Saturday, July 18, 2009

दिल्ली दौडाहामा फेरि नेताहरू लामवद्ध


- दीपक अधिकारी
काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपाल र उनका भित्रियाहरू अहिलेकै सरकारले शान्ति प्रकृया र नया" संविधान लेखनको दायित्व पूरा गर्नेमा बढी नै विश्वस्त पाइएका छन् । सरकार गठन गर्दाको तीन सय उनान्साठीको र्समर्थन खिइएर वजेटको मतदानमा तीन सय पा"चमा झर्दा पनि उनीहरूको विश्वासमा रत्तिभर डग्मगाएको छैन । गणितीय लेखाजोखाले देखाएको स्पष्ट चित्रलाई चुनौति दिंदै माओवादीका नेताहरूले भने चा"डै नै सरकार ढलने किटानी गरिरहेका छन् । यी दुइथरी विश्वासको भित्री जड चाहिं बेग्लै छ । अहिलेको सरकार ढाल्ने तर्फभारतीय चलखेलको कुनै संभावना सत्तासीनहरूले देखेका छैनन् । माओवादी भने भारतकै कारणले अहिलेको सरकारले चार महिना नभोग्ने कुरामा पुरै विश्वस्त रहेको छ । यही कारण सरकारको स्थिरता र स्थायित्वमा विल्कुलै विपरित ध्रुवका कुरा आएका छन् ।
एमालेका अध्यक्ष झलनाथ खनालबाट समेत राष्ट्रिय सरकारमा जोड दिन थालिएको घटनाक्रम सामान्य होइन । यसको उठान माओवादीबाटै भएको हो । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले यसअघिनै राष्ट्रिय सरकार विकल्परहित बनेको बताएर माओवादीद्वारा प्रतिपादित विचारमा सहमति जनाइ सकेका छन् । माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भइसकेपछि कोइरालाबाट भाका फेरिनु र अहिले आएर एमालेका अध्यक्ष खनाल समेत त्यसमै सहमत हुनु सामान्य संयोग मात्रै होइन । यसैबीचमा भारतका विदेश सचिव शिवशंकर मेनन र भारतीय राजदूत राकेश सुदबाट अलग अलग रुपमा कोइराला, खनाल, पुष्पकमल दाहाल, र्सर्ूयबहादुर थापा लगायतकास"ग गोप्य भेटवार्ता गरिएपछि राष्ट्रिय सरकार सवैको साझा एजेण्डा बनेबाट अनेक शंका उव्जिएको छ । कांग्रेस, एमाले र माओवादीबीच राष्ट्रिय सरकारको सवालमा देखिएको सहमतिको वातावरण आफैं सिर्जित होइन । मेननको नेपाल आगमन अघिसम्म कोइराला र खनालसहितका नेताहरूले राष्ट्रिय सरकारप्रति रत्तिभर लचकता प्रकट गरेका थिएनन् । त्यसको बदला माओवादीलाई पेलेरै बढ्ने सोच अनुरुप प्रधानमन्त्रीको चयनमा हतार हतार मतदान गराइएको पनि हो । भारतीय अधिकारीहरूस"गको गोप्य भेटवार्तापश्चात् कोइराला र खनाल सहितका नेताहरू आएको परिवर्तनले धेरै कुरा खुलस्त भएकै छ । भारतीय नेताहरू यथाश्रि्र राष्ट्रिय सरकार गठन गर्ने तर्फउन्मुख भएको यथार्थलाई पछिल्ला दिनमा विकसित घटनाक्रमहरूले पुष्टि गरिरहेका छन् ।
प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्व रहेको हालको संयुक्त सरकारले गठनताका प्राप्त गरेको र्समर्थनको संख्या त्यतिकै ह्रासोन्मुख भएको होइन । भारतीय इच्छाको वारेमा जानकारहरूले अर्कै खाले भूमिका निर्वाह गर्न थालेका छन् । बजेट पारित गरिंदा प्राप्त तीन सय पा"चको र्समर्थन यसकै परिणति हो । अनिवार्य उपस्थितिको लागि पार्टर्ीी जारी गरेको हीप अस्वीकार सहित बजेट माथिको मतदानमा अनुपस्थितहरूले भोलिका दिनमा कुनै पनि बेला असली अनुहार प्रकट गरेमा कुनै आर्श्चर्य हुने छैन । यो कुरा प्रधानमन्त्री नेपाल निकटस्थहरूले पनि राम्रै बुझेका छन् । परिणामतः केपी ओलीहरूमार्फ् भारतलाई अनुकूल पार्ने तर्फो पहललाई सरकारमा रहेकाहरूबाट विशेष प्राथमिकता दिइएको कसैबाट छिपेको छैन ।
प्रधानमन्त्री नेपालको नेतृत्व रहेको सरकारमा सहभागी नहुने माओवादीको अडानलाई एमालेका अध्यक्ष झलनाथ खनालले र्सवाधिक उपयोग गर्न खोजेका छन् । आफ्नो नेतृत्व स्वीकार्य हुने वातावरणको निर्माण खनालको प्राथमिकतामा परेको छ । उनले उपाध्यष वामदेव गौतम सहितको एउटा टीमलाई सो प्रयोजनमा खटाएका छन् । परिणामतः सिंगै एमालेप्रति आक्रामक रह"दै आएको माओवादीले प्रधानमन्त्री नेपाल र केपी ओलीतिर निशाना सोझ्याएको छ । माओवादी भित्रका 'हार्ड लाइनर' मानिनेहरूले एक वर्षभत्रै एकीकरणको सवालमा झलनाथ खनालहरू सहमत भएमा राष्ट्रिय सरकारको नेतृत्वको अवसर प्रदान गर्ने सन्देश पठाएका छन् । वामदेव गौतममार्फ् त्यस बुदामा गम्भीर छलफल जारी रहेको छ । माओवादीले खनालको नेतृत्व स्वीकारेको खण्डमा भारतले आनाकानी नगर्ने बुझेका खनालका निकटस्थहरूको हालको भूमिका सामान्य छैन । कांग्रेसका गिरिजाप्रसाद कोइरुालाहरूस"ग समेत खनालका सहयोगीहरूले उत्तिकै घनिष्ठता बढाएका छन् ।
छोरी सुजाताको नेतृत्व स्वीकार्य नभएको अवस्थामा कोइरालाको र्समर्थन खनालका अतिरिक्त माओवादीका डा. बाबुराम भट्टर्राईतिर समेत जान सक्ने सम्भावना बुझेका खनाल र डा. भट्टर्राई पक्षधरहरू कोइरालालाई रिझाउन त छाड म छाड गर्दैछन् । डा. बाबुरामको पक्षमा भारतकै एउटा समूह सक्रिय भएको छ । कृष्णबहादुर महरा भारत गएपछि विकसित सो परिस्थितिलाई सामान्य मान्न मिल्दैन । भारतको सूचिमा माअेावादीका डा. भट्टर्राई, एमालेका झलनाथ खनाल र कांग्रेसकी सुजाता कोइराला मात्रै छैनन् । कांग्रेसकै शेरबहादुर देउवा, एमालेका केपी ओली र माओवादीका नारायणकाजी श्रेष्ठहरू तिर पनि भारतीय आखा परेको छ । अन्तिम विकल्पको सूचिमा कांग्रेसका गिरिजाप्रसाद कोइराला समेत परेका छन् । यस्तो आशंका व्याप्त भएपछि भारतलाई रिझाउने होड नै चलेको छ । एमालेका ओली र माओवादीका महराहरूको वारम्बारको भारत भ्रमणलाई धेरैले यही रुपमा लिएका छन् । भित्री रुपमा एक किसिमको खिचडी पाकिरहेको वर्तमानमा नेताहरूले वाहिरी रुपमा चाहिं अर्कै कुरा गरिरहेका छन् । माओवादीले आफ्नै नेतृत्वको राष्ट्रिय सरकारको नीति पारित गरेको छ । एमाले अध्यक्ष खनाल सहितका नेताहरू आफ्नै पार्टर्ीीे नेतृत्वमा राष्ट्रिय सरकारको वा"सुरी बजाउ"दै छन् । कोइरालाबाट माओवादी सहितको राष्ट्रिय सरकारमा जोड दिइएको छ । भारतले भावी राष्ट्रिय सरकारको नेतृत्वको सवालमा स्पष्ट धारणा बनाइ नसकेको कारणले मात्रै सरकार ढाल्ने खेलमा माओवादी एक्लिएको हो । परिस्थितिलाई यसरी अर्थ्याउनेहरूले अहिलेको संयुक्त सरकार टिकाउ हुने पटक्कै ठानेका छैनन् । यसको प्रमुख कारण बनेको छ- माअेावादीलाई नेपालको सरकारमा सम्मिलित गराउने भारतीय धारणा । जसरी पनि माओवादीलाई सरकारमा अल्झाउ"नै पर्ने निस्कर्षा माओवादीहरू यही मौकामा चौका हान्न तम्सिएका छन् । माओवादी नेतृत्वका राष्ट्रिय सकारको नीति त्यसकै परिणति हो ।

No comments: