Sunday, July 12, 2009

वर्तमान सरकार संवैधानिक ः गौतम



पोखरा, २८ असार । नेकपा -एमाले)का उपाध्यक्ष एवम् पर्ूवउपप्रधानमन्त्री वामदेव गौतमले वर्तमान सरकार संवैधानिक रहेको बताउनुभएको छ । पोखरा विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफूले अहिलेको सरकारलाई असंवैधानिक नभनेको स्पष्ट गर्दै राष्ट्रपतिको कदम भने असंवैधानिक भएको टिप्पणी गर्नुभयो । उपाध्यक्ष गौतमले भन्नुभयो-राष्ट्रपतिको कदम जुन इतिहास भइसक्यो त्यो असंवैधानिक हो, त्यसलाई अहिलेको घटनाक्रमसँग जोडेर हर्ेन मिल्दैन, मैले वर्तमान सरकारलाई असंवैधानिक भनेको पनि छैन । सरकारबारे तपाईंले बोलेका कुरालाई लिएर पार्टर्ीी कारबाही गर्ला कि भन्ने पत्रकारको प्रश्नको जवाफमा उपाध्यक्ष गौतमले आफू पनि पार्टर्ीीे हिस्सा भएकाले पार्टर्ीी त्यस्तो गल्ती गर्लाजस्तो लाग्दैन भन्नुभयो । वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम अहिलेसम्मकै सबैभन्दा राम्रो रहेको उहाँको भनाइ थियो । अहिलेसम्मकै कम्युनिस्ट र गैह्र कम्युनिस्ट प्रधानमन्त्रीले ल्याएका नीति तथा कार्यक्रमभन्दा यो सबैभन्दा राम्रो नीति तथा कार्यक्रम हो-उपाध्यक्ष गौतमले थप्नुभयो ।

No comments: