Sunday, July 5, 2009

कडा रुपमा पस्तुत हुने गृहको चेतावनी

काठमाडौँ । नेपाल एक चीन नीत्रि्रति अडिग रहेको अवस्थामा नेपाल-चीनबीचको मैत्रीपर्ूण्ा सम्बन्धमा असर पर्ने खालका क्रियाकलाप आयोजना हुन लागेको भन्ने केही सञ्चारमाध्यमबाट प्राप्त विवरणप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षा भएको जनाइएको छ । सो मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी दर्ुइ देशबीचको मित्रतामा आँच आउने कुनै पनि क्रियाकलाप हुन नदिइने र यस्ता क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानुनबमोजिम कारबाही हुने हुँदा कुनै पनि अवाञ्छित क्रियाकलापमा सहभागी नहुन पनि सम्बन्धित सबैको ध्यानाकर्षा गराएको छ । विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घको बडापत्र तथा प्रतिपादित सिद्धान्त र नेपालले अवलम्बन गरेको परराष्ट्र नीतिअनुरुप नेपाल आफ्ना दुवै छिमेकी राष्ट्रसँग समान र मैत्रीपर्ूण्ा सम्बन्ध कायम राख्न तथा आफ्नो भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुननदिन प्रतिबद्ध रहेको जनाइएको छ ।

No comments: