Sunday, July 12, 2009

कान्तिपुर र एभिन्युजलाई बाइबाइ

असार २९ गतेको सांघु साप्ताहिकबाट
काठमाडौं । आर्थिक वर्षो बजेट आउनुअघि नै ठूला सञ्चारगृहहरूमा संकट सिर्जना भएको छ । कान्तिपुर टेलिभिजनमा व्यवस्थापनले छलकपट गरी तलब बढाएको कारण पत्रकारहरूबीच असन्तुष्टि छाएको छ भने एभिन्युज टेलिभिजनले चार महिनादेखि पत्रकार कर्मचारीलाई तलब नदिई काम लगाएपछि भोकमरीग्रस्त पत्रकारहरू च्यानल छाड्दै हिसाबकिताब बुझेर घर हि"ड्न थालेका छन् । उता, कान्तिपुर दैनिकमा पुनः अन्तरसंर्घष्ा चर्किएपछि प्रशासन तथा भ्रष्टाचारसम्बन्धी समाचार लेख्ने विमल गौतमले राजीनामा दिएर कान्तिपुरको सौताका रुपमा आएको रिपब्लिकामा गएका छन् ।
कान्तिपुर टेलिभिजन कर्मचारी संघका अध्यक्ष दीपक भट्टर्राई रिपब्लिकामा गएपछि कार्यवाहक अध्यक्ष बनाइएका विपीन शाक्यलाई प्रयोग गरेर व्यवस्थापनले सबैको १५ सय मात्र तलब बढाएपछि टेलिभिजनका पत्रकारहरू सशंकित भएका छन् । कर्मचारी संघले तीन हजार तलब बढाउन माग गरेको थियो । तर शाक्यले सबैको १५ सय बढाउने गरी सम्झौतामा हस्ताक्षर गरेपछि मध्यम तथा माथिल्लो तहका पत्रकारर्रकर्मचारीहरूले असन्तुष्टि जनाएका हुन् । राष्ट्र बैंकले १३ प्रतिशत मूल्यवृद्धि भएको रिपोर्ट दिएअनुसार उच्च तहसम्म १३ प्रतिशत तलब बढाउने र तल्लो तहकालाई थप १३ सहित २६ बनाउनुपर्ने माग थियो । तर व्यवस्थापनले षडयन्त्रपर्ूवक समान ढंगले १५ सय बढाएपछि पत्रकारहरू बजेट भाषणसम्म कर्ुर्ने र त्यसपछि नया" कदम चाल्ने पक्षमा देखिएका छन् । हाल सबै सञ्चारगृहहरूमा श्रमजीवी पत्रकार ऐन लागू भइसकेको र ऐनको दफा १३ अनुसार प्रत्येक श्रमजीवी पत्रकारले एक वर्षो सेवा पूरा गरेपछि तोकिएबमोजिम एउटा तलब वृद्धि पाउनेछन् भनिएकाले पनि पत्रकारहरूले यही बु"दालाई समाउने भएका छन् ।
एभिन्युजलाई बाइबाइ
उता, समाचार च्यानलहरूमा सबैभन्दा अग्रस्थानमा रहेको एभिन्युज टेलिभिजनले चार महिनासम्म पनि पत्रकारहरूलाई तलब नदिएपछि भोकमरीमा परेका पत्रकारहरू बाध्य भएर आफ्नो हिसाब माग्दै बरु जागिर नै छाड्न बाध्य भएका छन् । तलब नपाएपछि घरको चुल्हो बल्न छाड्यो भन्दै खिला कार्की, उषा भट्ट र दीपक काफ्लेले हालै एभिन्युज छाडेका छन् । कार्कीले त जागिर छाड्नुअघिको बैठकमा ुयसरी भोको पेटले कहिलेसम्म काम गर्ने -ु भन्दै आफ्नो हिसाब गरिदिन आग्रह गरेका थिए । एभिन्युजका वरिष्ठ भनाउ"दाहरू नै केही नबोलेपछि साना पत्रकारहरू खुरुखुरु काम गर्ने तर तलब नपाउने अवस्थामा छन् ।
कान्तिपुरमा फेरि झट्का
एकैपटक दर्जनौं पत्रकारले छाडेपछि ठूलो झट्का पाएको कान्तिपुर दैनिकमा पुनः सम्पादक सुधीर शर्मा पक्ष र हरिबहादुर थापा पक्षबीच शीतयुद्ध सुरु भएपछि शर्मा पक्षका एक पत्रकारले कान्तिपुर छाडेका छन् । पहिले कान्तिपुर टेलिभिजनमा रहेका विमल गौतमलाई अध्यक्ष कैलाश सिरोहिया र सम्पादक सुधीर शर्माले पत्रिकामा ल्याए पनि हरिबहादुर थापा, बालकृष्ण बस्नेतलगायतका केही व्यक्तिले देखि नसहे पनि उनले खोजमूलक समाचार लेखेर सबैलाई पछि पारेका थिए । उनको अन्तरसंर्घष्ा चर्किंदै गएपछि अंग्रेजी दैनिक रिपब्लिकाले कान्तिपुरको भन्दा धेरै तलब र स्वतन्त्रतासहित विमललाई आफ्नोमा तानेको छ । यद्यपि, विमललाई कान्तिपुर नछाड्न सिरोहिया, शर्मा र प्रमुख समाचारदाता गोपाल खनालले निकै बिन्ती गरेका थिए । तर उनले हरिबहादुर थापा रहेसम्म कान्तिपुरमा काम गर्दिन", उसले छाडेको भोलिपल्ट फर्केर आउ"छु भन्ने जवाफ दिई कान्तिपुरलाई बाइबाइ गरेको चर्चा कान्तिपुर कम्प्लेक्समा चलेको छ । विमल गौतम रिपब्लिकामा जानुअघि नै रिपब्लिकाका दर्ुइ वरिष्ठ संवाददाताले सो पत्रिका छाडेका थिए । घनश्याम ओझा अनमिनमा र युवराज आचार्यले कार्टर सेन्टरमा जागिर पाएपछि रिपब्लिका छाडेका हुन् ।
सरकारीमा नया" नियुक्ति
सूचना तथा सन्चार मञ्त्रालयअर्न्तर्गतका विभिन्न निकायमा एमाले निकटस्थ पत्रकार र कलाकारले नया" नियुक्ति पाएका छन् । सञ्चार मन्त्रालयले गोरखापत्र संस्थान सञ्चालक समितिको सदस्यमा पत्रकार महासंघका गोरखापत्र शाखा अध्यक्ष केपी गौतम, पत्रकार महासंघका केन्द्रीय सदस्य वीरगञ्ज निवासी महेश दास र धादिङका प्रेमनाथ तिवारी नियुक्त भएका छन् । त्यस्तै रेडियो नेपाल सञ्चालक समितिमा संगीतकार टीका भण्डारी, नुवाकोटका पर्ूवअखिल नेता केशव पाण्डे नियुक्त भएका छन् भने चलचित्र विकास बोर्डको सदस्यमा एमालेका काठमाडौं जिल्ला सदस्य रामवीर मानन्धर, चलचित्रकर्मी देशभक्त खनाल र जनसांस्कृतिक मञ्चका सपन घिमिरे नियुक्त भएका छन्

No comments: