Sunday, July 5, 2009

त्रिचन्द्रमा गोली चल्यो, गुरुङ घाइते


काठमाडाँै । त्रिचन्द्र बहुमुखी क्याम्पसमा भवन निर्माण विवादमा आज गोली चल्दा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य भीमसेन गुरुङको खुट्टामा गोली लागेपछि सो क्याम्पस क्षेत्र तनावग्रस्त भएको छ । स्ववियु सचिव सञ्जय यादवले सो क्याम्पसमा नेकपा -एमाले) निकट युथफोर्सले गोली प्रहार गरेको दाबी गर्नुभयो । उहाँले दिउँसो २ः०० बजे हातहतियारसहित आएका युथफोर्सका कार्यकर्ताले क्याम्पस प्रमुख कार्यालय, स्ववियु कार्यालयलगायतका स्थानमा आगजनी गरेको पनि बताउनुभयो । विवादका क्रममा नेविसङ्घका इकाई सदस्य रवि थापाको खुट्टा भाँचिएको सो क्याम्पसका नेविसङ्घकै इकाई सदस्य दीपेश गौतमले जानकारी दिनुभयो । गोली प्रहारको विरोधमा नेविसङ्घले पर््रदर्शन गरेको छ । सो क्याम्पसका अनेरास्ववियु इकाई अध्यक्ष समिर गुरागाईंले स्ववियु र क्याम्पस प्रशासनले एकलौटीरुपमा आफ्नो पक्षलाई टेन्डर हाल्ने व्यवस्था मिलाई अन्य पक्षलाई हाल्न नदिएपछि भिडन्तको स्थिति आएको दाबी गर्नुभयो ।

No comments: