Tuesday, July 14, 2009

दलाई लामा भेट्नेलाई मन्त्री बन्न चटारो


दीपक अधिकारी
काठमाडौं । भारतमा गएर दलाई लामाको गुप्त मन्त्रणा लिने सभासद् विसेन्द्र पासवान २२ दलको गठबन्धन सरकारमा साना दलका लागि छुट्याइएका तीनवटा कोटामा मन्त्री हुन निकै दौडधूपमा लागेको खबर छ । दलाई लामालाई सभासद्ले भारतमा गएर भेटेको कुराले सरकारलाई निकै संकट परिरहेको बेला पासवानलाई मन्त्रीसमेत बनाउ"दा चीन चिढिने डर प्रधानमन्त्री नेपाललाई रहेको कुरा एक एमाले नेताको भनाइ छ । मन्त्री हुनका लागि दलित जनजाति पार्टर्ीी अध्यक्षसमेत रहेका पासवानले सभासद् संघीय लोकतान्त्रिक मोर्चा नै बनाएर मोर्चामा रहेका सात सभासद्को हस्ताक्षर प्रधानमन्त्री माधव नेपाललाई बुझाइसकेका थाहा भएको छ । उनको मोर्चामा जनता दलका विश्वनाथ अग्रवाल, स्वतन्त्रबाट विजयी बबन सिंह, संघीय लोकतान्त्रिक मञ्चका दर्ुइ सभासद् रहेको पासवानले बताए । तर संघीय लोकतान्त्रिक पार्टर्ीी सभासद् रुक्मिणी चौधरीले भने पासवानलाई र्समर्थन नगरेको सा"घुलाई बताइन् । चौधरीले भनिन्- 'मलाई थाहा नै छैन ।' तर सोही पार्टर्ीी सभासद् राजकुमार लिम्बूले भने पासवानलाई मन्त्री र आफूलाई राज्यमन्त्री बनाउन साना दलका सभासद्हरूले र्समर्थन गरेको बताए । उनले भने-'जनमुक्ति, पार्टर्ीीबबनजी, विश्वनाथ अग्रवालले र्समर्थन जनाइसकेको र सद्भावना पार्टर्ीीआनन्दीदेवी) मोती दुगड र सरिताजीहरू पनि सकारात्मक हुनुहुन्छ ।' यो घटनाले मोती दुग्गड समेत फि्र तिब्बतका नेताको रुपमा दर्ज हुन पुगेका छन् ।
सद्भावना पार्टर्ीीानन्देवीका सभासद् तथा पर्ूवमन्त्री श्यामसुन्दर गुप्ताले कोही पासवान-वासवानलाई आफ्नो पार्टर्ीी र्समर्थन नगरेको बताउ"दै माधव नेपाललाई र्समर्थन गर्ने २२ दलीय गठबन्धनलाई र्समर्थन गरेको बताए । जनता दलका विश्वनाथ अग्रवालले पासवानलाई मन्त्रीमा र्समर्थन गरेका छन् तर सोही दलबाट सभासद् बनेकी गायत्री साह २२ दलीय गठबन्धनकै विरोधमा छिन् । साना दलबाट मन्त्री हुन हस्ताक्षर बुझाउने पासवानलेे २०६६ असार ७ गते संविधानसभामा हारेकाहरू मन्त्री र प्रधानमन्त्री हुनु नहुने गैरसरकारी विधेयक दर्ता गराएर वर्तमान सरकारलाई नैतिक संकट उत्पन्न गराएका थिए । यो विधेयक माओवादी र मधेशी जनअधिकार फोरम -उपेन्द्र) को इशारामा पासवानले ल्याएको चर्चासमेत हुन थालेको छ । २२ दलीय गठबन्धनमा बसेर विरोधीको इशारामा काम गर्ने पासवानलाई मन्त्री बनाउन यही विधेयक तगारो हुने भएको छ । मन्त्रिपरिषद्मा दलित जनजाति पार्टर्ीी एकमात्र सभासद् पासवान यसअघि वर्तमान प्रधानमन्त्री नेपाल संविधानसभाको संवैधानिक समितिको सभापतिमा उम्मेदवार बन्दा उनका विरुद्धमा उम्मेदवारी दिएका थिए । पासवानमाथि दलित जनजाति पार्टर्ीीे सभासद् बनाइदिऊ"ला भनेर लाखौं चन्दा उठाएको आरोप पनि छ ।
साना दलका लागि छुट्याइएको तीन मन्त्रालयमध्ये कानुन मन्त्रालय समाजवादी पार्टर्ीी प्रेमबहादुर सिंहले पाइसकेका छन् भने समाज कल्याण र विज्ञान तथा वातावरण मन्त्रालयमा जानका लागि होडबाजी चलिरहेको छ । एउटा र्सर्ूयबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टर्ीी पाउने र अर्को साना दलमध्येबाट सहमति गरेर आउनेलाई दिने सहमति भएको छ ।
यसैबीच संघीय लोकतान्त्रिक मञ्चकी सभासद् रुक्मिणी चौधरीले दिल्ली जाने भनेर झुक्याई एक्कासि दलाई लामालाई भेटाएको गुनासो केही दिनअघि प्रधानमन्त्री नेपाललसमक्ष गरेको समाचार छ । सभासद् चौधरीस"ग बुझ्दा उनले 'बौद्ध धर्मसम्बन्धी कार्यक्रम भनेका हुन् तर दलाई लामालाई भेटाउने भनिएको थिएन । सबै रहस्य एक-दर्ुइ दिनभित्रै पत्रकार सम्मेलन गरेर खुलस्त पार्नेछु ।'

No comments: