Sunday, July 5, 2009

माओवादीले चरित्र हत्या गरेको आरोप



काठमाडौं । नेकपा -एमाले)की नेत्री सहाना प्रधानले राजनीतिक छवि धुमिल्याउने र चरित्र हत्या गर्ने मनसायले आफूविरुद्ध एकीकृत नेकपा -माओवादी)ले दुष्प्रचार गरिरहेको बताउनुभएको छ । उहाँले जनव्रि्रोहद्वारा सत्ता कब्जा गर्ने र हिंसामा विश्वास गर्ने एकीकृत नेकपा -माओवादी) मा प्रवेश गर्ने कुरा कल्पना गर्नसक्दिन भन्दै विचार नै नमिल्नेसँग सहकार्यको प्रश्नै उठ्दैन भन्नुभयो । राससलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेत्री प्रधानले एमालेलाई समाप्त नपारी आफू शक्तिशाली भइँदैन भन्ने गलत नियत राखेर यस्तो प्रचार गरिएको हो भन्दै अन्य राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि टिप्पणी गर्ने हैसियत माओवादीलाई नभएको धारणा व्यक्त गर्नुभयो । सो पार्टर्ीी अर्का नेता सिद्धिलाल सिंहले आफूलगायतका केही नेता एनेकपा -माओवादी)मा प्रवेश गर्दैछन् भन्ने विषय आफूहरुलाई चरित्र हत्या गर्ने सुनियोजित षडयन्त्रका रुपमा प्रचारमा ल्याइएको हो भन्नुभयो । उहाँले माओवादीले कार्यकर्तामा भ्रम फैलाउने उद्देश्यका साथ यो षडयन्त्र गरेको हो भन्दै यो हल्लाले नेकपा -एमाले)का परिस्कृत कार्यकर्तामा कुनै असर नपार्ने दाबी पनि गर्नुभयो । नेता सिंहले भन्नुभयो-"एमाले नै कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हो ।"

No comments: