो मन्दिरमा २ जना पुजारी रहेका छन्‍ । एक जना लुगा लगाएर रहेका हुन्छन्‍ भने अर्को एक जना कुमार केटा नाङै बस्नु पनर्े हुन्छ । यहां आर्इमार्इ मान्छेहरुलार्इ जान निष्ोध गरिएको छ । त्यहांको प्रसाद खान र लगाउन पनि दिइन्न र घर लान पनि दिइन्न । त्यहां लागू पदार्थ सेवन गर्न निशेध गरिएको छ । त्यो मन्दिरमा दलित जातीहरुका लागि पनि प्रवेशमा निष्ोध गरिएको छ । २०५७ सालमा त्यहींका दलितहरुले प्रमुख जिल्ला अधिकारीको स्वीक ृति लिएर प्रहरी समेत लिएर पुजा गर्न आउंदा दलित जाती र गाउंलेहरु बिच भmडप भएको थियो । अन्तत: गाउंलले दलितहरुलार्इ लखेटेरै छाडे । दलितहरुको पछि लागेर गएको प्रहरी प्रशासन दलितसंगै भाग्यो । त्यसपछि दलितहरु आजसम्म पनि मन्दिर पस्न सकेका छैनन्‍ ।
त्यहांको अनौठो पक्ष्ा के छ भने त्यो मन्दिरमा मंगलबार बाहेक प्रत्येक दिन बाघले त्यो मन्दिरलार्इ नछाड्‍ने मंगलबार भएको फोहोरहरु सबै बाघले सफा गनर्े र त्यहां सात आठ वर्ष्ा अगाडी त्यहांकै स्थानीय महिलाले त्यो मन्दिरको छेउमा गएर घांस काटेर घरमा लैजादा त्यहांकी देवी (बाघ) घरमा लगेको घांसको थुप्रोमाथि लमतन्न भएर सुतेको र महिलाले मण्डली भाकेर पाठी दिन्छु भनेपछि बाघले घांस छाडेर गएको कुरा मण्डली बिकास तथा सुधार समितीका सदस्य यमबहादुर भुजेल बताउनुहुन्छ । यस्तो धार्मिक र सांस्क ृतिक स्थलसम्म जानको लागि सदरमुकामबाट सडक यातायातको राम्रो व्यवस्था छैन । सरकारले मन्दिर संरक्ष्ाण्ाको लागि न कुनै अनुदान नै दिएको छ न त कहिलै गएर त्यसको बारेमा बुभm्‍ने काम नै गरेको छ ।
देशमा पर्यटन व्यवसाय टाट पल्टन लागेको बेला यस्ता ठाउंसम्म जानको लागि यातायातको व्यवस्था गरिदिने । पत्र पत्रिकामा त्यसको बारेमा विस्त ृत जानकारी दिने काम नेपाल सरकारबाट भइदिने हो भने पक्कै पनि खस्कदै गएको पर्यटन व्यवसाय चांडै नै माथि उठ्‍ने थियो कि ?

No comments: