Wednesday, July 15, 2009

सरकार ढाल्ने खेल संसदभित्रै प्रवेश


काठमाडौं । तत्काल सरकार नढलने विश्वासका साथ सत्तासीनहरू प्रफुल्ल भएका छन् । वाषिर्क नीति तथा कार्यक्रम बहुमतद्वारा पारित भएको घटनाक्रमले उनीहरूको आत्मविश्वास निक्कै नै चुलिएको छ । प्रधानमन्त्री माधव नेपाल दिग्विजयको मुद्रा सहित इजिप्टतिर हानिइसकेका छन् । तथापि, सचेत नेपालीहरू सरकारको स्थायित्वप्रति रत्तिभर विश्वस्त हुन सकेका छैनन् । कुनै पनि बेला चमत्कारले करामत देखाउने गरेको नजीरले सचेत नेपालीहरूलाई पर्ूववत सशंकित तुल्याएको छ । यतिसम्म कि सत्तासीन दलकै केहीले समेत सरकारको आयुमाथि कुनै पनि बेला बज्रपात हुन सक्ने संभावनालाई नकार्न सकेका छैनन् ।
प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्व रहेको सरकारप्रतिको विश्वास जनस्तरमा पारख हुन बा"की नै छ । संसदभित्र चाहिं अहिलेको संयुक्त सरकारको प्रभाव घटेको कसैबाट छिपेको छैन । सरकार बनाउ"दाको ३ सये ५९ को र्समर्थन घटेर ३ सय पा"चमा झरेको छ । जवकि बहुमतको अवस्था कायम रहन ३ सय एकको र्समर्थन रहनै पर्दछ । नीति तथा कार्यक्रम माथि भएको मतदानको परिणामले राम्रो संकेत गरिरहेको छैन । तथापि, प्रधानमन्त्री नेपाल सहितका सत्तासीनहरू प्रफुल्ल हुनु विचित्रकै संयोग भएको छ ।
प्रधानमन्त्री नेपालको नेतृत्व् रहेको सरकारको आयुमाथि पानी जोखाना हर्ेर्ने क्रममा कुनै कमी आएको छैन । सरकार ढाल्ने अभियानमा जुटेका माओवादीहरू चा"डै सरकार ढल्ने ज्योतिष्याई गर्न पर्ूववत सक्रिय छन् । त्यस पार्टर्ीी अध्यक्ष एवं पर्ूवप्रधानमन्त्री पुष्पकमल दाहालबाट निकट भविष्यमै सरकारको नेतृत्व परिवर्तन हुने तथा चा"डै नै राष्ट्रिय सरकार गठन हुने दावी पर्ूववत गरिएको छ । सरकारको आयुमाथिको खड्को मानिएको नीति तथा कार्यक्रम बहुमतद्वारा पारित भएको घटनाक्रमले पनि माओवादीलाई रत्तिभर छोएको छैन । यसले पनि केही न केही खिचडी पकाउने काम भइरहेको तर्फस्पष्ट संकेत गरेको छ ।
संसदमा नरहेकाहरूलाई मन्त्री बनाउन नपाइने आशयको एउटा विधेयक चमत्कारिक ढंगले संसदभित्र प्रवेश गरेको छ । संविधानसभामा एक मात्र सिट भएको दलित जनजाति पार्टर्ीी अध्यक्ष एवं सभासद विश्वेन्द्र पासवानले सभासद् नरहेकाहरूलाई मन्त्री बनाउन पाइने प्रविधि खारेजीको प्रस्ताव त्यतिकै अघि बढेको छैन । गैर कानुनी विधेयकको रुपमा प्रस्तुत सो प्रस्तावमाथि संसदमा मतदान गराइएमा बहुमतको र्समर्थन सहित संविधानमै संशोधन अनिवार्यर् हुने निश्चित छ । पासवान मार्फ् उक्त विधेयक संसदभित्र पुर्‍याउनेमा एमाले अध्यक्ष झलनाथ खनाल सहितका एमालेकै धेरैको हात रहेको आशंका गर्न थालिएको छ । त्यसैगरी कांग्रेस लगायतका अधिकांस साना पार्टर्ीी सभासद्हरू समेत उक्त विधेयक माथि मतदान हुनु पर्ने पक्षमा उभिएका छन् । यसकारणकि संसदमा नरहेकाहरूको बाहुल्यता हालको सरकारमा रहेको घटनाक्रम धेरैलाई मन परेको छैन ।
सभासद् पासवानद्वारा दर्ता गराइएको गैह्र सरकारी विधेयकमा निर्वाचन हरोको व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने वाक्यांस घुसेको चर्चालाई सामान्य मान्न मिल्दैन । सभासद् नरहेकालाई मन्त्री बनाउन नपाइने प्रावधान आफूहरूको लागि हितकर हुने बुझेकाहरू उक्त विधेयकको पक्षमा उभिनु लालायित छन् । प्रधानमन्त्री नेपाल स्वयं नै दुवै क्षेत्रबाट चुनाव हारेपछि सभासद् सुशिल चन्द्र अमात्यलाई राजीनामा गराएर रिक्त पदमा मनोनित भएका सभासद् हुन् । त्यसैगरी विद्यादेवी भण्डारी, सुजाता कोइराला, दीपक बोहोरा, रविन्द्र श्रेष्ठ, गणेश तिवारी नेपाली लगायतका आधा दर्जनभन्दा बढी मन्त्रीहरू सांसद छैनन् । सुवास नेम्वाङबाट उक्त विधेयकमाथि छलफल सहित मतदान गराइएमा नया प्रीवधिको विकास सहित प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्व रहेको सरकार ढल्ने परिसिथतिले चिह्याइ रहेको छ ।
आर्थिक वर्ष२०६६-०६७ को वाषिर्क बजेटले संयुक्त सरकारमा सम्मिलित दलहरूबीच मनमुटाव विजारोपण गरिदिएको छ । एमालेका तर्फाट अर्थमन्त्री रहेका सुरेन्द्र पाण्डेले आफ्नै पार्टर्ीी नीति अनुरुप बजेट ल्याएको दावी सहित नेपाली कांग्रेस र मधेशवादी दलका सांसदहरूले छलफलमै चर्को विरोध गरेका छन् । सहमतिमा राज्य सञ्चालन गर्नु पर्ने संवैधानिक व्यवस्था पालै पिच्छे उल्लंघित भइरहेको छ । बहुमतद्वारा प्रधानमन्त्रीको चयन गरेर सहमतिको सिद्धान्त त्याग गरिसकिएको छ । यस्तो अवस्थामा पाइलै पिच्छे उत्पन्न हुने संवैधानिक संकट नै सरकार ढलने कारण बनेमा कुनै आर्श्चर्य हुने छैन । यसले पनि सचेत नेपालीहरूमा अंकुराएको अविश्वासलाई मलजल गरिरहेको छ ।
नेपाली कांग्रेसका सभापति गिरिजाप्रस्ाद कोइरालाले त्यतिकै चा"डै राष्ट्रिय सरकार गठन हुने दावी गरेका छैनन् । माओवादीका अध्यष पुष्पकमल दाहाल, भारतीय राजदूत राकेश सुद, भारतका विदेश सचिव शिवशंकर मेननका अतिरिक्त एमालेका अध्यक्ष झलनाथ खनालस"गको पटक पटकको भेटवार्ता र नित्य सर्म्पर्क पश्चात् कोइरालाबाट त्यस्तो दावी गरिनु निक्कै अर्थपर्ूण्ा मानिएको छ । धेरैले अहिलेको सरकारले दशैं भोगेको पनि तिहार नदेख्ने चर्चा त्यकिै गरेका होइनन् । कुनै पनि बेला चमत्कार हुने आश.काले धेरैलाई ग्रस्त पारेको छ । कोइरालाद्वारा प्रस्तावित राष्ट्रिय सरकारको विचारलाई धेरैले यही रुपमा बुझेका छन् । यसैबीच माओवादीले बजेट विफल पारेर सरकालायई नैतिक रुपमा संकटग्रस्त बनाउन खोजेको छ । कांग्रेसका कोइरालास"गको कुराकानीपश्चात् माओवादीले सो बाटो समातेको एकथरीले ठानेका छन् ।
कांग्रेस, एमाले र माओवादीका नेताहरूले केही दिनयता राष्ट्रिय सरकारको 'रट' निक्कै लगाएका छन् । माधवकुमार नेपालको नेतृत्व नस्वीकार्ने माओवादीको अडान कायमै छ । यो कुरा एमालेका अध्यक्ष झलनाथ खनालहरूले राम्रै बुझेका छन् । उनीहरूले एमालेकै नेतृत्वमा जोड दिनुको अर्थ पनि प्रष्टै छ । माधव नेपालको ठाउ"मा खनाललाई अघि सोनै योजना एमालेका संस्थापन पक्षधरहरूले बनाएका छन् । माओवादीले पहिलेको जसरी आफ्नै नेतृत्वको राष्ट्रिय सरकारको रडाको मच्चाएको छैन । कांग्रेसका गिरिजाप्रसाद कोइरालाको भित्र मनसुवा माओवादीका नेताहरूले राम्रै बुझेका छन् । सुजाता कोइरालाबाट विगतमा खेलिएका भूमिकालाई माओवादीले सकारात्मक रुपमा लिएको छ । त्यही कारण त्यस पार्टर्ीी नेताहरूले भावी सरकारको नेतृत्वमा हकदावी गर्न छाडेका छन् । एकथरीले माओवादीमा आएको परिवर्तनलाई यही रुपमा लिएका छन् ।

No comments: