Sunday, July 5, 2009

विदेशीको चङ्गुलबाट मुक्त हुने प्रचण्डको दावी


काठमाडौं । पर्ूवप्रधानमन्त्री एवम् एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाल सामन्तवाद र विदेशी साम्राज्यवादीहरुको चङ्गुलबाट अब छिट्टै मुक्त हुने बताउनुभएको छ । विभिन्न राजनीतिक दलबाट एकीकृत नेकपा -माओवादी)मा प्रवेश गर्ने विभिन्न व्यक्तिको स्वागतमा सो दलको नेवाः राज्य समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो- "विदेशी प्रतिक्रियावादीले नेपाल र नेपाली जनतालाई हेप्ने दिन अब गए ।" अध्यक्ष दाहालले निर्वाचनबाट पराजित व्यक्तिहरुको समूहबाट सरकार गठन गरेर वर्तमान सरकारले नेपाली जनता र निर्वाचन प्रणालीको उपहास गरेको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो-"नेपाली जनताले २००७ सालदेखिको मागअनुरुप संविधानसभाको निर्वाचन भयो, तर सरकार भने पराजितको जमातकै अगुवाइमा भयो, योभन्दा ठूलो नेपाली जनताको उपहार अरू के हुनसक्छ -" ।
देश यतिखेर नेपाली राजनीतिक इतिहासकै सबैभन्दा कठिन मोडमा रहेकाले यसलाई दिगो शान्तितर्फलैजान सबै देशभक्त र गणतान्त्रिक राजनीतिक शक्ति एकै ठाउँमा हुनुपर्ने आवश्यकतामा अध्यक्ष दाहालले जोड दिनुभयो । नेकपा -एमाले), नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीट एकीकृत नेकपा -माओवादी) मा प्रवेश गर्ने ३५९ व्यक्तिलाई अध्यक्ष दाहाललगायत माओवादी नेताद्वय डा.बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले अबिर र फूलमालाले स्वागत गर्नुभयो । कार्यक्रममा माओवादीका नेताहरु हितमान शाक्य र कृष्ण केसी तथा आज प्रवेश गरेका नेकपा एमालेका पर्ूवसांसद चन्द्रप्रकाश बानियाँले माओवादी पार्टर्ीी अझै ठूलो सङ्ख्यामा एमाले कार्यकर्ता प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

No comments: