Sunday, July 12, 2009

माओवादीलाई अलग गरेर समस्या समाधान हुंदैन ः कोइराला


ललितपुर । नेपाली काङ्ग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले एकीकृत नेकपा -माओवादी) लाई अलग गरेर मुलुकको समस्या समाधान नहुने बताउनुभएको छ । प्रजातान्त्रिक संरक्षण केन्द्रको तेस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले माओवादीलाई अलग गरी मुलुकको समस्या समाधान नहुने भएकाले त्यसका लागि माओवादीलाई जिम्मेवार भएर मूलधारमा आउन आग्रह गर्नुभयो । कार्यबाहक सभापति कोइरालाले जनताको भावनालाई आत्मसाथ गर्ने हो भने माओवादी इमान्दारिताका साथ सरकारमा आउनर्ुपर्छ भन्नुभयो । संविधान निर्माण मुलुकको प्रमुख दायित्व भए पनि सँगसँगै अहिले माओवादी लडाकुको रेखदेख, पुनःस्थापन र समायोजन मुख्य चुनौती भएको उहाँको भनाइ छ । कार्यबाहक सभापति कोइरालाले माओवादीले आफ्ना सबै लडाकुलाई सेनामा समायोजन हुन्छ भन्नु भ्रम मात्र हो भन्दै उनीहरूको इच्छाअनुसार विविध क्षेत्रमा पुनःस्थापन र समायोजन गरिनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिलेको प्राप्त उपलब्धिलाई संस्थागत गर्न र प्रजातन्त्रको मूल्य मान्यतालाई स्थापित गर्दै हिजोका कमीकमजोरीलाई सच्याएर प्रजातन्त्रलाई सुदृढ गर्न प्रजातान्त्रिक संरक्षण केन्द्रको भूमिका महत्वपर्ूण्ा हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय विकास मन्त्री पर्ूण्ाकुमार शर्ेमाले गणतान्त्रिक लोकतन्त्रको नारा दिएर केही दलले लोकतन्त्र र प्रजातन्त्रलाई ओझेलमा पार्न खोजेको भन्दै प्रजातन्त्र र लोकतन्त्रको सर्म्वर्द्धन गर्न संस्था गम्भीर हुनुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय अर्जुन जोशी र मान बहादुर विश्वकर्माले केही दलले प्रजातन्त्रलाई कमजोर पार्न खोजेको भन्दै प्रजातन्त्रलाई राजनीतिक प्रतिसोधको रूपमा मात्र नलिई जनसरोकारको विषयलाई जोडेर हेरिनुपर्नेमा जोडदिनुभयो । त्यसैगरी कार्यक्रमा राष्ट्रिय योजना आयोगका पर्ूव उपाध्यक्ष डा.जगदिशचन्द्र पोख्रेल, प्राध्यापक डा.र्सर्ूयलाल अमात्यले अहिलेको सङ्क्रमणकालीन राजनीतिक अवस्थामा प्रजातन्त्रको सर्म्वर्द्धनका लागि सही नीति आवश्यक रहेको खाँचो औँल्याउनुभयो ।

No comments: