Sunday, April 26, 2009

पर्यटनको एउटा उद्‍गम स्थल : मैदीकोट


दीपक अधिकारी, मैदी–एक, धादिङ,
राजधानी शहर काठमाडौंबाट करिब ९० किलोमिटर टाढा रहेको छ(धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी । त्यहांबाट २५ किलोमिटर पर पश्चिम(उत्तरमा रहेको मैदी गाउं विकास समितिले एउटा पुरानो महत्व बोकेको मन्दिर र पुराना एेतिहासिक वस्तुहरुलार्इ जीर्ण्ारुपमा बचाइराखेको छ । मैदी गाविस, वडा नं. ३ मा पनर्े खड्‍गदेवीको मन्दिर, जसलार्इ मैदीकोटको नामले बढी चिनिन्छ, जसले प्रचारको अभावमा आफ्‍नो महत्व त सार्वजनिक गर्न सकेको छैन नै, आफ्‍नो अस्तित्व समेत संकटमा पारिसकेको छ । हाल जिण्र्ाोदारको अभावमा रहेको उत्तm मन्दिर मैदी गाविसको सबैभन्दा माथिल्लो उचाइमा रहेको छ । समुन्द्र सतहबाट करिब २५०० मिटरमाथि रहेको यो मन्दिरमा राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज प ृथ्वीनारायण्ा शाहको ब्रतवन्ध भएको थियो । भनिन्छ युद्धकला सिक्ने र गोरखाबाट काठमाडौं आउने मुलबाटो परेकोले यहां उहांको इतिहासअनुसार १७९० मा ११ वर्ष्ाको उमेरमा ब्रतवन्ध गरिएको बताइन्छ । यो इतिहांसको पाना पल्टाएर हेर्न सकिन्छ । यहां गएर प्रत्यक्ष्ारुपमा हेरेपछि जो सुकैले पनि श्री ५ वडामहाराजाधिराजको ब्रतवन्ध यहीं नै भएको भन्ने विश्वास गर्न गाह्रो पर्दैन । मन्दिरभित्र र बाहिरका पुराना अस्तित्वका वस्तुहरु संरक्ष्ाण्ाको अभावमा क्ष्ातविक्ष्ातमात्रै होइन, टुत्रmाटात्रmी समेत नभेटिए पनि मन्दिर वरपरका जंगलको बीच(बीचमा पुराना पाटी(पौवाका पुराना अवशेष्ाहरु, र्इंटा, काटेका ढुङा, ढुंगालार्इ काटेर बनाइएको घोडालार्इ पानी खुवाउने डुंडहरु अभmै पनि प्रत्यक्ष्ा रुपमा देख्न सकिन्छ । जुन फोटोमा देख्न सक्नुहुन्छ ।वर्ष्ामा दुर्इ पटक भव्य मेला लाग्ने यस मन्दिरमा वडादशैं र चैते दशैंमा विशेष्ा पूजाआजाका साथ बलि चढाउने गरिन्छ । यहांका मानिसलार्इ कुनै प्रकारको आपत्त िपरेको खण्डमा यस खड्‍गदेवीको मन्दिरलार्इ भाक्ने र कुखुरा, परेवा, बोका, रांगो, भेंडा र सुंगुरको बलिदिने र पुजाआजा गनर्े गरिन्छ । यसरी पूजाआजा गर्नाले चिताएको कुरा पुग्ने गर्छ भन्ने विश्वास छ । त्यही दिन यहां ठूलो जात्रा हुने गर्छ ।
धार्मिक र सांस्क ृतिक अभावका कारण्ाले मात्रै होइन, पर्यटकीय द ृष्टिकोण्ाले पनि यस मन्दिर क्ष्ोत्रलार्इ महत्वपूर्ण्ा मानिन्छ । वनजंगलले घेरिएको वरपरको वातावरण्ा र आकर्ष्ाक मनोरम द ृश्यले मध्यभागमा पारेको यस मन्दिरबाट देखिने हिमाली आकर्ष्ाण्ालार्इ पनि जो(कसैले नहेरी फर्कन सक्दैन । मौसम सफा रहेको बेला यहांबाट प ृथ्वीनारायण्ा शाहको पहिलो राज्य गोरखा जिल्लाको सदरमुकाम र गोरखा दरवारको मनोरम द ृश्य प्रत्यक्ष्ा रुपमा देख्न सकिन्छ । यति मात्र होइन, नेपालको एकमात्र प्रसिद्ध मनकामनाको मन्दिरलार्इ पनि सजिलै आंखामा उतार्न सकिन्छ( यहांबाट । आफ्‍नो सुनौलो अनुहार देखार्इ मुस्कुरार्इ रहेको गण्ोश हिमालका साथै अन्य हिमाली श्र ृंखलाहरु यहांबाट सजिलै देखिन्छ । देशव्यापी दौडाहाको त्रmममा श्री ५ महाराजाधिराज महेन्द्र वीरवीत्रmम शाहदेव पनि ४०/५० वर्ष्ा अगाडि यस मन्दिरमा पुगीबक्सेको र मन्दिरमा पूजाआजा गरी फर्किबक्सेको थियो भनि स्थानीय वयोव ृद्ध समाजसेवी मुत्तmिनाथ अधिकारी बताउनुहुन्छ । त्यसबेला श्री ५ महेन्द्रको घोडा हेर्न जांदा दौडिएर थुप्रै व्यत्तmिहरुको हात(खुट्टा भांच्चिएको कुरा पनि उहांले रोचक पाराले बताउनु भयो । सदरमुकाबाट करिव ५ घण्टा पैदल हिंडेपछि वा सदरमुकामबाट दुर्इ घण्टा धुलो खांदै खांदै बसयात्राबाट यस मन्दिरमा पुग्न सकिन्छ । राजधानीबाट नजिकै रहेर नै होला, मन्दिर वरपरका क्ष्ोत्रबाट काठमाडौंका प्राय: सबै नै एफ.एम. रेडियो सेवाहरु प्रष्टरुपमा सुन्न सकिन्छ ।
प ृथ्वीनारायण्ा शाहले यस मन्दिरमा व्रतवन्ध गरेको समयमा यहां एउटा शिलाको खड्‍गदेवीको मूर्ति (जुन सुनको थियो) राखिएको बताउंछन्‍, मन्दिरका बर्तमान बुढा पूजारी(जंगबहादुर आले । उनी भन्छन्‍("तर, मैले सुनेअनुसार सो मुर्ति १०/१२ वर्ष्ा अगाडि यहांका ठूला भनौंदा फटाहाहरुले डलर कमाउने आशाले चोरेर बेचेछन्‍ ।" स्थानीय बूढापाकाहरु पनि सो मूर्ति त्यहींका स्थानीय नेता भनौदा डांकाहरुले चोरेर बेपत्ता बनाएको बताउंछन्‍ । मूर्ति चोरी भए पनि न त त्यतिखेरै त्यसको खोजी भयो, न अहिले नै कसैले त्यसतफ ध्यान दिन भ्याएको छ । (यो चोरी काण्डलार्इ प्रसिद्ध दामन पाख्रीन काण्ड पनि भन्ने गरीन्छ) मन्दिरको संरक्ष्ाण्ामा कुनै पनि संघसंस्थाबाट सहयोग प्राप्त भएको छैन । अहिले मन्दिरमा खड्‍गदेवीको सानो ढुंगे मूर्ति र तरवार बाहेक अन्य सम्पत्त िभेट्‍न सकिन्न । मन्दिरमा रहेको ढोका र घण्टहरु सबै चोरी भैसकेका छन्‍ । छाना र जात्रा लाग्ने बेलामा बस्ने एउटा पार्टीपनि भत्किएको अवस्थामा रहेको छ जुन तस्विरमा प्रष्ट देख्न सकिन्छ ।
श्री ५ बडामहाराजाधिराजले त्यस समय यस मन्दिरको संरक्ष्ाण्ा र विकासका लागि थुप्रै गुठी जग्गाहरु पनि मन्दिरको सम्पत्तकिो रुपमा छुट्‍याइबक्सेको बताइन्छ । ती जग्गाहरु पछि स्थानीय शाह परिवारले आफ्‍नो नाममा पारी स्थानीय व्यत्तmिहरुलार्इ कमाउन दिएको र सो बापत मोहीहरुबाट 'बाली' का रुपमा प्राप्त अन्न तथा नगद पनि आफैंले नै सिध्याउने गरेका कारण्ा मन्दिरको अस्तित्व चौपटमा परेको हो भन्नुहुन्छ(निवर्तमान गाविस अध्यक्ष्ा रामप्रसाद अधिकारी । अहिले पनि केही गुठी जग्गाहरु तिनै शाह परिवारका पुस्तैनी सदस्यहरुकै नाममा रहेको छ भने धेरैजसो जग्गाहरु महंगो मूल्यमा मोहीहरुले आफ्‍नो नाममा पारिसकेका छन्‍ । जिजु बाजेको पालादेखि पुजारीको काम गर्दै आउनु भएका जंगबहादुर आले र प्रेमबहादुर आले मगरका लागि पारिश्रमीक भनेर वर्ष्ाको ९/९ मुरी धान गुठी वापत छुट्‍याइएको र विगत ५ वर्ष्ादेखि त्यही ९/९ मुरी धान पनि नपाएको गुनासो गर्छन्‍(पुजारी जंगबहादुर आलेमगर ।सबैतिरजस्तै, यहांको एेतिहासिक महत्वको यस मन्दिरको हेरचाहमा सरकारले ध्यान दिने अवसर भेटेको छैन अहिलेसम्म ।
मन्दिरको सम्पत्तकिो रुपमा बांकी रहेका थोरै वस्तुहरु पनि अब कुन दिन चोरिने हुन्‍, भन्न सकिने अवस्था छैन । पुजारीको आंखा(कान छलेर मन्दिरबाट कुनै पनि दिन ती वस्तुहरु पलायन भए भने अब कसैले आश्चर्य मान्नु नपनर्े भइसकेको छ । देशमा ठूला परिवर्तन र हलचल हुनुअगाडी विगत केही वर्ष्ासम्म भmारा तिर्नकै लागि भए पनि मैदी गा.वि.स. वडा नं. २ मा बसोबास गनर्े शाह परिवारका सदस्यहरु (स्वर्गीय विष्ण्ाुप्रताप शाह जो निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुत्तm समेत भएका थिए) ले प्रत्येक विजयादशमीको दिन एउटा रांगो बली दिने र वर्ष्ाको एक पटक दर्शन गनर्े गर्दथे यहां । विगत केही समयदेखि सो त्रmम पनि टुटेको छ । निबर्तमान गाविस अध्यक्ष्ा रामप्रसाद अधिकारीबाट सो मन्दिरमा विशेष्ा समयहरुमा पूजाआजा हुने गरेको र स्थानीय निकाय भङ भएपछि स्थापना कालदेखि भोग पाउंदै आएकी देवीले गएको चारवटा दशैंमा देवीलार्इ भोग नदिएपछि देवी रिसाएर गाउंमा कुन दैबिक प्रकोप आइलाग्ने हो(वर्तमान पुजारी जंगबहादुर आलेमगर गुनासो गनर्ु हुन्छ । उहां भन्नुहुन्छ('आफ्‍नो आर्थिक स्थिति कमजोर भएका कारण्ा आफनो गच्छे अनुसार देवीलार्इ पुजा(आजा गर्दै आएको पनि उहांले बताउनु भयो । वितग ७/८ वर्ष्ादेखि मन्दिरका ढुंगाहरुसमेत खसेर मन्दिर कुन दिन लड्‍छ भन्ने अनुमान लगाउन गाह्रो भइ सकेको छ । छानामा लगाइएका ढुङाहरु काठ कुहिएर खस्न थालि रहेको छ । त्यहां भएका घण्टाहरु प्राय: सबै नै स्थानीय गाउंलेको घर(घरमा भित्रीसकेको छ ।
दलितहरुको बीचमा रहेको यो मन्दिर वरपरको वातावरण्ा पनि अहिले सबै दिसा पिसावले भरिएको छ । यतिखेर मन्दिरमा वर्ष्ाको एउटा रांगोको बलिदिन धौ(धौ पर्न थालेको छ । यस खड्‍गदेवीको मन्दिरमा प्रत्येक दशैंको चतुर्थीका दिन ठूलो जात्रा लाग्ने गर्दथ्यो । धादिङ, गोरखालगायतका छिमेकी जिल्लाका मानिसहरुको ठूलो जमघट हुने गर्दथ्यो( त्यसबेला यहां । पहिले यस ठाउंमा सुरक्ष्ााकर्मीको समेत व्यवस्था गनर्े गरिएको भए पनि अहिले त्यहांबाट सुरक्ष्ााकर्मीहरु फर्किसकेका छन्‍ । तसर्थ बर्ष्ा दिनमा लाग्ने त्यो रमाइलो मेला समेत अहिले बन्द भएको छ । अन्तमा वर्तमान पुजारीहरु यसो भन्नुहुन्छ(" श्री ५ ज्ञानेन्द्रबाट भएको प्रत्यक्ष्ा शासनले हामीहरु निकै आशावादी बनेका छौं । हाल ५/६ वर्ष्ा भैसक्यो कोही फर्किएर आएका छैनन्‍, मन्दिरको छानो, मन्दिरको गार्‍हो नै हेनर्ुस्‍ न पत्रकार भार्इ कस्तो अवस्थामा छ ? सबै नेताले मन्दिरको नाम भजाउंदै खाए मात्र कोही फर्किएर आएनन्‍ । हाम्रो बाउको पालामा श्री ५ महेन्द्र घोडा चढेर आइबक्सेको थियो अरे । आशा लागेको छ श्री ५ ज्ञानेन्द्र यस स्थानसम्म पक्कै एकपटक आइबक्सन्छ अथवा कसैलार्इ पठाइबक्सन्छ । देशका यस्ता सांस्क ृतिक, धार्मिक, सामाजिक महत्वका एेतिहासिक धरोधहरहरुको संरक्ष्ाण्ातफ सरकारले पहल गनर्ुपर्दछ । यस्ता स्थानसम्म पुग्नका लागि यातायातको राम्रो व्यवस्था गनर्ुपर्छ ।
देशभरबाटै पर्यटन व्यवसाय टाट पल्टि रहेको बेला यस्ता क्ष्ोत्रमा पर्यटन विकासको लागि आवश्यक पूर्वाधारहरु तयार गर्न सरकारले सदैव प्रयत्न गनर्ुपनर्े होइन र ? भत्किएकालार्इ पुन: संरक्ष्ाण्ा संबर्द्धन गरी सधैं बांचिरहने, सधैं मुस्कुराइ रहने खालका यस्ता स्थानहरुलार्इ बचाउन सके सांच्चै नै हाम्रा पुराना संस्क ृति र एेतिहासिक धरोहरहरुको लोप हुने स्थिति आउने थियो होला(उहांहरुको भनार्इ थियो ।

No comments: