Wednesday, July 15, 2009

सरकारी उदासिनताले लियो सयौंको ज्यान


- दीपक अधिकारी
काठमाडौं । झाडा पखालाबाट मध्यपश्चिममा मृत्इु हुनेको संख्या झण्डै दुइ सय पुगेको छ भने सुदुरपश्चिममा पनि नौ जनाले ज्यान गुमाएका छन् । सरकारले १५ दिनमा प्रकोप पुरै नियन्त्रण गर्ने बताएको छ । जाजरकोटमा मात्र एक सय १२, रुकुममा २३, डोल्पामा २, दैलेखमा तीन र सल्यानमा पा"च जनाको मृत्यु भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय सर्ुर्खेतले जनाएको छ । त्यस्तै सुदुरपश्चिमको डोटी, डडेलधुरा, बाजुरा र कञ्चनपुरमा पनि नौ जनाको ज्यान गएको छ । मन्त्री, स्वास्थ्य विभागका मानिस झाडा पखाला प्रकोप जिल्लामा प्लेनबाट गएपनि औषधि भने पुग्न सकेको छैन । समयमा औषधि नपुग्दा धेरै मानिसले अकालमै ज्यान गुमाउनु परेको छ । सरकार समस्या समाधान गर्ने तर्फउदासिन भएको आरोप लगाउ"दै पीडितले सरकारले समयमा नै चासो दिए प्रकोप घट्ने बताएका छन् । जाजरकोटमा फैलिएको झाडापखाला सर्ुर्खेत, रुकुम लगायतका जिल्लामा पनि फैलिएको छ । सरकारले प्रकोप नियन्त्रण गर्न लागिरहेको बताएपनि त्यसको प्रभावकारिता शुन्य छ । घटनास्थल पुगेर फर्केका स्वास्थ्य तथा जनसंख्यामन्त्री उमाकान्त चौधरीले खच्चडमा औषधि पठाउन निर्देशन दिएका छन् । सरकारले समस्याप्रति चासो नदेखाएकोमा चिन्तित जाजरकोटमा कांग्रेस नेता राजीव शाहको आफ्नै लगानीमा १० लाख रुपैया बराबर खर्च गरेका छन् । हेलिकोप्टरमा औषधि लगेर वितरण गरेका उनी हाल काठमाडौंमा बस्दैछन् । तीन पुस्ताअघि जाजरकोटबाट बसाइ सरेका शाह संविधानसभाको निर्वाचनमा समानुपातिकको सूचिमा उम्मेद्वार थिए । तर छनोटमा भने परेनन् । शाहले भने-'मानिसहरू भाकभक मरेको हर्ेन सकिन र आफै भए पनि औषधि लगे बा"डे । उनले पनि सरकार जनताका समस्यामा मौन भएको आरोप लगाए । झाडा पाखाला लागेपछि छिट्टै मानिसको ज्यान जाने गरेको छ । समयमै औषधि नपुगे महामारी बढ्ने तर्फसरकार सचेत नभएको उनले गुनासो गरे । विश्वमा फैलिएको स्वाइन फ्लुले तीन सयको मृत्यु भएको छ । उच्च र्सतर्कताका कारण स्वाइन फ्लु रोक्न सकिन्छ भने झाडापखाला पनि असम्भव छैन । सीमित क्षेत्रमा मात्र फैलिएको झाडापखाला तत्काल नियन्त्रण गर्नेतिर मन्त्रालय तथा सम्बन्धित निकाय तयार देखिदैन । यसले गर्दा सरकारप्रति जनताको नकारात्मक धारणा बढ्दै गएको छ । स्वास्थ्यसचिव डा. दर्ीघसिंह बमले उच्च र्सतर्कता अपनाइएको भन्दै अब प्रकोप बढ्न नदिनका लागि मन्त्रालय लागिरहेको बताएका छन् ।
यसैबीच झाडापखालाका कारण कञ्चनपुरको भीमदत नगरपालिका-९ मछेट्टीका ४८ वषर्ीय एक व्यक्तिको मृत्युभएको छ । झाडापखालाबाट सो स्थानमा १५५ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय, कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले बताउनुभयो । आतइतबारदेखि फैलिएको झाडापखालाबाट काली सावदको मृत्युभएको हो । उनको समयमा उपचार नपाउ"दा मृत्युभएको बताइएको छ । पहाडी क्षेत्रबाट बसाइ सरेर आएकाहरूको उक्त बस्तीका बासिन्दाले खोलाको पानी पिउने गरेका कारण झाडापखाला फैलिएको बताइएको छ । जनस्वास्थ्य कार्यालयबाट झाडापखाला प्रभावित क्षेत्रमा गएको स्वास्थ्यकर्मीको टोलीले झाडापखाला नियन्त्रण गर्न प्रभावित व्यक्तिहरूको स्वास्थ्य जा"चका साथै औषधि वितरण गरेको बताइएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट करिब ३० किलोमिटर टाढा रहेको मछेट्टीमा झाडापखाला फैलिन नदिन पानी उमालेर पिउने, घरआ"गन सफासुग्घर राख्ने र खानेकुरा खानुअघि हातमुख साबुन-पानीले धुनुपर्ने सल्लाहसमेत दिइएको वरिष्ठ जनस्वास्थ्य प्रशासक भट्टले बताउनुभयो । उहा"ले त्यस क्षेत्रको झाडापखाला नियन्त्रणमा आइसकेको दाबी पनि गर्नुभयो ।

No comments: