Sunday, July 19, 2009

चर्कियो गोर्खाल्याण्ड आन्दोलन


दार्जिलिङ । छुट्टै गोर्खाल्याण्डको माग गर्दै दार्जिलिङमा आन्दोलनरत नेपाली भाषी गोर्खा राष्ट्रिय जनमुत्ति मोर्चाले अनिश्चित कालिन दार्जिलिङ आम हड्ताल शुरु गरेको छ । भारतको सदनमा गोर्खाल्याण्डको मागले प्रवेश पाएर छुट्टै राज्यको औपचारि आश्वासन नपाएसम्म आन्दोलन जारी राख्ने निर्ण्र्ााा पुगेको मोर्चाले आव्हान गरेको आम हड्तालका कारण त्यहा"को जनजीवन अस्तव्यस्त हुन पुगेको छ । आन्दोलनको समयमा विद्यार्थी प्रभावित हुने भन्दै सुरक्षित रहन मोर्चाले उर्दी जारी गरेपछि यहा" अध्ययनरत विदेशी विद्यार्थीहरू आ-आफ्नो देश फर्किसकेका छन् । गोर्खाल्याण्ड आन्दोलनलाई पुनः चर्काउ"दै निर्ण्ाायक बनाउन र मोर्चाले आन्दोलन दवाउन खोज्ने भनिएका उत्तर बंगालका प्रहरी प्रमुखलाई हटाउन दवाव दिंदै मोर्चाले अल्टिमेटम समेत दिएको छ ।
अध्ययनका लागि देश-विदेशबाट दार्जिलिङ आएर बसेका विद्यार्थीलाई हड्ताल शुरु हुनु दर्ुइ दिनअघि नै गोजमुमोले छात्रावास खाली गर्न व्हीप जारी गरेपछि दुइ हजार नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । दुइ दिनको मात्र समय राखेर ह्वीप जारी गरिएकाले ट्रेन र प्लेनको टिकट मिलाउन नसक्ने नेपाली विद्यार्थी भने छात्रवासमै छन् । छात्रवासमा रहेका विद्यार्थीको जिम्मेवारी विद्यालयले नै लिनुपर्ने माग गोजमुमोले गरेको छ । गोजमुमोका महासचिव रोशन गिरीले आन्दोलन सफल पार्न आफ्नो युवादस्ता गोर्खाल्याण्ड पर्सनल -जिएलपी) घार हजारको संख्यामा परिचालन गर्ने जनाएका छन् । दार्जिलिङका ठाउ" ठाउ"मा तैनाथ जिएलजीलाई गोजमुमोले प्रहरीले लाठी बर्सर्ााउनीहरूमाथि पनि लाठी नै बर्सर्ाा निर्देशन दिएकोले अवको आन्दोलनले हिंसात्मक रुप लिने देखिएको छ ।

No comments: